तत्कालिन युद्धरत नेकपा माओवादीको कुनै नयाँ खबर र योजना थाहा पाउनु परयो भने जनादेश साप्ताहिक हेरिन्थ्यो, माओवादीले पनि आफनो योजना सोही साप्ताहिक मार्फत सम्प्रेषण गर्दथ्यो । त्यसैले युद्धताका सर्बाधिक बिक्री हुने पत्रिकामा जनादेश पनि पर्दथ्यो ।
जनादेशले धेरै पत्रकारलाई उदय गरायो, सोही पत्रिकाका सम्पादक कृष्ण सेन इच्छुकले युद्धकालमा ज्यान गुमाए । त्यहाँ कार्यरत पत्रकार धेरै थुनामा परे, छुटे र यातना पनि भोगे । मान्नुहोस, नमान्नुहोस यो पत्रिका नेपाली राजनीतिको एउटा कालखण्डको एउटा पक्षलाई सम्वोधन गर्न पर्ने पत्रिकाका रुपमा स्थापित भयो । सो पत्रिकाका सम्पादक मध्ये बाबुराम भट्टराई प्रधानमन्त्री भए, इच्छुकले ज्यान गुमाए, गोबिन्द आचार्य पत्रकार महासंघको केन्द्रीय उपाध्यक्ष भए, भरत दाहाल माओवादी छाडेर हिडे ।
धेरै पत्रकारहरु सोही पत्रिकाले जन्मायो तर सो पत्रिका बिबादित पनि भयो । एमाओवादीको मुख पत्र मानिने सो पत्रिकाका सम्पादक कोमल बराललाई निष्काषन गरे पछि सो पत्रिका बिबादित हुदै आयो । पालुङटार अघिको दुई लाइन संघर्षमा सो पत्रिका भट्टराई लाइनको रक्षा गर्दै उभियो । यस्ता धेरै धेरै घटना र परिघटना जोडेर आएको सो साप्ताहिक पत्रिका गत चुनावको मुखमा दैनिक पत्रिकामा रुपान्तरित भयो ।
तर, चुनावमा सो पत्रिकाले जे गर्नु पर्दथ्यो, त्यो गर्न सकेन र चुनाव लगत्तै भने सो पत्रिकाको कोमामा पुग्यो, अर्थात बन्द भयो । आलोचकहरुले के सम्म भनिरहेका छन भने नेपाली जनतालाई भ्रम दिन सो पत्रिका निकै सफल पनि भयो, अघिल्लो संविधानसभा पनि त्यही गरयो तर दोस्रो संविधानसभाको चुनावमा जनादेशका कुरा जनताले कदापी पत्याएनन् । जनादेशले धेरै पत्रकारलाई उदय गरायो, सोही पत्रिकाका सम्पादक कृष्ण सेन इच्छुकले युद्धकालमा ज्यान गुमाए । त्यहाँ कार्यरत पत्रकार धेरै थुनामा परे, छुटे र यातना पनि भोगे । मान्नुहोस, नमान्नुहोस यो पत्रिका नेपाली राजनीतिको एउटा कालखण्डको एउटा पक्षलाई सम्वोधन गर्न पर्ने पत्रिकाका रुपमा स्थापित भयो । सो पत्रिकाका सम्पादक मध्ये बाबुराम भट्टराई प्रधानमन्त्री भए, इच्छुकले ज्यान गुमाए, गोबिन्द आचार्य पत्रकार महासंघको केन्द्रीय उपाध्यक्ष भए, भरत दाहाल माओवादी छाडेर हिडे ।
धेरै पत्रकारहरु सोही पत्रिकाले जन्मायो तर सो पत्रिका बिबादित पनि भयो । एमाओवादीको मुख पत्र मानिने सो पत्रिकाका सम्पादक कोमल बराललाई निष्काषन गरे पछि सो पत्रिका बिबादित हुदै आयो । पालुङटार अघिको दुई लाइन संघर्षमा सो पत्रिका भट्टराई लाइनको रक्षा गर्दै उभियो । यस्ता धेरै धेरै घटना र परिघटना जोडेर आएको सो साप्ताहिक पत्रिका गत चुनावको मुखमा दैनिक पत्रिकामा रुपान्तरित भयो ।
अहिले फेरी सो पत्रिका पुनः प्रकाशनमा आउने जानकारी त्यस पत्रिकाका सम्पादक मनऋषी धितालले आज फेसबुकवाट गरेका छन् । पहिला चाँही एउटै मात्र पत्रिका थिए, माओवादी निकट जनादेश, जसलाई पढे पछि माओवादी बारेमा धेरै कुरा थाहा पाइन्थ्यो ।
तर शान्ति प्रक्रिया आए पछि माओवादी निकट पत्रकार पिच्छे पत्रिका मात्रै भएका छैनन, अनलाइन पनि आएका छन् । हिजो जसरी जनादेश हेर्दा माओवादीको लाइन के हो ? र उ के चाहान्छ ? भन्ने बुझिन्थ्यो तर अहिले धेरैवटा लाइन माओवादी भित्र बिकास भएकाले अब लाइन बुझन गारहो पनि छ । त्यसमाथी माओवादी भित्र लाइन भन्दा नि अनलाईनहरु बढी भएकाले कन्फ्युजन गराएको त छन नै झन भट्टराईको चौथो शक्तिको बहस चलिरहेको बेला जनादेश प्रकाशन हुन लागेको छ । त्यसले ‘चौथौ शक्तिको मुद्धा’लाई कसरी स्थापित गराउन खोज्दैछ ? त्यो हेर्न बाँकी नै छ । भट्टराई निकट पत्रिका भएकाले पनि अवस्य पनि सो पत्रिकाले उनको लाइन नै बोल्नेमा कुनै शंका छैन भन्ने पनि यहाँ धेरै छन् । जे होस, पत्रिका पुनः प्रकाशनमा आउनु सुखद कुरा हो, एउटा पत्रकारको नाताले त्यसलाई स्वागत गरिएको छ ।
यद्धपी, सो पत्रिकाका सम्पादक धितालले फेसबुकवाट जनादेश पुनः प्रकाशन हुने जानकारी गराउँदै केही कुरा उल्लेख गरेका छन, जसलाई यहाँ उल्लेख गरिएको छ ।
धितालको फेसबुकवाट साभार गरिएको सामाग्री जस्ताको तस्तै ।
आदरणिय
जनादेश साप्ताहिकका पाठक तथा शुभचिन्तकहरुमा हार्दिक अभिवादन । नेपालमा
सच्चा जनतन्त्र स्थापित गर्ने राजनीतिक आन्दोलनको सहयात्री जनादेश
साप्ताहिक लामो समय स्थगित भएर पुनः प्रकाशनको तयारीमा छौ । नेपाली जनताले
राजनीतिक आन्दोलनकोे जे जस्तो बाटो रोजे जनादेश साप्ताहिकले पनि त्यही बाटो
रोज्यो । २००७ साल वरिपरिबाट नेपाली जनताले पूर्ण जनतन्त्र स्थापनाका लागि
विभिन्न चरणमा शान्तिपूर्ण तथा स–शस्त्र संघर्षहरु
गरे । २०४८ बाट जनादेश साप्ताहिकले सुरु गरेको यात्रा नेपाली जनताको
आन्दोलन जस्तै रह्यो । नेपालमा गणतन्त्र स्थापना पछि नेपाली जनताको
राजनीतिक आन्दोलनको एउटा चरण पूरा भएको छ । र अब आर्थिक , सामाजिक र
साँस्कृतिक रुपान्तरणको यात्रा सुरु भएको छ । जनादेश साप्ताहिकले पनि अब
आफ्नो यात्रालाई त्यतै मोडेको छ । नेपाली समाजमा व्याप्त रहेको निराशालाई
पराजित गर्दै भ्रष्टाचार विरुद्ध जनताको खवरदारीका पक्षमा हामी उभिनेछौ ।
जनादेश गणतन्त्र नेपालका मजदुर ,किसान , सेना ,प्रहरी ,कर्मचारी लगायत समाजका सबै श्रमजीवि वर्गका पक्षमा हुनेछ । शोषण ,दमन ,उत्पिडन विरुद्ध हुने सबै प्रकारका आन्दोलनको पक्षमा उभिनेछ । जनादेशको गौरवमय र बलिदानीपूर्ण इतिहासलाई सम्मान गर्दैे त्यसलाई कायम राख्न प्रतिबद्ध हुनेछौ । नेपालको क्रान्तिकारी आन्दोलनमा आएको गंम्भीर विचलन विरुद्ध पनि हामी जनतालाई सु–सुचित गर्नेछौ । त्यसका लागि हामी कोसंग नजिक र कोसंग टाढा हुन्छौ भन्ने कुरालाई ध्यान दिने छैनौ । तर श्रमजीवि वर्गसंग हामी नजिक हुनेछौ । बिगतझै सहयोगको अपील गर्दछौं । हामीलाई शुझाव , आलोचना र खबरदारी चाहिएको छ । जनादेशलाई माया गर्ने नेपाल र विश्वभर रहनुभएका शुभचिन्तकहरुलाई janadesh1@yahoo.com मा प्रतिक्रिया लेख्नुहुन सादर अनुरोध छ ।

No comments:
Post a Comment