आगमी वैशाखमा राष्ट्रिय सम्मेलन गर्न तयारीमा जुटिरहेको एकीकृत नेकपा माओवादी अन्ततः विशेष महाधिवेसनमा जाने भएको छ।
हेटौंडा महाधिवेशनले तय गरेको ‘उत्पादन र निर्माण' सम्बन्धी कार्यदिशा परिमार्जन गर्न तथा पूर्व उपाध्यक्ष बाबुराम भट्टराईले प्रस्ताव गरेको ‘नयाँ शक्तिको खाँचो' बारेमा बहस चलाउन विशेष महाधिवेशनमा एमाओवादी जाने भएको हो।
सानेपास्थित भट्टराई निवासमा बसेको केन्द्रीय कार्यालयको अनौपचारिक बैठकले विशेष महाधिवेशनमा जाने गरी पार्टीको कार्यदिशा र राजनीतिक बहसको प्रक्रिया तत्काल सुरु गर्ने र विशेष महाधिवेशनमार्फत टुंग्याउने निष्कर्ष निकालेको थियो। एमाओवादी केन्द्रीय कार्यालयले कार्यदिशा र राजनीतिक बहसलाई तत्कालै छलफलमा लैजाने प्रक्रियाका बारेमा मंगलबार निर्णय लिने सम्भावना छ।
हेटौंडा महाधिवेशनले तय गरेको ‘उत्पादन र निर्माण' सम्बन्धी कार्यदिशा परिमार्जन गर्न तथा पूर्व उपाध्यक्ष बाबुराम भट्टराईले प्रस्ताव गरेको ‘नयाँ शक्तिको खाँचो' बारेमा बहस चलाउन विशेष महाधिवेशनमा एमाओवादी जाने भएको हो।
सानेपास्थित भट्टराई निवासमा बसेको केन्द्रीय कार्यालयको अनौपचारिक बैठकले विशेष महाधिवेशनमा जाने गरी पार्टीको कार्यदिशा र राजनीतिक बहसको प्रक्रिया तत्काल सुरु गर्ने र विशेष महाधिवेशनमार्फत टुंग्याउने निष्कर्ष निकालेको थियो। एमाओवादी केन्द्रीय कार्यालयले कार्यदिशा र राजनीतिक बहसलाई तत्कालै छलफलमा लैजाने प्रक्रियाका बारेमा मंगलबार निर्णय लिने सम्भावना छ।
भट्टराईले पार्टी पुर्ननिमार्णबारे राखेको प्रस्तावपछि उत्पन्न जटिलताबारे छलफल गर्न अध्यक्ष पुष्पकमल दाहाल तथा केन्द्रीय कार्यालयका नारायणकाजी श्रेष्ठ र पोष्टबहादुर बोगटीसहित दोस्रो तहका नेता सानेपा पुगेका थिए। छलफलमा कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल र टोपबहादुर रायमाझी पनि सहभागी थिए। त्यही अनौपचारिक बैठकले बहसलाई छलफलमा लगेर विशेष महाधिवेशनमार्फत टुंग्याउने निर्णय गरेको हो।
‘आधारभूत रूपमा हेटौंडा महाधिवेशनले तय गरेको उत्पादन र निमार्णको कार्यदिशा सही भए पनि त्यसलाई अझै व्याख्या गर्न आवाश्यक देखियो। साथै, बाबुरामजीले ल्याएको नयाँ शक्तिको प्रस्तावले पार्टी पुनर्निमार्णमै जोड गरेको निष्कर्ष पनि रह्यो,' बैठकमा सहभागी पोखरेलले नागरिकसँग भने, ‘विचारलाई ठोस रूप दिन तत्काल छलफलमा लैजाने र विशेष महाधिवेशनबाटै भए पनि टुंग्याउने अनौपचारिक सहमति भएको छ।' पोखरेलका अनुसार विचारलाई कसरी बहसमा लैजाने भन्नेबारेमा केन्द्रीय कार्यालयले आवश्यक निर्णय लिनेछ।
गत वर्ष हेटौंडा महाधिवेशनले तय गरेको उत्पादन र निर्माणको कार्यदिशा कार्यान्वयन भएको छैन, त्यहीअनुसार संगठन निर्माण पनि हुन सकेको छैन।
सोमबारको बैठक भट्टराईले केही दिनअघि मुलुकमा नयाँ शक्ति तीन तरिकाले उदय हुँदै गएको भनेर उल्लेख गरेको विषयमा केन्द्रित भएको थियो। भट्टराईले तीन विकल्प दिएका थिए– पहिलो, एमाओवादीलाई पुनर्निर्माण गरी राष्ट्रिय राजनीतिको नेतृत्व आफूहरूले गर्ने, दोस्रो, विभिन्न पार्टीमा रहेकाले नयाँ शक्ति बनाएर नेतृत्व गर्नसक्ने र यी दुवै असफल भए अहिलेको राजनीतिक दलभन्दा बाहिरबाट नयाँ शक्ति आउने। पार्टीभित्र छलफल नै नगरी भट्टराईले एकै पटक बहसमा ल्याएको उक्त प्रस्तावले एमाओवादीभित्र नयाँ तरंग ल्याएको छ, यसको आलोचना पनि भइरहेको छ।
संविधानसभा निर्वाचनले तेस्रो स्थानमा सीमित पारेपछि एमाओवादीमा ‘अलग पहिचान र स्वतन्त्र धार' निर्माणबारे बहस चलिरहेको छ। भट्टराईले नवउदारवाद र समाजवादका अवगुणलाई फालेर राम्रा गुणलाई एकीकृत गरी नयाँ धार निर्माण गरेर जानुपर्ने प्रस्ताव अघि सारेका छन्। ‘नवउदारवाद र समाजवादका राम्रा पक्षलाई घोलमेल गरेर मात्रै अबको विश्व हाँक्न सकिन्छ भन्ने बाबुरामजीको कुरा आयो, त्यो कतै गैरमार्क्सवादी विचार त होइन भन्ने पनि छलफलमा भयो,' पोखरेलले नागरिकसँग भने, ‘आज उहाँले मार्क्सवादी कोणबाटै कुरा राख्नुभएको छ। केही विषयमा सहमत पनि भएका छौं, तर यसलाई अझ छलफल चलाउन आवश्यक देखियो।'
बैठकमा सहभागी नेता रायमाझीका अनुसार भट्टराईको नयाँ शक्तिसम्बन्धी अवधारणाको स्वामित्व ग्रहण गर्दै पार्टीभित्र बहस चलाउने प्रतिबद्धता अध्यक्ष दाहालले सोमबार जनाएका छन्। ‘बाबुरामजीको प्रस्ताव पार्टी पुनर्निर्माणबारे छ, जहाँबाट आए पनि यसलाई स्वामित्व ग्रहण गर्दै पार्टीको विचार बनाउनुपर्छ,' दाहाललाई उद्धृत गर्दै रायमाझीले नागरिकसँग भने, ‘अब यो बाबुरामजीको मात्रै विचार भएन, सिंगो पार्टीको विचार भएको छ। यो अब पार्टीभित्र छलफलका रूपमा जानेछ।' उनका अनुसार यसलाई राष्ट्रिय सम्मेलनबाट टुंग्याउन प्रयास गर्ने र त्यहाँ सम्भव नभए विशेष महाधिवेशनबाटै टुंग्याउने भन्नेबारेमा छलफल भएको छ। पोखरेलले अब माओवादीभित्र वैचारिक र राजनीतिक बहस विस्तारै सुरु हुने बताए।
No comments:
Post a Comment