Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Friday, August 30, 2013

तल देखी माथि सम्म गुटैगुट, दुई तिहाई कतै हुने हैन त झुट ?

चुनावी अभियानमा गाउँगाउँ पुगेका एकीकृत नेकपा माओवादीका नेताले 'पार्टीभित्र अझै गुटबन्दी रहेको' भन्दै 'केन्द्रले हस्तक्षेप गर्नुपर्ने' माग गरेका छन्। ुजनसम्बन्ध सुदृढीकरण अभियानुमा खटिएर आएका केन्द्रीय नेताले अध्यक्ष पुष्पकमल दाहाल, बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ समूहबीच तल्लो तहमा गुटबन्दी कायम रहेको ब्रिफिङ गर्दै केन्द्रीय हस्तक्षेप माग गरेका हुन्।
मंगलबार सुरु केन्द्रीय समिति बैठकमा नेताहरूले चार दर्जनभन्दा बढी जिल्लामा त्रिपक्षीय गुटबन्दी रहेको बताए। अधिकांश नेताले गाउँ तहसम्म देखिएको गुटबन्दीबाट अराजकता बढेको ब्रिफिङ गरेको केन्द्रीय सदस्य भीमप्रसाद गौतमले जानकारी दिए।'शीर्षतहमा देखिएको अन्तर्विरोध मिले पनि तल्लो तहमा गुटबन्दी र अन्तर्विरोध बाँकी नै रहेको भनाइ आएको छ,' गौतमले बिहीबार नागरिकसँग भने, 'एकले अर्काको अस्तिव र उपस्थिति स्विकार्न नसक्ने प्रवृत्ति मूल समस्याका रूपमा देखिएको छ।" उनका अनुसार अधिकांश सदस्यले क्षेत्रदेखि जिल्लासम्मका नेताको नामै किटेर गुटबन्दी रहेको रिर्पोटिङ गरेका छन्। थारुवान पक्षधर रामचन्द्र चौधरी र त्यसको विपक्षीमा उभिएका अखण्ड सुदूरपश्चिम पक्षधर लेखराज भट्ट, धनुषामा युद्धकालीन नेता श्रवण यादव र एमालेबाट माओवादी भएका रामचन्द्र झा, रौतहटमा प्रभु साह र अशोक जयसवाल, बारामा शिवचन्द्र कुशवाहा र जयराम दाहालबीच टक्कर रहेको ब्रिफिङ केन्द्रसमक्ष गरिएको छ। काभ्रे, सिरहा, सप्तरी, सिन्धुली लगायत पाँच दर्जनभन्दा बढी जिल्लामा गुटबन्दी र अन्तर्विरोध कायम रहेको रिर्पोटिङ पनि नेताहरूले नेतृत्वसमक्ष गरेका छन्।
पार्टी एकताको लामो प्रक्रियामा गइसक्दा पनि युद्धकालीनले गैरयुद्धकालीनलाई र गैरयुद्धकालीनले युद्धकालीनको अस्तिŒव स्विकार नगर्ने तथा निषेध गर्ने क्रम कायमै रहेको नेताहरूको भनाइ थियो। पार्टीमा अध्यक्ष दाहाल र भट्टराई पक्षका युद्धकालीन र श्रेष्ठ पक्षधर गैरयुद्धकालीन रूपमा चिनिन्छन्।
'युद्ध लडेकाले युद्ध नलडेकालाई गन्दै नगन्ने सबैभन्दा ठूलो समस्या पार्टीभित्र देखिएको छ,' श्रेष्ठ पक्षधर एक केन्द्रीय नेताले नागरिकसँग भने, 'एकले अर्कालाई जिम्मेवारी दिन नखोज्ने तथा होच्याउने जस्ता कार्य अझै पार्टीभित्र भइरहेका छन्।'
उनका अनुसार अन्य ठाउँमा युद्धकालीनले गैरयुद्धकालीनलाई निशाना बनाउने गरे पनि मिथिला राज्य समितिअन्तर्गतका सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरीमा भने तत्कालीन जनमोर्चामा रहेकाले युद्धकालीनलाई निशाना बनाएको रिपोर्टिङ गरिएको छ। मिथिलाअन्तर्गतका पाँच जिल्लामा तत्कालीन जनमोर्चाको बलियो सांगठनिक उपस्थिति रहेको ती नेताले जानकारी दिए।
माओवादीले आन्तरिक गुटको व्यवस्थापन र उम्मेदवारी चयनमा ध्यान दिनुपर्ने भन्दै केन्द्रलाई सतर्क गराएको केन्द्रीय सदस्य रामकुमार शर्माले बताए। 'माथिल्लो तहमा नेताहरू मिले पनि स्थानीय तहमा अझै गुटगत विवाद, व्यक्तिगत अहम्, व्यक्तिगत टकराव पराजयका कारण हुन सक्छन् भनेर सतर्क गराउने काम भएको छ,' शर्माले भने। उनले आन्तरिक विवाद व्यवस्थापन गर्न सके दुईतिहाइ ल्याउने दाबी पनि गरे।
प्रवक्ता अग्नी सापकोटाले २ सय ४० वटै निर्वाचन क्षेत्रमा खटिएका केन्द्रीय प्रतिनिधिले आ–आफ्नो क्षेत्रको रिर्पोटिङ गरेको जानकारी दिए। 'शनिबार केन्द्रीय कार्यालयले रिपोर्टिङ संश्लेषण गरी दोस्रो चरणको चुनावी अभियानको तयारी गर्नेछ,' उनले भने।
चुनावी अभियानमा गाउँगाउँ पुगेका एकीकृत नेकपा माओवादीका नेताले 'पार्टीभित्र अझै गुटबन्दी रहेको' भन्दै 'केन्द्रले हस्तक्षेप गर्नुपर्ने' माग गरेका छन्। 'जनसम्बन्ध सुदृढीकरण अभियान'मा खटिएर आएका केन्द्रीय नेताले अध्यक्ष पुष्पकमल दाहाल, बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ समूहबीच तल्लो तहमा गुटबन्दी कायम रहेको ब्रिफिङ गर्दै केन्द्रीय हस्तक्षेप माग गरेका हुन्।
Laptop Bag with every nagarik
मंगलबार सुरु केन्द्रीय समिति बैठकमा नेताहरूले चार दर्जनभन्दा बढी जिल्लामा त्रिपक्षीय गुटबन्दी रहेको बताए। अधिकांश नेताले गाउँ तहसम्म देखिएको गुटबन्दीबाट अराजकता बढेको ब्रिफिङ गरेको केन्द्रीय सदस्य भीमप्रसाद गौतमले जानकारी दिए।

'शीर्षतहमा देखिएको अन्तर्विरोध मिले पनि तल्लो तहमा गुटबन्दी र अन्तर्विरोध बाँकी नै रहेको भनाइ आएको छ,' गौतमले बिहीबार नागरिकसँग भने, 'एकले अर्काको अस्तिŒव र उपस्थिति स्विकार्न नसक्ने प्रवृत्ति मूल समस्याका रूपमा देखिएको छ।' उनका अनुसार अधिकांश सदस्यले क्षेत्रदेखि जिल्लासम्मका नेताको नामै किटेर गुटबन्दी रहेको रिर्पोटिङ गरेका छन्।

थारुवान पक्षधर रामचन्द्र चौधरी र त्यसको विपक्षीमा उभिएका अखण्ड सुदूरपश्चिम पक्षधर लेखराज भट्ट, धनुषामा युद्धकालीन नेता श्रवण यादव र एमालेबाट माओवादी भएका रामचन्द्र झा, रौतहटमा प्रभु साह र अशोक जयसवाल, बारामा शिवचन्द्र कुशवाहा र जयराम दाहालबीच टक्कर रहेको ब्रिफिङ केन्द्रसमक्ष गरिएको छ। काभ्रे, सिरहा, सप्तरी, सिन्धुली लगायत पाँच दर्जनभन्दा बढी जिल्लामा गुटबन्दी र अन्तर्विरोध कायम रहेको रिर्पोटिङ पनि नेताहरूले नेतृत्वसमक्ष गरेका छन्।

पार्टी एकताको लामो प्रक्रियामा गइसक्दा पनि युद्धकालीनले गैरयुद्धकालीनलाई र गैरयुद्धकालीनले युद्धकालीनको अस्तिŒव स्विकार नगर्ने तथा निषेध गर्ने क्रम कायमै रहेको नेताहरूको भनाइ थियो। पार्टीमा अध्यक्ष दाहाल र भट्टराई पक्षका युद्धकालीन र श्रेष्ठ पक्षधर गैरयुद्धकालीन रूपमा चिनिन्छन्।

'युद्ध लडेकाले युद्ध नलडेकालाई गन्दै नगन्ने सबैभन्दा ठूलो समस्या पार्टीभित्र देखिएको छ,' श्रेष्ठ पक्षधर एक केन्द्रीय नेताले नागरिकसँग भने, 'एकले अर्कालाई जिम्मेवारी दिन नखोज्ने तथा होच्याउने जस्ता कार्य अझै पार्टीभित्र भइरहेका छन्।'

उनका अनुसार अन्य ठाउँमा युद्धकालीनले गैरयुद्धकालीनलाई निशाना बनाउने गरे पनि मिथिला राज्य समितिअन्तर्गतका सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरीमा भने तत्कालीन जनमोर्चामा रहेकाले युद्धकालीनलाई निशाना बनाएको रिपोर्टिङ गरिएको छ। मिथिलाअन्तर्गतका पाँच जिल्लामा तत्कालीन जनमोर्चाको बलियो सांगठनिक उपस्थिति रहेको ती नेताले जानकारी दिए।

माओवादीले आन्तरिक गुटको व्यवस्थापन र उम्मेदवारी चयनमा ध्यान दिनुपर्ने भन्दै केन्द्रलाई सतर्क गराएको केन्द्रीय सदस्य रामकुमार शर्माले बताए। 'माथिल्लो तहमा नेताहरू मिले पनि स्थानीय तहमा अझै गुटगत विवाद, व्यक्तिगत अहम्, व्यक्तिगत टकराव पराजयका कारण हुन सक्छन् भनेर सतर्क गराउने काम भएको छ,' शर्माले भने। उनले आन्तरिक विवाद व्यवस्थापन गर्न सके दुईतिहाइ ल्याउने दाबी पनि गरे।

प्रवक्ता अग्नी सापकोटाले २ सय ४० वटै निर्वाचन क्षेत्रमा खटिएका केन्द्रीय प्रतिनिधिले आ–आफ्नो क्षेत्रको रिर्पोटिङ गरेको जानकारी दिए। 'शनिबार केन्द्रीय कार्यालयले रिपोर्टिङ संश्लेषण गरी दोस्रो चरणको चुनावी अभियानको तयारी गर्नेछ,' उनले भने।
- See more at: http://nagariknews.com/politics/party-politics/story/6555#sthash.zpZs3y8q.dpuf

No comments:

Post a Comment