यहाँ उल्लेख गर्न खोजिएको कुरा भने त्यसमा केन्द्रित हुने छैन । एमाले पहिचानसहितको संघीयता विरोधी भएको भन्दै ‘राजनीतिक रंग’ दिने जुन प्रयासमा झा लागिरहेका छन् तर पार्टी प्रवेशको गुदी कुरो भने अर्कै रहेछ । प्रचण्डले नै त्यसको गुदीको चुरो खोलेको थाहा पाए पछि अब नलेख्ने कुरा पनि त भएन ? त्यो कुरा मसम्म पनि आइपुग्यो, यसो–उसो गरी.......... ।
झा यतिखेर नेपाल र भारत दुवै तर्फ नागरिकता लिएको अभियोगमा सर्वोच्च अदालतमा मुद्धा खेपिरहेका छन् । नेपालको धनुषा र भारतको मधुवनी जिल्लावाट नागरिकता लिएको यथेष्ट प्रमाण फेला परे पछि तत्कालिन एमाओवादी नेता मातृका यादवले एकजना यादव थरका कार्यकर्तालाई लगाएर मुद्धा दायर गरिदिए । यो मुद्धा झा विरुद्ध त्यही बेला हालिएको थियो, जुन बेला झा एमाओवादीको विरुद्ध ‘फ्रन्ट’ मा उभिएर सामाना गर्थे । मुद्धा चल्दै गयो, झा अप्ठयारोमा पर्दै गए । त्यसपछि सो मुद्धा रोक्न झा प्रचण्डको शरणमा पुगे, जवाफमा प्रचण्डले ‘बिचार गर्ने र नियन्त्रण गर्ने’ आश्वासन दिए । बिडम्बना ! मातृकाले नै पार्टी छोडे र झालाई मुद्धा हाल्ने ती कार्यकर्ता पनि मातृकासँगै गइदिए । झालाई थप तनाव भयो, त्यसमा प्रचण्डको पनि केही लाग्न सक्ने अवस्था देखिएन् ।
तर पनि सास छउन्जेल आश, सोही मु्द्धा रोक्नु पर्ने भएका कारण प्रचण्ड र झाबिच संवन्ध बढदै गयो । लगत्तै, प्रचण्ड प्रधानमन्त्री भए, झा सोही सरकारमा स्थानीय विकास मन्त्री । एउटै मन्त्री परिषदमा भएका कारण झा र प्रचण्ड विचको संवन्ध झनै झाँगिदै गयो । यता, झा एमालेका राज्य पुर्नसंरचना समितिको संयोजक भए, जसै उनले माओवादी अनुकुलको पुर्नसंरचनाका लागि संघीयताको खाका पेश गरे, तब प्रचण्डले उनलाई टेलिफोनवाट बधाई पाए । झाको समितिले बनाएको खाकाले माओवादीलाई भने निकै सहज बनाइदियो, राज्य पुर्नसंरचना समितिमा एमाले (झा) र माओवादी दुवै मिलेर खाका पास नै गर्न सफल भए । झा खासमा जनकपुरलाई केन्द्र बनाएर संघीय राज्य बनाउनु पर्ने भन्दै अडानमा रहेको देखिए, जुन विचार प्रचण्डको पनि थियो ।
प्रत्यक्ष भेट नभए पनि प्रचण्डले एमालेमा खेल्न झालाई निकै ठुलो हतियार बनाए, त्यो पनि दोहोरो नागरिकताको मुद्धाको कमजोरीलाई लिएर । झाले प्रचण्डको योजना अनुसार एमालेमा खेल्ने काम गरे, एमाले भित्र आफुलाई संघीयतामा ‘अब्बल क्रान्तिकारी’का रुपमा पनि दर्ज गराए । अशोक राई भित्रको राजनीतिमा पनि झाले निकै "मलजल" गरिदिए र उनीहरुलाई उक्साउने काम पनि झाले नै गरे । र, प्रचण्डलाई भने खुस पारि नै राखे । जति जति एमालेमा संघीयताको सबालमा विग्रह आउँथ्यो, त्यति त्यति बेला प्रचण्डले झालाई फोन गरी बधाई दिन्थे र कहिले को नेता-कहिले को नेता पठाएर एमाले भित्र राखेको उनको मागलाई ‘समर्थन’ र ‘मलजल’ गर्ने गर्थे ।
पार्टी भित्र राईसँगै मिलेर ‘लडेका’ झा अन्तिम समयमा उनीहरुसँग गएनन र सार्वजनिक रुपमा भनिदिए– ‘म पार्टी भित्रै लड्छु, बाहिरिएर जान्न ।’ हेर्दा झाको कुरा निकै राम्रो नै दखिन्थ्यो । तर, सँगै काँधमा काँध मिलाएर लडने झा आफुहरुसँग अन्तिममा नआए पछि राईहरु भने निकै दंग र आश्चर्यचकित भए ।
राईहरुलाई के थाहा, झाको मन एमाओवादीतिर गइसकेको छ भन्ने ! र यो पनि के थाहा संघीयताको मुद्धा त झाको एउटा "नौटंकी" मात्र हो भन्ने । किनभने, राईले पार्टी विभाजन गर्नु एक साता अघि मात्र प्रचण्डले आफ्ना मधेसी नेताका सामु भनिसकेका थिए कि– ‘रामचन्द्रजी मधेस ब्युरो इन्चार्ज सम्हाल्ने गरी हाम्रो पार्टीमा आउँदै हुनुहुन्छ ।’
राजनीति न हो, यहाँ भित्री खेल धेरै हुन्छ । झालाई एमाले भित्रै वाटै खेलाएका प्रचण्डले उनीमार्फत नै राईहरुलाई पार्टीवाट अलग गराइदिए र झालाई अझै एमाले तहसनहस गर्न राखि नै राखेका थिए । झा पनि प्रचण्डको योजना अनुसार विगत दुई वर्ष देखी एमालेमा "चलिरहेका" थिए । नागरिकताको मुद्धा रोक्न प्रचण्डको शरणमा पर्न गएका झा यस्तो चक्रब्युहमा फस्दै गए कि उनले एमाले नछोडी नहुने अवस्था आइपुग्यो । सबैलाई ढाटन सकिन्छ तर आफ्नो मनलाई भने कदापी सकिदैन भन्ने मनोविज्ञानले कति दिन सायद उनलाई दुख्यो, त्यो कुरा आफ्ना एमालेका हितौषीलाई पनि सुनाउथे ।
जसै, एमाओवादी प्रवेशको कुरा उठयो, तव उनको प्रवेशलाई लिएर एमाओवादी भित्र भने बिबाद सुरु हुन थाल्यो । झा प्रवेशलाई ‘युद्धकालिन मधेसी माओवादी’ले मात्र आपत्ति जनाएनन, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ बिपक्षमा उभिन पुगे । ‘दोहोरो नागरिकता लिएर मुद्धा खेपेका ब्यक्तिलाई एमाओवादी प्रवेश गराउनु हुन्न’ भनेर अडान श्रेष्ठको पछिसम्म रहयो । अर्का उपाध्यक्ष बाबुराम भट्टराईले पनि ‘प्रवेश गराउने भए पनि पछि गराऊ, पार्टी भित्रवाट धेरै नै बिरोध आयो, अहिलेलाई चाँही रोकौ’ भन्न थाले पछि झाको बिषयलाई लिएर प्रचण्ड भने एक्लै परे । एमाओवादी मधेसी नेताले झालाई प्रवेश गराए पार्टी नै छोडने चेतावनी सार्वजनिक मात्रै भएन, दुवै उपाध्यक्ष नै झा प्रवेशमा विपक्षमा उभिन पुगे पछि पहिला नै तय भएको चैत ९ गते झा प्रवेश कार्यक्रम स्थगित नै गर्नुपर्ने अवस्था सम्म पुग्यो । त्यसमाथी झाले ‘मलाई सचिव खोइ त ?’ भनेर प्रश्न उठाउन थाले ।
"पार्टी सचिव दिने" सर्तमा झालाई एमाले भित्र प्रचण्डले मज्जैसँग खेलाएका थिए तर पार्टी भित्रैवाट विरोध भए पछि प्रचण्डलाई भने थप अप्ठयारो प¥यो । त्यसपछि मात्र प्रचण्डले दिल खोले र माथी उल्लेख गरिएका सवै घटनाक्रमका बेलिविस्तार लगाउँदै भनिदिए– ‘एमालेलाई सिध्याउन मैले झाजीलाई दुई वर्ष देखी त्यो पार्टीमा खेलाइरहेको छु, यसरी माओवादीलाई लगाएको गुन तिर्न पनि उनलाई पाँच–छजना भित्र (पदाधिकारी) को जिम्मेवारी मैलै दिनु नै पर्छ ।’ जब प्रचण्डले एमाले भित्र झालाई प्रयोग गरी दुई वर्ष देखी राजनीति गरीरहेको खुलासा गरे, तवमात्र दुवै उपाध्यक्षसहित मधेसी नेता ‘नोट अफ डिसेन्ट’ राख्दै प्रवेश गराउन सहमत भए । यतिखेर तत्कालका लागि स्थायी समिति दिने र पछि पदाधिकारीमा लैजाने सर्तमा झा एमाओवादीमा पुगेको अवस्था छ । त्यसको बदलामा एमाओवादीले विश्वनाथ साह र प्रभु साहलाई स्थायी समितिमा लैजाने ‘भद्र’ सहमति छ ।
यता, झालाई मुद्धा हाल्ने यादव थरका ती कार्यकर्तालाई प्रचण्डले मातृकाको पार्टीबाट तानेर आफ्नो पार्टीमा ल्याइसकेको अवस्था छ । पार्टी आगमन गराउँदाको सहमति अनुसार, ती कार्यकर्ताले झा विरुद्धको मुद्धा कमजोर हुने गरी बहस गर्दैछन, त्यसको बदलामा उनले प्रचण्डवाट ‘एडभान्स बक्सिस’ पाइसकेका छन् र वाँकी ‘बक्सिस’ मुद्धा छिनोफानो भए पछि पाउनेवाला छन रे ! माओवादी नेताहरु यसै भन्छन् । जब झा विरुद्ध मुद्धा हाल्ने यादवले नै खुट्टा तानिदिन्छन भने स्वाभाविक रुपमा बहस कमजोर हुन्छ । जब बहस कमजोर हुन्छ झा पनि उन्मुक्ति पाउने सम्भवाना पनि उत्तिकै देखिन्छ ।
यस्तै छ, नेपालको राजनीतिको अवस्था । नेपालको राजनीतिमा प्रचण्ड–झा विचको प्रसङ्ग/घटना एउटा सानो उदाहरण र दृश्य मात्र हो । अध्याँरा कोठामा यस्ता घटना/परिघटना दिन दिनै घटिरहेका हुन्छन, घटिरहन्छन् । यस्तै यस्तै गरी देश चलिरहन्छ, जनता चलिरहन्छन् ।

No comments:
Post a Comment