एकीकृत नेकपा माओवादी नेतृत्वको बिपक्षी गठबन्धनले प्रधानमन्त्री सुशिल कोइरालाले आब्हान गरेको बार्तालाई पुन अस्विकार गरेको छ । बार्ता र सहमतिका लागि भन्दै अनिश्चितकालिन संविधानसभाको बैठक रोृकिएको भए पनि अझै सत्तापक्ष र बिपक्षी बिच औपचारिक बार्ता हुन सकेको छैन । बार्ताका लागि प्रधानमन्त्री कोइरालाले दुई दुई पटक आब्हान गरे पनि बिपक्षीले त्यसमा चासो देखाएका छैनन, प्रत्रिक्रियामा बिज्ञप्तिमा निकाल्नेबाहेक अरु काम हुन सकेको छैन । हिजो सरकारले बार्ताका लागि आब्हान गरे लगत्तै एमाओवादी गठबन्धनको आज बिहान बसेको बैठकले फेरी बार्तामा नजाने निर्णय गरेको छ । सत्तापक्ष बार्तामा बोलाईरहने, बिपक्षी त्यसलाई अस्विकार गर्दै आन्दोलन आन्दोलन भनिरहने अनि कसरी बन्छ त संविधान खै ? नेपाली जनतालाई भने हैरानी मात्र ।
फागुन ९ बिहान बसेको बिपक्षी गठनबन्धनले जारी गरेको प्रेस बिज्ञप्तिको पुर्ण पाठः
नेपाली जनताले अहिलेसम्म गरेका सबै संर्घषका उपलब्धीहरुलाई १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधानलगायत आन्दोलनकारी शक्तिहरुसँग भएका अन्य ऐतिहासिक सम्झौताहरुको मर्म एवम् भावना अनुरुप संस्थागत गरी सहमतिको आधारमा संविधान निर्माण गर्ने आजको अपरिहार्य आवश्यकता र हाम्रो प्रयत्नलाई सत्तारुढ पार्टीहरुले वलात् ‘बहुमतीय प्रक्रिया’ अघि बढाएर अवरुद्ध गरेपछि त्यसका विरुद्ध हामी ३० दलीय गठवन्धन सम्पूर्ण उत्पीडित वर्ग, जाति, क्षेत्र लिङ्क र समुदायका जनताका साथ आन्दोलनमा छौँ । आन्दोलनको यस बीचमा घोषित कार्यक्रम जनताको बढ्दो सहभागिता सहित सम्पन्न भईरहेका छन् र आगामी कार्यक्रहरु तिव्रतापुर्वक अगाडी बढी रहेका छन् । यस स्थितिमा हामी गठबन्धनका सबै शक्तिहरु एवम् आम उत्पीडित वर्ग समुदायलाई यस चरणको फागुन १६ गतेको जनप्रदर्शन तथा सभालाई भव्य रुपमा सफल पार्न र आगामी संघर्षमा तयार रहन अपिल गर्दछौँ ।
यतिवेला हाम्रा लागि आन्दोलन बाध्यता वनेको छ । तर हामी सहमतिकोे आधारमा संविधान निर्माण गर्नुपर्छ भन्ने शक्तिहरु वार्ताको पक्षमा रहेको र रहने तथ्य स्पस्ट नै छ । हामी वार्ता सार्थक, परिणाममुखी र औचित्यपुर्ण होस् भन्ने चाहन्छौ । त्यसैले सत्तारुढ पार्टीहरुलाई त्यस प्रकारको सार्थक वार्ताको वातावरण निर्माण गर्न अनुरोध गर्दै आईरहेका छौँ । यस सन्दर्भमा केही समय अघि सम्माननीय प्रधानमन्त्रीले एक वक्तव्य माार्फत गर्नु भएको वार्ताको पहललाई सकारात्मकब रुपमा लिएका थियौ । त्यसछि अहिले बहुमतीय पक्रियालाई अगाडी वढाउने संविधानसभाको बैठकलाई केही समयका लागि स्थगित गरी सम्माननीय प्रधानमन्त्रीले पुन आन्दोलनकारी शक्तिहरुलाई वार्ताको लागि आह्वान गर्नु भएको छ । यसलाई हामीले थप सकारात्म रुपमा लिएका छौ । तर, अझै पनि औपचारिक र शीर्ष तहको वार्ताको लागि उपयु्क्त वातावरण पूर्ण रुपमा निर्माण भइसकेको छैन । त्यसैले हामी पुनः अहिलेको सकारात्मक प्रक्रियालाई अझ अगाडि बढाउन र कुनै न कुनै तह एवम् रुपमा वार्तालाई निरन्तरता दिइ शिर्ष तहमै औपचारिक वार्ताको वातावरण बनाउन आह्वान गर्दछौँ ।
हामी हर हालतमा जनआन्दोलन, शान्तिप्रक्रियाका सहयात्री एवम् अन्य ऐतिहासिक सम्झौताका पक्ष शक्तिहरुलाई अलग राखेर गरिएको बुहमतीय प्रक्रियालाई असफल पारी सहमतिद्वारा संविधान निर्माण गर्न र संविधानमा १२ बुँदे समझदारीदेखिका सबै ऐतिहासिक सम्झौताअनुरुप पहिचान र अधिकारसहितको संघीयता सहित आदिवासी जनजाति, मधेसी, दलित, पिछडावर्ग, महिला, मुस्लिम, पिछडिएको क्षेत्र र सबै उत्पीडित समुदायका हक अधिकार सुनिश्चित एवम् संस्थागत गर्न दृढ छौं । त्यसका लागि जस्तो सुकै संघर्ष गर्न पनि प्रतिबद्ध छौं ।
३० दलीय मोर्चा
No comments:
Post a Comment