डा. बाबुराम भट्टराईले पहिलो संविधानसभा बिघटनको मुख्य दोषीको रुपमा तत्कालिन एनेकपा माओवादीका उपाध्यक्ष मोहन बैद्य किरण माथी थोपरेर आफु भने त्यसवाट अलग हुन खोजेका छन । संंविधानसभा विघटन भएको ४ बर्ष पछि सो घटनाको बारेमा स्मरण गर्दै डा. भट्टराईले त्यसको सम्पुर्ण दोष बैद्य माथी लगाएका हुन । यद्धपी, पहिलो संविधानसभा बिघटन रहदाँ प्रधानमन्त्रीको जिम्मेवारीमा समेत रहेका भट्टराईले आफुले चाहेर पनि संविधानसभा जोगाउन नसकेको जनाउँदै उक्त घटना जीवन कै दुःखदायी घटना भन्दै पश्चतापबोध समेत गरेका छन ।
दोस्रो संविधानसभावाट संविधान जारी गरे पछि राजिनामा दिएका उनै भट्टराई आजकाल नयाँ शक्ति नेपाल, पार्टी गठन गरेर माओवादीवाट अलग भएका छन । संविधान जारी गराउनका लागि अहम भुमिका खेलेका उनै भट्टराईले संविधान जारी भए पछि भने संविधान प्रति बिमति जनाउँदै बिरोध गर्नसम्म बाँकी राखेनन । संविधान जारी गर्न मुख्य भुमिका खेल्ने र सोही संविधानको बिरुद्धमा लाग्ने एक मात्र नेताको छवी वनाएका भट्टराईले नयाँ संविधानबारे नयाँ धारणा राख्दै पहिलो संविधानको बिघटनको दोषी बैद्यलाई देखाउँदै फेहरिस्त प्रस्तुतसमेत गरेका छन । ।
थप उनकै भाषामाः
आजभन्दा चालीस वर्ष पहिले २३ वर्षको विद्यार्थी उमेरमा मैले स्वैच्छिक ढंगले सक्रिय राजनीतिमा प्रवेश गरेको थिएँ । त्यतिबेला नेपालको अल्पविकास र राष्ट्रिय अपमानको मूल कारक तत्त्व निरंकुश राजतन्त्र हो भन्ने मेरो सहज ठम्याइ थियो । २००७ सालमा घोषणा भएको संविधानसभाको सट्टा दलहरूले २०१५ सालमा राजाप्रदत्त संविधान स्वीकारेकाले नै राजा महेन्द्रले २०१७ सालको फौजीकाण्ड मच्चाउन सकेको मेरो युवा सुलभ बुझाइ थियो । त्यतिबेला फ्रान्सेली क्रान्ति र पश्चिमा उदार लोकतन्त्रबाट बढी प्रभावित म संविधानसभाबाट संविधान बनाएर गणतन्त्र संस्थागत नगरेसम्म नेपालको तीव्र आर्थिक विकास र समृद्धि हुन्न भन्ने निष्कर्षमा पुगेको थिएँ । त्यस यताको मेरो सारा राजनीतिक जीवन मूलतस् त्यही मिसन पुरा गर्नमा केन्द्रित रह्यो, भलै बीच—बीचमा मेरा यात्राका बाटाहरू केही फरक–फरक पनि भए ।
बीपीले ‘राष्ट्रिय मेलमिलाप’को नीति लिएर ‘राजासँग आफ्नो घाँटी जोडिएको’ कुरा गरेपछि म मोहनविक्रम सिंहमार्फत कम्युनिष्ट पार्टीमा लागें । अन्य कुराका अतिरिक्त राजा महेन्द्रको २०१७ सालको ‘कू’पछि मोहनविक्रमले मात्रै संविधानसभाको पक्ष लिएकाले म उनीसँग आकर्षित थिएँ । २०४६ पछि व्यवहारतस् उनले पनि त्यसलाई छोडेकाले २०४७ र ४८ पछि प्रचण्ड लगायतसँग मिलेर जनयुद्धमार्फत गणतन्त्र ल्याउने बाटोमा म लागेको थिएँ । जनयुद्धको क्रममा माओवादीभित्र संविधानसभा र लोकतान्त्रिक गणतन्त्रको कार्यदिशा स्थापित गर्न कति ‘पापड’ बेल्नुपरेको थियो, त्यो अब इतिहास बनिसक्यो ।
संयोगले इतिहासले मलाई पहिलो संविधानसभाको अन्तिम कालखण्डमा प्रधानमन्त्रीको दायित्व र दोस्रो संविधानसभामा संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको सभापतिको गहन जिम्मेवारी दियो । पहिलो संविधानसभाबाट संविधान बनाउन नसक्नु (वा नपाउनु) मेरानिम्ति जीवनको सबभन्दा तितो अनुभव थियो । पार्टी र परिस्थिति आफ्नो नियन्त्रणमा थिएन । त्यसैले त्यतिबेला मैले चाहेर पनि गर्न सकिन । दोस्रो संविधानसभामा परिस्थिति झन् प्रतिकूल बनेको थियो, त्यसैले जस्तो भए पनि एकथान संविधान जारी होस् र कमसेकम जनता सार्वभौम बनुन् भन्ने मेरो बाध्यात्मक मानसिकता बनेको थियो । त्यसैले मैले कतिपय विषयमा असहमतिसहित गह्रौं मनले संविधानमा हस्ताक्षर गरेको हुँ र संविधानसभा हलबाहिर आएर ‘यो संविधान आधा गिलास भरी र आधा गिलास खाली’जस्तो भन्ने अभिव्यक्ति दिएको हुँ । त्यतिबेला नेपाल राज्यको अग्रगामी पुनर्संरचना नचाहने पुराना राजनीतिक शक्तिहरू र नेपालमा आफ्नो सामरिक प्रभुत्व कायमै राखिराख्न चाहने बाह्य शक्तिले आ–आफ्नो स्वार्थको निम्ति संविधानलाई बहाना बनाएर नयाँ चरणको छाया–युद्ध सुरु गर्दै थिए । चालीस दिनदेखि ठप्प रहेको तराई–मधेसलाई विश्वासमा लिएर संविधान जारी गर्न नसक्दा सामरिक दृष्टिकोणले संवेदनशील त्यो क्षेत्र दीर्घकालीन द्वन्द्वको केन्द्र बन्ने खतरा रहन्थ्यो । त्यो संकेत पाएर नै मैले त्यसको सार्वजनिक पूर्वसूचना सामाजिक सञ्जालमार्फत दिएको थिएँ । परन्तु आँधीको पूर्वजानकारी दिने वैज्ञानिकलाई नै दोषी घोषित गर्ने दुस्खद कार्य भयो । त्यसको उचित फैसला इतिहासले एकदिन अवश्य गर्नेछ भन्नेमा म ढुक्क छु ।
फेरि पनि इतिहासमा पहिलोपटक नेपाली जनता पूर्णरूपले सार्वभौम बनेका छन् । त्यसमा मलाई निजी रूपमा असीम गर्वको अनुभूति हुन्छ र त्यस हदसम्म आफ्नो जीवनको एउटा मुख्य मिसन पुरा भएको महसुस हुन्छ । २०७२ असोज ३ गते संविधान जारी भएपछि संविधानसभा भवनबाट म सिधै मोहन वैद्य ‘किरण’को डेरामा पुगेको थिएँ । उहाँले बधाई दिँदै ‘लौ तपाईंको लाइन सफल भयो’ भन्दा म निकै गौरवान्वित थिएँ । किनकि २०६९ जेठ २ को संविधानसम्बन्धी बृहत सहमति उहाँ लगायतका साथीहरूको विरोधका कारण नै भाँडिएको थियो र त्यसको लाभ अन्य भित्री र बाहिरी शक्तिहरूले लिएर अन्ततस् पहिलो संविधानसभा तुहिन पुगेको थियो । त्यसैले संविधानको अन्तरवस्तुमा पूर्ण सन्तुष्टि नभए पनि संविधानसभाको आफ्नो जीवनभरको लडाइँ पुरा हुँदा म मूलतस् सन्तुष्ट नै थिएँ र छु ।
साभारः इकान्तिपुर डट कम

पहिलो संविधानसभाबाट संविधान बनाउन नसक्नु (वा नपाउनु) मेरानिम्ति जीवनको सबभन्दा तितो अनुभव थियो । पार्टी र परिस्थिति आफ्नो नियन्त्रणमा थिएन ।
संयोगले इतिहासले मलाई पहिलो संविधानसभाको अन्तिम कालखण्डमा प्रधानमन्त्रीको दायित्व र दोस्रो संविधानसभामा संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको सभापतिको गहन जिम्मेवारी दियो । पहिलो संविधानसभाबाट संविधान बनाउन नसक्नु (वा नपाउनु) मेरानिम्ति जीवनको सबभन्दा तितो अनुभव थियो । पार्टी र परिस्थिति आफ्नो नियन्त्रणमा थिएन । त्यसैले त्यतिबेला मैले चाहेर पनि गर्न सकिन । दोस्रो संविधानसभामा परिस्थिति झन् प्रतिकूल बनेको थियो, त्यसैले जस्तो भए पनि एकथान संविधान जारी होस् र कमसेकम जनता सार्वभौम बनुन् भन्ने मेरो बाध्यात्मक मानसिकता बनेको थियो । त्यसैले मैले कतिपय विषयमा असहमतिसहित गह्रौं मनले संविधानमा हस्ताक्षर गरेको हुँ र संविधानसभा हलबाहिर आएर ‘यो संविधान आधा गिलास भरी र आधा गिलास खाली’जस्तो भन्ने अभिव्यक्ति दिएको हुँ । त्यतिबेला नेपाल राज्यको अग्रगामी पुनर्संरचना नचाहने पुराना राजनीतिक शक्तिहरू र नेपालमा आफ्नो सामरिक प्रभुत्व कायमै राखिराख्न चाहने बाह्य शक्तिले आ–आफ्नो स्वार्थको निम्ति संविधानलाई बहाना बनाएर नयाँ चरणको छाया–युद्ध सुरु गर्दै थिए । चालीस दिनदेखि ठप्प रहेको तराई–मधेसलाई विश्वासमा लिएर संविधान जारी गर्न नसक्दा सामरिक दृष्टिकोणले संवेदनशील त्यो क्षेत्र दीर्घकालीन द्वन्द्वको केन्द्र बन्ने खतरा रहन्थ्यो । त्यो संकेत पाएर नै मैले त्यसको सार्वजनिक पूर्वसूचना सामाजिक सञ्जालमार्फत दिएको थिएँ । परन्तु आँधीको पूर्वजानकारी दिने वैज्ञानिकलाई नै दोषी घोषित गर्ने दुस्खद कार्य भयो । त्यसको उचित फैसला इतिहासले एकदिन अवश्य गर्नेछ भन्नेमा म ढुक्क छु ।
२०७२ असोज ३ गते संविधान जारी भएपछि संविधानसभा भवनबाट म सिधै मोहन वैद्य ‘किरण’को डेरामा पुगेको थिएँ । उहाँले बधाई दिँदै ‘लौ तपाईंको लाइन सफल भयो’ भन्दा म निकै गौरवान्वित थिएँ । किनकि २०६९ जेठ २ को संविधानसम्बन्धी बृहत सहमति उहाँ लगायतका साथीहरूको विरोधका कारण नै भाँडिएको थियो र त्यसको लाभ अन्य भित्री र बाहिरी शक्तिहरूले लिएर अन्ततस् पहिलो संविधानसभा तुहिन पुगेको थियो ।
फेरि पनि इतिहासमा पहिलोपटक नेपाली जनता पूर्णरूपले सार्वभौम बनेका छन् । त्यसमा मलाई निजी रूपमा असीम गर्वको अनुभूति हुन्छ र त्यस हदसम्म आफ्नो जीवनको एउटा मुख्य मिसन पुरा भएको महसुस हुन्छ । २०७२ असोज ३ गते संविधान जारी भएपछि संविधानसभा भवनबाट म सिधै मोहन वैद्य ‘किरण’को डेरामा पुगेको थिएँ । उहाँले बधाई दिँदै ‘लौ तपाईंको लाइन सफल भयो’ भन्दा म निकै गौरवान्वित थिएँ । किनकि २०६९ जेठ २ को संविधानसम्बन्धी बृहत सहमति उहाँ लगायतका साथीहरूको विरोधका कारण नै भाँडिएको थियो र त्यसको लाभ अन्य भित्री र बाहिरी शक्तिहरूले लिएर अन्ततस् पहिलो संविधानसभा तुहिन पुगेको थियो । त्यसैले संविधानको अन्तरवस्तुमा पूर्ण सन्तुष्टि नभए पनि संविधानसभाको आफ्नो जीवनभरको लडाइँ पुरा हुँदा म मूलतस् सन्तुष्ट नै थिएँ र छु ।
साभारः इकान्तिपुर डट कम
No comments:
Post a Comment