Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Monday, May 6, 2013

ऋषि धमला संबन्धी छवटा किस्सा


ऋषी धमला रिर्पोटस क्लबका अध्यक्ष र पत्रकारको परिचय मात्रैमा सिमित छैनन् । उनी एक सेलिव्रेटी पनि हुन् । निरन्तर उही रफतारमा खटने सक्ने धमला जति अरु सायद नेपालमा कोही पत्रकार छैनन् । बिहान ५ बजे देखी बेलुका ११ बजेसम्म समाचारका लागि उनी निरन्तर खटिरहेका हुन्छन, अरु पत्रकारका लागि सवैभन्दा लोभलाग्दो पक्ष पनि यही नै हो । 
रिर्पोटस क्लब, बाणी बहस, न्युज २४, हिमालय टेलिभिजन, नेपाल टेलिभिजन, घटना र बिचार, साप्ताहिक बिमर्शजस्ता कयौं ठाउँमा उनका बाइलाइन पढन र अन्तवार्ता हेर्न पाईन्छ, त्यो पनि एक हप्ता भित्रैमा । सिंहदरवार देखी शितल निवास, बालुवाटार देखी बल्खु, सानेपा, पेरिसडाँडा जता पनि जान भ्याउने उनी नै हुन् । काठमाडौंमा एउटा तप्का छ, जो उनलाई मन पराउँदैन तर नेपालमा उनका फ्यानहरु धेरै छन् । ऋषीलाई भेटन पाए मात्रै भाग्य चम्किन्छ भन्ने पनि यही नेपालमा छन् ।
यसरी निरन्तर खटिरहने उनै धमलालाई एक दिन प्रचण्डले ‘हुदै नहुने माया बैगुनी’ भन्दै ब्यंग्य पनि गरे । उनले बोलाए पछि नआउने र उनले खोजे पछि नमिल्ने नेपालमा कुनै नेता छैनन् । उनी जसलाई पनि एउटा कुरा भन्छन, ‘तपाई पार्टीको प्रभावशाली नेता हुनुहुन्छ, तपाईले एउटा कुरा बोल्दा देशले निकास पाउन सक्छ...... आदी इत्यादी । बास्तबमा ऋषिको अर्को एउटा राम्रो गुण पनि छ, उनी हत्पति कसैसँग रिसाउदैनन, न त कसैसँग बायस्ट नै  हुन्छन् । यदी कसैले गाली ग¥यो, आलोचना ग¥यो भने मुसुक्क हाँसेर टारिदिन्छन् तर जवाफै भने फर्काउदैनन । उनी सवैका लागि सहज पनि छन् । आज उनै धमलाको बिबाह हुदैछ ।
‘ठुलो मानिस भए पछि अर्थात सेलीब्रेटी भए पछि’ स्वाभाविक रुपमा आलोचना र समर्थन हुन्छ, किनकी उ सार्वजनिक मान्छे हो । त्यसैले होला,  उनका बारेमा धेरै किस्साहरु बनेका छन, नेपालका पत्रकारिता क्षेत्रमा । जसले पनि उनी कति ब्याप्त छन र कति चर्चित छन भन्ने देखाउँछ । आज उनै धमलाका बारेमा बुनिएका किस्साहरु यहाँ उल्लेख गर्न चाहान्छु । यसमा सत्यता हुनै पर्छ भन्ने छैन किनकी किस्साहरु सबै सत्य हुदैनन्, बनाइएका हुन्छन अर्थात त्यसमा थपथाप पारिएका हुन्छन । बिबाहको दिनमा पनि निम्तालुहरुसँग ‘साक्षात्कार गर्लान’ भनेर फेसबुकमा टिप्पणी पढे पछि ती किस्साका याद आएका हुन् । 

पहिलो किस्सा– हाल राष्ट्रपतिका प्रेस सल्लाहकार रहेका राजेन्द्र दाहाल दशैमा टिका लगाउन गाउँ गएका थिए रे । मुलुकका प्रमुख राष्ट्रपतिका प्रेस सल्लाहकार कम सानो पद होइन, र गर्बको कुरा पनि हो त्यो पद आफैमा । तर, दाहालकी आमाले टिका निधारमा लगाउँदै राजेन्द्र दाईलाई भनिन रे, ‘छोरा ऋषी धमला जस्तै ठुलो पत्रकार बन्नु र राम्रो गर्नु है ।’ त्यसपछि राजेन्द्र दाई फ्ल्याट । 

दोस्रो किस्सा– एक दिन ऋषीजी चितवन नारायणगढ गएका थिए रे, पुल्चोक भन्दा एक किलोमिटर परको होटेलमा बास बसेछन् । बिहान सातै बजे, पुल्चौक नजिक कार्यक्रम राखिएको थियो तर समयमा ऋषी आएनन् । उनलाई फोन गरियो, जतिखेर पनि "आउँदैछु" भन्ने जवाफ मात्र आउने । आयोजकलाई हैरान, एक छिन पछि ऋषीको ड्राईभरले गाडी ल्यायो । तर, गाडीमा भने ऋषी छैनन् । ‘खोइ त ऋषी ?’ भनेर ड्राईभरलाई सोधियो, उनले जवाफ दिए, ‘मलाई जानु भन्नु भयो तर उहाँ आउनु भएन’ लौ फसाद † फेरी दा¥ही नकाटी ऋषी कहि हिडने होइन, ऋषी, यो कुरा थाहा पाएकाले दा¥ही काटदै होलान भनेर चित्त पनि वुझाए । यता बाट फोन गएको गइछ, उतावाट जतिखेर पनि ‘आउँदैछु’ भन्ने जवाफ आएको आइएछ । तर, आउने चाँही कहिल्यै होइन् । 
असाध्यै ग¥यो भनेर एकजना मानिस ऋषीलाई लिन गए । तर, जब ऋषीलाई देखे, तब उ दंग मात्रै परेन, तीन छक नै खायो । कुरा के रहेछ भने, ऋषि त पैदलै होटल देखी नै हिडेर कार्यक्रम स्थल तिर आइरहेका रहेछन् । बाटोमा त ‘नमस्कार नमस्कार’ गर्दै हिडिरहेका रहेछन । बाटोमा फलफुल बेच्ने, रिक्सा चलाउने, ठेला ठेल्ने मात्रै होइन, बाटोमा भेटिएका सबै ‘ओ हो, ऋषि दाई’ भन्दै बोलाउँदा रहेछन, ऋषि मुसुक्क हाँसेर ‘ठिक ठिक छ’ भन्दै हात हल्लाउँदा पो रहेछन् । हे भगवान !!!

तेस्रो किस्सा– डिल्लीबजारमा रहेको ध्रुवको पुस्तक पसलमा ऋषि पत्रिका हेर्न जाने, सबै पत्रिका हेर्ने तर किन्ने बेला चाँही अंग्रेजी न्युज विक किन्ने । अ्रगेजी जान्दै नजान्ने ऋषिले न्युज विक किनेको देखेर एकजना अंग्रेजीका धुरन्धर राजिब आचार्यले केही दिन त त्यो दृश्य हेरिरहे र चुपचाप नै बसे । तर, सद्यै न्युज विक, त्यो नभए अर्को अंग्रेजी पत्रिका किनेको देखेर उनलाई पनि झोक चलेछ र एक दिन सोधेछन्– ओही ऋषी त एबीसीडि त जान्दछस् नी ?’ ऋषीले पनि न्युज बिक पछाडी खल्तिमा हाल्दै भनेछन, ‘सानो एबिसीडि सोधेको कि ठुलो एबीसीडी, जुन सोध त्यही फरर भनिदिन्छु ?’ 

चौथो किस्सा– माधव नेपाल प्रधानमन्त्री भए लगत्तै भारत भ्रमणमा निस्किए । र, सँगसँगै ऋषि पनि गएका थिए । दिल्लीवाट पत्रकारलाई फोन गरेर समाचार दिने उनै थिए, उनी कसैलाई पनि भेदभाव पनि गर्दैनन् र मागे पछि दिन मिल्ने जति समाचार दिन्छन् । तर, उनको सर्त हुन्छ, मेरो नाम चाँही छुटनु हुदैनी नि । उनले एकजना सम्पादकलाई फोन गरेर दिल्लीवाट भने– ‘दाई म त सुजताको कोठमा नै रात बिताए नि ? भारतले मलाई यति धेरै ठुलो सम्मान ग¥यो, अब यसलाई जसरी पनि न्युज बनाइ दिनु होला ।’ लौ खत्तम ! उपप्रधानमन्त्री सुजताको कोठामा रातभर ऋषि धमला । यो कुरा सुनेर नेपालमा भने हल्ला खल्ला । 
पछि कुरा वुझ्दै जाँदा उनले सही नै कुरा दिएका हुन् तर यता भने अनर्थ लाग्यो । भएको के रहेछ भने, प्रधानमन्त्री माधव नेपालसँग सवारी मन्त्रीको रुपमा त्यो बेला उपप्रधान तथा परराष्ट्रमन्त्री रहेकी सुजता कोइराला गई दिइनन्, उनी नगए पछि उनका लागि तयार पारिएको कोठा स्वभाविक रुपमा खाली हुन गइहाल्यो । सोही खाली कोठा नै ऋषिलाई दिइएको पो रहेछ । 

पाँचौ किस्सा– धादिङ घर जाँदा लगनको समय भन्दा अन्य समयमा दमाहा, सनही बज्यो भने मानिसहरुले थाहा पाइहाल्छन कि आज गाउँमा ऋषि आएको छ भन्ने !  कुरा के हुन्छ रे भने, ऋषि गाउँ पुग्नु भन्दा अघि नै गाउँमा रहेका दमाहा, सनाही बजाउनेहरुलाई बोलाउँदा रहेछन, उनी त्यही दमाहा र सनाहीको तालमा नाच्दै नाच्दै घर जान्छन रे । यसरी दमाहा, सनाही बजाए पछि उनीहरुलाई मनग्गे खल्ती भरिदिन्छन रे पनि । त्यसैले पनि गाउँका दमाहा, सनही बजाउनेहरु ऋषी नआउँदा बिरानो मान्दा रहेछन । कतिखेर ऋषी गाउँ आउला भनेर उनीहरु अझै पनि बाटो ढुकेर बस्छन रे ? 

छैटो किस्सा– भर्खरै भर्खरै रिर्पोटस क्लब खोलिएको थियो । एमालेमा महाकाली सन्धीको बिषयलाई लिएर तिब बिबाद भइरहेको थियो । ऋषीलाई तत्कालिन महासचिव माधव नेपाललाई बोलाउन मन लागेछ । अनि, कोटेश्वर स्थित नेपाल निबास पुगेछन र भनेछन– ‘हजुर भोली रिर्पोटस क्लबमा आई दिनु प¥यो, नेपाली जनता महाकाली सन्धीका बारेमा वुझ्न चाहान्छन् ।’ छलफल र तनावमा रहेका माधव नेपालले "पछि कुरा गरौला, अहिले बाहिर बस्दै गर्नुहोला" पछि ऋषि बाहिर निस्केर कुरेर बसेछन् । बाहिर ऋषि कुर्ने र भित्रवाट नेपाल ननिस्कने । झमझम पानी परिरहेको थियो, त्यो दिन् । यता नेपालले पनि छलफल र कुरा सके पछि खाना खाइवरी सुत्न लागेछन् । तर, सुत्नु अघि संयोगबस बार्दलीमा पुगेका नेपालले बाटोमा एउटा मानिस रुभ्दै बसेको देखे पछि को हो त्यो रुझेर बस्ने ? भनि वुझ्न लाएछन । तर, त्यसरी राती ११ बजेसम्म रुझदै बस्ने त उनै ऋषि धमला पो रहेछन । अनि नेपालले ऋषिलाई बोलाएछन र सोधेछन्– ‘किन यति रातीसम्म बाहिर रुझेर बस्नु भएको ?’ ऋषिले भनेछन, ‘तपाईले भोली रिर्पोटस क्लबमा आउने समय फिक्स गर्छु भन्नु भएको थियो, त्यसैले तपाईको जवाफ कुरेर बसेको हुँ?’ नेपालले ‘लौ मैले त भुसुक्कै विर्सेछु’ भनेछन् । रातभरी रुझेर समय माग गर्नका लागि कष्टपुर्ण प्रतिक्षा गरेको दृश्य देखे पछि त्यो दिन देखी नेपालले ऋषिको कुरा कहिल्यै काटदैनन रे ? ऋषिले बोलाए पछि नेपाल जहाँ पनि जान्छन रे । 

त्यसैले पनि होला, पत्रकार महासंघले बरु शिर्ष नेता, कलाकार, राजनीतिक मानिसलाई बोलाउन सक्दैन, तर ऋषि एक्लैले भने सबैलाई बोलाउन सक्छन । नेताहरु अरुले बोलाएको कार्यक्रममा जादैनन तर रिर्पोटस क्लबमा गएर बोल्न पाउँदा संसारै जिते जति जस्तै गरी भाषण दिन्छन् । ऋषि पत्रकार, राजनीतिक खेलाडी सबै हुन । भलै, उनलाई मन नपराउनेहरुले उनका आलोचना गरिरहन्छन तर ‘काग कराउँदैछ, पीना सुक्दैछ’ भने झै गरी ऋषि भने खटिरहन्छन् । यो उनको सुन्दर पक्ष हो । 

बैबाहिक जीवनको शुभकामनासहित !!!


No comments:

Post a Comment