आनन्द स्वरुप वर्मा भारतीय सत्ताधारी वर्गका आलोचक हुन् । उनीद्वारा सम्पादित तथा प्रकाशित ‘समकालिन तिसरी दुनियाँ’ फाँसिवाद विरोधी पत्रिका हो । नेपाल मामिलामा लामो समयदेखि कलम चलाउँदै आएका उनले केही दिनअघि उक्त पत्रिकामा ‘संक्षिप्त’ लेख लेखेका थिए । उक्त लेखलाई हामीले यहाँ अनुवाद गरेर यहाँ साभार गरेका छौँ ।
४ अगस्ट २०१६ मा माओवादी नेता पुष्पकमल दाहाल (प्रचण्ड) एक पटक फेरि नेपालको प्रधानमन्त्री पदमा आसिन भए । यो उनको दोस्रो कार्यकालको शुरुवात हो । पहिलो कार्यकाल सन् २००८ को १८ अगस्ट देखि २५ मइ २००९ सम्म थियो । २००८ मा गणतान्त्रिक नेपालको पहिलो प्रधानमन्त्रीको रुपमा उनलाई पाएपछि भारत तथा दक्षिण एशियाको समग्र प्रगतिशिल खेमामा उत्साहाको लहर छाएको थियो । र, भारतको सत्ता पक्ष र प्रतिक्रियावादी खेमा आतंकीत बनेका थियो । यो पटक उल्टो भयो ।
४ अगस्ट २०१६ मा माओवादी नेता पुष्पकमल दाहाल (प्रचण्ड) एक पटक फेरि नेपालको प्रधानमन्त्री पदमा आसिन भए । यो उनको दोस्रो कार्यकालको शुरुवात हो । पहिलो कार्यकाल सन् २००८ को १८ अगस्ट देखि २५ मइ २००९ सम्म थियो । २००८ मा गणतान्त्रिक नेपालको पहिलो प्रधानमन्त्रीको रुपमा उनलाई पाएपछि भारत तथा दक्षिण एशियाको समग्र प्रगतिशिल खेमामा उत्साहाको लहर छाएको थियो । र, भारतको सत्ता पक्ष र प्रतिक्रियावादी खेमा आतंकीत बनेका थियो । यो पटक उल्टो भयो ।
प्रगतिशिल खेमा संशकीत बनेको छ । उसले बुझ्न सकेको छैन की यो कसरी संभव भयो । यता प्रतिक्रियावादी खेमा आफ्नो यो विजयमा खुसी मनाइरहेको छ । भारतीय अखबार तथा टेलिभिजन च्यानलहरु भारतको कुटनीतिक सफलताको गीत गाईरहेका छन् । ‘नर्थ ब्लक’ तथा ‘रअ’को वरिपरि घुम्ने हरेक ‘बरिष्ठ’ पत्रकारलाई यस्तो स्टोरी उपलब्ध भएको छ, जसले उनीहरुको करियरमा ‘चार गुणा’ फड्को मारेको होस् ।
नेपालका ठूला भनिएका पत्रकारले पनि सफलताको मन्त्र आफ्ना बरिष्ठहरुबाट सिकेका छन् । उनीहरुको पनि आफ्नो खोजपूर्ण पत्रकारीता अब भारतीय विदेश मन्त्रालय र ‘रअ’को अफिसरहरुको टिप्समा नै टिकेको छ । उनीहरुलाई पनि लागिरहेको छ की नेपालमा पत्रकार बन्नको लागि भारतीय संस्थापन पक्षको पाउमा पर्नु नै श्रयस्कर हुन्छ ।
सत्ता राजनीतिको पेसेवर खेलाडीहरु आफ्नै पीठ ठोकी रहेका छन् की ओली सरकार गिराउन र प्रचण्डको नेतृत्वमा सरकार बनाउन कति भूमिका निभाएँ भनेर । उनीहरु आफ्नो यो प्रयासलाई मोदीजीसम्म पु¥याउनको लागि जुटेका छन् । यस्तो नश्लको व्यक्ति हरेक पार्टीमा छन् । केही समय अघि नेपालको गृहमन्त्री विमलेन्द्र निधिको भारत यात्राको समयमा राष्ट्रवादी कांग्रेस पार्टीका राज्य सभा सदस्य डी.पी त्रिपाठीले आफ्नो निवासमा जाने मानेका व्यक्तिलाई एक पाटी दिएका थिए ।
जसमा राष्ट्रिय सुरक्षा सल्लाहाकार अजित डेभाल पनि सहभागी थिए । त्यहाँ ‘पायोनियर’का कोलमिस्ट पत्रकार कल्याणी शंकरलाई त्रिपाठीले भनेका थिए, ‘ओलीको सरकार गिराउन मैले कस्तो मद्दत गरेँ र प्रचण्डलाई प्रधानमन्त्री बनाएँ ।’ केहीलाई उनले यो पनि संकेत गरेका थिए की बिमलेन्द्र निधी र अजित डेभालको गोप्य वार्ताको लागि पनि उनले यो पाटी आयोजना गरेका थिए ।
नरेन्द्र मोदीको हनुमान बन्न लालायीत यस्ता नश्ल तिब्र रुपमा वृद्धि भइरहेको छ । जो सक्रमक रोग जस्तै नेपाली धरतीमा फल्न र फूल्न लागिरहेको छ । प्रचण्डलाई बनाउन र यसको प्रतिक्रियामा भारतीय सत्ता प्रतिष्ठानमा खुसीयाली छाउनुले कयौं सवालको जन्म दिन्छ । केपी ओली राम्रा प्रधानमन्त्री थिए वा नराम्रा यसको तहमा जाने हो भने निर्वावाद रुपमा भन्न सकिन्छ की त्यस्तो समय जतिबेला आर्थिक नाकाबन्दी थापरेर भारत सरकार नेपाललाई घोँडा टेकाउँन पर्खिरहेको थियो ।
- जसमा राष्ट्रिय सुरक्षा सल्लाहाकार अजित डेभाल पनि सहभागी थिए । त्यहाँ ‘पायोनियर’का कोलमिस्ट पत्रकार कल्याणी शंकरलाई त्रिपाठीले भनेका थिए, ‘ओलीको सरकार गिराउन मैले कस्तो मद्दत गरेँ र प्रचण्डलाई प्रधानमन्त्री बनाएँ ।’ केहीलाई उनले यो पनि संकेत गरेका थिए की बिमलेन्द्र निधी र अजित डेभालको गोप्य वार्ताको लागि पनि उनले यो पाटी आयोजना गरेका थिए ।
ओली र प्रचण्डले आफ्नो जनताको मनोबल बढाएर छिमेकीको कुटनीतिक उदण्डताको प्रतिकार गर्ने ताकत प्रदान गरे । भारतप्रतिको आर्थिक परनिर्भरतालाई कम गर्ने दिशामा ओलीले जुन प्रयास शुरु गरे, प्रचण्डले उनको सरकारलाई गिराई दिए । सबैलाई थाहा छ की यो भारतको सहयोगबाट भएको हो । कसरी भारतले प्रचण्डलाई भरोसा गरे जो सँधै भारतको आँखामा विझाउँदै आएका थिए ।
के प्रचण्डको एक पटक फेरी प्रधानमन्त्री बन्ने जिउँदो महत्वकांक्षाले उनलाई विचलित पारिदियो ? के भारतले प्रचण्डलाई जनयुद्धकालका ‘अपराधहरु’को हवाला दिएर ब्ल्याकमेल ग¥यो ? भारतीय सत्ताधारी वर्ग प्रचण्डको दोस्रो ईनिङ्गलाई ‘वाटरलू’ बनाउने षड्यन्त्रमा छन् ? ताकी यी ‘अविश्वासनीय र भरोसा गर्न अयोग्य’ व्यक्तिबाट सँधैको लागि छुटकारा मिलोस र नेपाललाई आफ्नो खेलका लागि संरक्षित क्षेत्र बनोस् ? के शेरबहादुर दुउवाको मद्दतमा अमेरिका तथा भारतले जुन व्यूह रचना गरेका छन् यसमा प्रचण्ड फसेका हुन् ? यस्ता अनेक सवाल छन् जसले उत्तरको माग गर्छ । हामी यो विषयमा भारत वा नेपालका राजनीतिक विश्लेषकसँग कुराकानी गर्ने नै छौँ ।
यसैबीच १५ देखि १८ सेप्टेम्बरसम्म प्रचण्डको भारत भ्रमण तय भइसकेको छ (प्रचण्ड भारत भ्रमणमा गइसकेका छन् । सः) पराजयको डंक मर्माहत हुन्छ त्यति नै सुख हार पछिको जीतले दिने गर्दछ । २० सेप्टेम्बर २०१५ मा जब संविधान घोषणा भयो २४ जुलाई २०१६ यानी ओलीले राजिनामा दिएको दिनसम्म एकएक गरि भारत सरकारले अपमान झेल्नु प¥यो ।
- नेपालका ठूला भनिएका पत्रकारले पनि सफलताको मन्त्र आफ्ना बरिष्ठहरुबाट सिकेका छन् । उनीहरुको पनि आफ्नो खोजपूर्ण पत्रकारीता अब भारतीय विदेश मन्त्रालय र ‘रअ’को अफिसरहरुको टिप्समा नै टिकेको छ । उनीहरुलाई पनि लागिरहेको छ की नेपालमा पत्रकार बन्नको लागि भारतीय संस्थापन पक्षको पाउमा पर्नु नै श्रयस्कर हुन्छ ।
यसैबीच १५ देखि १८ सेप्टेम्बरसम्म प्रचण्डको भारत भ्रमण तय भइसकेको छ (प्रचण्ड भारत भ्रमणमा गइसकेका छन् । सः) पराजयको डंक मर्माहत हुन्छ त्यति नै सुख हार पछिको जीतले दिने गर्दछ । २० सेप्टेम्बर २०१५ मा जब संविधान घोषणा भयो २४ जुलाई २०१६ यानी ओलीले राजिनामा दिएको दिनसम्म एकएक गरि भारत सरकारले अपमान झेल्नु प¥यो ।
नेपालको राजनीतिलाई आफ्नै तरिकाले हाँक्ने अभ्यास र अंग्रेजहरुको विरासतमा प्राप्त औपनिवेशिक मानसिकताबाट ग्रस्त भारतीय शासक वर्गको लागि हरेक ती प्रसंगहरु अपमानजनक थिए. जो कुनै पनि सम्प्रभू राष्ट्रको लागि सामान्य मान्ने गरिन्छ । प्रचण्डले भारतको यस अपमानबाट मुक्ती दिलाए र जीतको अनुभूति गराए । यो थाहा छ की भारत सरकार भव्य कार्पेट बिछ्याएर प्रचण्डलाई स्वागत गर्न आतुर थियो ।
Source:Diyopost.com
No comments:
Post a Comment