Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Sunday, November 30, 2014

न्यायधिसज्यू, मैले एक बिघामा १०० मन धान फलाए– गुप्ता

जयप्रकाशप्रसाद (जेपी) गुप्ता यतिखेर तराई मधेस राष्ट्रिय अभियानमा संलग्न छन् । तराई र मधेसका मुद्धालाई मज्जासँग बुझने केही मध्येका मधेसी नेता तथा अधिकारकर्मी गुप्ता पछिल्ला दुई साल राष्ट्रिय राजनीतिमा गुमनाम सरह नै छन् । प्रवृद्ध र बिद्धान नेता तथा तराई–मधेसका लागि अत्यन्त आवाश्यक भए पनि परीस्थितिले उनलाई ओझेलमा पारिदिएको छ । यद्धपी, आफनो ठाउँवाट सकेको कुरा उनी भने तराई–मधेसका हकमा अझै पनि गरिरहेका छन् । भ्रष्टचारको आरोपमा सर्वोच्च अदालतवाट फैसाला सुनाए पछि राज्यको कानुन मान्दै उनी मन्त्री हुदैँको बखत हाँसी हाँसी जेल गए, उनले राज्यको कानुनलाई सहजै मानेको यो दृश्य यो ब्लगरले प्रत्यक्ष देखेको थियो, त्यसवाट म निकै प्रभावित भएको थिएँ । तर, उनले आफनो मुद्धालाई बिभेद, खासगरी मधेसी भएकै कारण जेल गएको तर्क, को शिकार भएको जिकिर गरेको बाहेक उनले उठाउने हरेक मुद्धामा मेरो सहमत छ ।
मलाई ब्यक्तिगत रुपमा निकै मन पर्ने नेता भएका कारण उनको फेसबुक स्टाटस र बेभसाइट पछयाउने गर्छु ताकी गुप्ताले के कुरा भन्न खोजिरहेका छन र के देखाउन खोजिरहेका छन् भन्ने मेरो चासो रहिरहन्छ । ‘मिडिया फ्रैन्डली’ नेतासमेत रहेका पुर्व पत्रकार गुप्ताले यो पटक आफनो खेती किसानी जीवनका केही तस्बिरहरु हालेका छन र उनले त्यहाँ बिगत पनि उल्लेख गरेका छन् । हिजोको खेती किसानी तरिका र आजको तरिकामा आएको फेरबदलका बारेमा गुप्ताले मिठो गरी उल्लेख गरेका छन । र, आफुबिरुद्ध लागेको भ्रष्टचारको मुद्धा पुनरावलोकन गर्ने मौका पाएका गुप्ताले अहिले तत्कालिन न्यायधिस सुशिला कार्कीलाई जवाफ दिदै भनेका छन,- "न्यायधिसज्यू, मैले एक बिघामा १०० मन धान फलाए, तपाई त पन्ध्र मन मात्रै फल्छ भन्नु हुन्थ्यो नी !"  जुन तपाईका लागि पनि काम लाग्न सक्छ भनेर यो ब्लगमा साभार गरेको छु ।



नेपालको न्याय,– सुन्नेलार्इ सुनको माला–भोग्ने पशुपतिघाट जाला ।
केही दशक अघि यही मंसीर महिनामा घरको खमहारमा धानका भण्डार हुन्थ्यो । फागुण सम्ममा मात्र दाउनी सकिन्थ्यो । कम्तिमा पनि चार जोडा बरदबाट दाउनी हुन्थ्यो । त्यस बेला भविष्यमा कुनै दिन थ्रेशरको अविष्कार होला ? यो कल्पनाको बिषय थिएन । मेहमा लहरै बाधिएका गोरू बरदहरूको ठेलमठेल गरी वृताकारमा फनफ्नती घुमेर दाउनी गरेको दृश्य हेर्या हेर्यै हाम्रो दिन बित्थ्यो ।
गांउमा दुर्इटा ठूलो धान मिल थियो । काबरा र तातेडजीहरूको । उनिहरू ठूला किसानका धान पछि मात्र ल्याउन भन्थे । मिलमा राख्ने ठांउ नभएर । नगद रूपिया मिलसंग हुदैन्थ्यो । रूपियाको चलन बिरलै हुन्थ्यो । धानको बदलामा नगद पाउनु महिना दुर्इ चार कुर्नु पर्थ्यो । यता घरमा धानको टाल–कता राख्नु कता ? धान रित्याउने उपाय थियो–वार्टर सिष्टम । अर्थात, घरमा चाहिने जे किन्नु परे पनि घानको बदलामा । नून–तेल खाध्यान्न, माछा–मासु, साग तरकारी, लता कपडा सबै धानसंग साट्नु पर्ने । यसरी पनि निकै धान खपत हुन्थ्यो ।
अब दिनहरू फेरियो । यस्तो कुनै वार्टर सिष्टमको दृश्य हेर्न पाइन्न । थ्रेशरबाट एकै दिनमा १०–१२ बिघा धान देख्दा देख्दै चुटन सक्ने समय हो अहिलेको । पुराना कुरा त निधार खुम्च्याएर संझिदा मात्र याद हुन्छ । तर जे होस्, यस पटक भने सरदर एक बिघामा १०० मन बढी धान फलाइयो । बाबुबाजेले जोडी दिनु भएको खेतीले राम्रै साथ दियो । सधैं दिएकै हो ।
तर, राज्यको सामु यो जवाफहीन थियो–एक पटक । मलार्इ लगाइएको भ्रष्टाचारको केशको फैसला गर्दा माननीय न्यायाधिश सुशिला कार्कीले एक बिघामा पन्द्रह मन मात्र फल्ने भनि दिनु भयो । फेरी त्यसको हाफ मात्र जग्गाधनीको । अनि त्यसमा भागबण्डा । त्यसबाट बर्षभरको खानपान अनिमात्र बांकी अदालतको नजरमा सम्पति वा वचत ।
यसरी हुन्छ हाम्रो लागि नेपालमा अदालतको व्यवहार । बाबु बाजेको पाला देखिको झन्डै तीस बिघा धान खेती, मंत्री सन्त्री हुन अगावैको १०–१५ करोड लगानीको वरव्यापार, दुर्इचार गाडी घोडा, घर ठेगान सबैलार्इ धोती लाए दिएर माननीय सुशिला कार्कीले ६०–६२ लाखको स्रोत नपुगेको भनेर जेल पठार्इ दिनु भयो । अब बांकी रह्यो–घरखेती अनि राजनीति । नेपालको न्याय,– सुन्नेलार्इ सुनको माला–भोग्ने पशुपतिघाट जाला । जय होस ।


- तस्बिर र टेक्स्ट जेपी गुप्ताको फेसबुक पेजवाट साभार

थप सामाग्री
जेपी गुप्ता खेतपातीमा ब्यस्त, ६० रु. केजीमा बेसार बेचेर मस्त

 चैत ५ गते जेलमुक्त हुने जेपी गुप्ताको आगामी योजना के छन त ? (अन्तवार्तासहित)

No comments:

Post a Comment