Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Sunday, March 15, 2015

समुन्द्रको पिँधमा फेला परेका मानवीय उपकरणका तस्बिरहरु

जति हामी यो जमिनको संसार देख्छौ, त्यो भन्दा कयौं गुना ठुलो संसार समुन्द्र अथवा महासागर भित्र छ । हुन त पृथ्वीको तीन भाग मध्ये दुई भाग त पानी नै पानीले ढाकिएको छ, यसले पनि त्यो पानि भित्रको संसार अर्कै छ भन्ने कुरा थाहा पाउन कुनै गारहो छैन । थलचर (जमिन) र जलचर (पानी) मा बस्ने प्राणी बिच निकै भिन्नताहरु छन् । जो पानी भित्रै बस्छन, पानी भित्रै हुर्कन्छन र पानी भित्रै आफनो देह त्याग गर्दछन्, त्यस्ता लाखौ प्राणीहरु त्यही पानीमा छन ।  तर, यो तस्बिर कथा भने  पानीको नै हो, तर पानी भित्रका प्राणीहरुको होइन् ।
बिभिन्न कारणले समुन्द्रमा डुबेका तर निकाल्न नसकिएका जहाज, युद्धकालमा डुबेका टयाकंर, पनडुब्बीका अवशेषका तस्बिर संग्रह हो यो । बिभिन्न समय र कालखण्डमा पानी भित्र रहेका डुबेका जहाज र ट्यांकर र सवारीका तस्बिर संग्रह र तपाइृ पनि आनन्द लिनुहोस ।  पानी भित्रको खण्डहरमा रहे पनि पुराना जहाज र सबारीहरुको तस्बिर यती कलात्मक तरिकाले लिइएको छ कि त्यसले तपाईलाई बदल्न सक्छ । किनभने, नकरात्मकता भित्र पनि सकारात्मक दिन सक्ने र खोज्न सकिन्छ भन्ने एउटा सम्भवाना बोकेका तस्बिरहरु यहाँ छन् ।






Source: redbull.com
 

No comments:

Post a Comment