Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Thursday, February 19, 2015

'बिबादस्पद बक्तब्य' दिएर ज्ञानेन्द्र शाहले खेलेको कि पेलेको ?

पुर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिबसको उपलक्ष्यमा हिजो साँझ एउटा बिबादस्पद बक्तब्य दिए पछि नेपाली राजनीति फेरी गर्माएको छ । जनआन्दोलन ०६२-६३ ले राजदरबारवाट नागर्जुन डाँडामा फ्यालिएका शाहले करिब ८ बर्ष पछि अचानक बिबादास्पद कुरा बोलेर नेपाली राजनीतिलाई तरंगित बनाएका हुन । आफुले दरबार छाडनु अघि राजनीतिक दलसँग केही 'गोप्य सहमति' गरेको तर अहिलेसम्म त्यो पुरा नगरेको गुनासो गर्दै शाहले त्यसको कार्यान्वयन गर्न आग्रह गरेका छन् । राजावाट रैती भएका शाहले दिएको खुल्लेआम 'च्यालेन्ज' पछि अहिले नेपाली नेताहरु प्रस्टीकरण दिदै हैरानीमा परिरहेका छन् । शाहले आफनो मन्तब्यमा मुख्यत ‘तत्कालीन राजनीतिक दलहरु र मेरा बीच प्रजातन्त्रको मूल्य र मान्यतामा आधारित जे जति सहमति, समझदारी एवं व्यवस्थापकीय गतिविधि भएका थिए, तिनको स्मरण र अनुसरण गर्दै त्यसलाई सही रुपले कार्यान्वयनमा ल्याई मुलुकलाई दिगो शान्ति, स्थायित्व र समृद्धितर्फ अघि बढाउन सकेमा नै आजको पुनित दिवसको सार्थकता रहन्छ।’ भन्ने वाक्यले गणतन्त्र नेपाल फेरी एकपटक अन्यौलमा परिरहेको छ । राजनीतिक दलहरुले समयमा संविधान दिन नसकिरहेको बेला शाहले त्यसमाथी खेल्ने प्रयास गरेका त होइनन, प्रश्न यहाँ निर छ । तर, यसले फेरी के देखाउँदै लगेको छ भने ज्ञानेन्द्र शाहको बक्तब्यले सामान्तवाद र प्रतिगमनले फेरी टाउको उठाउन खोजेको त होइन ? भन्ने आंशका पनि देखाएको छ । तर, पनि सर्तक र सचेतनापुर्ण रुपमा शाहको बक्तब्यलाई लिन भने एकदम जरुरी छ । र, यसले गणतन्त्र नेपालको नयाँ संविधानलाई चाँडो भन्दा चाडो संस्थागत गर्न पनि उत्तिकै दबाब दिएको छ ।

ज्ञानेन्द्र शाहको बिबादस्पद बक्तब्यको पुर्ण पाठः
पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेवबाट ६५ औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा २०७१ फागुन ७ गते बक्सेको शुभकामना।
प्यारा नेपाली दिदीबहिनी तथा दाजुभाइ,

    ६५ औं प्रजातन्त्र दिवसको यस अवसरमा म समस्त नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु। आज भन्दा ६४ वर्षअघि प्रजातन्त्रप्रेमी जनता र राजाको समन्वयकारी सत् प्रयासबाट नेपाली जमीन र जनजीवनमा प्रजातन्त्रको विजारोपण भएको हो। प्रजातन्त्रको लागि त्याग र उदारता प्रस्तुत गर्ने हाम्रा जिज्यु बुवा राष्ट्रपिता स्व।श्री ५ त्रिभुवन र बलिदान एवं जीवन उत्सर्ग गर्ने शहिदहरुप्रति म हार्दिक श्रद्धाभाव र श्रद्धाञ्जलि प्रकट गर्दछु।

    प्रजातन्त्र राष्ट्रको अलंकार हो र जनता जनार्दनको भाग्य भविष्यको आधार हो। राज्य संचालन र विधि व्यवस्थापनका निम्ति चाहिने मुख्य विषय आपसी सूझबूझ, समझदारी र अनुभवयुक्त प्रयत्न हो। निषेध, विभेद, अन्यौल, अलमल र कचिगंल मै समय बिताउनु भन्दा राष्ट्रको भूबनोट, राष्ट्रिय समाजको स्वरुप र राष्ट्रिय धर्म, परम्परा र मर्मलाई स्पर्श गरेर सही दिग्दर्शन गर्नेतर्फ अगाडि बढ्नू नै आजको आवश्यकता हो।

    ६४ वर्ष अघि हाम्रा जिज्युबुवाले र ९ वर्ष अघिको वर्षारम्भमै म स्वयंले गरे गराएको कार्यविधी पनि प्रजातन्त्र र त्यसको आधार राष्ट्रियतालाई बलियो बनाउने कार्य कदम थियो भन्ने कुरा म पुनः स्मरण गराउन चाहन्छु। त्यसैले तत्कालीन राजनीतिक दलहरु र मेरा बीच प्रजातन्त्रको मूल्य र मान्यतामा आधारित जे जति सहमति, समझदारी एवं व्यवस्थापकीय गतिविधि भएका थिए, तिनको स्मरण र अनुसरण गर्दै त्यसलाई सही रुपले कार्यान्वयनमा ल्याई मुलुकलाई दिगो शान्ति, स्थायित्व र समृद्धितर्फ अघि बढाउन सकेमा नै आजको पुनित दिवसको सार्थकता रहन्छ।

    नेपालको मूल कानून परिपूर्ण रुपमा आवोस्, मुलुकको राज्य व्यवस्थाले स्थिरता र गतिशिलता प्राप्त गरोस् यही मेरो शुभकामना छ।

श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन्।

जय नेपाल ।

No comments:

Post a Comment