दिपेश पुनलाई उपराष्ट्रपति नन्दबहादुर पुन (नन्दकिशोर पुन) का पुत्र भनेर कसैले चिनाइरहनु र जोडिरहनु पर्दैन । एमाओवादी निकट अखिल क्रान्किारीमा आवद्ध दिपेश सो पार्टीका जल्दाबल्दा युवा नेता पनि हुन । राजनीति देखी समाजसेवा सबैतिर क्रियाशिल रहेका दिपेश अन्य एमाओवादी नेताका पुत्र भन्दा फरक छन् । बिबादमा नपरेका दिपेश आफनो काम जिम्मेवारीपुर्ण तरिकाले निभाउने युवा नेताका रुपमा आन्तरिक पार्टीमा परिचित छन । कतिसम्म भने बा उपराष्ट्रपति हुदाँसमेत उनको सचिवालयमा दिपेश बसेनन, त्यसवाट उनले राजनीति र समाजसेवामा नै रहने जनाऊ दिएका छन । कहिले भुकम्पले प्रभावितहरुको घर बनाउन पुग्छन, कहिले अस्पतालमा बिरामी भएर अलपत्र परेकाहरुको सेवा गर्न पुग्छन, कहिले रसुवामा घाइतेको उपचार गर्न पुग्छन त कहिले समस्यामा परेकाहरुका उद्धारका लागि खटन पुग्छन । केही न केही काम गरेर देखाइरहेका दिपेशले उनका पार्टी छाडेर र पार्टीलाई गाली गरेर निस्केकाहरुको फेहरिस्त निकालेका रहेछन । प्रचण्ड र एमाओवादीलाई गाली गरेर निस्केकाहरु कहाँ के गर्दैछन त ? उनै दिपेशले समेटेका तथ्यांकहरु यहाँ राखेको छ, जो उनले आफनो फेसबुकमा लेखेका थिए ।
माओवादी पार्टी र प्रचण्ड ठिक छैन भनेर
१- शुरुमा भरत दाहाल निस्किए, परिणाम उनी आजकल के के मोर्चा बनाएर फेसबुकमा मात्रै भेटिन्छन्।
२- मुमाराम खनाल प्रचण्डबाट केही हुँदैन भन्दै गए, परिणाम आजकल अन्नपूर्ण पत्रिकामा जागिरे छन् । कहिलेकाही यसो TV मा देखिन्छन् ।
३- चुनबाङ बैठक अघि/पछि मणी थापा र रवीन्द्र श्रेष्ठ प्रचण्डलाई गद्दार घोषणा गर्दै नयाँ साँस्कृतिक समूह बनाए, परिणाम रवीन्द्र एमाले हुँदै कान्छी श्रीमती लिएर उदास जीन्दगी भन्ने उपन्याससंगै हराए। मणी थापा आजकल एउटा समूह बनाएर कहिलेकाही माओको टिसर्ट लाएको देखिन्छन्।
४- शान्ति प्रक्रिया पछि लक्ष्मण थारु माओवादीले थारुवानलाई धोका दियों भन्दैं निस्किए परिणाम थरुहट पार्टी बनाएर भारतको पैसां खादैं राजधानीतिर तरुणीसंग मस्ती गर्दागर्दैं रङ्गेहात फेला परे। पछि राजनीति बचाउन तराईका जमिन्दार विजय गछ्छेदारको पार्टीमा प्रवेश गर्दै अहिले काठमाण्डौं अनामनगरमा करोडौंको लगानीमा थारु भिलेज खोली बसेका छन्।
५- शान्तिप्रक्रिया पछि मातृका यादव वडो क्रान्तिकारी शैलीमा प्रचण्डलाई झुट र वेइमानी भन्दै आधा जनसंख्या बस्ने मधेसबाट नयाँ क्रान्ति गर्छु भन्दै निस्किए, परिणाम छोरोलाई विदेशमा डा. पढाउन त सफल भए तर क्रान्ति त कतै मञ्च पाए भने अझै पनि कडै गर्छन् क्यारे।
६- प्रचण्डलाई लाल गद्दार र नवसंशोधनवादी भन्दै पार्टी नै काक्रो चिरे झैं चिरेर किरण लगायतले जनविद्रोह गर्छौं भन्दै निस्किए, परिणाम जनविद्रोह त के उल्टै दोस्रो संविधान सभामा काङ्ग्रेस/एमालेहरुको पैसो खाएर प्रचण्डलाई हराउन सफल त भए तर हाल पार्टीभित्रै विप्लवले विद्रोह गरिदिए पछि आजकल कता जाउ के गरौ भा'छन् ।
६- विप्लवले किरणलाई बिच बाटो मै अलपत्र छोडेर एकीकृत क्रान्ति गर्छु भन्थे, परिणाम आफ्नै मजदूर/विद्दार्थी संगठन एकीकृत गर्न नसकेर समानान्तर संगठन बनाएर क्रान्ति गर्दै होलान्।
८- बाबुराम झण्डै जीवनको सिङ्गै जीवन यही पार्टीबाट प्रधानमन्त्री भए, तर हाल बुढेसकालका जोडिले सम्बन्ध विच्छेद गरे झैँ पार्टीलाई थोत्रो/रातोस्टिकर/मरेको लाश भन्दै वर्गीय भन्दा पैसा र जातको कुरो गर्दै कम्युनिष्ट पार्टीबाट विदाई भए, परिणाम श्रीमती हिसिला (श्रीमती भएको वाध्यताले संगैं हिडेका मनले यही पार्टीमा रहेको) टोपबहादुरलाई नि साथ छाडी एक्लै बाटो लागेका छन् हेरौं अझै के के हुने हो ?
यी तथ्यहरु सही छैनन् भने माफ़ी चाहान्छु। संगै म प्रचण्ड कामरेड पनि दधले नुहाएको जस्तो १००% सही छन् भन्न खोजेको होईन उहाँको पनि सकारसंगैं नकार पनि थुप्रैं छन् तर म पार्टी अन्तरसंघर्षबाट भागेर पार्टी छोड्ने र फुटाउनेहरुसंग म हिजो पनि सहमत थिएन, आज पनि छैंन र भोली पनि हुने छैन।
विदेशी साम्राज्यवाद र घरेलू प्रतिक्रियावादले विश्वभरी कम्युनिष्टहरुलाई नैं गरिखान नदिएको बेला त्यो पनि चिन र भारत जस्तो विशाल पूँजीवादी देशहरुको बिच नेपाल कम्यूनिष्ट त्यो पनि एउटैं पृष्ठभूमि भएर हाल अलग-अलग माओवादी पसल खोलेका हामी सबैंलाई गरिखान देलान् भन्नु आकाश फल आँखा तरी मर भने झैं हुनेछ तसर्थ यी हिजोका माओवादीहरु जो जहाँ भए पनि जे जे कारणले फुटे पनि फेरी सबैले आ-आफ्नो कमजोरीलाई आत्मसमिक्षा गरेर सिङ्गो भएको हेर्न चाहान्छौ। लालसलाम !!!
No comments:
Post a Comment