Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

ब्लगर बारे

झन्डै १ दशक भन्दा बढी समय देखी पत्रकारिता क्षेत्रमा आवद्ध छु । मुख्यतः बामपन्थी आन्दोलन, दलीय राजनीति, तराई–मधेस अजेन्डा र संसदीय राजनीतिका बिषयमा कलम चलाउँदै आएँ, आईरहेको छु । माओवादीको सशष्त्र युद्ध, ०६२÷६३ को ऐतिहासिक जनआन्दोलन, लोकतन्त्रका स्थापना, माओवादीको शान्ति प्रक्रिया, संविधानसभा निर्वाचन, गणतन्त्र स्थापना र संविधान निमार्णसहित दलीय राजनीतिका वारेमा कयौं ऐतिहासिक रिर्पोटिङ गर्ने सौभाग्य पाएको छु । मेरो पत्रकारिताको करिअरमा यस क्षणलाई ऐतिहासिक मानेको छु, यस्तो अवसरमा रिर्पोटिङ गर्न पाउँदा गर्ब लागेको छ । यो क्षण मेरा लागि सौभाग्यको क्षण थियो ।

सो अघि फाटफुट (निष्क्रिय) पत्रकारितामा जोडिए तापनि ऐतिहासिक जनआन्दोलन– २ मा घाइते भए पछि मात्रै
०६४ सालबाट सक्रिय रुपमा जनआस्था साप्ताहिकवाट पत्रकारिता सुरु गरी तरुण राष्ट्रिय साप्ताहिक, राजधानी राष्ट्रिय दैनिक, नागरिक राष्ट्रिय  दैनिक हुदैँ यतिखेर नेपालको पहिलो न्युज पोर्टल www.nepalnews.com आबद्ध हुन पुगेको छु ।

जनताले सुचना पाउने अधिकारलाई सम्मान गर्ने कोशिशमा निरन्तर क्रियाशिल रहने प्रतिवद्धतासहित पत्रकारिता क्षेत्रमा आएको हुँ । लोकतन्त्र, कानुनी राज्य, स्वतन्त्रता, नागरिक सर्वोच्चता मेरा लेखनका आधारभुत मान्यताहरु हुन् । राजनीतिक दलले अध्याँरा कोठामा गर्ने छलछाम र धोखाखडी योजनाका पर्दाफास गर्नु पत्रकारितामा म आफ्नो कर्तब्य सम्झन्छु । र, राजनीतिक दल भित्र एक आपसमा हुने रोचक/घोचक र ख्याल ठट्टाका मनोवैज्ञानिक पक्ष लेखनका लागि मेरा मन पर्ने बिषय हुन् ।

यहाँ लेखिएका बिचार/आलेख मेरा नीजि हुन् । प्रकाशित सबै डायरी मेरा रुचीका बिषय भएकाले मात्र आएका हुन् । त्यसैले मेरा कुरामा सवै पाठक सहमत हुनु पर्ने भन्ने चाँही कदापी छैन् । यो समाचार साइट भने हुदैँ होइन्, यो नितान्त ब्यक्तिगत ब्लग (इन्टरनेट डायरी) मात्र हो ।

यद्धपी, www.nepalnews.com  प्रकाशित भएका मेरा समाचार तथा लेखहरु यहाँ उल्लेख चाँही गर्ने गरेको छु, त्यो पनि रेकर्ड राखिराख्ने उदेश्यले मात्र । त्यो बाहेक मलाई मन परेका बिषय/आलेखहरु कहिले काँही अरुवाट साभार गरेर राखछु ।

ब्लग प्रति कुनै प्रतिक्रिया वा सुझाव, सरसल्लाह र गुनासो भए तपाई मलाई इमेलमा पठाउनु सक्नु हुन्छ, त्यसका लागि   

journalist.prakash2@gmail.com
इमेल ठेगाना तपाईलाई उपलब्ध गराएको छु ।

तपाईले चाहनु भयो भने मलाई यहाँ पनि भेटन सक्नुहुन्छ ।




मेरो ब्लगमा क्लिक गरी यहाँसम्म पढदै/ पछयाउँदै आउनु भएको भएकोमा तपाईलाई मुरीमुरी धन्यवाद !
निरन्तर सहयोगको अपेक्षासहित,
तपाईको

1 comment:

  1. जो कोही या जो सुकैले जहा सुकै जेसुकै लेखे पनि या जो सुकैले जहासुकै जेसुकै देखे पनि लेख्ने कुरामा कसैको ब्यक्तिगत लान्छाना लगाउने काम नहोस् । तपाईको प्रगतिको कामना ।

    ReplyDelete