महाराजगञ्ज टिचिङ हस्पिटल अगाडी एउटा घर छ । घरको मुलढोका कालो रङ्गको छ, त्यो घर राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाको हो । त्यही घरवाट एकदिन बोलावट भयो र म पनि निम्तो मान्दै पुगे । त्यहाँ दैनिक पत्रिका र टेलिभिजनका केही पत्रकारहरु पनि थिएँ, कोही चाँही निकै पछि पनि आए । त्यो दिन (मिति बिर्से तर दशै लगत्तै हुनपर्छ, मिति सम्झनेले भनिदिनुहोला पनि ) अध्यक्ष राणाले सबैका सामु भनेका थिए, ‘म काठमाडौंवाट निस्कदा अब मुलुकको नेतृत्व कांग्रेसका हातमा गइरहेको छ, दोस्रो स्थानका लागि एमाले र माओवादी विच प्रतिस्पर्धा हुन्छ भन्ने लागेको थियो तर ४० जिल्ला घुमेर आउँदा के देखे भने कतै एमाले फुत्त अगाडी निस्केर ठुलो पार्टी त बन्दैन भन्ने पनि लागेको छ है ।’ उनले त्यसको कारण देखाउँदै भनेका थिए, ‘म जहाँ जहाँ गएँ, त्यहाँ सबैभन्दा ठुलो प्रतिस्पर्धीको रुपमा एमालेलाई हाम्रा नेता÷कार्यकर्ताले औल्याएका थिएँ ।’
त्यो दिन मसहित अन्नपुर्ण पोष्टका बालकुमार नेपाल नेपाल, नेपाल समाचारपत्रका टंक पन्त, कान्तिपुरका बालकृष्ण बस्नेत, राजधानीका लिलाराज खनाल, नयाँ पत्रिकाका भुवन शर्मा, हिमालय टाइम्सका परशुराम काफ्ले, कमाण्डर पोष्टका बिनोद ढकाल, इमेज च्यानलका राजन कुइकेल र जगदिश खरेल, राससका नारायणजीलगायत एक दर्जन पत्रकारहरु थिए । जो यीनै पत्रकारका सामु राणाले त्यो भविश्यवाणी र आंकलन गरेका थिए ।
उनको भनाई थियो, काठमाडौं छाड्दा चाँही नेपाली कांग्रेसले चुनावी परिणाममा अग्रता ल्याउँछ र माओवादी दोस्रो ठुलो पार्टी हुन्छ र एमाले तेस्रो स्थानमा आउँछ भन्ने लागेको थियो रे । तर, जब ‘सानु राजा’ चुनावी अभियानको क्रममा ४० वटा जिल्ला घुमेर काठमाडौं फर्किए, त्यसपछि कांग्रेस होइन, अग्रतामा एमाले आउँछ भन्ने लागेको रे । ‘धेरैलाई यो कुरा विश्वास हुदैन तर मेरा कार्यकर्ताले धेरै ठाउँमा मुख्य प्रतिस्पर्धीका रुपमा एमाले आउँछ भने कांग्रेस केही ठाउँमा त छ तर अन्यमा आउने भनेको एकीकृत माओवादी र एमालेको बढी कम्पिटसन भयो भने मात्र कांग्रेस आउने हो भनेर सुनाएका छन् ।’ नभन्दै आजसम्मको परिणाम हेर्दा राणाले भनेको कुरा ठ्याक्कै मिलेको छ ।
आफ्नो चुनावी परिणामको हकमा पनि उनले गरेको भविश्यवाणी र आंकलन आज आएर मिलेको छ । हामीले सोधेका थियौं, ‘के तपाई सिन्धुपाल्चोक–३ वाट जित्नु हुन्छ त ?’
उनले त्यो बेला इमान्दारीपुर्वक भनेका थिए, ‘अघिल्लो निर्वाचनमा माओवादी, कांग्रेस र एमालेका तीन जना तामाङ उम्मेदवार थिए, त्यति गर्दा पनि शेरवहादुर तामाङ (एमालेका)ले मात्र १०० भोटले हारेको थिए, आज उनी मात्रै तामाङ उम्मेदवार छन् । कांग्रेसले तारानाथ (दाहाल) जीलाई र माओवादीले रायमाझीलाई उठाएको छ, यसै भन्न सकिन्न् ।’
उनले अझ ‘अफ दी रेकर्ड’ भन्दै अगाडी भनेका थिए, ‘आज उ (शेरबहादुर) एक्लो तामाङ उम्मेदवार छ, निकै प्रभाव पनि राख्छ क्षेत्रमा, त्यसमाथी एमालेको संगठन पनि बलियो छ, मैले जित्ने भनेको हिजो गरेको बिकासका कार्यक्रमले मात्र हो, पार्टी बलियो भएर होइन् ।’ नभन्दै, शुक्रवार तामाङ बिजयी भए, राणा भने पराजित ।
उनले त्यो दिन गरेका धेरै भविश्यवाणी अर्थात आंकलन मिलेको छ, त्यसैले पनि सम्झना गर्दै लेखिरहेछु । उनले ग्यारेन्टी गर्दै अझै भनेका थिए, ‘यो चाँही पक्का हो कि जातीय र क्षेत्रीय नारा दिने पार्टी धेरै ठाउँमा आउँदैनन्, राष्ट्रिय पार्टीहरु नै अगाडी हुन्छन् ।’
त्यसपछि हामी चिया र नास्ता खाएर फक्र्यौ । उनको त्यो भविश्यवाणी मैले जस्तै सायद धेरैले मनमा नै राखे होलान । केही नजिकका साथी (रिपब्लिकाका कोषराज कोइराला, माइरिपब्लिका अनलाईनका महानन्द तिमल्सिनासहित) लाई चाँही सेयर पनि गरेको थिएँ । त्यस लगत्तै म जिल्लामा रिर्पोटिङका लागि गएँ ।
उनले भने जस्तै, पर्सा देखी सप्तरी (उदयपुरसमेत)का तराईका नौ जिल्ला घुम्दा मैले पनि त्यही देखेर आएँ । यी जिल्लाहरुमा प्रतिस्पर्धा भने कै अब कांग्रेस एमाले कै हो भनेर काठमाडौंमा आएर नागरिक दैनिकमा लेखे पनि । त्यसका केही रेकर्ड अघिल्ला ब्लगहरुमा पनि छन् ।
Ani? conclusion kebhayo ta?
ReplyDelete