Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Monday, February 16, 2015

बाबुरामको आरोपमा 'तुक नै नभएको' प्रचण्डको आयो टिप्पणी

पत्रकार बिष्णु रिजालसँग कुराकानी गर्दै एमाओवादी अध्यक्ष प्रचण्ड
एकीकृत नेकपा माओवादीका नेता बाबुराम भट्टराईले मुख्यतः माघ ५ पछि धेरै चोटी भन्ने गरेका छन– कांग्रेस र एमाले ०४७ सालको संविधान ल्याउन खोज्दैछन, त्यसकारण आन्दोलन अनिवार्य भएको हो । उनले यो बिषय यति धेरै पटक बोलिसकेका कि त्यसको सिमा छैन तर जसले ल्याउन खोजेको भनिएको छ, त्यसले चाँही फेरी एकपटक पनि बोलेको कही कतै सुनिएको छैन । भट्टराईले यसो भने पनि एमाओवादीसहित बिपक्षी दल नभएको प्रश्नावली समितिले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयतामा प्रश्न नै उठाउन नपाइने नियम बनाएर उनको आरोप गलत पुष्टी गरिदिइ सकेका छन् । ब्याबहारिक र बैधानिक रुपमै पनि ०४७ सालको संविधान ब्युतदैन भन्ने पुष्टी भइसकेको छ तर पनि अझै भट्टराई गोयबल्श शैलीमा भन्दैछन– कांग्रेस र एमाले ०४७ सालको संविधान ल्याउन खोज्दैछन् ।’ जसले बुझेको छैन, उनले त हो क्यारे भन्ने भइहाले तर बुझनेले त उनको आरोप सुन्दा नहाँस्ने कुरा नै छैन ।
जे होस, नबुझनेले बिद्धान डाक्टर भट्टराईले भनेको सही हो भन्लान तर अरुले त भन्दैनन । कतिसम्म भने, भट्टराईको निरन्तर लगाउने सो आरोप उनकै अध्यक्ष पुष्पकमल दाहालले पनि पत्याउँदा रहेन छन् । सत्तापक्षसँग बार्ता र सहमतिका लागि प्रयास गरे पनि दबाबका कारण अगाडी आउन नसकेका दाहालले बुधवार साप्ताहिकका सम्पादक बिष्णु रिजालसँग खुलेरै भनेका रहेछन्, ‘बाबुरामजीले कांग्रेस र एमालेले ०४७ सालको संविधान ब्युत्याउन खोजको भनेर निरन्तर आरोप लगाए पनि मलाई चाँही त्यस्तो कदापी लाग्दैन् ।’ एमाओवादीका भावी अध्यक्षका ‘कुर्तक’ बारे उनकै अध्यक्ष प्रचण्डले  खुलेका छन, पत्रकार रिजालसँग ।
###                                                   ###                                                         ###
‘संविधान बनाएर देशलाई समृद्धितिर लैजाने बेला, बुढेशकालमा फेरि कता आन्दोलनमा जान लाग्नुभएको ?’
आइतबार साँझ यस्तो प्रश्न सुन्नासाथ एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल मुस्कुराए । ‘धेरै गरियो’– उनले भने– ‘बुढेशकाल भनेर हुँदोरहेनछ । परिस्थितिले त्यस्तो भन्दो रहेनछ ।’
वास्तवमा पुष्पकमल दाहालका मनमा आन्दोलनमा जाने, संविधानसभा छोड्ने र अहिलेको प्रक्रिया भत्काउने कुरा छैन । बोल्दा मनै खोलेर बोल्ने यी नेताले भने– ‘संविधानसभा छोडेर जाने भनेको होइन । यहाँ त तिमीहरु के पनि होइनौ भनेपछि हामी पनि केही हौं भन्नका लागि पनि आन्दोलनमा जानुपर्ने भयो ।’ दलहरुबीच धेरै कुरा मिलेका छन् । तर, सहमति भइरहेको छैन ।
दाहालाई सोधियो– ‘धेरै कुरा मिलिसकेका छन् । न्याय प्रणालीमा तपाईंहरुले भनेकै संवैधानिक अदालतमा सहमति भएको छ । प्रत्यक्षबाट निर्वाचित प्रतिनिधिसभाको अडानमा रहेका कांग्रेस–एमाले तपाईंहरुले भनेझैं मिश्रित निर्वाचन प्रणालीमा आएका छन् । शासकीय स्वरुपमा तपाईंहरु लचिलो हुनुभएकै छ । ६ देखि ९ प्रदेश बनाए मान्छौं भन्नुभएकै छ । नाम प्रदेशसभालाई दिाँ आपत्ति हुँदैन पनि भन्नुभएको छ । अनि कुरा केमा मिलेन त ?’
‘बाहिरबाट हेर्दा तपाईंले भनेको ठीकै हो । कुरा मिले जस्तो पनि लाग्छ । तर, भित्र बस्दा मिल्दैन । मिल्न–मिल्न लाग्दा फेरि गाँठो पर्छ’– दाहालले भने ।
अरु सबै त्यस्तो गाँठो दाहालले नै पारेको भन्छन् । दाहालका विचारमा चाहिं कसले गाँठो पार्छ त ? केपी ओलीको नाम त उनले छुटाउने कुरै भएन । थप्छन्– ‘त्यस दिन (माघ ५) सबै कुरा मिल्न लागेको थियो । मैले पनि मदन भण्डारीलाई सम्झेँ । उहाँले २७ बुँदा राखेर राख्नुभएको थियो भने म पनि रिजर्भेसन राखेर पनि अघि बढ्छु भनेको थिएँ । तर, सत्तापक्षकै साथीहरुले मानेनन् ।’ दाहालका अनुसार, त्यस दिन त प्रधानमन्त्री सुशील कोइरालाले कहाँ नोट अफ डिसेन्ट लेख्न पाइन्छ ? म मान्दिनँ भनेछन् । ‘अस्ति यहाँ (दाहालको घरमा) आउँदा सुशीलजीले पनि मैले कुरा बुझिनछु भन्नुभयो ।’ त्यस दिन कृष्णप्रसाद सिटौलाले खेलेको भूमिकाले दाहाललाई अर्को आश्चर्यमा पारेको छ । ‘सिटौलाजी त शान्ति प्रक्रियामा संलग्न मान्छे, विगतमा विमति हुँदा सहमति गर्न लाग्नुहुन्थ्यो’– दाहालले भने– ‘त्यस दिन त सहमति भाँड्न पो लाग्नुभयो । सहमति होला कि जस्तो भएपछि उहाँ निकै छटपटिएको, कुरा विगार्नका लागि बीचबीचमा बोलेको देख्दा आश्चर्य लाग्यो । बैठक चल्दै गर्दा पहिला आआफ्नो दलमा छलफल गर्नुपर्‍यो भनेर उहाँले पो हतार गर्नुभयो ।’ दाहालले बल्ल बुझेका छन्, समयले मानिसलाई कहाँ कहाँ पुर्‍याउँदोरहेछ !
त्यस दिनबाट बिग्रिएको वातावरण अझै संलिएको छैन । प्रधानमन्त्री कोइराला र दाहालबीच वार्ता भए पनि द्विपक्षीय र सर्वपक्षीय वार्ताहरु बन्द छन् । अब उपाय के छ त ?
‘उपाय भनेको फेरि वार्ता गर्नु नै हो, त्यसको विकल्प छैन’– दाहाल सुझाउँछन्– ‘उहाँहरुले दुई तिहाईको तरबार हाम्रो गर्दनमा झुन्ड्याएर वार्ता गरौं भन्नुभएको छ ।’ कांग्रेस–एमालेसँग दुई तिहाईको तरबार छ भन्ने दाहाललाई पनि थाहा छ । ‘हो, उहाँहरुसँग दुई तिहाईको तरबार छ । हामीले नभने पनि छ । मैले अस्ति सुशीलजीलाई भनें– तपाईंसँगको त्यो तरबार म्यानमा राखेर आउनुहोस् । तर, उहाँले सक्दिनँ भन्नुभयो । समस्या यहींनेरै छ ।’
दाहालका अनुसार, प्रधानमन्त्री कोइराला र एमाले अध्यक्ष ओलीले चाहेमा एक दिनमै सहमति हुन्छ । ‘बल उहाँहरुको कोर्टमा छ । म त छिटो होस् भन्ने चाहन्छु । आन्दोलन पनि समति निर्माणकै लागि हो ।’ एमाओवादीका नेता बाबुराम भट्टराईले कांग्रेस–एमालेले गाता फेरेर ०४७ सालको संविधान ल्याउन षड्यन्त्र गरिरहेको चर्को भाषण गरिरहेका छन् । दाहाललाई चाहिं साँच्चै त्यस्तै लाग्छ त ? ‘मलाई त्यस्तो लाग्दैन’–
उनले लामो व्याख्या गर्दै भने– ‘कांग्रेस–एमालेले गणतन्त्र, संघीयता, समानुपातिकता, धर्मनिरपेक्षता जस्ता उपलब्धिलाई उल्ट्याउँछन्, उल्ट्याउन सक्छन् जस्तो लाग्दैन ।’ त्यसो भए यस्तो आरोप किन त ? दाहालको थप व्याख्या छ– ‘तर दिशा प्रतिगमनतिर देखियो । कांग्रेस–एमालेले पेस गरेको नौ बुँदे प्रस्तावले हामीलाई झस्काएको छ । त्यसमा पहिचानको कुरा पनि छैन, समानुपातिकताको कुरा पनि छैन । धेरै कुरामा पछि फर्किन खोजेको देखिन्छ । तर, यही आधारमा ०४७ को संविधान नै उल्टिन्छ हामी भन्दैनौं ।’

(पत्रकार बिष्णु रिजालले गत आइतबार एमाओवादी अध्यक्ष प्रचण्डसँग गरेको कुराकानीमा आधारित)

No comments:

Post a Comment