कहिले आउँछ राहतः सिन्धुपाल्चोक माझी गाउँकी एक महिला भत्केको घरमा तस्विर: उपेन्द्र लामिछाने |
गोरखा, बारपाकलाई केन्द्रबिन्दु बनाएर गत शनिबार आएको महाभूकम्पका पीडितका लागि राहत सामग्री बोकेर तराई–मधेसबाट पहाड उक्लने क्रम बढोत्तरी हुँदै गएको छ। तराई–मधेसकेन्द्रित राजनीतिक दलसहित विभिन्न संघसंस्थाले पीडितका घरघर पुगेर तथा जिल्ला प्रशासन कार्यालयमार्फत राहत सामग्री बाँडिरहेका छन्। तराई–मधेसका जिल्लामा राहत संकलन कार्य चलिरहेको छ।
मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव तराई–मधेसबाट संकलन गरेर काठमाडौं ल्याइएका राहत सामग्री बाँड्न भक्तपुर पुगे। ‘आज (शनिबार) मात्रै हामीले भक्तपुर, हरिसिद्धि र गोरखाका केही भागमा राहत वितरण गर्यौंत,' अध्यक्ष यादवले नागरिकसँग भने, ‘यो राष्ट्रिय विपत्तिमा मानवताका नाताले सहयोग गर्न सबै नेपालीलाई अपिल पनि गर्दछु।'
मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव तराई–मधेसबाट संकलन गरेर काठमाडौं ल्याइएका राहत सामग्री बाँड्न भक्तपुर पुगे। ‘आज (शनिबार) मात्रै हामीले भक्तपुर, हरिसिद्धि र गोरखाका केही भागमा राहत वितरण गर्यौंत,' अध्यक्ष यादवले नागरिकसँग भने, ‘यो राष्ट्रिय विपत्तिमा मानवताका नाताले सहयोग गर्न सबै नेपालीलाई अपिल पनि गर्दछु।'
उनका अनुसार भक्तपुर–१७ मा २ हजार थान साडी, पाँच सय पाल, बिस्कुट, चाउचाउ र चामल वितरण गरिएको छ। ‘फेरि ७–८ ट्रक सामान केही दिनमा नै भूकम्पपीडितकहाँ पठाउँछांै,' अध्यक्ष यादवले भने।
तराई–मधेस लोकतान्त्रिक पार्टीका सहअध्यक्ष हृदयेश त्रिपाठी शुक्रबार गोरखामा राहत पुर्याकएर शनिबार काठमाडौं फर्किएका छन्। ‘११ सय पाल, चामल, दाल, नुनजस्ता खाद्यान्न बाँडेर फर्किएँ,' त्रिपाठीले नागरिकसँग भने, ‘जताततै पाल र त्रिपालको आवश्यक देखिन्छ। तर, उपलब्ध नभइसकेकाले लखनउबाट मगाएका छौं।'
उनी नेतृत्वको टोलीले गोरखाका घान्दु्रक, मुचौकलगायत गाउँमा ती सामग्री वितरण गरेका हुन्। उनले पनि तराई–मधेसका जिल्लामा सहयोग संकलन कार्य जारी रहेको जनाए।
तमलोपाकै सभासद रमेश पट्टेल चार दिनअघि नै राहत सामग्री बोकेर वीरगन्जबाट गोरखा पुगेका छन्। सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भूकम्पपीडितका लागि ‘मुठीदान अभियान' अन्तर्गत राहत संकलन भइरहेको जानकारी दिए। ‘भूकम्पपीडितका लागि कार्यकर्तालाई राहत संकलन गर्न लगाएका छौं,' महतोले नागरिकसँग भने, ‘संकलित सामग्री दुई/तीनमा आइपुग्छ अनि प्रभावित जिल्लामा पुर्याउँछौं।'
उनका अनुसार संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले राहत संकलन गर्न कार्यकर्ता र नेतालाई १४ गते नै औपचारिक आह्वान गरेको थियो।
तराई–मधेसमा व्यक्तिगत र संस्थागत रूपमा राहत संकलन गर्ने र प्रभावित क्षेत्रमा पुर्यामउने कार्य पनि तीव्रताका साथ भइरहेको छ। तराई र मधेसका जिल्लाबाट राजधानी हुँदै सिन्धुपाल्चोक, रामेछाप, दोलखा, रसुवा, नुवाकोटतिर जाने क्रम जारी छ।
चन्द्रपुरनगर उद्योग वाणिज्य संघ, गुञ्जन एफएमलगायत विभिन्न संघसंस्थाले पठाएको सहयोग सिन्धुपाल्चोक र धादिङ पुर्याकइएको छ। ‘त्रिपालसहित ६ ट्रक खाद्यसामग्री रौतहटबाट पहाडका भूकम्प प्रभावित जिल्लामा पुर्यायइएको छ,' स्थानीय सञ्जय कार्कीले नागरिकसँग भने, ‘बिहार प्रहरीले उपलब्ध गराएको दुई ट्रक्र खाद्यसामग्री पनि रौतहट हुँदै प्रभावित क्षेत्रमा गएको छ।' उनका अनुसार रौतहटमा राहत संकलन जारी रहेको जनाए।
अधिवक्ता सुनील रञ्जनसिंहले भक्तपुरको गाम्चा, चम्पादेवी र मच्छेगाउँ पुगेर राहत प्रदान गरिसकेका छन्। सर्लाही मलंगवा जेसिसले सिन्धुपाल्चोक चौतारामा राहत पुर्याेएको छ। मिथिला युवा परिषदका अध्यक्ष प्रवीण लाभले साँखुका भूकम्पपीडितलाई राहत पुर्यााएर फर्किएको जनाएका छन्।
रेडियो वीरगन्जको नेतृत्वमा सिन्धुपाल्चोक ठकनी गाविस, काठमाडौं र मकवानपुरको राहत तथा उद्धार कोषमा राहत जम्मा गरेर फर्किएको पत्रकार विजय कुशवाहले जानकारी दिएका छन्। ‘पर्साबाट भूकम्प प्रभावित जिल्लामा राहत लाने र संकलन गर्ने कार्य जारी छ,' उनले भने।
उनका अनुसार वीरगन्ज लायन्स क्लब, वीरगन्ज जेसिस, वीरगन्ज उद्योग वाणिज्य संघलगायत सामाजिक संस्थाले राहत संकलन गरेर पहाडी जिल्लामा पठाउने कार्य गरिरहेका छन्।
सिरहाबाट लहान सिटी जेसिस, सिरहा प्याब्सन, फूलकाहाकट्टी र बेतौनाका किसान, मारवाडी संघ र उद्योग वाणिज्य संघको पहलमा राहत सामग्री भूकम्प प्रभावित क्षेत्रमा पुर्याहइएको छ। तराई–मानवअधिकार रक्षक सञ्जाल (थर्ड अलाइन्स) ले पनि काठमाडौं आसापासका जिल्लामा राहत वितरण गरेको छ।
शिवगुरु शिष्य आश्रमसहित जनकपुर युथ डेभलोपर्स फोर्स, जनकपुरधामले एक ट्रक राहत सामग्री गोर्खा पुर्यााएको छ। राकेश मिश्रा नेतृत्वको ‘सेवा' नामक गैरसरकारी संस्थाले भक्तपुरका विभिन्न स्थानमा राहत पुर्यािएको छ।
यसैगरी, महोत्तरीका शिक्षक, पत्रकार र मेडिकलको एउटा संयुक्त टिम ३ सय १० थान त्रिपाल र खाद्यान्न सामग्री रामेछापका हुलाक डाँडा, बेतनी, लखनपुरमा पुर्यावएर फर्र्किएको छ। ‘सबैतिर पाल र त्रिपालको माग छ, तर जिल्लाभरि नै त्यो उपलब्ध हुन सकेको छैन,' स्थानीय विक्रम रौनियारले नागरिकसँग भने, ‘भारतका केही ठाउँमा पालका लागि पहल गरिरहेका छांै, त्यो आउनेबित्तिक्कै पुनः पहाड उक्लन्छौं।'
उनका अनुसार महोत्तरी उद्योग वाणिज्य संघको नेतृत्वमा संकलन भएको राहत सामग्री दोलखा पुर्याकइएको छ। पडारिया–३, रुपेन्देहीको मुस्लिम समुदायले पनि राहत संकलन गरेर भूकम्प प्रभावित पहाडी जिल्लामा पठाएको छ।
२ सय पाल र ब्ल्यांकेट नारेश्वर, दरबु, फुजेलमा वितरण गर्न महात्मा गान्धी स्मृति प्रतिष्ठान गोरखा पुगेको छ। थारू कल्याणकारी सभाले उपत्यकाका विभिन्न ठाउँमा सरसफाइ गरेको छ।
मधेस मिडिया हाउसले शिक्षण, वीर र पाटन अस्पताल निःशुल्क मास्क वितरण गरेको छ भने केही राहत सामग्री सामारी, नुवाकोटमा पुर्यााएको छ। ‘पहाडमा अप्ठेरो पर्दा तराई–मधेसले सहयोग गर्ने र मधेसलाई पर्दा हिमाल र पहाडले सहयोग गर्ने संस्कारले सबै नेपालीलाई एकजुट बनाउन थप बल दिन्छ,' राजेश अहिराजले नागरिकसँग भने।
No comments:
Post a Comment