Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Saturday, July 6, 2013

रामचन्द्र झाले फोन गरी झलनाथसँग भनेछन, ‘कमरेड, ठुलै गल्ति भयो ।’

पार्टी प्रवेश कार्यक्रममा हाँसिरहेका रामचन्द्र
रामचन्द्र झा, नेपालको राजनीतिक इतिहासका एउटा यस्ता पात्रको रुपमा दरिन पुगेका छन् ।जुन हामीले सुन्दै आएका एउटा उखानसँग उनको राजनीतिक करिअर ठ्याक्कै मेल खान्छ– ‘धोबीका कुत्ता, घरका न घाटका ।’ आजकाल सोही मनस्थीति लिएर बाँचिरहेका झालाई जति औडाहा सायद अरु कसैलाई पनि छैन होला । तर, के गर्नु झाजीलाई यतावाट पनि चित्त बुझाउने ठाउँ छैन, उतावाट पनि चित्त बुझाउने ठाउँ छैन् । कतैवाट चित्त वुझाउने ठाउँ नभएका उनै झाजीले आफ्ना पुराना पार्टीका नेता अर्थात नेकपा एमालेका अध्यक्ष झलनाथ खनाललाई फोन गरेर भनेछन, ‘कमरेड, एमाले छाडेर ठुलो गल्ति गरे, यो त पार्टी (एमाओवादी) नै होइन रहेछ ।’
हुन त मैले झाजी प्रवेश गर्नु एक साता अघि नै ब्लगमा लेखेको थिए कि रामचन्द्रजीको बिजोग हुने जस्तो देखियो (यहाँ क्लिक गर्नुहोस्) भनेर । चैत १३ गते मैले सो ब्लगमा भनेको थिए कि पुर्व सर्त अनुसार झाजीले एमाओवादीमा सचिव चाँही कुनै हालतमा पनि पाउँदैनन र उनले बढीमा पाउने भनेको स्थायी समिति मात्रै हो । नभन्दै असार १३ गते बसेको केन्द्रिय समिति वैठकमा उनलाई स्थायी समिति दिने प्रस्ताव पेश भयो । सो बारे पुर्व जानकार झाजी त्यो दिन पेरिसडाँडा स्थित बैठकमा नै गएनन र साँझ बिबिसीसँग रुन्चे स्वरमा भने– मलाई धोका भयो (यहाँ क्लिक गर्नुहोस) । र, नागरिक दैनिकमा त उनले अझ ठुलो स्वरमा भने, ‘सचिव नपाए एमाओवादी नै छाडछु (यहाँ क्लिक गर्नुहोस) । तर, अहिले झाजीले न सचिव पाएको स्थीति छ, न त मिडियामा भने अनुसार एमाओवादी नै छाडेको स्थीति नै छ । यता पनि जान नसक्ने र उता पनि जान नसक्ने अवस्थामा घुर्की देखाएर बसेका झाजीको यो बिजोग देखेर एमालेजन हाँसेका छन भने उनलाई रोक्न सकेकोमा एमाओवादी भित्रका ‘युद्धकालिन’ पनि खुच्चिङ भन्न सुरु गरेका छन् । जे होस, झाजीको एमाओवादीमा ठुलै बिजोग छ ।
चैत २४ । त्यो दिन झाजी एमालेमा हुदाँ १ भोट मात्रै पाउने हरेन्द्रराय यादव समेतलाई (यहाँ क्लिक गर्नुहोस) लिएर फुलमाला लगाउँदै प्रवेश गरे । एमाओवादीका मधेसी नेताका बिरोधका बाबजुद पनि ‘जर्वजस्त’ प्रवेश गराएका झाजी आए पछि प्रचण्डजीले चाँही एमालेको पुरै मधेस आए जस्तो गरी भाषण पनि दिए । झाजीले आफ्नो प्रवेशलाई लिएर बिरोध जनाइरहेका एमाओवादी नेतालाई चुनौती दिदै भने– ‘बिरोध नगर्नुहोस र आउनुहोस्, मसँग प्रतिस्पर्धा गर्नुहोस् ।’ प्रतिस्पर्धा त झाजीले मज्जैसँग गरेका हुन् तर फेल भए । पहिलो खेलमा नै झाजी नमज्जासँग फेल भए पछि झाजी अहिले पश्चतापमा रहेका रहेछन् । त्यही पश्चतापलाई आक्रोशमा परिबर्तन गरेका हुन, अरु केही होइन भन्ने घटनाक्रमले देखाउँदै लग्यो ।
जुन दिन उनलाई स्थायी समितिमात्र दिइयो, त्यो पनि मर्यादाक्रमको अन्तिममा राखेर । तव झाजीको पारो ताति हाल्यो, त्यो स्वभाविक पनि थियो किनभने उनलाई सचिव दिने भनेर एमाओवादीमा ल्याइएको थियो । तर, भइदियो अर्को । अनि त्यसपछि पौने नौ बजे बिबिसिसँग ताजा अन्तबार्ता दिए भने एमाओवादीसँग रुष्ट भएको समाचार नागरिक दैनिकमा भोलिपल्ट पनि छापियो ।
यस्तो थियो, झाजील दिएका अभिब्यक्तिहरु ।

####################
नयाँ पार्टीमा तपाईको अनुभव कस्तो छ ?
बैठकको त अब आफ्नो आफ्नो तरिका छ, अहिलेसम्म त मैले देख्दाखेरि भद्रगोलै हो, बुझ्नु भो । यत्रो सदस्य १ सय ५१ पूर्ण भनेको छ, यसमा १०४ अहिलेसम्म भएका छन् । त्यसपछि वैकल्पिक कति छन् । एउटा मेला जस्तै छ । म त विहान जाँदै गइँन । मलाई अलि बिसञ्चोजस्तो थियो ।
बिसञ्चो भएर नगएको कि तपाईलाई कार्यविभाजनमा राम्रो जिम्मेवारी नदिएर नगा'को ?
जुन तौर तरिकाबाट वहाँहरु गर्दै हुनुहुन्थ्यो नि, त्यो तौरतरिका प्रति मेरो साँच्चिकै भन्ने हो भने चित्त नबुझे कै हो । र, अलिक बिसञ्चो पनि थियो ।
अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको कार्यविभाजनको प्रस्तावमा त तपाईलाई स्थायी समितिमा मात्रै ल्याउने भन्ने खालको कुरा छ । तपाईसँग पहिले पार्टी प्रवेश गर्दा पदाधिकारीमै जाने भन्ने कुरा भएको हैन र ?
मसँग कुरा के हो भने यदि पाँच जनालाई मात्रै पदाधिकारी राख्ने भन्ने त्यस्तो स्थितिमा तपाईलाई स्थायी कमिटीमा लग्ने, यदि पदाधिकारीको संख्या बढ्यो भने तपाईलाई पदाधिकारीमा लग्ने प्रष्ट मसँग चाहिँ कुराकानी भएको थियो । तर, आज ९ जना पदाधिकारी उहाँले प्रस्ताव गर्नुभो र स्थायी कमिटीमा पनि मेरो नाम प्रस्ताव गर्नुभो, मैले सुनें । यो विषय मलाई चित्तबुझ्दो लाग्या छैन र यो विषयप्रति मचाहिँ सन्तुष्ट पनि छैन । यो तरिका बेठीक हो । किनभने यतिजना मान्छे पदाधिकारी हुने र कोही नहुने र नपर्ने, यो विषय त दृष्टिकोणको सवाल हो नि । भोलि साथीहरु खासगरी एकीकृत माओवादीका राम्रा क्याटरहरुले लिखित रुप मै चुनावको माग गर्नुभएको छ । चुनावद्वारा जो प्रदाधिकारी हुन्छ, त्यो नोमिनेसन गरेर जितोस् । स्थायी कमिटीमा जो आउन चाहन्छ, त्यो नोमिनेशनद्वारा जितोस् । त्यो लोकतान्त्रिक विधि हो ।
तर, एकीकृत माओवादीभित्र के असन्तुष्टि देखिन थालेको छ भने लड्ने बेलामा ज्यान दिएर हामी लड्ने तर अब चैते माओवादीहरुको बोलवाला हुन थाल्यो !
चैते माओवादी या बैसाखे माओवादीको कुरो हैन, कम्युनिष्ट आन्दोलनमा मेरो कोहीको भन्दा पनि कम दिनदेखि योगदान छैन । जुन दिन प्रवेश गरेको थिएँ, त्यही दिन मञ्चमा भनेको थिएँ । ०३१ सालदेखि कम्युनिष्ट आन्दोलनमा को कुन कार्यनीतिदेखि अगाडि बढिरहेको छ, त्यो अलग विषय हो । तर, म त्याहँ रहनुभएका नरबहादुरजीहरु बाहेक, केही पुरानाबाहेक कम योगदान गरेको व्यीक्त होइन । कोही बन्दूक लिएर लडेको छ भने त्यो मात्रै लडाइँ हो र ? कोही ब्यालेट लिएर लडेको छ, कोही राजनीतिक विचार लिएर लडेको छ । र, आज उहाँहरु आउँदा आउँदा कहाँ आउनुभएको छ ? आज बन्दूकको राजनीतिक गरिराख्नुभएको छैन, छोडिसक्नु भो । प्रतिश्पर्धात्मक राजनीतिक गरिख्नुभएको छ । र, शान्तिपूर्ण प्रतिस्पर्धात्मक प्रणालीमा यदि मान्दिनोस् जनयुद्धबाट आएका लडाकाहरु मात्रै महत्व हुन्छ भने अरु किन जाने ? अरुको काम के छ ?
अन्तिममा पाँच जनामात्र पदाधिकारी भए र तपाई त्यसमा पर्नुभएन भने तपाईले कसरी प्रतिक्रिया व्यक्त गर्नुहुन्छ ?
मेरो प्रतिक्रिया स्पष्ट रहन्छ, म सक्रिय राजनीतमि रहँदिन, म चूप लागेर चाँहि बस्छु ।
तपाई केन्द्रीय समितिबाट पनि राजीनामा दिनुहुन्छ ?
केन्द्रीय समितिबाट पनि राजीनामा दिन्छु ।
एकीकृत माओवादीको कुनै पनि पदमा बस्नुहुन्न ?
विल्कुल बस्दिँन । यो त मेरो एकदम घोषित विषय हो । उहाँ 
(प्रचण्ड)लाई पहिल्यै पनि भनिसकेको छु । 
Source: BBC 

                                                   *************
नेकपा एमालेबाट विद्रोह गरी एकीकृत माओवादीमा प्रवेश गरेका रामचन्द्र झाले पूर्वसहमति अनुसारको जिम्मेवारी नपाए पार्टी त्याग्ने बताएका छन्। शुक्रबार केन्द्रीय समिति बैठकमा सहभागी नभएका झाले पाँचभन्दा बढी पदाधिकारी थप्दा आफूलाई सचिव बनाउने सहमति कार्यान्वयन नभएको बताए।
'पदाधिकारीको झमेलामा म गइनँ। पाँचजना मात्रै पदाधिकारी हुँदा नवौं स्थानको स्थायी समिति सदस्य बन्ने,' उनले भने, 'पाँचभन्दा बढी पदाधिकारी भए सचिवमा लाने सहमति भएको हो।' पार्टी अध्यक्ष पुष्पकमल दाहालसँग भएको सहमति कार्यान्वयन नभएकाले बैठकमा जानुको औचित्य नदेखेको झाले बताए।
सहमति कार्यान्वयन नभए पार्टीमा पनि नजाने उनले बताए। 'सहमति एउटा गर्ने, अहिले भद्रगोल स्थायी समितिमा राखेपछि म जान्नँ,' झाले नागरिकसँग भने, 'सहमतिअनुसार जिम्मेवारी नपाए कुनै जिम्मेवारी लिन्न। कुनै जिम्मेवारीमा नबसे पार्टीमा रहने–नरहने कुरै भएन।'
source: Nagrik daily
बैठकको त अब आफ्नो आफ्नो तरिका छ, अहिलेसम्म त मैले देख्दाखेरि भद्रगोलै हो, बुझ्नु भो । यत्रो सदस्य १ सय ५१ पूर्ण भनेको छ, यसमा १०४ अहिलेसम्म भएका छन् । त्यसपछि वैकल्पिक कति छन् । एउटा मेला जस्तै छ । म त विहान जाँदै गइँन । मलाई अलि बिसञ्चोजस्तो थियो ।
बिसञ्चो भएर नगएको कि तपाईलाई कार्यविभाजनमा राम्रो जिम्मेवारी नदिएर नगा’को ?
जुन तौर तरिकाबाट वहाँहरु गर्दै हुनुहुन्थ्यो नि, त्यो तौरतरिकाप्रति मेरो साँच्चिकै भन्ने हो भने चित्त नबुझेकै हो । र, अलिक बिसञ्चो पनि थियो ।
अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको कार्यविभाजनको प्रस्तावमा त तपाईलाई स्थायी समितिमा मात्रै ल्याउने भन्नेखालको कुरा छ । तपाईसँग पहिले पार्टी प्रवेश गर्दा पदाधिकारीमै जाने भन्ने कुरा भएको हैन र ?
मसँग कुरा के हो भने यदि पाँच जनालाई मात्रै पदाधिकारी राख्ने भन्ने त्यस्तो स्थितिमा तपाईलाई स्थायी कमिटीमा लग्ने, यदि पदाधिकारीको संख्या बढ्यो भने तपाईलाई पदाधिकारीमा लग्ने प्रष्ट मसँग चाहिँ कुराकानी भएको थियो । तर, आज ९ जना पदाधिकारी उहाँले प्रस्ताव गर्नुभो र स्थायी कमिटीमा पनि मेरो नाम प्रस्ताव गर्नुभो, मैले सुनें । यो विषय मलाई चित्तबुझ्दो लाग्या छैन र यो विषयप्रति मचाहिँ सन्तुष्ट पनि छैन । यो तरिका बेठीक हो । किनभने यतिजना मान्छे पदाधिकारी हुने र कोही नहुने र नपर्ने, यो विषय त दृष्टिकोणको सवाल हो नि । भोलि साथीहरु खासगरी एकीकृत माओवादीका राम्रा क्याटरहरुले लिखितरुपमै चुनावको माग गर्नुभएको छ । चुनावद्वारा जो प्रदाधिकारी हुन्छ, त्यो नोमिनेसन गरेर जितोस् । स्थायी कमिटीमा जो आउन चाहन्छ, त्यो नोमिनेशनद्वारा जितोस् । त्यो लोकतान्त्रिक विधि हो ।
तर, एकीकृत माओवादीभित्र के असन्तुष्टि देखिन थालेको छ भने लड्ने बेलामा ज्यान दिएर हामी लड्ने तर अब चैते माओवादीहरुको बोलवाला हुन थाल्यो……
चैते माओवादी या बैसाखे माओवादीको कुरो हैन, कम्युनिष्ट आन्दोलनमा मेरो कोहीको भन्दा पनि कम दिनदेखि योगदान छैन । जुन दिन प्रवेश गरेको थिएँ, त्यही दिन मञ्चमा भनेको थिएँ । ०३१ सालदेखि कम्युनिष्ट आन्दोलनमा को कुन कार्यनीतिदेखि अगाडि बढिरहेको छ, त्यो अलग विषय हो । तर, म त्याहँ रहनुभएका नरबहादुरजीहरु बाहेक, केही पुरानाबाहेक कम योगदान गरेको व्यीक्त होइन । कोही बन्दूक लिएर लडेको छ भने त्योमात्रै लडाइँ हो र ? कोही ब्यालेट लिएर लडेको छ, कोही राजनीतिक विचार लिएर लडेको छ । र, आज उहाँहरु आउँदा आउँदा कहाँ आउनुभएको छ ? आज बन्दूकको राजनीतिक गरिराख्नुभएको छैन, छोडिसक्नु भो । राज प्रतिश्पर्धात्मक राजनीतिक गरिाख्नुभएको छ । र, शान्तिपूर्ण प्रतिस्पर्धात्मक प्रणालीमा यदि मान्दिनोस् जनयुद्धबाट आएका लडाकाहरुमात्रै महत्व हुन्छ भने अरु किन जाने ? अरुको काम के छ ?
अन्तिममा पाँच जनामात्र पदाधिकारी भए र तपाई त्यसमा पर्नुभएन भने तपाईले कसरी प्रतिक्रिया व्यक्त गर्नुहुन्छ ?
मेरो प्रतिक्रिया स्पष्ट रहन्छ, म सक्रिय राजनीतमिा रहँदिन, म चूप लागेर चाँहि बस्छु ।
तपाई केन्द्रीय समितिबाट पनि राजीनामा दिनुहुन्छ ?
केन्द्रीय समितिबाट पनि राजीनामा दिन्छु ।
एकीकृत माओवादीको कुनै पनि पदमा बस्नुहुन्न ?
विल्कुल बस्दिँन । यो त मेरो एकदम घोषित विषय हो । उहाँ (प्रचण्ड)लाई पहिल्यै पनि भनिसकेको छु ।
- See more at: http://www.onlinekhabar.com/2013/06/87647/#sthash.rXNSDUeG.dpuf
 #############################################3

शुक्रबार राति बीबीसी नेपाली सेवाका लागि पत्रकार शरद केसीसँग कुारकानी गर्दै झाले यस्तो घोषणा गर्नुभएको हो । बीबीसीमा प्रसारित झाको अन्तरवार्ता यस्तो छ :
ramchandra-jha1नयाँ पार्टीमा तपाईको अनुभव कस्तो छ ?

त्यसपछि तनावमा रहेका झाजीले जोरपाटीवाट डल्लुमा तिर फोन घुमाए । जहाँ झाजीका पुराना पार्टी अध्यक्ष झलनाथ खनाल बस्दै आएका छन् । उनी आफैले फोन गरी खनाललाई भने, ‘कमरेड ठुलै गल्ति भयो, यो पार्टी (एमाओवादी) त पार्टी नै होइन रहेछ ।’ उनले एमाओवादीमा पसेर आफु पछुतोमा परेको मात्रै सुनाएनन, आफ्नो राजनीतिक भविश्य नै चौपटमा परेको गुनासो पनि गरे । झलनाथले ‘भीरवाट लडने गोरुलाई रामराम भन्न सकिन्छ, काँध थाप्न त सकिदैन’ भने झै गरी सहानुभुती चाँही झाजीलाई प्रकट गरि दिएछन् । पुनः एमालेमा फर्कन्छु चाँही भने भननेन, त्यो चाँही थाहा हुन सकेन् । तर, मनको पीडा पोख्ने काम चाँही झाजीले झलनाथसँग मज्जैसँग गरे, त्यो पनि आफैले फोन गरेर । ‘मैले त नजानु नै भनेको थिए नी, के के न पाइन्छ भनेर तपाई जानु भयो, आखिर के पाउनु भयो ?’ झलनाथले यति चाँही भने । झाजीले फोन गरेर दुखेसो पोखेको यो प्रसङ्ग, अहिले बल्खु र एमालेजनमा निकै नै चर्चित हुदै गएको छ । झाले खनाललाई यो फोन त्यही दिन बिहान गरेका थिए, जुन दिन भट्टराईले पद त्याग गरेको घोषणा गरेका थिए अर्थात उनलाई स्थायी समितिमा प्रस्ताव गरिएको भोलिपल्टको बिहान ।
त्यसपछि, झाजी एमाओवादीका जारी बैठकमा भाग लिन भन्दै भोलिपल्ट पेरिसडाँडा पुगे । अघिल्लो दिन सञ्चो नभएर पेरिसडाँडा नपुगेका झाजी एउटा कागजमा ‘केही लेखी वरी’ जोरपाटीवाट हिडेका थिए । बैठकमा उनले नयाँ अध्यक्ष प्रचण्डलाई बोल्न पाउनु पर्ने भन्दै आफ्नो नामसहितको चीट पनि दिए । तर, विडम्बना उनले बोल्न नपाउँदै उपाध्यक्ष बाबुराम भट्टराईले ‘पद त्याग’को घोषणा गरिदिए । झाजीको मन खोल्ने मौका त्यो दिन मिलेन, माओवादीमा माहौल नै अर्को भयो । झाजीको मनको कुरा मन मै रह्यो, अहिलेसम्म पनि मन मै रहीरहेको छ । किनभने, त्यसपछि त बैठक नै हुन सकेको छैन् । पदीय बिबाद मिल्ने भन्दा पनि चर्को रुपमा आउन थाले पछि आकस्मिक रुपमा बिस्तारित वैठक साउन ४ गतेका लागि बोलाइएको अवस्था छ ।
चैत ९ गते उनी माओवादीमा जाँदैछन भनेर मैले नै नागरिकन्युज डटकममा ब्रेक गरेको थिए । तर, सो समाचार आउट भए लगत्तै माओवादीका युद्धकालिनहरुले झाको बिषयलाई लिएर नेतृत्वलाई ¥याख¥याखती पारे । चैत ९ गते प्रवेश गर्ने कार्यक्रम युद्धकालिन माओवादी खासमा श्रवण यादवका कारण त्यतिकै रोकियो । उनको तर्क थियो, ‘युद्धकालमा हाम्रा नेता मार्न सुराकी गर्ने झालाई हामी नेता मान्नु त, के पार्टीमा प्रवेश पनि गराउन दिदैनौ ।’ उनले जनदिशा दैनिकमा अन्तवार्ता दिदै भने, ‘झालाई प्रवेश गराए माओवादी छाड्छु ।’ पछि बल्ल बल्ल प्रचण्डले पार्टी प्रवेशको ‘खास कुरा’ ब्रिफिङ गरे पछि (यहाँ क्लिक गर्नुहोस) मात्र कुरा मिल्यो । त्यसमा पनि सर्त थियो, झालाई जुन पद दिइन्छ, विश्वनाथ साह, प्रभु साह र श्रवण यादवलाई पनि सोही पद दिइन्छ ।
तर, अध्यक्ष प्रचण्डले ल्याएको प्रस्तावमा झा स्थायी समिति सदस्य भए अरु तीन जना भने बैकल्पिक स्थायी समितिमा मात्रै । जे होस, त्यो बिषय पुनः केन्द्रिय समितिको वैठकमा उठयो, यो बारेमा पुर्ण जानकार झाजीले बाध्य भएर भने – ‘म माओवादीमा रहन्न ।’ अब झाजीको राजनीतिक भविश्य कसरी निर्धारण हुन्छ ? त्यो त समयले देखाउँला किनभने राजनीतिमा असम्भव भन्ने कुरा नै हुदैन । तर, झा प्रकरणले ब्यक्तिगत स्वार्थलाई केन्द्र बिन्दुमा राखेर रातारात पार्टी बदल्नेहरुलाई एउटा गतिलो शिक्षा भने दिएको नै छ ।
यो चाँही झा प्रकरणवाट सिक्न सकिन्छ । जय होस् ।  

2 comments:

  1. Je gar6 प्रकाश उज्यालो le gar6. khatara 6 hai ta.

    https://twitter.com/GyaNeupane
    www.gyanneupane.com.np

    ReplyDelete
  2. एमाओबादीमा पुरानो विवाद नया रुपमा आयो भन्ने सुनियो-वर्ग संघर्षको रुपमा. १) रगत, पसिना र आँशु बगाउने; २) रगत र पसिना बगाउने; ३)पसिना बगाउने; ४) अनि आँशु मात्रै बगाउने; ५) आँशु नि नबगाउने, ६) रगत, पसिना वा आँशु बगाएको हेरेर बस्ने ७) हेर्दा नि नहेर्ने आदि इत्यादि. नारायण काजी श्रेष्ठ को गुनासो 'आफु र आफ्नालाइ' छैटौ बर्गमा पारियो भन्ने हो रे, बरा एमालेबाट गएका 'नब नियुक्त' कमरेडलाई 'आँशु नि नबगाएको अनि आँशु बगाएको हेर्दा नि नहेर्ने' बर्गमा पारिदियेछन. पहिलेको वर्ग नामकरण महिनाको (जस्तै चैते) आधारमा थियो रे, बाह्र भन्दा बढी वर्ग को शृजना भाको हुनाले अब संख्यात्मक (जस्तै पहिलो वर्ग, दोश्रो वर्ग ) आधारमा वर्ग नामकरण गर्ने र सेवा सुबिधा अनि जिमेदारी नि सोहि अनुसार हुनु पर्ने कार्येकर्ता सुझाब आको सुनिदै छ. वर्ग संघर्षको यो नया संस्करण को बिस्लेसन मार्क्स बुढाले नि गर्न सक्लान, नसक्लान निर्क्योल गर्न गारो छ.

    ReplyDelete