खगेन्द्र संग्रौंला भन्ने एकजना कथित बाम बुद्धीजिवीले मलाई टविटरमा ब्लक गरे । लोकमानसिंह कार्की पछि पहिलो ब्लक यीनै खगेन्द्र संग्रौंलाको खाइएको छ । तर पनि, यीनसँग मेरा कुनै गुनासो छैन किनभने यी मेरो नजरमा कुनै हैसियत भएका बिद्धान र लेखक होइनन् । बरु, यीनको ब्लक खाए पछि भने उनी देखी मलाई निकै दया लागेर चाँही आयो । जाबो, यीनको मैले ५ वटा आलोचना के गरेको थिएँ– यीनले मलाई टविटरमा ब्लक नै गरेछन् । सोचे, यी निकै कमजोर आत्मा भएका डरपोक कथित बिद्धान हुन, जो आलोचना अलिकति पनि सहन सक्दैनन । जबकी यीनी स्वयंको छवी भनेको "गाली सम्राट" हो । यीनका बारेमा लेख्नु समय बबार्द गर्नु बराबर हो । तर, पनि धेरै मित्रहरुले खगेन्द्र बुढाको आलोचना किन गरेको ? भनेर मलाई सोध्छन।
टविटरमा ब्लक गरेको म स्वंयले सार्वजनिक गरे पछि तपाईले के लेख्नु भयो र बुढाले ब्लक गरेको भनेर पनि सोधि दिन्छन ? यीनले मलाई किन ब्लक गरे त ? यो यीनले दिने जबाफ हो । तर, मैले किन यीनलाई आलोचना गरिरहेको छु, यो चाँही मैले दिने जवाफ हो । सोचे, यसको जवाफ ब्लगवाटै किन नदिऊ ? आखिर लुकाउनु पर्ने कुरा त केही पनि त छैन ।
खासमा म खगेन्द्र संग्रौंलाको ठुलो फ्यान नै थिएँ, यीनले उठाउने बिषय मलाई यति मन पर्दथ्यो कि त्यसको त कुरा नै छाडौं । मैले १४ बर्षको उमेर देखी यी खगेन्द्रलाई पढन थालेको हुँ, त्यो पढने क्रम कान्तिपुरको एउटा लेख ‘भित्तो कस्को ?’ भन्नेसम्म नियमित रुपमा नै रहयो ।
गाउँमा हामी आफैले स्थापना गरेको जनजागृति पुस्तकालय छ, त्यहाँ थुप्रै खाले पत्र पत्रिका आउँथे, अहिले त्यसको पक्की भवन बन्दैछ । गाउँ बामपन्थीहरुको बाहुल्य भएकाले त्यहाँ बामपन्थी निकट पत्रपत्रिका, पुस्तकहरु बढी आउनु स्वभाविक नै थियो । त्यस वेलाका नवयुवा, मुल्याङकनलगायत बामपन्थी पत्रिकामा यीनका लेखहरु आउँथ्यो, आजकाल ती पत्रिका बन्द भएँ ।
नवयुवा मासिकमा यीनका आत्मसंस्मरण छापिन्थ्यो, यी लाहुर गएको दलितसँग गरेको सम्मानयोग्य ब्यावहार देखी बाऊको किरिया नगरेको जस्ता कुराले मलाई पनि यीनै जत्तिकै क्रान्तिकारी बनायो । मेरो बाल मष्तिष्कमा क्रान्तिको बिऊ छर्ने काम यीनीले नै गरेका हुन । सबैभन्दा बढी मुख्यतः राज्य बिभेदकारी हुन्छ र यसको बिरुद्ध उभिनु पर्छ भनेर चेतना यीनै टाइपका लेखकले दिएका हुन् । मेरो किशोर मनमा राज्य प्रति बिद्रोही मानशिकता बनाउन निकै योगदान खगेन्द्रका लेखहरुले गरेका छन् ।
अझ खगेन्द्रसहित यी टाइपका अरु लेखकहरु जस्तो कि, राजेन्द्र महर्जन, झलक सुबेदी, पदमरत्न तुलाधार, श्याम श्रेष्ठ, हरिगोबिन्द लुईटेललगायत अरु कति कति । राष्ट्रियता (मात्र भारत बिरोधी), हक÷अधिकार र गरिबीका पक्षमा यीनले चलाएको कलम यति शक्तिशाली लाग्थ्यो कि मानौ, अहिले नै बन्दुक बोकेर जाऊँ ।
सायद यीनै खगेन्द्रले अनुवाद गरेका ‘युवाहरुको गीत’, मैक्सिम गोर्कीको आमा, स्पार्टाकसको बहादुरीका कथाका कितावहरु पढ्दै हुर्किएको ब्यक्ति हुँ म । दुई दशक लामो समय यीनीहरुका पुस्तक, लेख र साहित्यहरु अध्ययन गर्दा पनि एउटा कुरा भने कहिल्यै पनि पाईन । त्यो हो– राम्रो र असल कुरा, जो जीवन जीउनका लागि र सिक्नका लागि सबैभन्दा अनिवार्य छ । राम्रो र असल कुरा सिकाउने काम चाँही म जस्ता पाठकलाई यीनले कहिल्यै गरेनन । दुई दशक पछयाउँदा पनि जहिल्यै पनि नेगेटिभ मानशिकता बनाउने कुरा मात्रै हामीलाई बाँडे ।
संसारमा गलत नभएका, कमजोरी र आलोचना मुक्त नभएका कुनै कुरा र बिषय नै छैनन, जबकी यीनी स्वयंले मानेका माक्र्सको पनि आलोचना विश्वभरी हुन्छ । शान्तिका दुत बुद्धका पनि आलोचना भएका छन, भगवान कृष्णका पनि भएका छन, मर्यादापुरुष राम, जिससका भएका छन, पैगम्बर मोहम्बदका भएका छन । तर, यीनी यस्ता टाइपका लेखक हुन, जो राम्रा कुरा चटक्कै छाडिदिन्छन र नराम्रा कुरालाई फूलवुटा भरेर हामी माझ ल्याउँछन र साँच्चै हो जस्तो बनाई दिन्छन् । अहिले म सम्झन्छु, यीनले सद्यैँ बाँडने कुरा भनेको गुलियो बिष जस्तै हो, जसले मार्छ मात्रै ।
कुनै पनि बिषयका र त्यही भित्र रहेका राम्रा कुरा यीनले हामीलाई कहिल्यै देखाएनन, नराम्रा कुरालाई अझ बढी मलजल गरेर मानौं सबै खराब नै हो जस्तो गरी यीनले सद्यै हामीमाझ प्रस्तुत गरि नै रहे, अझै पनि गरिरहेका छन्, होलान । भलै, मैले पढन छाडे ।
मेरा अनुभव भन्छ–यी यस्ता कुरा गर्छन् । जस्तो कि, मानौ गाडीले किचेर एउटा चल्लो म¥यो, अनि यी खगेन्द्र तर्क दिन थाल्छन, ‘त्यो चल्लो मरेर करोडको नाश भयो किनभने चल्लो ठुलो हुन्थ्यो, त्यसले अन्डा पार्दथ्यो, त्यहाँवाट दर्जन चल्ला निस्कन्थे, त्यो बेचेर बाख्रा किन्थे, बाख्राका पाठापाठी हुन्थ्यो, त्यो बेचेर भैसी किन्थे, त्यसका पाडापाडी हुन्थे, त्यो बेचेर हात्ति किन्थे.... ’ यीनका लेखमा यस्तै टाइपका कुरा बाहेक केही आउँदैनन । यसो कुरा सुन्दा हो जस्तो पनि लाग्छ, साँच्चै नै बुझ्दै गए पछि थाहा हुन्छ– यी जति खराब लेखक कोही होइनन, छैनन् ।
मान्छेको जीवनमा जस्तै नेपालको राजनीतिमा पनि धेरै ठुला ठुुला उपलब्धी भएका छन, तर यीनले तीनको कहिल्यै स्वागत गरेनन, त्यसलाई कहिल्यै राम्रोसमेत भनेनन । जनआन्दोलन–२ को घाइते समेत हुँ म, जसको बलले निरकुंश शाही शाषन ढालेर मुलुकमा गणतन्त्र ल्यायो । यो ठुलो राजनीतिक परिवर्तन हो तर यी खगेन्द्रले तीनको समेत आलोचना गर्न छाडेनन् । त्यसपछि लाग्यो, यो लेखक काम लाग्ने हुदैँ होइन रहेछ, यसका कुरा पढेर बस्नु भनेको ‘डोकोमा पानी अडिन्छ’ भनेर पत्याउनु जस्तै हो ।
यती ठुलो उपलब्धीहरु हुदाँ पनि नेगेटिभ कुरा मात्रै देख्ने यीनीवाट अब तपाई आफै भन्नुहोस– के अपेक्षा गर्ने ? यीनीवाट हामीले अब के सिक्ने ? सद्यै राज्य बिद्रोही नै हुने तर राज्यलाई एउटा नागरिक हुनुको हैसियतले योगदान चाँही फिटिक्कै पनि गर्ने ? देशले के दिएन ? भनेर सद्यै सोध्ने कि देशलाई मैले यो दिएँ भनेर गर्व गर्ने ? खै, हामीलाई यीनले प्रोत्साहन गरेको ? खै हामीलाई हाम्रो जीवनलाई बाँच्न अभिप्रेरित गरेको ? एउटा उदाहरण छैनन् ।
जब यीनले देख्ने ठाउँ जतिमा क्रमशः म पनि पुग्दँै आए अर्थात यीनै जस्तै पत्रकारिताको मुल धारमा आए, त्यो बेला थाहा पाउन थाले, यीनले भनेका ८० प्रतिशत कुरा झुटा पो हुदाँ रहेछन । मात्र यी, २० प्रतिशतलाई लेखनी कलामार्फत १०० प्रतिशत बनाई रहेका पो रहेछन । यीनले सद्यै भ्रम बेचेका रहेछन, यी सद्यै तर्क अझ कुतर्क गरेर मान्छेका दिमागमा नेगेटिभ कुरा भरिदिदा रहेछन ।
यीनलाई यो राम्ररी थाहा छ कि जब कसैलाई गाली गरिदैन अर्थात नेगेटिभ कुरा गरिदैन तव आफनो लेख कसैलाई पढदैन । मान्छेको ‘नेचर’ नै हो– नेगेटिभले चाँडो तान्छ, लेखनमा पनि नेगेटिभ कुरा नै चाँडो बिक्छ । यीनले मान्छेको र लेखनको यो कमजोरीलाई हतियार बनाईरहेका रहेछन, अरु केही गरेका होइनन् ।
तपाईहरु आफै याद गर्नुहोस, सरकारको बिरुद्ध जसले जे सुकै र जस्तो सुकै आन्दोलन गरेको होस, त्यसको समर्थनमा अरु भन्दा अगाडी सरेर लेख यीनैले लेख्छन । त्यसमा साथ दिन्छन– झलक सुबेदी, युग पाठक, राजेन्द्र महर्जन, सिके लाल र केही अरु बामपन्थी लेखक बिद्धानहरु । त्यसको भोली के दुरगामी असर पर्छ, समाजमा के कस्तो प्रभाव पर्छ, त्यसको ख्याल गर्दैनन, मात्र सरकार बिरुद्ध आन्दोलन भएको चाँही हुनु पर्छ, यति निऊँ भए पुग्छ ।
अनि मैले १५ बर्ष पछयाउँदा देखेको कुराको सार निकाल्दै एक महिना अघि उनलाई नै मेन्सन गरेर टविट गरेको थिएँ,– ‘सरकार बिरुद्ध भएका जस्ता सुकै आन्दोलनको पक्षमा लेख्ने खग्रेन्दले अब म्यानपावर ब्यापसायीको आन्दोलनलाई मात्र समर्थन जनाउँन बाँकी छ ।’ लौ खत्तम- :) बुढाले त मलाई ब्लक पो ठोकि दिएछन् ।
गत चुनावमा पनि नयाँ पत्रिकामा यीनी लुगा खोलेर अर्थात नांगो भएरै नै लेखनीमा प्रस्तुत भए । एमाओवादीका अन्ध समर्थक भएर निस्केका यीनले त्यही भित्रका दुई नेतालाई दाज्दैँ एउटालाई पुजा गरे, अर्काको लुगा खोल्ने धृष्टता धेरै नै गरेका थिए । अन्य दललाई गाली गरेको त कुरा कति हुन कत्ति, त्यसका भो नकुरा गरम । अनि मैले पहिलो पटक यीनको सार्वजनिक रुपमा लेखेको थिए, ‘माओवादीलाई चुनाव हराउन खगेन्द्र संग्रौला, रातोपाटी डटकम र एविसी टेलिभिजन पनि मुख्य जिम्मेवार हुन किनकी यीनले पुरै गती छाडेर मैदानमा उत्रिए ।’
जातीय हिंसा र जातीय राज्यको मागलाई अधिकारको आन्दोलन भनेर ब्याख्या गरि नै रहे जबकी आन्दोलन गर्ने स्वयंले समेत आत्मा आलोचना गरिसक्यो तर यीनले भने माननेन, मान्दैनन् । अनि झन लाग्यो, यी अस्थिरताका कारक तत्व पनि हुन, यी समुदाय समुदायमा भडकाउँछन, यी नेपाली मिलेको देख्न सक्दैनन् । कहिले यी कुन कित्तामा पुग्छन, कहिले कुन कित्तामा पुग्छन, यीनको कुनै लेखनी अजेन्डा पनि छैन, यी सरकार बिरुद्ध हुने सबै खाले आन्दोलनलाई अधिकारको लडाईको लेपन लगाएर लेख्ने नांगा मान्छे हुन, जोसँग सिक्न लायक कुनै कुरा बाँकी छैन, हुदैन पनि ।
माओवादीको कित्तामा बसेर अरुतर्फ बन्दुक चलाउने यीनको आजकाल कित्ता फेरिदै गएको छ । हिजो प्रचण्डलाई समर्थन जनाउने यीनै खगेन्द्र आजकाल लेखहरु मार्फत संविधान बनाउन निरन्तर लागिरहेका उनै प्रचण्डको उछित्तो काटन ब्यस्त छन, केही दिनका यताका टविट र लेखहरु पढनुहोस, आफै थाहा पाउनु हुन्छ । तर, एउटा कुरा चाँही जति नै चित्त नबुझे पनि मैले यीनलाई मानेको छु, त्यो हो–ठेट नेपाली भाषालाई लेखमा राख्छन । भाषिक संरक्षणमा यीनले गरेको योगदान उत्कृष्ट नै छ । अरु मेरो नजरमा केही छैन ।
जाँदाजाँदै,
हिजो अस्तिसम्म जातीय राज्यको मागलाई अधिकार भनेर लेख्दै आएका खगेन्द्र एक दिन चाँही नमज्जैसँग तर्सेछन, त्यो देखेर मलाई निकैँ हाँस उठयो । जनजाति नेता पदमरत्न तुलाधारलाई तीन दशक देखी नै समर्थन गर्दै आए, केही महिना अघि खगेन्द्रका दाजु पदमरत्नले एउटा निकै अराजक भाषण ठोके, ‘यो काठमाडौंवाट सब बाहुन र नाक चुच्चेहरुलाई खेदाउनु पर्छ, यीनले हाम्रो ठाउँमा आएर हामी नेवारका राज्य खोसे, यीनलाई अब सबै नेवार मिलेर लखेटौ ।’
यो भाषण सुने पछि खगेन्द्र संगौंला निकै आत्तिए किनकी तपाई हामी बाहुनको भन्दा लामो नाक त यीनै खगेन्द्रको छ, यीनले मानेकै दाजु पदमरत्नहरुले सबै बाहुनलाई काठमाडौं खाल्डोवाट लखेटदा यी लामो नाक भएका खगेन्द्र चाँही कसरी बच्थे र ? यी पनि स्वभाविक रुपमा नै लखेटिने भएँ । त्यसपछि ‘गाली सम्राट’ खगेन्द्रसँग जसरी मेरो भ्रम टुटेको थियो र छ, त्यसैगरी खगेन्द्रको पनि पदमरत्न दाजुसँग भ्रम टुटयो । यीनले लेख नै लेखे– ‘पद्यरत्न दाई जिव्रो सम्हाल ।’
जय होस् ।

😂😂😂😂😂😂😂😂😂😂साह्रै मन पर्यो सर ।कुनै पनी बाटो हिड्नु भन्दा पहिला बाटो नियाल्नु जरुरी नै हुन्छ ।
ReplyDeleteThis comment has been removed by the author.
ReplyDeleteहा हा हा । खगेन्द्र सङ्रौलो, हा हा हा सङ्रौला बिद्वान रे ? के को बिज्ञो नि त्यो,खाली जिन्दगी भरी अर्को मा खोट देख्दै तथानाम गाली गर्दै हिडेको मान्छे हो उ । मेरो भासामा त उ देस लाई न चाहिने कुडा कभाड मान्छे हो किन भने देस लाई चाहिने ब्यक्ती ह्रु :अर्थशास्त्री, बैज्ञानिक्, कलाकार्, संगीताज्ञ, उद्ध्यमि, साहित्यकार जस्ले समाज मा सकरत्मक्ता फैलावोस्, सन्स्कृतिबिद्, गणितज्ञ, बाणिज्य, उध्यमि, बैन्कर्, खेलाडि, राज्नितिज्ञ,सन्स्कृती कर्मि, इन्जिनियर्,श्वासथ्कर्मी डाक्टर्, देस रक्षक सैन्य र प्रहरी तथा युद्धबिद्, भुगोलबिद्, जल्स्रोत थथा भुगर्व्बिद्, कृशि बिज्ञ र कृसक्, इतिहासबिद्, कुट्नित्ज्ञज्ञ, पारसट्रबिद्, ब्यपारी र समाजबिद हुन यि मध्धे सङ्रौलो कुनै एक पनि हैन्, यदी हो भने म लाई बताइदिनुस कि यो मान्छे के हो ।कुनै पनि देसम यो मद्धे कुनै एक पनि गुण न भएको मान्छे चर्चित बन्छ भने त्यो सो चे हुन्छ कि देस का दुर्दाशा का दिन आए, किन भने देशका लागी यस्ता मान्छे बोझ हुन्छन । यो गासे हो , गास खाएर देसका बिरुद्ध लेख्ने भुक्ने देस्द्रोही हो यो । त्यसैले यस्ता यस्ता कुडा कभाड हरु लाई महत्व दिनु जरुरी छैन । यस्तै कुडा कभाड हरुलाई महत्व दिएको र राज्नेता हरु ले यि र यस्तै मानिस हरु लाई भाडा मा लिएको ले हो देस आज यहाँ पुगेको
ReplyDeleteThis comment has been removed by the author.
ReplyDeleteसर धेरै धेरै धन्यबाद ...आज मेरो शंका दुर गरेकोमा , मलाई लाग्थ्यो कि यो बेक्ती "गाली सम्राट "मात्रै हो तर पनि मा मात्रै होकी एस्तो सोच्ने भनेकोत तपाईले सहि ब्याख्या गरिदिनु भयो ! सबैको आँखा खुल्यो !
ReplyDelete"This comment has been removed by the author." Comment chai kina hataeko bro?? Ramro naramro sabai comment rakhidida hunchha ni hau .
ReplyDelete