Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Wednesday, February 11, 2015

लामालाई सभासद बनाउन श्रेष्ठको असहमति थियो– प्रचण्ड

एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले ‘बिबादस्पद ब्यक्ति’ ल्यारकाल लामालाई पार्टीका तर्फवाट समानुपातिक सभासदमा मनोनित गर्ने पार्टी नेतृत्वको निर्णयमा ‘नोट अफ डिसेन्ट’ लेखेको बताएका छन् ।
केन्द्रीय कार्यालयको हैसियतमा रहेको बैचारिक ब्यवस्थापन समितिले माघ २ गते लामालाई सभासद बनाउने प्रस्ताव गर्दा आफुले अस्विकार गरेको जनाउँदै श्रेष्ठले त्यसमा अन्तिम समयमा दाहालको बिशेष आग्रहमा ‘नोट अफ डिसेन्ट’ लेखेर हस्ताक्षर गरेको बताएका छन्  ।
‘उहाँ (ल्यारकाल) लाई सभासदमा मनोनित गर्ने भनेर अध्यक्षजीले प्रस्ताव गर्नु भएको थियोे, मैले त्यसमा पुरै बिमति जनाएर हस्ताक्षर गर्न नै मानिन्, सो निर्णय भएको आठ– नौ दिनसम्म पनि मैले हस्ताक्षर गर्न मान्दै मानिन्’ श्रेष्ठले भने, ‘तपाईले हस्ताक्षर नगरे निर्वाचन आयोगले नमान्ने भयो, आयोगलाई बुझाउने पत्रमा चाँही हस्ताक्षर गर्नुहोस, पार्टीमा चाँही ‘नोट अफ डिसेन्ट’ दर्ज गराउनुहोस भन्नु भए पछि मात्र मैले हस्ताक्षर गरेको हुँ ।’
उनका अनुसार पार्टी ‘माइनुटिङ’मा लामालाई सभासद बनाउने प्रस्तावमा ‘नोट अफ डिसेन्ट’ दर्ज गरिएको छ । लामालाई सभासद बनाउन हुन्न भनेर आफुले पार्टी भित्र संघर्ष गरे पनि बहुमतको बलमा सो निर्णय भएको श्रेष्ठको स्पोष्टोक्ती छ ।
माघ २ गते लामालाई सभासद बनाउने निर्णय नेतृत्वले गरे पनि श्रेष्ठले भने माघ १९ गते मात्रै ‘नोट अफ डिसेन्ट’ सहित हस्ताक्षर गरेको जनाएका छन् । ‘मैले हस्ताक्षर नगरेका कारण लामालाई मनोनित गर्ने कार्य रोकिने भन्ने कुरा भए पछि अन्तिममा हस्ताक्षर गरेको हुँ, सर्बसम्मत निर्णय भएको भन्ने चाँही हुदैँ होइन् ।’ उनका अनुसार लामालाई सभासद बनाउन नेतृत्व तहमा सर्बसम्मत निर्णय भएको भन्ने प्रचारबाजी भए पछि अध्यक्ष दाहाललाई फोन गरेर आपत्ति जनाएका थिए ।
त्यसपछि आइतवार खन्ना गार्मेन्टमा भएको पार्टी प्रशिक्षण कार्यक्रममा अध्यक्ष दाहालले लामालाई सभासद बनाउने बिषयमा असहमति मात्रै होइन, नोट अफ डिसेन्टसमेत लेखेको जानकारी गराएका थिए । ‘उहाँ (लामा)लाई सभासद बनाउन नारायणकाजीजीको पुरै असहमति थियो, उहाँले लामोसम्म पनि हस्ताक्षर गर्न मान्नु भएन, पछि नोट अफ डिसेन्ट लेखेर हस्ताक्षर गर्नु भयो’ दाहालले खन्ना गार्मेन्टमा स्पष्टीकरण दिएका थिए ।
सामाजिक सञ्जालमा भाइरल बनेको ल्यारकलको तस्बिर
केन्द्रीय सदस्यहरुलाई पनि ‘गुमराह र झुक्काएर’ ‘बिबादस्पद ब्यक्ति’ लामालाई एमाओवादी नेतृत्वले सभासदमा मनोनित गरे पछि त्यसको पार्टी भित्रवाट ब्यापक आलोचना भइरहेको छ । बरिष्ठ नेता बाबुराम भट्टराईले सामाजिक सञ्जालवाट लामाको सभासदको प्रतिरक्षा गरे पनि भट्टराई निकट मानिएका नेताहरु बाट नै बढी आलोचना भएको छ । उनी निकट पोलिटब्युरो सदस्य प्रभु साहले त पत्रकारसम्मेलन नै गरेर आपत्ति जनाए भने अर्का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले पनि आपत्ति जनाई सकेका छन् ।



No comments:

Post a Comment