Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !
Showing posts with label अरुका कुरा. Show all posts
Showing posts with label अरुका कुरा. Show all posts

Tuesday, April 9, 2019

सांसद फकाउन ह्यातका सञ्चालक फाइल बोकेर घरघरमा

ह्यात होटलमा अनियमितता प्रकरणः

संसदीय समितिको निर्णय प्रभावित बनाउन अनेक चलखेल 

संसदीय समितिका छानबिनलाई प्रभावित बनाउनका लागि भित्र भित्र कतिसम्म चलखेल हुन सक्छ ? भन्ने उदाहरण अन्तर्राष्ट्रिय संवन्ध समन्वय समितिमा देखा परेको छ ।

तारागाउँ विकास समिति र तारागाउँ रिजेन्सी ह्यात होटल्स लिमिटेड विच भएको सम्झौताले राष्ट्रका लागि करोडौं घाटा पु¥याएको भन्ने सवालमा छानबिन गर्ने क्रममा चलखेल प्रयासका दृश्य देखा परेको हो । 

सार्बभौम सम्पन्न संसदीय समितिलाई समेत कुनै पनि निर्णयमा पुग्नका लागि कतिसम्म गा¥हो हुदोँरहेछ ? भन्ने घटना अग्निप्रसाद सापकोटाको नेतृत्वको उपसमितिले छानबिन गर्ने क्रममा प्रस्ट देखियो । ‘पुर्व मन्त्रीसमेत रहेका जितु गौतमजी ह्यात्त होटेलको परामर्शदाता हुनुहुदोँ रहेछ, सञ्चालकहरु सरार्फजी र श्रेष्ठसँग एकल बार्ता गर्न जितुजीले पटक पटक आग्रह र एसएमएस गर्नुभयो,’ समिति संयोजक सापकोटाले अनुभव सुनाए, ‘तर मैले उहाँहरुसँग एक्लै बार्ता गर्दिन, गर्ने भए उपसमितिका सवै सदस्यसँग सामुहिक बार्ता गरौ, त्यसका लागि तपाई सिंहदरवारस्थित समितिको बैठकमा आउनु भयो भने हुन्छ, नत्र हुदैन भनेर जवाफ दिए पछि मात्र फोन र एसएमएस आउन छाडयो ।’ 

ह्यातका परामर्शदाता गौतमले सञ्चालक राधेश्याम सरार्फ र रामलाल श्रेष्ठले पटक पटक भेटन खोजेको र बार्तामार्फत समस्या समाधान गर्नका लागि दबाब र आग्रह गरे पनि अस्विकार गरेकाले प्रतिवेदन तयार पार्न सकिएको हो । ‘ह्यात र तारागाउँ विकास समितिका दुवै पक्षलाई संयुक्त रुपमा राखेर छलफल भई सकेकाले फेरी फेरी भेटन आवाश्यक थिएन्’ सापकोटाले भने, ‘कतिसम्म दबाब, चलखेल र आग्रह आउँदो रहेछ भन्ने मज्जैसँग अनुभुत गरियो ।’

संयोजक सापकोटालाई मात्रै होइन, शक्ति केन्द्रहरुले सांसदहरुलाई प्रभावित बनाउनका लागि अलग अलग भेट गरेकोसमेत खुलेको छ । ‘समितिले ह्यात्तमा छानबिन गरे पछि उनीहरुका बिभिन्न मानिसहरु फाइल बोकेर समितिका सदस्य सांसद समक्ष आएका थिएँ, यस समितिका सवैजसो सांसद कहाँ पुगेको हुनुपर्छ,’ किराँतीले भने, ‘निर्णय प्रक्रियालाई प्रभावित बनाउनका लागि उनीहरुले हामीलाई ‘कन्भिन्स’ गराउने प्रयास निकै गरे तर सकेनन ।’ किराँतीले बैठकमा नाम उल्लेख नगरे पनि केही बरिष्ठ अधिवक्ता र पत्रकारहरु पनि समितिमा रहेका सांसदहरुलाई भेटेर ‘कन्भिन्स’ गराउन कोशिशमा घरघर र ‘गोप्य स्थान’ पुगेका थिएँ ।

उपसमिति संयोजक, समितिका सांसदहरुलाई पनि मनाउन नसकेको उक्त शक्ति केन्द्रले समिति सभापति पवित्रा निरौला खरेललाई तत्काल निर्णय नलिनका लागि आग्रह गरेकोसमेत खुलेको छ । ‘ह्यातका बारेमा थप ‘कन्भिन्स’ गर्न भनेर पटक पटक समय माग्ने देखी निर्णय प्रक्रियालाई पर धकेल्नका लागि कोशिश यस बिचमा भए,’ सभापति निरौलाले भनिन, ‘तर, यी सब इन्कार गर्र्दै छानबिनवाट सत्यतथ्य पत्ता लगाउँछौं भनेर टाढिने काम गर्नु प¥यो ।’ यदी ‘कन्भिन्स’ गर्ने र दबाब दिने समुहवाट प्रभावित भएको भए, उपसमितिले सत्यतथ्य प्रतिवेदन ल्याउन गा¥हो हुने निष्कर्ष सभापति निरौलाको छ । 

गत मंशिर १९ गते सापकोटाको नेतृत्वमा गठन भई झन्डै ४ महिना लगाएर स्थलगत, सरोकारवाला छलफल, बिभिन्न कागजको अध्ययन गरेको थियो । सो उपसमितिले १४ वटा बैठकवाट छलफल गरेको देखी होटल हाता बौद्ध, नगरकोट, ककनी, न्युरोड र पोखरा गरी ६ स्थानमा पुगेर स्थलगत अध्ययन मात्रै गरेन, झन्डै एक दर्जन बढी अधिवक्ता र बिभिन्न बिषयका विज्ञहरुसँग राय लिएर उक्त प्रतिवेदन पा¥यो, जसलाई समितिमा औपचारिक रुपमा आइतवार प्रस्तुत गरिएको हो ।

झन्डै ४ महिना भन्दा बढी समय लगाएर छानबिन गरी तयार पारिएको उक्त प्रतिवेदन माथी आइतवार नै निर्णय नगरे पुनः ‘चलखेल र गडबढ’ हुने सन्त्रास सांसदमा देखियो, सवैजसो सांसदले सभापति निरौलालाई ‘आजै निर्णय गर्नुपर्छ’ भन्दै दबाब बढाउनु परेको दृश्यसमेत देखा परेको छ ।

नेकपाका सांसद भीम रावलले प्रतिवेदन उत्कृष्ट रहेको भन्दै थप छलफल नगरी निर्णय प्रक्रियामा जान सुझाए । ‘उपसमितिले निकै मेहनत गरेर प्रतिवेदन तयार पारेको छ, यसलाई आजै निर्णय प्रक्रियामा लैजाऊँ, नत्र भोली समस्या आउँन सक्छ’ रावलको सुरुमा प्रस्ताव गयो । 

सांसद दिब्यमणीराज भण्डारीले समितिले ४८ घन्टा भन्दा बढी समय राखे निर्णय प्रक्रियामा पुग्न नसकिने भन्दै दबाब बढाए, सांसद सुजता शाक्य, सरला यादवले पनि तत्कालै निर्णयमा पुग्न सुझाए । सांसद दिप्तप्रकाश भट्टले ह्यात्त प्रकरणमा एशियाली विकास बैंक र विश्व बैंकसमेत घोटलामा रहेको देखिएकाले निर्णय चाँडो गर्नुपर्ने सुझाव दिए ।

‘यो घटनाले एडिबी र वल्र्ड बैंकको आर्थिक पारदर्शितामा पनि प्रश्न उठेको छ’ भट्टले भने, ‘त्यसैले निर्णय आजै गर्न सकियो भने सफल भईन्छ, नत्र प्रतिवेदनको अर्थ रहन्न ।’ कांग्रेस सांसद प्रकाशमान सिंहले पनि उपसमितिको छानबिन सत्यतथ्यमा आधारित देखिएको भन्दै आइतवार नै टुंग्याउनु पर्नेमा सहमति जनाए । ‘यो प्रतिवेदन पढे पछि सरोकारवाला गम्भिर हुनेछन भने सुशाषनमा पनि योगदान पुग्नेछ,’ सिंहको भनाई थियो । 
संयोजक सापकोटाले भने छानबिन सकिए पछि ह्यात्त सञ्चालकले झन्डै १ करोड १७ लाख रुपैयाँ खर्चेर प्रेस विज्ञप्ति भन्दै बिज्ञापन छापेर प्रभावित बनाउन खोजेकोसमेत स्मरण गरेका छन । त्यसो त, आइतवार नै सो समितिलाई निर्णयमा पुग्नलाई दबाबमा पनुको अर्को कारण थियो– सार्वजनिक लेखा समिति ।

लेखा समितिले हस्तक्षेप गरी ‘वाइडवडी जहाज प्रकरण’मा हस्तक्षेप गरे झै ह्यात्तमा पनि हस्तक्षेप गर्ने भय समितिका अधिकांस सदस्यमा देखा परेको थियो । जसकाकारण, उपसमितिको प्रतिवेनद औपचारिक रुपमा टेबुल भएकै दिनमा समितिले १३ बुदेँ निर्णय गरी निर्देशन दिएको हो ।

Monday, September 19, 2016

'ओली सरकार ढालेर प्रचण्डलाई प्रम बनाउन भुमिका खेले'

आनन्द स्वरुप वर्मा भारतीय सत्ताधारी वर्गका आलोचक हुन् । उनीद्वारा सम्पादित तथा प्रकाशित ‘समकालिन तिसरी दुनियाँ’ फाँसिवाद विरोधी पत्रिका हो । नेपाल मामिलामा लामो समयदेखि कलम चलाउँदै आएका उनले केही दिनअघि उक्त पत्रिकामा ‘संक्षिप्त’ लेख लेखेका थिए । उक्त लेखलाई हामीले यहाँ अनुवाद गरेर यहाँ साभार गरेका छौँ ।

४ अगस्ट २०१६ मा माओवादी नेता पुष्पकमल दाहाल (प्रचण्ड) एक पटक फेरि नेपालको प्रधानमन्त्री पदमा आसिन भए । यो उनको दोस्रो कार्यकालको शुरुवात हो । पहिलो कार्यकाल सन् २००८ को १८ अगस्ट देखि २५ मइ २००९ सम्म थियो । २००८ मा गणतान्त्रिक नेपालको पहिलो प्रधानमन्त्रीको रुपमा उनलाई पाएपछि भारत तथा दक्षिण एशियाको समग्र प्रगतिशिल खेमामा उत्साहाको लहर छाएको थियो । र, भारतको सत्ता पक्ष र प्रतिक्रियावादी खेमा आतंकीत बनेका थियो । यो पटक उल्टो भयो ।

Sunday, September 18, 2016

मोहन बैद्यका कारण पहिलो संविधान सभा बिघटन: बाबुराम

डा. बाबुराम भट्टराईले पहिलो संविधानसभा बिघटनको मुख्य दोषीको रुपमा तत्कालिन एनेकपा माओवादीका उपाध्यक्ष मोहन बैद्य किरण माथी थोपरेर आफु भने त्यसवाट अलग हुन खोजेका छन । संंविधानसभा विघटन भएको ४ बर्ष पछि सो घटनाको बारेमा स्मरण गर्दै डा. भट्टराईले त्यसको सम्पुर्ण दोष बैद्य माथी लगाएका हुन । यद्धपी, पहिलो संविधानसभा बिघटन रहदाँ प्रधानमन्त्रीको जिम्मेवारीमा समेत रहेका भट्टराईले आफुले चाहेर पनि संविधानसभा जोगाउन नसकेको जनाउँदै उक्त घटना जीवन कै दुःखदायी घटना भन्दै पश्चतापबोध समेत गरेका छन । 
दोस्रो संविधानसभावाट संविधान जारी गरे पछि राजिनामा दिएका उनै भट्टराई आजकाल नयाँ शक्ति नेपाल, पार्टी गठन गरेर माओवादीवाट अलग भएका छन । संविधान जारी गराउनका लागि अहम भुमिका खेलेका उनै भट्टराईले संविधान जारी भए पछि भने संविधान प्रति बिमति जनाउँदै बिरोध गर्नसम्म बाँकी राखेनन । संविधान जारी गर्न मुख्य भुमिका खेल्ने र सोही संविधानको बिरुद्धमा लाग्ने एक मात्र नेताको छवी वनाएका भट्टराईले नयाँ संविधानबारे नयाँ धारणा राख्दै पहिलो संविधानको बिघटनको दोषी बैद्यलाई देखाउँदै फेहरिस्त प्रस्तुतसमेत गरेका छन ।  ।

Monday, February 29, 2016

शेरबहादुर देउवाले जित्ने ११ आधार भन्दै जिकिर प्रस्तुत भयो

नेपाली कांग्रेसको १३औं महाधिवेशनको मिति जति–जति निजिकिँदै छ, त्यति–त्यति वरिष्ठ नेता शेरबहादुर देउवाको पक्षमा माहोल बढ्दै गएको छ ।
तराई मधेसका सप्तरीदेखि पर्सासम्मका आठ जिल्ला (प्रदेश नं.२) बाहेकका जिल्लाहरूको क्षेत्रीय अधिवेशन सम्पन्न हुँदासम्म कोइराला पक्षको तुलनामा देउवा पक्षको मत थोरै मात्रै अघि थियो । तर प्रदेश नं. २ का आठ जिल्लाको क्षेत्रीय अधिवेशन र पहाडका केही जिल्लाको जिल्ला अधिवेशनपछि देउवाको अवस्था निकै नै सुदृढ बनेको छ ।
प्रदेश नं. २ का आठ जिल्लामा करिब ६ सय मत छन् । जसमध्ये देउवाको पक्षमा दुई तिहाइ अर्थात् चार सयभन्दा बढी मत स्पष्ट रूपमा देखिएको छ । यसैगरी, खोटाङ, ओखलढुंगा, रामेछाप, दोलखा, ललितपुर, गोरखा, बाग्लुङ, लमजुङ, काठमाडौंलगायतका जिल्लामा क्षेत्रीय अधिवेशन हुँदासम्म कोइराला पक्षको तुलनामा देउवा केही कमजोर देखिएका थिए ।
तर जिल्ला सभापति पदका लागि भएको निर्वाचनमा नयाँ समीकरण बन्न पुग्यो बन्न पुगेपछि स्थितिमा आमुल परिवर्तन आएको छ । यो नयाँ समीकरणले यी जिल्लामा देउवाको मत ह्वात्तै बढ्न पुगेको छ ।हिजोको दिनमा कोइराला पक्षमा रहेका कतिपय नेताहरू महाधिवेशन प्रतिनिधि निर्वाचित भएपछि जिल्ला सभापतिको निर्वाचनको दौडका क्रममा देउवा पक्षमा खुलेरै देखिएका छन् ।

Monday, December 28, 2015

आजको आधुनिक समाजमा महिला-पुरुष बिच के फरक छन?

महिला र पुरुष बिच प्राकृतिक रुपमा अङ्ग र प्रत्यङ्गमा नै भिन्नता छ । प्राकृतिक रुपमा शरिरमा देखा परेका भिन्नता कारण बुझाई, सोचाई, गराई पनि फरक हुनु स्वाभाविक नै हो । त्यसैले,  चीनका एक लोकप्रिय अनलाइन चाइना डेली न्युजले महिला र पुरुषका बिचमा केही फरक देखाएको छ । उसले राखेका तस्विरहरु हेर्दा हल्का रमाइलो लागे पनि सो अनलाइनले राखेको तस्विरले आजको समाज बोलेको दावी गरेको छ । उसले भनेको छ– प्रस्तुत तस्विरहरुले आजको आधुनिक समाज बोलेको छ, जसलाई नर्कान पनि सकिदैन । आउनुहोस हेरौं, ती तस्विरहरु– जसले आजको आधुनिक पुरुष र महिलालाई कसरी फरक देखाएको छ ।

Wednesday, August 5, 2015

डिभि पिआरवाला सरकारी कर्मचारी धमाधम राजिनामा दिदै

सरकारी जागिर वा विदेशको डीभी पीआरमध्ये एक रोज्ने गरी सरकारले विधेयक ल्याएपछि सरकारी जागिर छोड्ने क्रम सुरु भएको छ । सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार, साउन १० गतेसम्म अनेक कारण दर्शाउँदै राजीनामा दिने ८३ कर्मचारीमध्ये कम्तीमा ४० जनाले विदेशी डीभी पीआरका कारण राजीनामा दिएको पत्ता लागेको छ । स्रोतका अनुसार, खरिदारदेखि सहसचिव तहसम्मका कर्मचारीले स्वदेशको सरकारी जागिरभन्दा विदेशको डीभी पीआर रोजेका छन् । त्यसरी रोजेर राजीनामा दिनेमा:

Wednesday, April 1, 2015

अर्को एउटा तस्बिर जसले फेरी विश्वमा अर्को तहल्का मच्चायो

इन्टाग्राममा रुपीले हालेको तस्बिर
केही दिन अघि सोसल मिडियामा भाइरल भएको एउटा सिरियाली बालिकाको तस्बिरले विश्वमा नै तहल्का मच्चायो । एक टर्किस फोटो पत्रकारले तस्बिर खिच्न लाग्दा ती नानीले बन्दुक सम्झेर हात उठाएको देख्दा युद्धले बालबालिकका कलिलो मष्तिष्कमा कस्तो असर गरेको रहेछ र गर्दो रहेछ भन्ने ज्वलन्त उदाहरण थियो त्यो । ती बालिकाको अनुहारमा देखिएको डर र त्रासको निर्दोषपना बास्तवमै माया लाग्दो थियो । अहिले फेरी एक भारतीय मुलकी एक क्यानेडेली महिला रुपी कौरले सामाजिक सञ्जाल इन्टाग्राममा सेयर गरेको महिनावारीको आफनो तस्बिरले फेरी अर्को तहल्का मच्चाएको छ । महिनावारी भएको बखतमा बगेको रगतले लगाइरहेको कपडा रातो भएको र त्यो ओच्छयानमा पनि झरेको दृश्यसहितको सो तस्बिर उनलाई इन्टाग्राममा हालिन । जसलाई इन्स्टाग्रामले अश्लिल र असभ्य भन्दै हटाई दियो तर महिलाको प्राकृतिक कुरालाई असभ्य र अश्लिल भन्ने इन्स्टाग्रामको तर्कमा उनले आपत्ति जनाइन् । र, माफी माग्दै इन्स्टाग्रामले पुनः पोष्ट गरिदियो । तर, यो सामान्य घटनाले भने विश्वमा एउटा नयाँ बहस सिर्जना गराउन सफल भयो ।

Wednesday, March 18, 2015

'एमाओवादी पार्टीको अगाडि जाने कुनै स्पष्ट गन्तव्य देखिँदैन'

तपाईंसहित एमाओवादीमा रहेका पूर्वएमाले सबै पूरानो पार्टी फर्कने तयारीमा हुनुहुन्छ भन्ने सुनिन्छ, खास के हो ?

हामी एमालेमा फर्कने भनेर गरिएको प्रचार एउटा अफवाह मात्रै हो । केही साथीहरुको एमालेमै फर्कनुपर्छ भन्ने विचार आएको छ । तर, हामी तत्काल फर्कने सोचमा छैनौं ।

त्यसो भए पूर्वएमालेहरुको छुट्टै भेला किन गर्नुभयो त ?
मैले भेला आयोजना गरेको छैन । विभिन्न चरणमा साथीहरुसँग छलफल चाहिं भएको कुरा सत्य हो । जहाँसम्म भेलाको कुरा छ, त्यो मैले बेलाएको होइन । मलाई कसैले भेलामा बोलाएको पनि थिएन । भेलापछि साथीहरुले टेलिफोनमा त्यसबारे जानकारी गराउनु भएको थियो ।

Sunday, March 15, 2015

समुन्द्रको पिँधमा फेला परेका मानवीय उपकरणका तस्बिरहरु

जति हामी यो जमिनको संसार देख्छौ, त्यो भन्दा कयौं गुना ठुलो संसार समुन्द्र अथवा महासागर भित्र छ । हुन त पृथ्वीको तीन भाग मध्ये दुई भाग त पानी नै पानीले ढाकिएको छ, यसले पनि त्यो पानि भित्रको संसार अर्कै छ भन्ने कुरा थाहा पाउन कुनै गारहो छैन । थलचर (जमिन) र जलचर (पानी) मा बस्ने प्राणी बिच निकै भिन्नताहरु छन् । जो पानी भित्रै बस्छन, पानी भित्रै हुर्कन्छन र पानी भित्रै आफनो देह त्याग गर्दछन्, त्यस्ता लाखौ प्राणीहरु त्यही पानीमा छन ।  तर, यो तस्बिर कथा भने  पानीको नै हो, तर पानी भित्रका प्राणीहरुको होइन् ।

Friday, February 27, 2015

प्रचण्डले 'राजतन्त्र मान्छु' भने पछि माओवादी भित्र लफडा !!!

सशष्त्ररत तत्कालिन नेकपा माओवादीका ठुला नेता रवीन्द्र श्रेष्ठ आजकाल पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादीमा आवद्ध छ्रैनन् । दलहरु बिच भएको १२ बुदेँ समझदारी प्रति असहमति जनाउँदै युद्धकालमा नै बाहिरिएका श्रेष्ठलाई त्यसताका प्रचण्डका दाहिने हात भन्ने गरिन्थ्यो । संविधानसभाको पहिलो चुनाव अघि नेकपा एमालेमा प्रवेश गरेका श्रेष्ठ मन्त्री पनि भए तर त्यही मन्त्री भएको बेला एमाले निकट विद्यार्थी संगठनकी महिला नेतृलाई बिबाह गरे पछि उनी राजनीतिवाट लगभग अलग भए । उनै श्रेष्ठ कुनै जमनामा नेकपा एमालेको मुख पत्र भनिन दृष्टी साप्ताहिकमा आजकाल लेख र बिचारहरु नियमित लेख्छन । सोझो भाषामा भन्दा अथवा माओवादीहरुको भाषामा भन्दा आजकाल उनको काम भनेको लेखेरै भए पनि प्रचण्ड माओवादीलाई लखेटनु हो, खेदनु हो, उदांगो बनाउनु हो । उनै श्रेष्ठले दृष्टीमा लेखेका रहेछन कि प्रचण्डले तत्कालिन ज्ञानेन्द्र शाहलाई राजा मान्न स्विकार गरे पछि माओवादीमा लफडाबाजीसमेत भएको थियो । पुरानो घटना स्मरण गराउँदै श्रेष्ठले प्रचण्डको भनाई उद्यृत गर्दै लेखेका छन् । प्रचण्ड भनेका रहेछन, ‘‘संविधानसभावाट राजतन्त्र चाहिन्छ भन्यो भने हामी स्वीकार्छौ, सक्रिय राजा चाहिन्छ भन्यो भने पनि मान्छौ, गणतन्त्र भन्यो भने त्यो पनि मान्नु पर्छ, संवैधानिक राजतन्त्र, वहुदलीय प्रजातन्त्र त्यो भन्छ भने पनि हामी तयार छौं, जनताको मत मान्छौ ।’ यस विवादास्पद अन्तरवार्ताबारे पार्टीभित्र गम्भीर विवाद भयो । विस्तृतमा-

Monday, February 16, 2015

बाबुरामको आरोपमा 'तुक नै नभएको' प्रचण्डको आयो टिप्पणी

पत्रकार बिष्णु रिजालसँग कुराकानी गर्दै एमाओवादी अध्यक्ष प्रचण्ड
एकीकृत नेकपा माओवादीका नेता बाबुराम भट्टराईले मुख्यतः माघ ५ पछि धेरै चोटी भन्ने गरेका छन– कांग्रेस र एमाले ०४७ सालको संविधान ल्याउन खोज्दैछन, त्यसकारण आन्दोलन अनिवार्य भएको हो । उनले यो बिषय यति धेरै पटक बोलिसकेका कि त्यसको सिमा छैन तर जसले ल्याउन खोजेको भनिएको छ, त्यसले चाँही फेरी एकपटक पनि बोलेको कही कतै सुनिएको छैन । भट्टराईले यसो भने पनि एमाओवादीसहित बिपक्षी दल नभएको प्रश्नावली समितिले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयतामा प्रश्न नै उठाउन नपाइने नियम बनाएर उनको आरोप गलत पुष्टी गरिदिइ सकेका छन् । ब्याबहारिक र बैधानिक रुपमै पनि ०४७ सालको संविधान ब्युतदैन भन्ने पुष्टी भइसकेको छ तर पनि अझै भट्टराई गोयबल्श शैलीमा भन्दैछन– कांग्रेस र एमाले ०४७ सालको संविधान ल्याउन खोज्दैछन् ।’ जसले बुझेको छैन, उनले त हो क्यारे भन्ने भइहाले तर बुझनेले त उनको आरोप सुन्दा नहाँस्ने कुरा नै छैन ।

Saturday, February 7, 2015

विकिलिक्स संस्थापक असाञ्जको निगरानीमा सबा अर्ब खर्च

विकिलिक्सका संस्थापक जुलिएन असाञ्ज
अमेरिका रक्षा मन्त्रालय र बिदेश मन्त्रालयको गोप्य पत्रको खुलासा गरेर विश्वलाई नै आश्चर्यजनक बनाउने विकिलिक्सका संस्थापक जुलिएन असाञ्ज सन २०१२ अगस्त देखी इक्वेडरको दुतावासमा शरण लिएर बसेका छन् । विश्वभरीका अमेरिकी दुतावासले संकलन गरेको सुचना र आन्तरिक अभिलेखलाई बाहिर ल्याए पछि उनी एकाएक चर्चित भए । लन्डनस्थित इक्वेडरको दुतावासमा २८ महिना देखी शरण लिएर बसेका असाञ्जलाई त्यहाँवाट ननिस्केसम्म पक्राउ गर्न बेलायती प्रहरीले सक्दैन र त कतिखेर असाञ्ज त्यहाँवाट निस्कन्छ र पक्राउ गरौ भनेर बेलायती प्रहरी उनको प्रतिक्षामा २४ अ‍ैं घन्टा दुतावास बाहिर बसिरहेका छन । यसरी २८ महिना देखी असाञ्जलाई ढुकेर बस्दा बेलायत सरकारले उनको नाऊमा मात्रै १ करोड पाउन्ड खर्च गरिसकेको छ । तर, असाञ्ज भने बाहिर निस्केका छैैनन । किनपनि भने, यदी उनी निस्के भने बेलायतले उनलाई स्विडेनमा सुपदर्गी गरिदिन्छ, जहाँ उनका बिरुद्ध दुई महिलालाई यौन दुब्र्यब्यवाहार गरेका आरोपमा उनलाई मोष्ट वान्टेड बनाइएको छ । बेलायतको एउटा अदालतले असाञ्जलाई स्विेडन पठाउन आदेश दिएको छ तर असाञ्जलाई चाँही यो डर छ कि स्विेडनले उनलाई अमेरिका सुपदर्गी गरिदिन्छ । जसका कारण उनी लन्डनस्थित इक्वेडरको दुतावासवाट निस्कन चाहदैनन । उनी नस्किएका कारण उनको प्रतिक्षामा बेलायत सरकारले सबा अर्ब बराबर नेपाली रुपैया खर्च गरिसकेको छ । बिबिसी हिन्दी अनलाइनका अनुसार एउटा ब्यक्तिलाई प्रतिक्षा गरेर पक्रन यति धेरै खर्च गरेको यो पहिलो पटक हो ।

Friday, January 30, 2015

गान्धीलाई गोली हान्ने नाथुराम परिवारको हालको अवस्था

नाथुराम गोडसे (दायाँ) र नाना आप्टे
महान वैज्ञानिक अल्बर्ट आइंस्टीन ने महात्मा गाँधी के बारे में कहा था कि आने वाली पीढ़ियों को यकीन ही नहीं होगा कि हाड़-माँस का ये व्यक्ति कभी पृथ्वी पर चला भी होगा. 30 जनवरी 1948 को शाम पाँच बजकर पंद्रह मिनट पर जब गाँधी लगभग भागते हुए बिरला हाउस के प्रार्थना स्थल की तरफ़ बढ़ रहे थे, तो उनके स्टाफ़ के एक सदस्य गुरबचन सिंह ने अपनी घड़ी की तरफ़ देखते हुए कहा था, ''बापू आज आपको थोड़ी देर हो गई.''

Monday, January 19, 2015

'बाबुरामका कुरा चेलालाई त मन परेन, अरुलाई त परै जाओस् !!'

हुन त बद्री बजगाई मोहन बैद्य नेतृत्वको नेकपा माओवादीका केन्द्रीय सदस्य हुन् । मजदुर नेताको पृष्ठभुमी रहेका बजगाईसँग पेशेवर लेखकको जस्तो भाषा र शैली अपेक्षा गर्नु आफै प्रति अन्याय हो । मजदुर क्षेत्रमा एमाओवादी निकट संगठनका अध्यक्ष शालिकराम जम्मरकटटेलसँग एक्लै भिडेर उनका 'गलत क्रियाकलाप'को चर्को बिरोध गरेका कारण पनि एमाओबादी भित्र निकै चिनिएका नेता हुन । पछि पार्टी विभाजन भए पछि बजगाई बैद्य तिर लागे, बैद्यको आदर्श राजनीतिक जीवन बजगाईलाई निकै आकषर्ण लाग्छ रे ! आज उनै बजगाईले आफना पुर्व नेता बाबुराम भटटराईको बारेमा एउटा टिप्पणी गरेका छन् । भटटराईको आदर्श र पीएचडी डिग्रिवाट प्रभावित भएर ज्यानको बाजी लगाएर युद्धमा संलग्न भएका भन्ने बजगाईले आज उनै भटटराई बारे फरक धारणा बनेको रहेछ । माओवादी नेतृत्व, जसको एक आदेशमा ज्यान अपर्ण गर्न तयार कार्यकर्ताहरु आजको अवस्थामा आई पुग्दा नेतृत्वलाई कसरी हेर्दा रहेछन त बजगाईको यो टिप्पणी एउटा गतिलो उदाहरण हुन सक्छ । उनको नजरमा बाबुराम भटटराई कस्ता थिए र कस्ता भए त ? तपाई पनि पढन सक्नु हुन्छ ।

Saturday, January 17, 2015

"मधेसीसँग लागेर प्रचण्ड–बाबुरामले धोका खादैछन्, सम्झाऊँ"

प्रेस काउन्सिलका पुर्व अध्यक्ष शर्मा, जसलाई प्रचण्ड-बाबुरामले निकै आदर गर्छन्
नारायणप्रसाद शर्मा- आखिर हजार बाचा गरे पनि सम्पूर्ण परिवर्तनकारी आन्दोलनकारी शक्तिहरुले माघ ८ गते संविधान दिन्छौं भनेको त्यो बाचा निरर्थक सावित हुने नै भयो । यस्तो बाचा गत निर्वाचनको बेलामा मात्र हैन, त्यस भन्दा चार वर्ष अघि पनि गरिएको थियो । दुई वर्षमा हैन, अर्को दुई वर्षमा हैन अर्को एक वर्षमा पनि पूरा हुन सकेन । यसो गर्दा नेपालको राजनीति ढॉटको निम्तो जस्तै रहेछ भन्ने कुरा लाटा सोझाले पनि बुझे । नेपालको राजनीति पहिले देखि नै ढॉटढुट र छलछाममा चलेको जस्तो लाग्छ । २००७ सालको क्रान्तिमा गरिएका बाचा कवुल खोजेर पढ्न सकिन्छ । जनताले चुनेका प्रतिनिधिले संविधान बनाउने छन् भनेर लेखिएकै हो । १५ सालमा चुनाव त भयो तर संविधानसभाको हैन संसदको भयो । आखिर संविधान आयो– राजाका खल्तीबाट । त्यो खल्तीबाट आएको संविधान पनि खल्ती मै १७ सालमा खोसेर राखियो र निर्दलीय संविधान फेरि राजा कै गोजीबाट आयो ।

Tuesday, January 6, 2015

दाङगको फिल्म हल भित्र बिप्लब समुहको प्रथम राष्ट्रिय भेला

नेकपा माओवादीको राष्ट्रिय सम्मेलन दाङ जिल्लाको तुल्सीपुरमा हुँदैछ । तीन दिनसम्म चल्ने माओवादीको यो राष्ट्रिय सम्मेलनलाई धेरैले चासोका साथ हेरिरहेका छन् । नवगठित माओवादीले यही सम्मेलनबाट तय गर्ने नीतिले नेपालको आगामी राजनीति निर्धारण हुने धेरैले विश्लेषण गरेका छन् । सम्मेलनका लागि देशभरबाट प्रतिनिधिहरु दाङ प्रस्थान गरिरहेका छन् । सम्मेलनलाई व्यवस्थित गर्नका लागि संयोजक नेत्रविक्रम चन्द विप्लव, खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र धर्मेन्द्र बास्तोलासहितका नेताहरु सोमवारदेखि नै दाङ पुगिसकेका छन् । दाङमै सोमवारदेखि राष्ट्रिय सम्मेलन आयोजक समितिको बैठक बसिरहेको छ । बैठकमा राष्ट्रिय सम्मेलनमा आउने प्रतिनिधि, उनीहरुको व्यवस्थापन, सम्मेलनको सुरक्षा, छलफलको प्रकृति आदिबारे छलफल गरेको बताइएको छ । बैठक आज पनि चलिरहेको छ ।

Friday, December 12, 2014

मोदीले भाऊ दिने तर मोदीलाई 'बाल' नदिने हवल्दारको छोरो

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टिवटरमा रजनीकान्तलाई पछयाएका छन तर रजनीकान्तले मोदीलाई भने अझै पनि पछयाएका छैनन । अझ रमाईलो कुरो त के छ भने रजनीकान्तले जम्मा ७ वटा टिवट गरेका छन र १८ ह्यान्डललाई मात्रै पछयाएका छन तर पनि उनको टिवटर भेरीभाइड भएको छ । उनलाई १.१४ मिलियन बराबर टिवटेले पछयाएका छन् । उनलाई पछयाउनेको लिस्ट हेर्ने हो भने सबै दंग पर्छन, आज उनकै ६४ औ जन्मदिन हो । भारतीय मिडियामा आज रजनीकान्त छाएका छन्, कुनै जमनामा सबै भन्दा मंहगो रकममा चलचित्र खेल्ने (शिवाजी की सफलता के बाद रजनीकांत ने अपनी फीस 26 करोड़ रुपये कर दी थी. इसी के साथ वह जैकी चान के बाद सबसे महंगे सितारे बन गए) कलाकारको रेकर्ड बनाएका रजनीकान्तलाई बलिउडमा पनि धेरै सम्मान गरिन्छ, खास उनी दक्षिण भारतीय फिल्मका सुपरस्टार हुन ।

Saturday, December 6, 2014

हतियार किन्न गएका बिप्लबलाई भारतीयहरुको हप्किदप्की

कुमार दाहालः नेत्रबिक्रम चन्द (विप्लव) ले नयाँ पार्टी बनाउनुसँगै विप्लवसहित सहभागी भएको २०४७ को ‘कालो पुल समूह’ (नाम मेरो होइन) को चर्चा पनि बढेको छ तथाकथित कालो पुल समूहबारे केही मिडियाहरुमा चर्चा देखेपछि त्यसबारे केही लेख्ने जरुरत महसुस भयो । कालो पुल समूहमा आवेग त धेरै थियो तर विवेक त्यति थिएन, जोश र उत्साह त अपार थियो, होशको मात्रा निक्कै नै कम थियो । तत्कालीन पार्टी, त्यसको नेतृत्व तह र तिनका ढोंगहरुप्रतिको निराशाको उपज थियो कालो पुल समूह । त्यो समूह बन्यो, छलफल धेरै ग¥यो, ठूलठूला योजनाहरु पनि बनायो तर त्यसले केही गरेन र अन्त्यमा आफैं विघटन भयो । त्यसमा साँच्ची कै केही गर्ने र काम होइन गफ चाहिं ठूलो गर्ने दुवै थरिका मान्छेहरु थियौं । त्यसैले त्यो केही नगरी आफैं सकियो । कालो पुलको छेउ छाउमै बस्नेहरुको त्यस समूहमा म पनि सहभागी भएकाले यतिखेर दावाका साथ भन्न सक्छु कि विप्लवको यो पहल पनि त्यही कालो पुल कै मानसिकताबाट अघि बढेको छैन र यो यतिखेरको नेपाली समाजको समस्याहरुको समाधानका लागि नभएर थप समस्या सिर्जना गर्ने अस्त्र बाहेक केही बन्ने छैन ।

Saturday, November 29, 2014

बिदेशी क्यामेरा म्यानले देखेको गढीमाई मेला: तस्बिर कथा

सत्रौं शताब्दीमा हत्या अभियोगमा भीमफेदी कारागारमा रहेका बरियारपुरका भगवान दास थारुले भगवतीको भाकल गरी गाँउमा त्रिशुल स्थापना गरेपछि उनी कैदमुक्त भएको र त्यसपछि मन्दिर स्थापना गरी पूजा र बलि दिने परम्परा चलेको लोकोक्ति छ । गढीमाईमा अहिले पनि दासकै खलकका मंगल चौधरी पुजारी छन् ।  बलि दिने तिथि भन्दा एक दिन अगावै गढीमाई (भगवतीे) को तान्त्रिक विधिद्वारा भगवानदास थारुका सन्ततीको घरमा पूजा–अर्चना हुन्छ । घरमा पूजा–अर्चनापछि मध्यरातमा सात जना महिलालाई शृंगार गरी गढीमाई मन्दिर छेउमा रहेको ब्रम्हस्थानको पूजा गरिन्छ । पूजापछि गढीमाईलाई पञ्च बलि दिएर बलि आरम्भ गर्नेे परम्परा छ । त्यसक्रममा दुःखा धामीले आफ्नो शरीरको पाँच भागबाट रगत निकाली रगतको बलि पनि दिने गर्छन् । त्योसँगै जंगली सेतो मुसा, परेवा, कुखुरा, हाँस, सुंगुरको बलि दिने गरिन्छ ।

Thursday, November 6, 2014

चर्चित निर्देशक आलोक नेम्वाङको अन्तिम अन्तवार्ताः RIP

हार्दिक श्रद्धान्जली आलोक नेम्वाङ
चलचित्र निर्देशक आलोक नेम्वाङको निधन भएको छ। उनको  बिहिवार बेलुकी ८ बजे आफ्नै निवासमा झुण्डिएको अवस्थामा शव भेटिएको  प्रहरीले जनाएको छ। उनको शव धापासीस्थित आफ्नै अपार्टमेन्टमा  झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। पाईलट एवं अभिनेता बिजय लामाको आफ्नै सालो रहेका आलोकले आत्महत्या गर्नुको रहष्य पूर्ण रुपमा खुलिसकेको छैन् तर प्रहरी सुत्रबाट बुझ्दा उनले ‘दिनहुँ मरेर बाच्नु भन्दा एकै  दिन मरे आनन्द'  भन्ने भाषा सहितको सुसाईड नोट छाडेर गएका छन् । उनै नेम्वाङले गत कार्तिक १७ गते शुक्रवारलाई दिएको अन्तवार्ता अन्तिम हुन पुग्यो । उनले सो अन्तवार्तामा धेरै कुरा उल्लेख गरेका छन् । उनको स्वाभाव, बाँचिरहेको जीवनको अवस्था र अल्टर लाइफ स्टाइलका बारेमा धेरै कुरा सो अन्तवार्तावाट थाहा पाइएको थियो । ‘अल्टर आलोक’ भन्ने शिर्षकमा प्रकाशित सो अन्तवार्ता शुक्रवारवाट साभार गरिएको हो । उनले एक ठाउँमा भनेका छन– 'मान्छे भनेका रिप्लेसेबल चिज हुन् भन्ने लाग्छ मलाई। एउटा मान्छे गए अरू दशजना उसको ठाउँमा आइपुग्छन्। यो मान्छे सबैभन्दा महत्त्वपूर्ण छ, योबिना जिन्दगी नै चल्दैन, यो बिना कामै बन्दैन भन्नेमा विश्वास लाग्दैन। मान्छे भन्ने जातका कतिपय कुरा मलाई चित्त बुझ्दैनन् पनि। कहिलेकाहीँ त मान्छेहरू प्लास्टिकजस्ता देख्छु। उनीहरूको व्यवहार र आडम्बरले त्यस्तो छनक दिन्छ। त्यसकारण मान्छेप्रति श्रद्धा जाग्दैन। हामीमा इमानदारी र बफादारी भइदिएको भए हामी पनि चार हात खुट्टा टेकेर हिँड्ने थियौँ भन्ने लागिरहन्छ सधैँ।"