Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Wednesday, August 28, 2013

रामचन्द्रले के पो गरेनन, तर उम्मेदवार सिफारिसमा नै परेनन्

हरे भगवान, रामचन्द्र झाको कथा फेरी लेख्न बाध्य भएको छु । किनकी, एमाले परित्याग गरी गएका रामचन्द्र झालाई एकीकृत माओवादीका कुनै पनि नेताले उम्मेदवारीका लागि सिफारिस नगरदिए पछि उनी थप तनाबमा परेका छन् । गृह जिल्लावाटै नै सिफारिसमा उम्मेदवारी सिफारिसमा नपरेको उनै झालाई उम्मेदवार बनाउनुछ भने अब केन्द्रले नै हस्तक्षेप गर्नुको बिकल्प छैन । जबकी एउटा क्षेत्रवाट १५ जनासम्म पर्दा पनि झाको नाम कतै उल्लेख भएको छैन । सचिव पाउने आशामा एमाले परित्याग गरी क्रान्ति गर्न एमाओवादी छिरेका उनले न त सचिव पाए, पाएको स्थायी समितिको जिम्मेवारी पनि मर्यादाक्रमको अन्तिममा प¥यो । त्यसको झोकमा उनले बिबिसी नेपाली सेवा र नागरिक दैनिक मार्फत आवेगमा भन्नु नभन्नु भने तर लोकलाज पचाएर एमाओवादी मै बसेका उनले बारा–३ को निर्वाचन क्षेत्रमा गए । र, हिजो बुधवार पेरिसडाँडामा भने, ‘एमाओवादीले अब जित्छ, जित्छ ।’
नेकपा एमाले परित्याग गरी एमाओवादीमा प्रवेश गरेका रामचन्द्र झा गृह जिल्ला धनुषावाट उम्मेदवारको सिफारिसमा नै पर्न सकेका छैनन् ।
एक महिने जनसंवन्ध सुदृढीकरण अभियानमा खटिएका कुनै पनि टोलीले झालाई उम्मेदवारका लागि सिफारिस नगरेको केन्द्रीय सदस्य रामकुमार शर्माले बताए । ‘झाजीलाई धनुषावाट अहिले सिफारिस गरिएको छैन’ शर्माले नागरिकसँग भने, ‘पछि राज्य र केन्द्रले उहाँलाई उचित भुमिका दिने नै छ ।’ उनका अनुसार धनुषा जिल्ला कमिटीमा झासँगै प्रवेश गरेका कुनै पनि सदस्य संगठनको जिम्मेवारीमा नभएकाले उनको नाम सिफारिसमा नपरेको हो ।
केन्द्रीय सदस्य श्रवण यादव झालाई उम्मेदवारी दिनै नहुने पक्षमा छन् । जिल्लामा प्रभावशाली मानिने यादवले झालाई युकालमा आफ्नो कार्यकर्ताको जिऊ ज्यान लिन र पक्राउ गर्न सुराकी गरेको आरोप लगाउँदै आएका छन् ।  
प्रचण्ड भन्छन तीन प्रदेश, तीनका कार्यकर्ता भन्छन दुई प्रदेश 
चुनावी अभियानअन्तर्गत तराई–मधेसमा खटिएका एकीकृत माओवादीका केन्द्रीय प्रतिनिधिले यसअघि पार्टीले प्रस्ताव गरेको तराई–मधेसका पाँच प्रदेशको अवधारणा खारेज गरी दुई प्रदेशमा सीमित गर्न माग गरेका छन्। मंगलबारदेखि पार्टी मुख्यालयमा जारी केन्द्रीय समिति बैठकमा बुधबार बोल्ने अधिकांश प्रतिनिधिले तराई–मधेसमा दुई प्रदेशको अवधारणामा जान पार्टी नेतृत्वसँग माग गर्दै यसअघि प्रस्तावित पाँच प्रदेशको अडान छाड्न दबाब दिएका हुन्।
भोजपुरा राज्यसमितिका इन्चार्ज तथा केन्द्रीय सदस्य प्रभु साहले यसअघिका पाँच प्रदेशका अवधारणा खारेज गरी तराई–मधेसमा दुई प्रदेश बनाउन माग गरिएको बताए। 'तराई मधेसमा बढीमा दुई प्रदेश बनाउनुपर्ने माग आएको छ, यो अवधारणामा जाँदा माओवादीले सहजै चुनावमा विजय हासिल गर्छ भन्ने रिपोर्टिङ भएको छ,' साहले नागरिकसँग भने, 'हिजोको पाँच प्रदेशको अवधारणाले तराई मधेसमा पार्टीलाई क्षति भयो, अब त्यो गल्ती हुनुहुँदैन भनेर नेतृत्वको ध्यानाकर्षण गराइएको हो।' उनका अनुसार स्वायत्त मधेस प्रदेश र थारुवान गरी दुई प्रदेशका अवधारणालाई चुनावी घोषणापत्रमा उल्लेख गरी जान मुख्यतः मधेसीमूलका केन्द्रीय प्रतिनिधिले नेतृत्वसमक्ष माग गरेका हुन्।
बैठकमा बोल्ने अधिकांशले झापादेखि कपिलवस्तुसम्म 'स्वायत्त मधेस प्रदेश' र दाङदेखि कैलालीसम्म 'थारुवान प्रदेश' बनाउन नेतृत्वलाई दबाब दिएका हुन्। पहिलो संविधानसभा निर्वाचनअघि माओवादी कोचिला, मिथिला, भोजपुरा, अबध र थारुवान गरी तराई–मधेसलाई पाँच संघीय राज्यमा विभाजन गर्ने प्रस्तावसहित चुनावमा होमिएको थियो।
विघटित संविधानसभाको राज्य पुनर्संरचना समिति र राज्य पुनर्संरचना आयोगका प्रतिवेदनलाई आधार बनाएर जान बैठकमा माग आएको मिथिला राज्यसमिति इन्चार्ज तथा केन्द्रीय सदस्य विश्वनाथ साहले बताए। 'समिति र आयोगका प्रतिवेदनले तराई–मधेसमा दुईवटा प्रदेशका परिकल्पना गरेकाले सोहीअनुसार जानुपर्छ भन्ने कुरा आएका छन्,' साहले नागरिकसँग भने।
गत सातामात्रै अध्यक्ष पुष्पकमल दाहालले भने जनकपुरको एक सभामा तराई–मधेसमा तीन प्रदेश बनाउन पहल गर्ने सार्वजनिक गरेका थिए। 'अध्यक्षले जनकपुरमा आयोजित कार्यक्रममा तराई–मधेसमा तीन प्रदेशको अबधारणा सार्वजनिक गरिसक्नु भएको छ,' मिथिला इन्चार्ज साहलेे नागरिकसँग भने, 'कोचिला, मधेस (मिथिला, भोजपुरा र अबध) र थारुवान गरी तीन प्रदेश बनाउन सकिने अध्यक्षको भनाइ आइसकेको छ।' तर, मधेसवादी दल दुई प्रदेशमा ओर्लिसकेको अवस्थामा पार्टीले तीन प्रदेश लिएर गए पुनः पराजय बेहोर्नुपर्ने तर्क दुई प्रदेशका माग गर्ने नेताहरुको देखिन्छ।
यसअघि लेखिएका ब्लगका लिङ्कहरु:
5. सचिव नपाए एमाओवादी छाडछु
सचिव नपाए पार्टी छाड्छु : झा
 

काठमाडौं - चुनावी अभियानअन्तर्गत तराई–मधेसमा खटिएका एकीकृत माओवादीका केन्द्रीय प्रतिनिधिले यसअघि पार्टीले प्रस्ताव गरेको तराई–मधेसका पाँच प्रदेशको अवधारणा खारेज गरी दुई प्रदेशमा सीमित गर्न माग गरेका छन्। मंगलबारदेखि पार्टी मुख्यालयमा जारी केन्द्रीय समिति बैठकमा बुधबार बोल्ने अधिकांश प्रतिनिधिले तराई–मधेसमा दुई प्रदेशको अवधारणामा जान पार्टी नेतृत्वसँग माग गर्दै यसअघि प्रस्तावित पाँच प्रदेशको अडान छाड्न दबाब दिएका हुन्।
Laptop Bag with every nagarik
भोजपुरा राज्यसमितिका इन्चार्ज तथा केन्द्रीय सदस्य प्रभु साहले यसअघिका पाँच प्रदेशका अवधारणा खारेज गरी तराई–मधेसमा दुई प्रदेश बनाउन माग गरिएको बताए। 'तराई मधेसमा बढीमा दुई प्रदेश बनाउनुपर्ने माग आएको छ, यो अवधारणामा जाँदा माओवादीले सहजै चुनावमा विजय हासिल गर्छ भन्ने रिपोर्टिङ भएको छ,' साहले नागरिकसँग भने, 'हिजोको पाँच प्रदेशको अवधारणाले तराई मधेसमा पार्टीलाई क्षति भयो, अब त्यो गल्ती हुनुहुँदैन भनेर नेतृत्वको ध्यानाकर्षण गराइएको हो।' उनका अनुसार स्वायत्त मधेस प्रदेश र थारुवान गरी दुई प्रदेशका अवधारणालाई चुनावी घोषणापत्रमा उल्लेख गरी जान मुख्यतः मधेसीमूलका केन्द्रीय प्रतिनिधिले नेतृत्वसमक्ष माग गरेका हुन्। 
बैठकमा बोल्ने अधिकांशले झापादेखि कपिलवस्तुसम्म 'स्वायत्त मधेस प्रदेश' र दाङदेखि कैलालीसम्म 'थारुवान प्रदेश' बनाउन नेतृत्वलाई दबाब दिएका हुन्। पहिलो संविधानसभा निर्वाचनअघि माओवादी कोचिला, मिथिला, भोजपुरा, अबध र थारुवान गरी तराई–मधेसलाई पाँच संघीय राज्यमा विभाजन गर्ने प्रस्तावसहित चुनावमा होमिएको थियो।
विघटित संविधानसभाको राज्य पुनर्संरचना समिति र राज्य पुनर्संरचना आयोगका प्रतिवेदनलाई आधार बनाएर जान बैठकमा माग आएको मिथिला राज्यसमिति इन्चार्ज तथा केन्द्रीय सदस्य विश्वनाथ साहले बताए। 'समिति र आयोगका प्रतिवेदनले तराई–मधेसमा दुईवटा प्रदेशका परिकल्पना गरेकाले सोहीअनुसार जानुपर्छ भन्ने कुरा आएका छन्,' साहले नागरिकसँग भने।
गत सातामात्रै अध्यक्ष पुष्पकमल दाहालले भने जनकपुरको एक सभामा तराई–मधेसमा तीन प्रदेश बनाउन पहल गर्ने सार्वजनिक गरेका थिए। 'अध्यक्षले जनकपुरमा आयोजित कार्यक्रममा तराई–मधेसमा तीन प्रदेशको अबधारणा सार्वजनिक गरिसक्नु भएको छ,' मिथिला इन्चार्ज साहलेे नागरिकसँग भने, 'कोचिला, मधेस (मिथिला, भोजपुरा र अबध) र थारुवान गरी तीन प्रदेश बनाउन सकिने अध्यक्षको भनाइ आइसकेको छ।' तर, मधेसवादी दल दुई प्रदेशमा ओर्लिसकेको अवस्थामा पार्टीले तीन प्रदेश लिएर गए पुनः पराजय बेहोर्नुपर्ने तर्क दुई प्रदेशका माग गर्ने नेताहरुको देखिन्छ।
- See more at: http://nagariknews.com/politics/party-politics/story/6487#sthash.o7aQozm9.dpuf

No comments:

Post a Comment