Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Sunday, March 1, 2015

प्रचण्डको आरोप पछि एमाले नेताका कडा प्रतिक्रिया आएछन्

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले अर्को बामपन्थी दल नेकपा एमाले र तीनका अध्यक्ष केपी शर्मा ओलीका बिरुद्ध चर्को कुरा गरे । उनले यतिसम्म भन्न भ्याए कि, अब एमालेको काम छैन, कांग्रेसमा बिलय भए हुन्छ । राजनीतिक एजेन्डाका रुपमा एमालेसँग अब केही बाँकी छैन, सबै छाडेर कांग्रेसको पछि लाग्यो ।’ प्रचण्डले यसो भनिरहदाँ मलाई प्रचण्डका राजनीतिक गुरु मोहन बैद्यले अलग भएर नेकपा माओवादी गठन गर्दा कमलादीस्थित प्रज्ञा भवनमा भनेको कुरा अचानक याद आयो । उनले भनेका थिए, – 'एमाओवादी, कांग्रेस र एमालेमा कुनै फरक छैन, यी सबै संसदीय दल नै हुन, एमाओवादीले पार्टीको अजेन्डा छाडेका कारण आज हामी अलग हुनु परेको हो ।’ 
दक्षिणपन्थी संसोधन तथा एमालेको धारमा माओवादी गएको आरोप लगाउँदै अलग भएका बैद्य अझै पनि प्रचण्डको पार्टीलाई संसदीय पार्टीका रुपमा बुझाउँछन्, त्यसपछिका जुन सुकै अन्तवार्ता हेर्नुहोस, प्रचण्ड माओवादीको ब्याख्या गर्दा संसदबादी दल भन्दा माथी राखेर उनी हेर्दैनन् । यी दुबैमा बिरोधाभाष छ, तर मुल प्रसङ्ग के हो भने प्रचण्डले हिजो यसो भने पछि एमाले नेताहरुले त्यसको तिब्र आलोचना गरेका छन् । प्रचण्ड सही कि एमाले नेताहरु सही छुटयाउने जिम्मेवारी तपाईहरुकै ।
इश्वर पोखरेल, महासचिव
# शनिवार एमाओवादीको नेतृत्वको तीस दलीय मोर्चाको सभाको हविगत देखियो । लाखौंको संख्यामा जनता उपस्थित हुने डिंग हाकिए पनि देश भरिबाट ओसारिएका तीस दलको सम्पूर्ण शक्ति लगाएर जम्मा गरिएका वीस–पच्चीस हजार मान्छेहरूका वीचमा प्रायः सबै वक्ताहरूले नेकपा एमाले र खासगरी त्यसका अध्यक्षलाई प्रहारको तारो बनाए । उनीहरू प्रायः सबैले ‘एमालेको अब अस्तित्व छैन’ भनेर किटान गरे । तर आफ्नो सम्पूर्ण समय भने एमालेलाई सत्तोसराप गर्नमै समय खर्चिए । यो बर्बराहटको नेतृत्व भने पुष्पकमल दहालले गरे । सामाजिक फासिवादको आत्मा बोकेर अराजकता, अस्तव्यस्तता र औसरवादको नांगो अभ्यासमा निर्लिप्त माओवादीहरू कित सम्पूर्ण रूपमा लोकतान्त्रिक भएर सुध्रिनुपर्ने कि सकिनुपर्ने अपरिहार्य विकल्पको डिलमा उभिएका छन् । एमाओवादीहरू बर्बराहट बन्द गर । कि त रूपान्तरित होऊ, होइन भने समाप्त हुनु अनिवार्य छ भनेर बुझ ।
शंकर पोखरेल, स्थायी समिति सदस्य्
# अव कांग्रेसमा एमाले होइन, एमालेमा एमाओवादी विलनहुने दिन आउदैछ। तराइमा मधेसवाद र पहाडमा जातिवादको एजेण्डा वोकेसी एमाओवादी अलगै कहाँ रहला र ?

# आज ३० दलिय मोर्चाका नेताहरु सवै नेकपा (एमाले) विरुद्ध खनिएको देख्दा अव उस्ले एक्लैले खुलामंच भरेर जवाफ दिनुपर्ने चुनौती पो आइलाग्यो, कि कसो ?
रबीन्द्र अधिकारीः केन्द्रीय सदस्य
जून रुख अग्लो छ हावाहुरिको धेरै झक्का पनि उसैले खप्नु पर्छ ।भनिन्छ झिगाको सरापले डिगो मर्दैन । आगोमा खरिएर एमाले फलाम बाट इस्पात बन्नेछ।
रामवीर मानन्धर, सभासद
कग्रेसमा विलय हुन प्रचण्डको सल्लाह एमालेलाई दिएपछी अव चाही राँची नलगी सुखै न होला जस्तो लाग्योरु
मिना श्रेष्ठ, नेतृ
हिजो ३० दलिय प्रतिपक्ष गठबन्धनले सम्पन्न गरेको शान्तिपूर्ण बिशाल आमसभा , शक्ति प्रदर्शन गरेकै हो , चाहे जसरि होस् ।। समग्र मा राम्रो हो तर भिड मा बोल्दा जोश त् आउछ , अलि बढी बोल्नुभयो कमरेड प्रचन्डले , एमालेलाई गालि गलौज र लान्छना लगायर आफ्नो समय खर्चिन भन्दा आफ्नो एजेन्डा हरु जनता को सामु राखेको मात्र भय झन् राम्रो हुनेथियो ।।
नारायण बाग्ले, बरिष्ठ पत्रकार
एमाले गएर कांग्रेसमा गाभिए हुन्छ भनेछन् कमरेडले, त्यसरी त न कांग्रेस रहन्छ न एमाले, नयाँ पार्टी पो बन्छ त एकाले !
आनन्दराम पौडेल
हिजो साँझ टुँडिखेलको छेउबाट गइरहँदा प्रचण्डजीले आमसभालाइ सम्बोधन गर्दै, ूएमाले पार्टी कांग्रेसमा बिलिन भए हुन्छू भन्नुभएको सुनें। ू३० दलभित्रका २९ दलहरु एनेकपा माओवादीमा बिलिन भए हुन्छू भन्नुभएकोचाहीं मैले सुनिन।
सरोज पौडेल,प्रचन्न काम्रेडको लागि भएपनि बदअ तख ले एमाले सकिएको घोषणा गर्देनि हुन्थ्यो नि । अलि निन्द्रा पर्थ्यो कि ?
बबिता शर्मा, पत्रकार
खुल्लामन्चमा प्रचण्डले भन्नु भो ूकाँग्रेस एमालेले तपाई महान हुनुहुन्छ भनें म त मख्ख परें, त्यही गल्ती भयो। ढिलै भएपनि आफु महान होइन रहेछु भन्ने कुराको रियलाइज भएछ, राम्रै हो ।
सुर्दशन चालिसे, कर्मचारी
के.पी.ओली र पुकदाको ब्यक्तिगत झगडाले नेपालको राजनिति रंगिएको होकी जस्तो पो लाग्न थाल्यो ।

No comments:

Post a Comment