Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Sunday, May 17, 2015

बैदेशिक सहयोग हल्लै बढीः कुन देशले कति सहयोग गरे त ?

बारपाक, गोरखालाई केन्द्रविन्दु बनाएर गत वैशाख १२ गते आएको विनाशकारी भूकम्पपछि खाद्यान्न र गैरखाद्यान्न सहयोग गर्ने राष्ट्रको संख्या आइतबारसम्म ३४ पुगेको छ ।
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी पुण्यप्रसाद ढकालका अनुसारसबैभन्दा बढी भारतले खाद्यन्न र गैरखाद्यान्न उपलब्ध गराएको छ । सार्क सदस्य राष्ट्र अफगानिस्तानले भने अझैसम्म कुनै खाद्य र गैरखाद्य सहयोग उपलब्ध गराएको छैन ।
‘भूकम्पपछि भारतबाट सबैभन्दा बढी खाद्य तथा गैरखाद्यसहयोग भित्रिएको छ,’ ढकालले नागरिकसँग भने, ‘अन्य राष्ट्रले पनि सकेको खाद्य र गैरखाद्य सहयोग गरिरहेका छन् ।’ उनका अनुसार भारतबाट आएका खाद्यर गैरखाद्यसामग्री स्थलमार्गमार्फत आएका हुन् भने अन्य ३३ राष्ट्रको सहयोग भने हवाईमार्ग हुँदैभित्रिएको हो ।
नेपालका भूकम्पपीडितका लागि हालसम्म ३४ राष्ट्रले आइतबारसम्म ३ हजार २ सय ९५ क्विन्टल चामल, ५ सय ७२ क्विन्टल चिनी, १ सय ५३ क्विन्टल नुन, २ हजार ९१ क्विन्टल चिउरा सहयोग गरेका छन । १४ हजार ८ सय ८ कार्टन चाउचाउ, ३५ हजार ५ सय ११ कार्टन बिस्कुट, ६ हजार ४ सय ५४ कार्टन ड्राइफुड र १ लाख ६ हजार २ सय ८८ कार्टन पानी पनि ती राष्ट्रबाट प्राप्त भएका छन् ।

यसैगरी, गैरखाद्यान्नतर्फ २३ हजार २ सय ९६ थान टेन्ट, २ लाख ३१ हजार ७ सय २५ थान त्रिपाल, २ लाख २५ हजार ६ सय १५ थान कम्बल र १४ हनार १ सय २६ थान मेट्रेस सहयोग प्राप्त भएको छ ।
भारतले ३ हजार ८८ क्विन्टल चामल, ५ सय ७२ क्विन्टल चिनी, १ सय ५३ क्विन्टल नुन, २ हजार ९१ क्विन्टल चिउरा, १४ हजार ४ सय ६५ कार्टन चाउचाउ, ३५ हजार ११ कार्टन बिस्कुट, ६ हजार ४ सय ४४ कार्टन ड्राइफुड र १ लाख ३ हजार ५ सय ८१ कार्टन मिनरल वाटर नेपाललाई सहयोग गरेको छ ।

खोज र उद्धारमा पनि सबैभन्दा ठूलो सहयोग गरेको छिमेकी मुलुक भारतले गैरखाद्यान्नतर्फ पनि सबैभन्दा बढी सहयोग गरेको छ । भारतले १३ हजार २७ थान टेन्ट, २ लाख १८ हजार ८ सय ५५ थान त्रिपाल, १ लाख ८५ हजार ६ सय ५० कम्बल र ११ हजार ९ सय ५ थान मेट्रेस सहयोग गरिसकेको छ ।

यसैगरी, खाद्यान्नतर्फ १ हजार १ सय ६० कार्टन पानी दिएको उत्तरी छिमेकी चीनले ६ हजार ७८ थान टेन्ट, ४ हजार १ सय ३८ थान त्रिपाल, ३ सय ३० थान कम्बल नेपाल पठाएको छ । विद्युतका लागि जेनेटर मेसिन सहयोग गर्ने दुई राष्ट्रमध्ये एक चीनले ३ सय ९७ थान र जापानले ९ थान त्रिपालउपलब्ध गराएका छन् ।

सार्कका ८ राष्ट्रमध्ये नेपालमै आएर १० करोड नगद सहयोग गर्ने भुटानले ७ सय ५० कार्टन पानी पनि सहयोग गरेको थियो। नगद सहयोग गर्ने एक मात्र सार्क राष्ट्र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे सान्त्वना दिन नेपाल आएका थिए । नेपाल आउने विदेशी सरकार प्रमुख भुटानका मात्रै हुन् ।

सार्क सदस्य राष्ट्रम्यान्मारले १ सय ७० कार्टन चाउचाउ र१ हजार थान अन्य सामग्री र बंगलादेशले ५ सय कार्टन बिस्कुटसहित १० कार्टन ड्राइफुड, ४ सय ४५ थान टेन्ट, ९० थान त्रिपाल र ८ सय ५ थान मेट्रेस र अन्य ४० थान सामग्री नेपाल पठाएका थिए ।

यस्तै, पाकिस्तानले १ हजार ७ सय ७५ थान टेन्ट, ३ हजार ६ सय ५० थान त्रिपाल र ३ सय ३० थान मेट्रेस तथा श्रीलंकाले २ सय ७३ कार्टन चाउचाउ, ३ सय ८७ कार्टन पानी र अन्य ३४ थान सामग्री नेपाल पठाएकाछन् ।गैरखाद्यान्नका हकमा श्रीलंकाले ८ थान टेन्ट, १० थान त्रिपाल, ४ थान कम्बलसहित१ सय ४४ थान मेट्रेस र अन्य १ सय ८५ थान सामग्री नेपाललाई सहयोग गरेको छ ।

जापानले ९ सय १६ थान टेन्ट, २ हजार ५ सय कम्बल,अन्य २० थान सामग्री सहित ९ वटा जेनेटर मेसिन पठाएको थियो भने अजरबैजानबाट१९ कार्टन पानीसहित ८४ थान त्रिपाल, ४ सय २७ थान कम्बल र १ सय २२ थान अन्य सामग्री आइपुगेकाछन् ।

इन्डोनेसियाबाट १ सय ३९ टेन्ट, ६ सय १७ थान त्रिपाल, ६ हजार ६ सय ९४ थान कम्बल र १ हजार १ सय ५१ थान मेटे«स र अन्य १ सय ३० थान सामग्री आएका छन्  ।३ हजार ३ सय २० कम्बल पठाएको सिंगापुरले अन्य १६ थान सामग्री पनि सहयोग पठाएको छ ।

२ सय ७ क्विन्टल चामल, २७ कार्टन पानी, अन्य ३४ थान सामग्री खाद्यान्न सहयोग गरेको थाइल्यान्डले ८७ थान टेन्ट, ४ हजार २ सय ८१ थान त्रिपाल, ४ हजार १२ थान कम्बल र ४० थान मेट्रेस सहयोग गरिसकेको छ ।यस्तै, दक्षिण कोरियाले ६ सय ३१ थान टेन्ट र २४ हजार कम्बल सहयोग गरेको सरकारी तथ्यांकमा उल्लेख छ ।

नेपालको लाखांै श्रमशक्ति खर्च हुने खाडी राष्ट्रमध्ये ओमनर बहराइनबाट मात्र खाद्यान्न र गैरखाद्यान्न सामग्री नेपालका भूकम्पपीडितका लागि उपलब्ध भएको छ  । ओमनले९८ थान टेन्ट, १ सय ३५ थान कम्बल, १ सय ५५ थान मेट्रेस र बहराइनले ३७ क्विन्टल चामल, अन्य ६ सय ७९ थानसहित १ सय ६० वटा कम्बल र ६ सय ६४ थान गैरखाद्यान्न सामग्री नेपाल पठाइएको थियो ।

अफ्रिकी मुलुकमध्ये अल्जेरियाबाट मात्रै नेपाललाई सहयोग आएको छ । अल्जेरियाले ९२ थान टेन्ट, २ हजार ८ सय ८२ कम्बलसहित २ हजार ८० थान अन्य सामग्री पठाएको हो । अमेरिकी महादेशबाट क्यानडाले मात्र २ सय १५ थान गैरखाद्यान्न सामग्री पठाएको सरकारी तथ्यांकमा उल्लेख छ ।

युरोपका स्विट्जरल्यान्ड, रुस, पोल्यान्ड, जर्मनी र नेदरल्यान्डबाट खाद्यान्न र गैरखाद्यन्न सहयोग आएको सरकारी तथ्यांकले देखाएको छ ।

रुसबाट १ हजार ७ सय ९५ कार्टनपानीसहित ६ सय ३५ थान खाद्यान्नका सामग्री नेपाल आएको छ भने अन्य पोल्यान्डबाट ५१ थान, नेदरल्यान्डबाट २८ थान, जर्मनीबाट ४७ थान र स्विट्जरल्यान्डबाट ३ सय ५१ थान गैरखाद्य सामग्री सहयोग स्वरूप प्राप्त भएको छ ।

विदेशी संस्थामध्ये मर्सिकपले ३१ थान र सिपाले ५५ थान गैरखाद्य सामग्री पठाएको गृह मन्त्रालयले जनाएको छ । उद्धार र खोजका लागि आफ्ना सैनिकलाई नेपाल ल्याए पनि अमेरिका, बेलायत जस्ता शक्तिशाली राष्ट्रले भने नेपाललाई कुनै पनि प्रकारको खाद्य तथा गैरखाद्य सहयोग गरेका छैनन् ।

No comments:

Post a Comment