काठमाडौं, माघ १४ - एकीकृत माओवादीसहितको सत्तारुढ गठबन्धनले आउँदो १७ गते
आयोजना गर्ने आमसभाका लागि ५० लाख रुपैयाँ संकलन गर्ने भएको छ। यसअघि सभाका
लागि २० लाख रुपैयाँ खर्च अनुमान गरिएको थियो। आमसभाका आर्थिक व्यवस्थापन
उपसमिति संयोजक एवं प्रधानमन्त्रीका सल्लाहकार देवेन्द्र पौडेलले आमसभाका
लागि ५० लाख बराबर खर्च हुने भन्दै नयाँ प्रस्ताव गठबन्धन बैठकमा पेस
गरेका हुन्। '२० लाखले मात्र आमसभाको सम्पूर्ण खर्च पुग्दैन, ५० लाख जति
अनुमान गरेरमात्र हामी सभाको तयारीमा जानुपर्छ,' पौडेलको भनाइ उद्धृत
गर्दै स्रोतले भन्यो। नयाँ प्रस्ताव आएपछि गठबन्धनभित्रका अन्य दलका
नेताहरु पैसा जुटाउन खटिएका छन्।
प्रस्तावअनुसार एकीकृत माओवादीले १५ लाख, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध सबै पाँचै दलले ५/५ लाख, सरकारमा रहेका साना दलले १-१ लाख तथा सरकारमा नरहेका अन्य दलले २५ हजार खर्च व्यहोर्नुपर्ने विवरण तयार पारिएको छ।
माओवादीले ल्याएको नयाँ प्रस्तावमा केही नेताले आपत्ति जनाएपछि प्रस्तावित रकममा थपघट गरिएको छ। 'दलित जनजाति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवानले सरकारमा नरहेका साना दलले माओवादीले भने जस्तै ५० हजार तिर्न नसक्ने भन्दै आपत्ति जनाएपछि २५ हजारमा खुम्चाइएको हो,' स्रोतले भन्यो, 'सुरुमा त प्रचण्डजीले ५० हजार भन्नुभएको थियो तर विश्वेन्द्रजीले २५ हजारभन्दा बढी दिन सक्दैनौ भनेपछि बल्ल कुरा मिल्यो।'
सरकारमा रहेका सबै साना दललाई माओवादीबाट २-२ लाख बेहोर्नुपर्ने प्रस्ताव आएको तर नेपाः राष्ट्रिय पार्टीका अध्यक्ष केशवमान श्रेष्ठले बेहोर्न नसक्ने अडान राखेपछि घटाइएको थियो। कार्यकर्ता ओसार्न २ सय बस
१७ गते आयोजना हुने प्रदर्शनका लागि सत्तारुढ एकीकृत माओवादीले २ सयभन्दा बढी बसमा कार्यकर्ता राजधानी ओसार्ने भएको छ।
संविधानसभा पुनर्स्थापनाको पक्षमा जनमत सिर्जना गर्ने आयोजना गर्न लागिएको प्रदर्शनलाई सफल पार्न माओवादीले २ सय बसमा कार्यकर्ता काठमाडौंमा ल्याउन लागेको हो।
एमाओवादीकै पहलमा प्रदर्शन हुने भएकाले सबैभन्दा बढी जिम्मेवारी पनि उसैलाई परेको प्रवक्ता प्रेमबहादुर सिंहले बताए। 'सरकारको नेतृत्वकर्ता र गठबन्धनभित्रको ठूलो पार्टीको नाताले बढी जिम्मेवारी पनि स्वाभाविक रुपमा माओवादीको नै हो,' सिंहले नागरिकसँग भने, 'खर्च र सर्वसाधारण ल्याउने बढी जिम्मेवारी पनि उसैको नै पर्नेछ।' उनका अनुसार गठबन्धनका सबै दललाई सर्वसाधारण ल्याउने भागबन्डाबारे गत बिहीबारको अनौपचारिक बैठकले निर्णय गरिसकेको भए पनि आइतबार भने अन्तिम निर्णय लिइँदैछ।
बैठकमा आमसभाका लागि माओवादीले धादिङ, नुवाकोट, काभ्रे र सिन्धुपाल्चोक आसपासवाट २ सय बढी बस रिजर्भ गरी सर्वसाधारण ल्याउने प्रतिबद्धता जनाएको हो। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेल तथा योङ कम्युनिस्ट लिग (वाइसिएल)का अध्यक्ष गणेशमान पुनले उक्त प्रतिबद्धता जनाएको स्रोतले बतायो। बाहिरी जिल्लाबाट राजधानी ल्याइने ती सर्वसाधारणलाई माओवादीले कालिमाटी, लैनचौर, मैतीदेवी र बागबजार हुँदै खुलामञ्चमा प्रवेश गराउने भएको छ।
उपप्रधानमन्त्री तथा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारका प्रतिनिधिरुपमा सहभागी गणेश लामाले १० हजार सर्वसाधारण काठमाडौं उतार्ने जिम्मेवारी लिएका छन्। लामाका पहलकदमीमा तीनकुनेवाट फोरम लोकतान्त्रिकले जुलुस प्रदर्शन गर्नेछ भने महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)ले केन्द्रिय कार्यालय बिजुली बजारबाट निकाल्ने छ। यसैगरी, महेन्द्र यादव नेतृत्वको तमलोपा, नेपालले कुपोन्डलवाट प्रदर्शन गर्ने तथा फोरम गणतान्त्रिक र नेपाल सदभावना पार्टीले भने अझै पनि स्थान चयन गर्न सकेका छैनन्।
सरकार बाहिर रहेकाको योजना
गठवन्धनमा रहेर सरकारमा नरहेकाले साना सबै ११ दलले गौशालाबाट जुलुस निकाल्ने छन्। प्रवक्ता सिंहले १ हजार सर्वसाधारण मात्र ल्याउन सक्ने भन्दै उनले जुलुस निकाल्ने क्षेत्र सुन्धारा रोजेका छन्। सरकारमा रहेका साना दलले भने अझै पनि जुलुसमा सहभागी गराउने सर्वसाधारणको संख्या तोक्न सकेका छैनन, न त जुलस प्रदर्शन गर्ने स्थान नै चयन गर्न सकिरहेका छन, स्रोतले भन्यो।

No comments:
Post a Comment