सुर्यबहादुर थापासँग मेरा नीजि कुनै प्रसङ्गहरु छैनन, जो सम्झन लायक छन् । तैपनी, आज उनको निधनले मलाई स्तब्ध भने अवश्य बनाएको छ, उनको आत्माको चीर शान्तिको कामना गर्दै परिवारजन प्रति हार्दिक श्रद्धान्जली ब्यक्त गर्न चाहान्छु ।
मेरो हजुरबाको पुस्ता देखीको थापाको राजनीतिक यात्रा भएका कारण म उनको राजनीतिको नाती पुस्ता हुँ । उनको बारेमा मलाई यति थाहा छ, उनी पञ्चायतकालका प्रधानमन्त्री हुन र बहुदलीय ब्यवस्था आए पछि तत्कालिन राजा ज्ञानेन्द्र शाहको नियुक्ती पाएर उनी प्रधानमन्त्री भएका नेता हुन् ।
जतिखेर उनको राजनीतिमा सक्रिय भुमिका थियो, त्यतिखेर म पत्रकारितामा नै थिइन, जब उनी मुलधारवाट अलिकति कोल्टे परे, तव भने म सक्रिय पत्रकारितामा आए । खैर केही छैन, यहाँ पुर्व प्रधानमन्त्री थापासँग जोडिएका केही प्रसङ्गहरु उल्लेख गर्न गइरहेको छु, जुन म कहिल्यै बिर्सन सक्दिन् । ती मध्ये केही प्रसङ्ग ऐतिहासिक महत्व भएकाले यो ब्लगमार्फत तपाईसँग जोडने कोशिश गर्छु ।
जतिखेर उनको राजनीतिमा सक्रिय भुमिका थियो, त्यतिखेर म पत्रकारितामा नै थिइन, जब उनी मुलधारवाट अलिकति कोल्टे परे, तव भने म सक्रिय पत्रकारितामा आए । खैर केही छैन, यहाँ पुर्व प्रधानमन्त्री थापासँग जोडिएका केही प्रसङ्गहरु उल्लेख गर्न गइरहेको छु, जुन म कहिल्यै बिर्सन सक्दिन् । ती मध्ये केही प्रसङ्ग ऐतिहासिक महत्व भएकाले यो ब्लगमार्फत तपाईसँग जोडने कोशिश गर्छु ।
जिल्लावासी (रौतहट) भएका नाताले बरिष्ठ अधिवक्ता कृष्णबहादुर भण्डारीसँग कुनै समय मेरो निकै ओहोर दोहोर चल्थ्यो । रौतहटको इतिहास खोज्ने क्रममा म उनको निवासमा आऊँजाऊँ वाक्लै नै गर्दथे । पुतलीसडक, सिंहदरबारको पश्चिम गेट नजिकै उत्तरतिर भण्डारीको घर छ, धेरै पहिला बनाएकाले त्यो घर भने अहिले निकै पुरानो भइसकेको छ । त्यही घरमा ‘नेपाल ल फर्म’ भन्ने प्राइभेट वकिल कार्यालय पनि छ । त्यो ल फर्म आफैमा ऐतिहासिक ल फर्म पनि हो । किनपनि भने, त्यहाँ उत्पादित तीन जना वकिल पछि सर्बोच्च अदालतमा प्रधानन्यायधिससम्मको उच्च पदमा बस्न सफल भए । विश्वनाथ उपाध्याय, केदारनाथ उपाध्यायलगायत प्रधानन्यायधिस त्यही ल फर्मवाट उत्पादित प्रधानन्यायधिस हुन । हुन त भण्डारी आफै पनि नेपालको पहिलो बरिष्ठ अधिबक्ता हुन । करिब ३० बर्ष बरिष्ठ अधिवक्ताको उपाधी एक्लै लिन सफल भण्डारीले एकदिन मलाई दुईवटा प्रसङ्ग सुनाएका थिए, जो म कहिल्यै बिर्सन सक्दिन् ।
एकदिन कुरा कै सिलसिलमा भण्डारीले भने, ‘प्रकाश बाबु, तपाईले जुन आलु खाईरहनु भएको छ, त्यो आलु करिब २० हजार मुल्य बराबरको हो, तपाई पनि महंगो आलु खाने मध्ये एकजना पर्नु भो ।’ भण्डारीको यो कुरा सुने पछि मैले आलु हेरे तर त्यो आलु र बजारिया आलुमा न रंगले, न स्वादले, न आकार प्रकार केहीले पनि फरक थिएन ।
बरिष्ठ अधिवक्ता भण्डारी |
अनि मैले सोधे, ‘यो त सामान्य आलु जस्तै छ, म सामान्य आलु नै खाइरहेको छु, कसरी यो २० हजारको आलु भयो त ? यसको दाम यति धेरै मंहगो !’ भण्डारी मुसुक्क हाँसे । र अगाडी भने, ‘यो जग्गाको दाम आज २० करोड भन्दा बढी छ, यति मंहगो जग्गामा लगाएर उत्पादित भएको आलु ४० रुपैयाँ केजीको भाऊँमा जोडन मिल्छ ?’ भण्डारीले मसँग भने, ‘त्यसैले मैले यहाँ उत्पादित भएको आलुलाई यो जग्गाको भाऊँ अनुसार जोडने गर्छु ।’
म मुसुक्क हाँसे र भण्डारीले फेरी भने ‘बधाई छ तपाईलाई, यति मंहगो आलुको अचार खान पाउनु भएकोमा ।’ त्यसपछि भण्डारीले उनको खेत देखाए, मौरी पालन गरिरहेको घार पनि देखाए र अरु अरु कुरा पनि देखाउँदै र बताउँदै पनि गए ।
तर, सोही क्रममा उनले भनेको एउटा कुराले भने म पुरै अचम्ममा परे । मलाई विश्वास नै लागेको थिएन कि उनले भनेको कुरा के सत्य नै हो त ? ‘यो टहरोको नाम चाँही मैले सुर्यबहादुर टहरो भनेर राखेको छु’ कार्यालय भन्दा पश्चिमतिर र भान्साघर भन्दा पुर्वतर्फ रहेको एउटा टहरो देखाउँदै भण्डारीले मलाई भने । मैले नबुझेको भन्ने उनले सहजै अनुमान लगाए ।
‘यो टहरोवाट नै सुर्यबहादुर पञ्चायतकालमा पक्राउ खाएकाले यसको नाम सुर्यबहादुर टहरो राखेको हुँ’ भण्डारीले भने । त्यसैले यो ऐतिहासिक पनि भएकाले अझैसम्म मैले भत्काएको पनि छैन, यसलाई यत्तिकै छाडीदिएको छु ।’ तीन चार बर्ष यता भण्डारीसँग मेरो सम्पर्क छैन तर उनले त्यो टहरो भत्काए की राखिराखेका छन, त्यो अहिले चाँही भन्न सक्दिनन् ।
मलाई थापा पञ्चायतकालका प्रधानमन्त्री भन्ने थाहा थियो, स्वभाविक रुपमा पञ्चायतकालका प्रधानमन्त्री भएकाले उनी पञ्च नै थिए भन्नेमा म ढुक्क थिएँ । तर उनी पञ्चायतकाल मै पक्राउ परेर जेल नै बसेको भन्ने चाँही मलाई त्यो दिनसम्म मलाई थाहा थिएन । तर, भण्डारीका अनुसार सक्रिय पञ्चायतकालमा उनी पक्राउ परेका थिए, मलाई मिति चाँही अहिले याद भएन, भण्डारीले भन्न चाँही भनेका थिए, त्यो पनि पञ्चायती ब्यवस्थाको बिरोध गरेको आरोपमा । यो त मेरा लागि अचम्म लाग्दो कुरा नै थियो ।
‘आजकालको पुस्तालाई उनको यो पाटो कमै थाहा छ, खासमा सुर्यबहादुरजी तत्कालिन पञ्चायत भित्रको बिपक्षी नेताको रुपमा थापाको छवी बनेको थियो, उहाँलाई पञ्चायती ब्यवस्थाले गरिररहेको अराजक र निर्ममताको बिपक्षमा हुनुहुन्थ्यो, र त उनलाई सो ब्यवस्थाले पक्राउ गरेर राजद्रोको अभियोगसम्म लगाउन काम गरयो ।’ उनका अनुसार राष्ट्रिय पञ्चायत भित्रै बसेर ब्यवस्थाका बिरोध गरेका कारण उहाँ पञ्चहरुको तारोमा परिरहने प्रसङ्ग पनि भण्डारीले सुनाए । त्यतिबेला, थापा धनकुटावाट राष्ट्रिय पञ्चायतमा पुगेका थिए भने भण्डारी स्नातक समुहवाट।
स्वास्थ्य लाभको कामना गर्दै प्रधानमन्त्रीले लेखेको पत्र |
भण्डारीका अनुसार थापा पञ्चायती ब्यवस्थामा रहे पनि प्रजातान्त्रिक अधिकार भने जनतालाई दिनुपर्छ भन्ने मान्यता सद्यै राख्थे । भण्डारीको बुझाईमा पञ्चहरुले दरबारलाई यसरी घेरा पारेर राखेका थिए कि त्यसवाट दरबारलाई निकाल्न धेरै गा¥हो कुरा थियो ।
भण्डारीको बाम पृष्ठभुमी, स्नातकवाट पटक पटक राष्ट्रिय पञ्चायतमा पुगेका, गन्यमान्य वकिल पनि भएकाले थापा बरोबर भण्डारीकहाँ आऊ जाउँ गर्दथे । थापा उनीसँग कानुनी परामर्श पनि लिन्थे । त्यो क्रम थापा र भण्डारी बिच पछिसम्म पनि रहयो । राष्ट्रिय पञ्चायतमा भएर पनि थापा र भण्डारीहरुको अर्कै समुह सक्रिय थियो, थापा खासमा पञ्चायती ब्यवस्थामा सुधार हुनु पर्छ भन्ने मान्यता सद्यै राख्थे ।
‘हामी यस्ता राष्ट्रिय पञ्चायतका सदस्य थियौ, जो त्यही बसेर त्यो ब्यवस्थाको गलत क्रियाकलापको खुलेर बिरोध गर्दथ्यौ,’ भण्डारीले मसँग भनेका थिए, ‘एउटै समुहमा भएकाले पनि सुर्यबहादुर जेल परे पछि मैले नै बहस गरेर उनलाई रिहा गराए ।’ पछि सम्म पनि थापा र भण्डारी बिच दोस्ती वाक्लै रहयो ।
पञ्चायतकाल सकियो । भण्डारी राजनीति तिर त्यति सक्रिय चाँही भएनन, थापा भने राजनीतिमा सक्रिय भएर पाँच–पाँच पटक मुलुकको प्रधानमन्त्रीसमेत भए । ‘एकदम हक्की स्वभावको भएकाले पनि तत्कालिन पञ्चहरुले उनलाई मन पराउँदैनथे, तर तीनलाई नै पाखा लगाउन भने उनी केही हदसम्म सफल भए तर पञ्चायती ब्यवस्थामा नै प्रजातान्त्रिक अधिकार दिने उनको चाहाना भने कहिल्यै पुरा हुन सकेन, त्यसका लागि जनआन्दोलन नै आवाश्यक प¥यो ।’
पञ्चायती ब्यवस्था ढले पछि पनि भण्डारी र थापा बिच ओहोर दोहोर चलि नै रहयो । भण्डारी वकालत पेशा नै बढी ब्यस्त भए भने थापा बहुदलीय ब्यवस्थामा एक पटक र राजा ज्ञानेन्द्रले सत्ता हातमा लिए पछि अर्को पटक प्रधानमन्त्री भए । थापा पुनः राजा निकट भएर प्रधानमन्त्री खान गए पछि भण्डारीलाई भने त्यति मन परेन । उनले एकदिन पार्टीमा भएको भेटमा थापालाई भने नै, ‘यो बेला तपाई सरकारको नेतृत्व गर्न जानु हुदैनथ्यो ।’ तर थापाले जवाफ दिएछन, ‘म जनताको अधिकार जनतालाई फर्काउन सक्छु भनेर गएको हुँ, बुढेसकालमा प्रधानमन्त्रीको लोभले गएको चाँही होइन् ।’ भलै, थापाको यो कुरा त्यति चित्त बुझ्दो भण्डारीलाई लागेन् ।
त्यसको केही समय पछि, २०६४ को पहिलो संविधानसभा चुनावमा नेकपा संयुक्तको काठमाडौं–१ का उम्मेदवार रहेका भण्डारी चुनाव ताकाको एउटा भेटमा भण्डारीले राजनीतिले घर–घरमा पारेको प्रसङ्गबारे एउटा उदाहरण दिए । राजनीतिले परिवार भित्रै ल्याएको बिभाजन बारे उनले मलाई भने, ‘म यहाँ काठमाडौं (संयुक्त) वाट चुनाव लडिरहेकी छु तर मेरी छोरी (सबिता बराल) शम्भु थापा (एमाले) को चुनाव प्रचार प्रसार गर्न पुर्व गएकी छिन्, यो राजनीतिले हाम्रो परिवार भित्रै पनि फाटो ल्यायो ।’ भण्डारीकी छोरी बराल पनि वकालत पेशामा नै छिन, जो त्यही ल फर्मका उत्पादन पनि हुन ।
शम्भु थापा नेपाल बार यशोसियनको अध्यक्ष हुदाँ छोरी बराल भने कोषाध्यक्ष थिइन । सोही नाता र संवन्धका कारण चुनाव प्रचार प्रसार गर्न बराल शम्भु थापाको क्षेत्र उदयपुर पुगेकी थिइन् । ‘थापाजी यही टहरोवाट जेल गएँ, यही ल फर्मवाट तीनतीन जना प्रधानन्यायधिस पनि भए, नेपालको राजनीतिक इतिहासमा यो घरको महत्व आफैमा ऐतिहासिक छ, त्यसैले यो घरमा मलाई बढी नै माया लाग्छ।’ जे होस, भण्डारीले थापाको त्यो प्रसङ्ग सुनाएका थिए र आज यो ब्लगमार्फत तपाईसँग सेयर गर्र्ने मौका पाए ।
अर्को एउटा प्रसङ्ग पनि:
मसँग छ, म त्यतिबेला राजधानी दैनिकमा काम गर्दथे । संविधानसभा भित्र माओवादीले पुरै कब्जा जमाएको अवस्था थियो, जो उनलाई कदापी चित्त बुझिरहेको थिएन, लामो संघर्ष पछि पाएको लोकतन्त्र गुम्ने खतरा उनले देखेका थिए । उनी माओवादीले लोकतान्त्रिक अधिकार खोसेर कम्युनिष्ट अधिनायकवाद लाद्छ भन्ने चिन्तामा थिए ।
मसँग छ, म त्यतिबेला राजधानी दैनिकमा काम गर्दथे । संविधानसभा भित्र माओवादीले पुरै कब्जा जमाएको अवस्था थियो, जो उनलाई कदापी चित्त बुझिरहेको थिएन, लामो संघर्ष पछि पाएको लोकतन्त्र गुम्ने खतरा उनले देखेका थिए । उनी माओवादीले लोकतान्त्रिक अधिकार खोसेर कम्युनिष्ट अधिनायकवाद लाद्छ भन्ने चिन्तामा थिए ।
त्यसका लागि उनले तत्कालिन कांग्रेस सभापति गिरिजाबाबुसँग सल्लाह पनि गरे । ‘गिरिजाबाबु, माओवादीका कारण लोकतन्त्र खतरामा पर्र्दै गयो, उनीहरु मुलुकमा कम्युनिष्ट अधिनायकवाद लादन खोजिरहेका छन, त्यसलाई रोक्नका लागि प्रजातान्त्रिक शक्तिहरु छिन्न भिन्न भएर होइन, अब एकै ठाउँमा उभिएर अगाडी देखा पर्नु प¥यो।’ थापाले कांग्रेस, राप्रपालगायतका दलहरु मिलेर ‘प्रजातान्त्रिक मोर्चा’ बनाउने मोडल अघि गिरिजाबाबु सामु सारे, त्यसमा गिरिजाबाबु पनि सकारात्मक नै देखिए ।
तर, सत्ताभन्दा बाहिर रहेका गिरिजाबाबुले थापाको प्रजातान्त्रिक मोर्चाको मोडलमा सहमति त जनाए तर गठन गरेर अघि बढने बिषयमा भने त्यति चासो देखाइरहेका थिएनन । थापा एक्लै अघि सरेर विभिन्न चरणको कुरा पनि गरे, यो कुरा थाहा पाए पछि मैले राजधानी दैनिकमा ब्रेकिङ न्युज लेखे,– ‘थापाको नेतृत्वमो प्रजातान्त्रिक मोर्चा निमार्ण हुँदै ।’
यो समाचारले थापासहित सबैतिर एउटा तरङ्ग ल्यायो किनकी यो प्रयास थापाले भित्र भित्रै गरिरहेका थिए । ‘माओवादीले अहिले जे–जे गरे केही लछारपाटो लगाउँदैनन, त्यसकारण प्रजातान्त्रिक शक्तिहरुले माओवादीलाई निषेध गरेर होइन, कज्जाएर लोकतान्त्रिक मुल्य मान्यतामा ल्याउनु पर्छ’ भन्ने गिरिजाबाबुले अडान राखेका कारण प्रजातान्त्रिक मोर्चा बनाएर जाने थापााको त्यो बेलाको योजना भने सफल हुन सकेन ।
दिल्लीमा उपचारत रहदाँ थापाको सचिवालयले जारी गरेको बिज्ञप्ति |
त्यस्तै, गत पौष २९ गते संविधान सभाको पुर्ण बैठकमा संवैधानिक राजनीतिक संबाद तथा सहमति समितिका प्रतिवेदन पेश गर्ने कार्यतालिका थियो तर सो बैठकमा सभापति बाबुराम भट्टराई उपस्थित भई दिएनन । उपत्यका बन्दका आयोजक भट्टराई उपस्थित नभए पछि त्यो प्रतिवेदन जेष्ठ सदस्यका नाताले थापाले नै पेश गरेका थिए । बन्द र हडतालको पक्षमा टिवट गरेर सो दिन कटाएका सभापति भट्टराईले पछि माफीसमेत मागे । (यहाँ क्लिक गरेर पढनु होस) । यो त्यही पहिलो घटनाको दिन हो, जुन दिन माओवादीले संविधानसभाको बैठक नै बहिस्कार गरेर बाहिर बसेको थियो ।
त्यसो त सत्तारुढ दल र बिपक्षी दल बिच पानी बारावारको स्थीति रहदाँ थापाले मालीगाउँस्थित निवासमा सबै दलका नेतालाई बोलाएर केही हप्ता अघि डिनर दिएका थिए । सत्तारुढ दल प्रक्रियावाट संविधान बनाउन लागि परेको र त्यसलाई अस्विकार गर्दै बिपक्षी दल आन्दोलनमा होमिरहेको बेला थापाले निवासमा सबै नेतालाई बोलाएर बोलचालको बातावरण मात्रै बनाएन, गत्यावरोध भएको राजनीतिलाई हिडाउने कोशिश पनि गरे ।
द्लहरु बिच सहमतिका लागि ढोका खोल्ने कोशिश गरिरहकै बेला थापा बिरामी परे र उनी उपचारका लागि दिल्ली गए । तर, दिल्ली गएका थापा कहिल्यै नफर्कने गरी सारालाई छाडेर गएको खबर अहिले हामी माझ आएको छ । जीवनको उत्तारार्धसम्म पनि सक्रिय थापाले दलहरु बिच सहमतिका लागि प्रयास जारी नै राखेका थिए तर अधुरो हुन पुग्यो। यदी साच्चै प्रक्रिया अनुसार अघि बढेको भए, माघ ८ मा नै संविधान आउँथ्यो, त्यो उनले पनि देख्न पनि पाउँथे । तर, नयाँ लोकतान्त्रिक संविधान देख्ने इच्छा उनको जीवनकालमा भने सम्भव हुन सकेन ।
हार्दिक श्रद्धाञ्जली ।
No comments:
Post a Comment