हुन त बद्री बजगाई मोहन बैद्य नेतृत्वको नेकपा माओवादीका केन्द्रीय सदस्य हुन् । मजदुर नेताको पृष्ठभुमी रहेका बजगाईसँग पेशेवर लेखकको जस्तो भाषा र शैली अपेक्षा गर्नु आफै प्रति अन्याय हो । मजदुर क्षेत्रमा एमाओवादी निकट संगठनका अध्यक्ष शालिकराम जम्मरकटटेलसँग एक्लै भिडेर उनका 'गलत क्रियाकलाप'को चर्को बिरोध गरेका कारण पनि एमाओबादी भित्र निकै चिनिएका नेता हुन । पछि पार्टी विभाजन भए पछि बजगाई बैद्य तिर लागे, बैद्यको आदर्श राजनीतिक जीवन बजगाईलाई निकै आकषर्ण लाग्छ रे ! आज उनै बजगाईले आफना पुर्व नेता बाबुराम भटटराईको बारेमा एउटा टिप्पणी गरेका छन् । भटटराईको आदर्श र पीएचडी डिग्रिवाट प्रभावित भएर ज्यानको बाजी लगाएर युद्धमा संलग्न भएका भन्ने बजगाईले आज उनै भटटराई बारे फरक धारणा बनेको रहेछ । माओवादी नेतृत्व, जसको एक आदेशमा ज्यान अपर्ण गर्न तयार कार्यकर्ताहरु आजको अवस्थामा आई पुग्दा नेतृत्वलाई कसरी हेर्दा रहेछन त बजगाईको यो टिप्पणी एउटा गतिलो उदाहरण हुन सक्छ । उनको नजरमा बाबुराम भटटराई कस्ता थिए र कस्ता भए त ? तपाई पनि पढन सक्नु हुन्छ ।
"बाबुरामजी ! तपाईंको प्रतिबद्धता सडकबाट खारेज"
वद्रि बजगाईं-
एमाओवादीका केन्द्रीय सदस्य बाबुराम भट्टराईले माघ ८ मा संविधान ल्याउने समयसीमा संवैधानिक–कानुनी नभई राजनीतिक–नैतिक प्रतिबद्धतामात्र हो भनेर बडो हास्यास्पद तर्क गरेछन् । हाम्रा राजनीतिक गुरु बाबुराम भट्टराईले राजनीति भनेकै मुलतः राजनीतिक प्रतिबद्धता, विश्वास, नैतिकताले चल्छ भन्ने कुरा नजानेका होइनन् । सर्वहारा वर्गको राजनीति गर्ने माक्र्सवादीहरुले त झन् यसैबाट चल्नैपर्छ ।
सधैं बौद्धिकताले आफ्नो ढोंग र पाखण्ड छोप्दै आएका हाम्रा गुरु बाबुरामले यसबाट शरीरमा रहेको सानो कपडाको धरो लगौंटी समेत खुस्काएका छन् । यस्ता काइते र कानुनी कुरा गर्नु बाबुरामहरु जस्ता स्थापित राजनीतिक नेताहरुलाई सुहाउँदैन । यो त मुद्धा लड्ने पेशेवर वकिलका जस्ता तर्क भए ।
२०५२ सालको जनयुद्ध प्रारम्भ गर्ने बेलामा तपाईंहरु केन्द्रीय नेताहरुले जाहेर गरेका छ बुँदे प्रतिबद्धतालाई हामीले समातेर लड्यौं । त्यसको कानुनी र संवैंधानिक वैधानिकता त थिएन । तपाईंहरुले जनयुद्धकालमा लेखेका दस्तावेज र सर्कुलर समातेर हामी लड्यौं, त्यसको पनि संवैधानिक र कानुनी मान्यता थिएन । एउटा विश्वास र प्रतिबद्धतालाई पछ्याउँदै हामी हिंड्यौ । मर्न र मार्न तयार भएर हाम्रा ऊर्जाशील समय तपाईहरुको राजनीतिक र नैतिक प्रतिबद्धतामा हामीले समाहित गर्यौं ।
तपाईंले हिजो उठाएका राष्ट्रियता, जनतन्त्र, जनजीविका, सामाजिक न्यायका मुद्धा छाड्नु भएको छ र आफ्नो अस्तित्व बचाउनका लागि पहिचान र शासकीय स्वरुपका मुद्धालाई बेस्सरी उठाउनु भएको छ । त्यसैलाई तपाईं सम्भ्रान्त र नवधनाढ्यका विरुद्ध श्रमिक र निम्न मध्यमवर्गको मुद्धा भनिरहनु भएको छ । बाबुराम भट्टराई ज्यू, मजदुर पृष्ठभूमिबाट आएको र त्यहीं भिजेको हिसावले तपाईंलाई म भन्छु, पहिचानको मात्र विषय हाम्रो होइन । मधेशका भ्रष्ट, जमिन्दारहरुलाई अगाडि लगाएर तिनीहरु र तपाईंको अस्तित्व राज्य र राजनीतिमा टिकिरहला, उठ्ला तर श्रमिकको उठ्दैन ।
तपाईंले चुनावी घोषणापत्रमा भनेका, संविधानसभामा प्रतिबद्धता जनाएको एक वर्षभित्र अग्रगामी संविधान दिन्छु भनेको कुरालाई तपाईंले संवैधानिक र कानुनी कुरा होइन भन्नुहुन्छ भने जनतामा जाने तपाईंको नैतिक अधिकार छैन् ।
तपाईंले चुनावी घोषणापत्रमा भनेका, संविधानसभामा प्रतिबद्धता जनाएको एक वर्षभित्र अग्रगामी संविधान दिन्छु भनेको कुरालाई तपाईंले संवैधानिक र कानुनी कुरा होइन भन्नुहुन्छ भने जनतामा जाने तपाईंको नैतिक अधिकार छैन् । यसो भन्दा ड्यास माओवादी, या अरु कुनै भन्ने ममाथि प्रश्न आउँछ होला म एउटा स्वतन्त्र नागरिक भएर भन्दैछु, अब तपाईंहरुले संविधानसभामा गरेका कबुलहरुलाई जनताले स्वीकार्ने छैनन् ।
तपाईंले आफ्नो लगौटीलाई बचाउनु हुन्छ भने माघ ८ गते संविधानसभामा राजीनामा दिएर वर्गको मुद्धा, सामाजिक न्यायका मुद्धालाई उठाएर फिल्डमा आउनुस । जनताले साथ दिन्छन । यही मुद्धा उठाएर काँधमा काँध मिलाएर लड्ने हाम्रो इच्छा पूरा भएको छैन । तपाईंले वर्ग र राष्टका विरुद्ध धेरै अपराध गरेको भए पनि तपाईंलाई नेता मानेर हिंड्न हामी युवा तयार नै छौं ।
राजनीतिलाई व्यवसाय बनाएर आफ्नो सन्तान, दरसन्तानको वर्ग उत्थान गर्नेहरुलाई अब छुट छैन । राजनीतिमा बर्चस्व स्थापित गरेर खाइरहन प्रतिबद्धता फेरिरहने काम नगरे हुन्छ । माघ ९ गतेबाट सबै सभासद्हरुलाई जनताको तहबाट खारेज गर्ने र राज्यको भत्ता खाएकाहरुसँग आआफ्नो क्षेत्रबाट असुल्ने अभियान हामी थाल्दैछौं । यो कुनै अमुक पार्टीको एजेण्डा बनाएर होइन सचेत नागरिकको एजेण्डा बनाएर हामी लड्नेछौं । तपाईंका झुट्टा प्रतिबद्धतालाई सडकबाट खारेज गर्यौं । तपाईंले हिंजो लड्न सिकाउनु भयो, तपाईंले आत्मसमर्पण गरे पनि हामी निरन्तर लडिरहन्छौ ।
(बद्री बजगाईको फेसबुकवाट साभार)
No comments:
Post a Comment