प्रकाश तिमल्सिना, काठमाडौं, असोज २२- मोहन वैद्य नेतृत्वको
नेकपा-माओवादीले एकीकृत माओवादीका नवधनाढ्यहरुको नाम सार्वजनिक गर्ने तयारी
गरेको छ। पार्टीको राष्ट्रिय जनस्वयंसेवक ब्युरोले बुधबार राजधानीमा सुरु
हुने आफ्नो भेलामा आर्थिक अनियमितता गरी नवधनाढ्य बनेकाहरुको नाम सार्वजनिक
गर्न लागेको ब्युरो इन्चार्ज नेत्रविक्रम चन्दले जानकारी दिए।
'प्रचण्ड-बाबुरामको पार्टी (एकीकृत माओवादी) मा उदाएका नवधनाढ्यहरूको नामावली संकलन गरिरहेका छौं,' चन्दले नागरिकसँग भने, 'राजनीतिको आडमा कमाउने, आर्थिक अनियमितता गर्ने र माओवादी आन्दोलनमा लागेर नवधनाढ्य भएका सबैको नाम बाहिर ल्याउँछौं।'
राजनीतिक आडमा उदाएका नवधनाढ्यहरूको आर्थिक स्रोत खोज्न राज्यलाई दबाब दिने उद्देश्यले नाम सार्वजनिक गर्न लागिएको नेकपा-माओवादीले जनाएको छ। चन्दका अनुसार माओवादीको नाममा रकम उठाएर पार्टीलाई नबुझाउने नेताहरूको नामसमेत सार्वजनिक गरिनेछ। पार्टी अध्यक्ष मोहन वैद्यले उद्घाटन गर्ने सम्मेलनमा माओवादी लडाकु शिविरमा भएको भ्रष्टाचार र अनियमिततामा संलग्नको नाम पनि सार्वजनिक गरिनेछ। 'शिविरमा भएको भ्रष्टाचार र अनियमिताका वास्तविक दोषी को-को हुन्, त्यसमा कस-कसको संलग्नता छ, त्यो पनि हामी जनतालाई देखाउन चाहन्छौं,' ब्युरोका एक सदस्यले नागरिकसँग भने, 'आफैंबाट सुरु गर्नुपर्छ भन्ने उद्देश्यले माओवादीभित्रको भ्रष्टाचार र अनियमितता देखाउन खोजेका हौं।'
तेस्रो डिभिजनका तत्कालीन डिभिजन सहायक कमान्डर दीपक चलाउने नेतृत्वको समूहले संकलन गरेको नाम ब्युरोले सार्वजनिक गर्न लागेको हो।
सरकारी उद्योग धराशयी बनाउने सरकार, मन्त्री, महाप्रबन्धकलगायतका नाम सार्वजनिक गर्ने संगठनले जनाएको छ। 'नाफामा चलेको बाँसबारी छाला-जुत्ता कारखाना, हिमाल सिमेन्ट कारखाना, भृकुटी कागज उद्योगलगायत उद्योग धराशयी बनाउनेको नाम सार्वजनिक गर्नेछौं,' इन्चार्ज चन्दले भने। राजनीतिक र प्रशासनिक आडमा सरकारी उद्योग टाट पल्टाउनेलाई राज्यले कारबाही नगरेपछि बाध्य भएर नाम सार्वजनिक गर्न लागेको उनको भनाइ छ। 'सैन्य संरचना बन्दैन'
सचिव चन्दले राष्ट्रिय जनस्वयंसेवक ब्युरोको सांगठनिक संरचना फौजी आधारमा नबन्ने प्रस्ट पारेका छन्। 'जनस्वंयसेवक ब्युरोको सांगठनिक संरचना फौजी हुनेछ भनेर प्रचार गरिएको छ, तर त्यस्तो हुँदैन,' चन्दले भने, 'यो राष्ट्रियता, जनतन्त्र र जनजीविकाका पक्षमा आवाज उठाउने युवाहरूको साझा संगठन हो।' माओवादी पूर्व लडाकुको उल्लेख्य सहभागिता रहेको आधारमा संगठनको स्वरुप र उद्देश्य सैन्य भएको भनेर प्रचारबाजी गरी आंतकित बनाउने काम भएको उनको भनाइ छ।
'जनता र पार्टीलाई प्रचण्ड र बाबुरामले धोका दिएकाले त्यसविरुद्ध संगठन लड्नेछ, तर तत्काल सैन्य संरचना बनाउँदैनौं,' उनले भने। एकीकृत माओवादीका नेताहरूले आफ्नो पार्टीले हतियार लुकाएको भनेर प्रचारबाजी गरिरहेको उनको आरोप छ।
'राष्ट्रियता र जनगणतन्त्रका पक्षमा जुझारु आन्दोलन, सुदृढ युवा संगठनका लागि प्रथम राष्ट्रिय सम्मेलन' नारासहित काठमाडौंमा हुने भेलामा स्वैच्छिक अवकाश रोजेका पूर्वलडाकु सहभागी हुँदैछन्।

No comments:
Post a Comment