तस्विरः आङकाजीको फेसबुकवाट साभार |
आङकाजी शेर्पा बेला बेलामा चर्चामा आइरहन्छन् । कहिले उनी बाहुन/ क्षेत्रीको जिब्रो थुतेर कुकुरलाई खुवाउने कुरा गर्छन, कहिले उनी प्रमुख दलका नेतालाई सुंगुर भनेर अपमान गर्छन । उनका कुरा सुन्दा लाग्छ, जातीय मुक्ति दिलाउने आङकाजी बाहेक अरु कोही ठुला नेता नेपालमा नै छैनन् । एमालेमा रहेका शेर्पाले संविधानसभा विघटन हुनु केही दिन अघि मात्रै रिर्पोटस क्लबमा बबाल गरे र पत्रकारले पनि । त्यसवाट उनी राष्ट्रिय अन्तराष्ट्रिय रुपमा चर्चामा आए । फेरी दशैंमा नेपाली जन मस्त रहदाँ उनलाई ‘नेपाली आर्य’ भन्ने फेसबुक पेज चलाउनेले उनलाई ज्यान मार्ने धम्की दिएछ, र उनलाई फाँसी चढाइएको तथा गर्दनमा खुकुरी हान्न खोजिएको जस्तो अर्थ लाग्ने तस्बिर पोष्ट गरेछ ।"बिदेशी दलाललाई जलाउन आगो म बाल्छु, अष्टमीमा आङकाजीको गर्दन छिनाल्छु" भन्दै पोष्ट गरिएको तस्विर (तल) मा ‘पशुवली बन्द गरौ, नरबली सुरु गरौं’ आब्हान गरिएको छ ।
नेपाली आर्यले पोष्ट गरेको तस्विरमा आङकाजीलाई सुताइएको छ । दुई हातले भुई टेकेका आङकाजीको अगाडी/पछाडी कालो कपडा लगाएका दुई ब्यक्ति उभिएका छन् । सेतो कपडा लगाउने ब्यक्तिले हातमा खुकरी लिएको छ भने आङकाजीको गर्दन छिनाउने खोजे झै गरेको छ । छेऊमा बली चढाउन देवी माताको प्रतिकको रुपमा खम्बा राखिएको छ ।
आङकाजीको फेसवुक वालमा अर्को तस्विर पनि छ । जहाँ उनलाई एउटा जल्लादले फाँसी दिन खोजिरहेको देखिन्छ । तर, यो तस्विरमा भने आङकाजी कुनै बिचलित भएको देखिदैन, मानौ कुनै चलचित्रको सुटिङ भइरहेको आभास दिन्छ । दुवै तस्विर उनले आफ्नो फेसबुक पेजमा पनि राखेका छन् ।
नेपाली आर्यले पोष्ट गरेको तस्विरमा आङकाजीलाई सुताइएको छ । दुई हातले भुई टेकेका आङकाजीको अगाडी/पछाडी कालो कपडा लगाएका दुई ब्यक्ति उभिएका छन् । सेतो कपडा लगाउने ब्यक्तिले हातमा खुकरी लिएको छ भने आङकाजीको गर्दन छिनाउने खोजे झै गरेको छ । छेऊमा बली चढाउन देवी माताको प्रतिकको रुपमा खम्बा राखिएको छ ।
आङकाजीको फेसवुक वालमा अर्को तस्विर पनि छ । जहाँ उनलाई एउटा जल्लादले फाँसी दिन खोजिरहेको देखिन्छ । तर, यो तस्विरमा भने आङकाजी कुनै बिचलित भएको देखिदैन, मानौ कुनै चलचित्रको सुटिङ भइरहेको आभास दिन्छ । दुवै तस्विर उनले आफ्नो फेसबुक पेजमा पनि राखेका छन् ।
नेपाली आर्य नामक फेसबुक पेज वालाले ‘ब्राम्हण क्षेत्रीलाई निरन्तर गाली गरिरहने’ शेर्पाको घाँटी छिनाउन लागेको तथा फाँसी दिन लागेको तस्बिर सार्वजनिक गरे पछि उनले सो कुरा पार्टीमा राखे । एमालेले एकल जातीय राज्य अस्विकार गरेको भन्दै एमाले छाडेर अशोक राई नेतृत्वमा संघीय समाजवादी गठन गरी उपमहासचिव भएका शेर्पाको जीउ ज्यानको सुरक्षाको माग गर्दै उनको पार्टीले प्रेस बिज्ञप्ति नै निकाल्यो । उनी सोही पार्टीका तर्फवाट काठमाडौं क्षेत्र न. ३ मा प्रत्यक्ष तर्फका उम्मेदवार पनि हुन् । आफनो उम्मेदवारको जीउ ज्यानमा खतरा भए पछि स्वभाविक रुपमा सो पार्टीले आपत्ति जनाउँछ नै । महासचिव राजेन्द्र श्रेष्ठले ३० असोजमा प्रेस बिज्ञप्ति निकाल्दै शेर्पाका बारेमा भनेका छन–
तस्विरः आङकाजीको फेसबुकवाट साभार |
मिति २०७०/०६/३०
प्रेस–विज्ञप्ति
हाम्रो पार्टीका स्थायी समिति सदस्य तथा संविधान सभाको दोस्रो निर्वाचनमा काठमाडौँ क्षेत्र नं. ३ का प्रत्यक्षतर्फका उम्मेदवार आङ्काजी शेर्पालाई फेस बुकको दुरुपयोग गर्दै नेपाली आर्य नामक छद्म भेषी तत्वले ज्यान मार्ने धम्की दिएको प्रति हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षण भएको छ ।
त्यस अवाञ्छित गतिविधिप्रति खेद प्रकट गर्नुको साथै त्यसको विरोध र भत्र्सना गर्दछौँ । साथै यस्तो अवाञ्छित कृयायलाप गर्ने व्यक्ति उपर कडा कानुनी कारवाही गर्न र उम्मेदबारलाई सुरक्षा प्रदान गर्न नेपाल सरकार र सुरक्षा निकायसँग हार्दिक अनुरोध गर्दछौँ ।
एउटा उम्मेदवारको सुरक्षा गर्नु राज्यको दायित्व हो र तपाई हाम्रो पनि । एउटा सभ्य समाजमा, उनका बिचारसँग सहमत नहुनेले पनि उनको सुरक्षाको प्रत्यभुति दिलाउन जोड गर्नु पर्छ । र, ‘ब्राम्हण क्षेत्रीलाई गाली गरे’ भन्दैमा उनलाई फाँसी दिइएको तथा घाँटी छिनाउन लागेको जस्तो अर्थ लाग्ने आपत्तिजनक तस्विर पोष्ट गर्नु हुदैन । यो गलत हो । यो ‘साइबर अपराध’ हो । यो निन्दनीय कार्यको सबैले भत्सर्ना गर्नु पर्छ ।
अर्को कुरा, ‘ब्राम्हण/क्षेत्री’लाई गाली गरेर राजनीति ‘उचाई’ लिन्छु भन्ने सोच र ब्यावहार शेर्पाको ‘राजनीतिक नैतिकता’ भित्र पर्छ । असल नेताले त अरुलाई गाली नगरी आफनो माग र एजेन्डालाई जनता सामु राख्न सक्नु पर्छ । सभ्य समाजमा अन्य जातजातीलाई होच्याउने भन्दा पनि एक अर्काको सम्मान गरेर मात्रै समानता ल्याउन सकिन्छ भन्ने नेताले बिर्सन हुन्न् । मेरो बिचारमा त्यो आङकाजीको हकमा पनि लागु हुन्छ ।
ma kasam bahun timiharule hami mangolian lai katnu ta k xuera matrai her timi haruko din tyadekhi suru hunxa prithvi narayan le hamilai dhokadiyo thikai xa hami sojo xau tar yo haina ki hami feri arko bahun le hamilai tarsaera tarsinxau vanera mongolian font
ReplyDelete