Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Sunday, June 21, 2015

न्यायधिस लालको कवि मन प्रकट भो: दुई दिन मै दुई कबिता

गत जेठ २५ गते प्रमुख दल बिच भएको १६ बुदेँ सहमतिलाई तत्काल कार्यान्वयन गर्न रोक लगाएर सर्वोच्च अदालतका न्यायधिस गिरिशचन्द्र लाल हालैका दिनमा चर्चामा छन् । तुलनात्मक रुपमा न्यायलयमा राम्रो छवी भएका न्यायधिसमा गनिदै आएका लालले गत शुक्रवार दिएको अन्तरिम आदेश निकै चर्चामा रहयो र नेपालको राजनीतिक बृतमा अझै पनि निकै चर्चा चलिरहेको नै छ । र, उनले दिएको  अन्तरिम आदेश नेपालको राजनीतिमा एउटा इतिहास बनेको छ, र साथसाथै निकै "बिबादस्पद" पनि हुन पुगेको छ । धार्मिक स्वभावमा देखिने न्यायधिस लालले दिएको सो आदेश प्रमुख दलले अस्विकार गरेका छन भने १६ बुदेँ प्रति असन्तुष्ट केही दलले भने स्वागत गरिरहेका छन् । तर, जे सुकै हुन न्यायधिस लाल र उनको आदेश आजकाल राजनीतिक बजारमा निकै चर्चामा छ ।यीनै चर्चाको केन्द्रमा रहेका लाल स्वयंं चाँही के गरिरहेका छन त ? धेरैको त्यसमा चासो प्रकट हुन्छ । 

तर, न्यायधिस जस्तो मान्छे राजनीतिक नेता जस्तो बोल्दै पनि हिडनु भएन, राजनीतिक दलको प्रतिकार गर्दै पनि हिडनु भएन । न्यायधिस पदको आफनै परिधी र मान्यता हुन्छ, राजनीतिक दलले चर्को बिरोध जनाए पनि न्यायधिस लालले आफनो मर्यादा भने अहिलेसम्म पनि कायम नै राखिराखेका छन् । तर, आफैले दिएको आदेश बिबादस्पद बनेको छापा र बिद्युतीय सञ्चार माध्यममा पढेर हो वा सामाजिक सञ्जालमा बिभिन्न क्रिया प्रतिक्रिया आएको देखेर हो, लालले मन थाम्न सकेका चाँही रहेन छन । त्यसैले होला, शुक्रवार दिएको आदेश पछि न्यायधिस लालले दुईवटा कविता आफनो फेसबुकमा पोष्ट गरेका छन् । कबिताले धेरै कुरा बोल्छ, कबिता पढनुहोस र लालले के भनिराखेका छन वा भन्न खोजिरहेका छन ? मिलाएर बुझनुहोस तर कृपया मलाई चाँही नसोध्नुहोस् ।

आइतवार पोष्ट गरेको कविता 

मैले पहिले आकाश तिर हेर्ने गर्दथें ……
धेरै उँचो, सूर्य, चाँद र ताराहरु भन्दा पनि माथि ... माथि .......।
मलाई लागथ्यो हामीलाई डोर्याउने हाम्रा देउताहरुले पनि,
त्यही उँचा र अग्ला ठाउँ तिर नै हेरी रहेका छन्
र आफै संग हामीलाई पनि लग्ने छन् .... त्यस्तो सुन्दर ठाउँमा,
जहाँ हाम्रो र हामी सबैका घर हुने छन् मायाका फुलहरु संगै ......।

अब मलाई लागि रहेछ,
हाम्रा ती देउताहरुले पाताल तिर हेर्न लागेका छन्,
र हामी र आफ्ना लागि पनि खाल्डाहरु खनी राखेका छन् …....

तर !
हामी नाच्ने छैनौं भस्मासुरका ती नाँचहरु !
हामीलाई त हाम्रो धरती नै चाहिन्छ,
जहाँबाट हेर्न सकौं, हाम्रा सपनाका ती आकाशहरु ........
जसलाई हामीले ठानेका छौं ...... हाम्रा घर र आँगनका फुलहरु ।

गिरीश चन्द्र लाल, काठमाडौ / वि.सं. २०७१/५/१५



शनिवार पोष्ट गरेको कविता

An extract from the poem of Most Respectable Atal Bihari Vajpayee

"हार नहीं मानूंगा, रार नहीं ठानूंगा,
काल के कपाल पे लिखता मिटाता हूं
गीत नया गाता हूं .....
गीत नया गाता हूं ....."

No comments:

Post a Comment