नेपाली कांग्रेसको १३औं महाधिवेशनको मिति जति–जति निजिकिँदै छ, त्यति–त्यति वरिष्ठ नेता शेरबहादुर देउवाको पक्षमा माहोल बढ्दै गएको छ ।
तराई मधेसका सप्तरीदेखि पर्सासम्मका आठ जिल्ला (प्रदेश नं.२) बाहेकका जिल्लाहरूको क्षेत्रीय अधिवेशन सम्पन्न हुँदासम्म कोइराला पक्षको तुलनामा देउवा पक्षको मत थोरै मात्रै अघि थियो । तर प्रदेश नं. २ का आठ जिल्लाको क्षेत्रीय अधिवेशन र पहाडका केही जिल्लाको जिल्ला अधिवेशनपछि देउवाको अवस्था निकै नै सुदृढ बनेको छ ।
प्रदेश नं. २ का आठ जिल्लामा करिब ६ सय मत छन् । जसमध्ये देउवाको पक्षमा दुई तिहाइ अर्थात् चार सयभन्दा बढी मत स्पष्ट रूपमा देखिएको छ । यसैगरी, खोटाङ, ओखलढुंगा, रामेछाप, दोलखा, ललितपुर, गोरखा, बाग्लुङ, लमजुङ, काठमाडौंलगायतका जिल्लामा क्षेत्रीय अधिवेशन हुँदासम्म कोइराला पक्षको तुलनामा देउवा केही कमजोर देखिएका थिए ।
तर जिल्ला सभापति पदका लागि भएको निर्वाचनमा नयाँ समीकरण बन्न पुग्यो बन्न पुगेपछि स्थितिमा आमुल परिवर्तन आएको छ । यो नयाँ समीकरणले यी जिल्लामा देउवाको मत ह्वात्तै बढ्न पुगेको छ ।हिजोको दिनमा कोइराला पक्षमा रहेका कतिपय नेताहरू महाधिवेशन प्रतिनिधि निर्वाचित भएपछि जिल्ला सभापतिको निर्वाचनको दौडका क्रममा देउवा पक्षमा खुलेरै देखिएका छन् ।

ताप्लेजुङकी सभापति लीला बोखिम, दोलखाका सभापति रुद्रबहादुर खड्का, रामेछापका सभापति लवश्री न्यौपाने, काठमाडौंका सभापति सबुज बानियाँ, गोरखाका सभापति हरिबहादुर घले, जाजरकोटका सभापति दीपकजंग शाह, पाल्पाका सभापति वीरबहादुर राना हिजो कोइराला पक्षमा थिए । तर यतिबेला आफ्नो जिल्लाका बहुसंख्यक महाधिवेशन प्रतिनिधिसहित उनीहरू देउवा पक्षमा समाहित भएका छन् । यो आँकडाले पनि कोइराला पक्षको तुलनामा वरिष्ठ नेता देउवा पक्ष करिब पाँच सय मतले अगाडि रहेको देखाउँछ । देउवाको जित सुनिश्चित बन्नुका आधारहरू
आधार नं. १:
अघिल्लो महाधिवेशनमा कोइराला पक्ष एकजुट भई भएभरको ताकत लगाउँदा पनि देउवाको पक्षमा तीन सय ४५ मत अपुग देखिएको थियो । तर आसन्न महाधिवेशनमा देउवाको स्थिति सबै जिल्लामा सुदृढ देखिएको छ । अर्थात् हरेक जिल्लाबाट देउवाको पक्षमा मत बढेको छ ।
उदाहरणका लागि तराईका जिल्लालाई लिन सकिन्छ । अघिल्लो महाधिवेशनको तुलनामा झापामा ३० मत, मोरङमा ४० मत, सुनसरीमा २५ मत, सप्तरीमा ४५ मत, सिरहामा २७ मत, धनुषामा २१ मत, महोत्तरीमा २६ मत, रौतहटमा १४ मत, सर्लाहीमा ३१ मत, बारामा ४४ मत, पर्सामा ३९ मत, मकवानपुरमा २६ मत, चितवनमा ११ मत, नवलपरासीमा २२ मत रूपेन्देहीमा ३४ मत, कपिलवस्तुमा पाँच मत, दाङमा १६ मत, बाँकेमा ११ मत, बर्दियामा सात मत, कैलालीमा नौ मत र कञ्चनपुरमा ७ मत बढेको छ ।
यसरी अघिल्लो महाधिवेशनको तुलनामा मकवानपुरसहित तराईका २१ जिल्लाका एक सय २१ निर्वाचन क्षेत्रबाट मात्रै देउवाको पक्षमा चार सय ८६ मत बढेको देखिएको छ । देउवाको पक्षमा तराई मधेसका २१ जिल्लको मत चार सय ८६ बढ्नु भनेको कोइराला पक्षको त्यति नै मत घट्नु हो ।
यसैगरी, पहाडका जिल्लामा पनि देउवाको मत अघिल्लो महाधिवेशनको तुलनामा निकै बढेको छ । कुनै पनि जिल्लामा घटेको देखिएको छैन ।

आधार नं. २:
अघिल्लो महाधिवेशनमा विदेशस्थित जनसम्पर्क समिति र भ्रातृ तथा शुभेच्छुक संघ÷संगठनबाट कोइराला पक्षले एकलौटी रूपमा प्रतिनिधि ल्याएर करिब ८० प्रतिशत मत लिन सफल भएको थियो । तर यसपटक अधिवेशन भएका सबै भ्रातृसंस्थाबाट देउवाको पक्षमा एकलौटी जस्तै महाधिवेशन प्रतिनिधिहरू छनोट भएका छन् । अधिवेशन हुन नसकेका भ्रातृसंस्थाबाट पनि देउवाको पक्षमा मत नआउने अवस्था छैन । विदेशस्थित जनसम्पर्क समितिमा पनि देउवाको पक्षमा ८० प्रतिशत होल्ड देखिएको छ । विदेशस्थित जनसम्पर्क समिति तथा शुभेच्छुक एवं भ्रातृसंस्थामा गरी करिब दुई सय मत छन् । जसमध्ये एक सय ६० मत देउवाको पक्षमा खडा भएर उभिएको अवस्था छ ।
आधार नं. ३:
कोइराला पक्षको नाममा महाधिवेशन प्रतिनिधि छानिएर आए हिजोको जस्तो कट्टता नभएका कारण पनि देउवाको पक्षमा समाहित हुनेहरूको संख्या उल्लेख्य हुदै गएको छ ।
आधार नं. ४:
कोइराला पक्षमा रामचन्द्र पौडेललाई व्यक्तिगत रूपमा नरुचाउनेको संख्या उल्लेख्य देखिएको छ । पौडेल पक्षले गरेको विश्लेषणलाई आधार मान्ने हो भने पनि तेस्रो धारका रूपमा उभिएका केबी गुरुङ, गोविन्दराज जोशी, रामकृष्ण ताम्राकार, विनयध्वज चन्द, लक्षमण घिमिरेलगायतको समूहसँग करिब एक सय ५० मत छन् । यी मत भनेका कोइराला पक्षकै नाममा आएका मत हुन् । यी मतसमेत गनेर कोइराला पक्षले आफ्नो संस्थापन पक्षसँग ५१ प्रतिशत मत छन् भनेर गनेको अवस्था हो । तर रामचन्द्रविरुद्ध जो बलियो छ, उसैलाई मत हाल्ने घोषणा यो समूहले गरिसकेको छ । जसका कारण यो समूहको मत पाउने भनेको देउवाले नै हो ।
आधार नं. ५:
आधार नं. ५:
अघिल्लो महाधिवेशनमा कोइराला पक्षलाई चुनाव जिताउन हस्तीको भूमिकामा देखिएका तत्कालीन राष्ट्रपति डा.रामवरण यादव यतिबेला पौडेलको पक्षमा आफ्नो इज्जत दाउमा राख्ने अवस्थामा छैनन् र उनको बोली बिक्ने अवस्था पनि अहिले देखिएको छैन । बरु उनले वीचमा बसेर आप्mनो छोर चन्द्रमोहन यादवका लागि सुरक्ष खोजिरहेका छन् ।
आधार नं. ६:
अघिल्लो महाधिवेशनमा सुशील कोइरालाको पक्षमा खुलेरै देखिएका विश्वप्रकाश शर्मा, सूर्यमान गुरुङ, चन्द्र भण्डारी, तारानाथ रानाभाट, महादेव गुरुङ, पुष्करनाथ ओझा, चिरञ्जीवी वाग्लेलगायतका दुई दर्जन नेताहरू यसपटक देउवालाई चुनाव जिताउन कम्मर कसेर लागेको अवस्था छ ।
आधार नं. ७:
अघिल्लो पटकको तुलनामा यसपटक ५२ प्रतिशत प्रतिनिधिहरू नयाँ छन् । उनीहरूले हिजोको गुट र उपगुटलाई बिर्सेर गतिशील र दृढ नेतालाई मतदान गर्ने इच्छा जाहेर गरेको विभिन्न मत सर्वेक्षणबाट देखिएको छ ।
आधार नं. ८:
कोइराला पक्षले सभापति पदका लागि सर्वसम्मत उम्मेदवार तय गर्नसकेको छैन । रामचन्द्र पौडेलले मात्रै होइन, महामन्त्री कृष्णप्रसाद सिटौला र नेतृ सुजाता कोइरालाले पनि सभापति पदका लागि उम्मेदवारी घोषणा गरिसकेका कारण मत विभाजित हुने अवस्था छ ।
आधार नं. ९:
शेरबहादुर देउवा जस्तो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उचाइ भएको वरिष्ठ नेताका लागि यो अन्तिम अवसर भएका कारण उनलाई पार्टी सभापति बन्नबाट वञ्चित गर्न हुन्न । उनी वञ्चित भए भने पार्टी कमजोर हुन्छ र पार्टीको इज्जत घट्छ भन्ने धारणा कोइराला पक्षका महाधिवेशन प्रतिनिधिहरूमा समेत देखिएको छ । संविधान कार्यन्वयनमा सवै पक्षलाई मिलाउन सक्ने र सिद्धन्तमा दृढ व्यवहारमा लचक भएकाले पनि देउवा प्रति आकर्षण बढेको हो ।
आधार नं. १०:
कांग्रेसमा तेस्रो शक्तिकेन्द्रको उदय नहोस् भन्ने पक्षमा कोइराला परिवार देखिएको छ भने अर्कातिर प्रकाशमान सिंह पनि रामचन्द्र पौडेल शक्तिकेन्द्रका रूपमा उदाए भने आफ्नो प्रभाव घट्ने जोडघटाउमा छन् । काठमाडौंमा प्रकाशमान निकट अधिकांश प्रतिनिधिहरू पौडेलको विपक्षमा र देउवाको पक्षमा खुलेर देखिनुले पनि यो विश्लेषणलाई पुष्टि गरेको छ ।
आधार नं. ११:
देउवाका मुख्य प्रतिस्पर्धी रामचन्द्र पौडेलसँग आफ्नै व्याक्तिगत संगठन छैन । चुनावी व्यवस्थापनमा पौडेलको कमजोरीका कारण उनका निकटस्थहरू निराश देखिएकोले पनि पौडेल हार्ने सन्देश गएको हो ।
(तरुणखबर डटकमवाट साभार)
(तरुणखबर डटकमवाट साभार)
No comments:
Post a Comment