कुनै जमना थियो, बाबुराम भट्टराईको पत्रिका जनादेशमा भरत दाहाल सम्पादक थिए । बाबुरामसँग घाँटी जोडेर हिडने उनै दाहाल आजकाल भट्टराईका कट्टु आलोचकका रुपमा उभिदै आएका छन् । भट्टराईसँग लामो संगत गरेका दाहाल आजकाल यसरी भट्टराईको राजनीतिक बिचारको बिपक्षमा लेख्छन, त्यो किन हो थाहा छैन । स्वतन्त्र बाम बिश्लेषक दाहालले यसपटक पनि एउटा साप्ताहिकमा भट्टराईको ‘नयाँ शक्तिको खाँचो’ भन्ने बिचारमा टिप्पणी गरेका छन । उनको निष्कर्ष छ, ‘यथार्थतः उनी न कुनै स्तरका चिन्तक हुन्, न उनमा कुनै विषयको गहिराइमा
पुगेर बहस गर्ने औकात छ। न उनमा विवादित विषयहरूमा सामुन्नेमा देखा परेर बहस
गर्ने चरित्र छ। न उनी कसैसँग मिलेर बस्न सक्छन्। यस्ता दुर्वलताहरूका
कारणले उनको मस्तिष्कमा हर घडी हरपल कुण्ठाको (दमित मानसिकताको) ग्रन्थी
बढिरहन्छ र खप्न नसक्ने भएपछि त्यो वितण्डाका रूपमा (अर्थहीन बकबासका
रूपमा) प्रकट हुन्छ। उनले हालै प्रकट गरेको ‘नयाँ विचार’ को (नवउदारवाद र
समाजवादको संयोजन} अभिव्यक्ति पनि यस्तै कुण्ठाजन्य अभिव्यक्ति हो। ’ दाहालले लेखेको यो लेखको केही ठाउँमा ब्यापक चर्चा भए पछि ब्लगमा साभार गरिएको हो ।
प्रधानमन्त्री हुनुभन्दा पहिले प्रायोजित रूपमा मिडियाहरूले उचालिदिएको धङधङी छुटिनसकेका कारणले होला, बाबुराम भट्टराईले आफूलाई ‘नयाँ विचार र नयाँ नेतृत्व’ को केन्द्रबिन्दुमा राखेर बहस उठाउन खोजेको लज्जाजनक दृश्य देखिन थालेको छ। त्यो पनि यस्तो व्यक्तिबाट जसले आफ्नो सत्तारोहणको तल्लो स्तरको उपलब्धिलाई ‘नयाँ जनवादी क्रान्ति आधारभूत रूपमा पूरा भइसकेको’ भनेर महाधिवेशनबाटै निर्णय गरेको छ। ‘नयाँ जनवादी क्रान्ति आधारभूत रूपमा पूरा’ हुनु भनेको नेपालभित्रका राष्ट्रियता, जनअधिकार र गासबास तथा रोजगारीसम्बन्धी समस्याहरू समाधान हुनु हो।
कहिले क्रान्ति र कहिले शान्तिको प्रहसनमा नचाउँदै आएका बाबुरामले उठाएको मुद्दामा बहस गर्न खोजेर मूर्ख बन्नु मेरो रुचिको कुरा होइन। मेरो रुचिको विषय यति मात्र हो कि नेपालमा जब जब प्रायोजित समस्याले आफ्नो आवरणलाई थेग्न सक्ने अवस्था रहँदैन, तब यस्ता पात्रहरू साजसज्जाका साथ मैदानमा उतारिन्छन्। यिनीहरूको रूपतिर आकर्षित बढाउन ठूलो विज्ञापन गरिन्छ र नेपालीहरूलाई पटक पटक रूप बदलेर अभिनय गर्ने कलाकारको प्रहसनमा ताली बजाउने जोकरको रूपमा प्रयोग गरिन्छ। यसको पर्दाफास गर्नु लेखको एक मात्र उद्देश्य हो।
बाबुरामको ‘नयाँ विचार र नयाँ नेतृत्व’ को सन्दर्भमा प्रवेश गर्नुभन्दा पहिले उनको राजनीतिको पृष्ठभूमिका मुख्य मुख्य कडीहरूको चर्चा गर्नु उचित हुन्छ। उनी नेपालको राजनीतिभित्र प्रवेश गराइनुभन्दा पहिले भारतीय सत्ताबाट यस्तो अविश्वसनीय सुविधा उपलब्ध गराइएका व्यक्ति हुन्, जसले सन् १९८३ मा ‘अभानेविसंघ’ को नेताका रूपमा बिहारको राँचीस्थित सैनिक ब्यारेकभित्र भारतीय सेनाको चारैतिरको पहरामा विचारगोष्ठीको आयोजना गरेका थिए। सो विचारगोष्ठीमा नेपालबाट स्व।निर्मल लामा, ऋषिकेश शाह, झलनाथ खनाल, पद्मरत्न तुलाधर, भरतमोहन अधिकारी, नारायणमान बिजुक्छे, टंक कार्कीलगायतका व्यक्तिहरूलाई अतिथिका रूपमा बोलाइएको थियो।
गोष्ठीका नाममा सबै क्षेत्रका मानिसहरूसँगको सम्पर्कलाई बढाएपछि उनी पढाइ सकेर नेपाल फर्किए र सिधै ऋषिकेश शाहको मानवअधिकार संगठनको सदस्यका रूपमा प्रशिक्षित गरिए। यहाँ ऋषिकेश शाहको उल्लेख गर्नुको कारण के हो भने उनले त्यतिबेला राजाहरूका विरुद्धमा भारतका लागि जासुसी गर्थे। सीआईएलाई समेत सूचना बेच्ने गरेको आरोप उनीमाथि लागेको थियो। बाबुराम र म ०४३ सालमा नेकपा (मसाल) को काठमाडौं जिल्ला समितिमा सँगै काम गर्दा उनीमाथि शंकास्पदको आरोप लागिसकेको थियो। यद्यपि मैले ०४० सालमै उनीसँग मिलेर ‘पृष्ठभूमि’ साप्ताहिक प्रकाशित गरेको थिएँ।
०४६ सालमा ‘शंकास्पद व्यक्ति’ को आरोपमा ‘मसाल′ बाट कारबाहीमा परेपछि उनले त्यहाँबाट कथित विद्रोह गरेर प्रचण्डसँग एकताको हात बढाएका थिए। ०५० सालमा प्रचण्डले पनि शंकाको घेरामा हालेर उनलाई तीन महिनाका लागि ‘संयुक्त जनमोर्चा’ को अध्यक्षबाट निलम्बन गरे। माओवादीले सेना निर्माण गरेर त्यसलाई सत्ताको हतियारका रूपमा प्रयोग गर्ने नीति (वार्ता र अन्तरिम सरकार) लिएपछि मात्र प्रचण्डसँग उनको विवाद घोषित रूपमा देखिन थाल्यो। यो विवाद मूलतः विद्रोहबाट बनेको शक्तिलाई आ–आफूसँग जोडिएका बाह्य शक्तिकेन्द्रहरूको रणनीतिअनुसार अघि बढाएर विसर्जन गर्ने योजनाको परिणाम थियो।
०६१ सालको फुन्टीवाङ बैठकमा कारबाहीमा परी माओवादी सेनाको घेराबन्दीमा राखिएपछि बाबुराम मारिने सम्भावना बढेर गयो। किनभने त्यहाँभित्र प्रचण्ड र बाबुरामका आलोचकहरूमाथि त्यही हुँदै आएको थियो। यसलाई बुझेर दिल्लीले उनको बचाउका लागि नेपालभित्रका एजेन्टहरू प्रयोग गरेर अभियान चलाउने र भारतमा रहेका माओवादीहरूलाई दबाब दिने दुवै काम तीव्र बनायो। भारतीय सत्ताको प्रयास र अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा आएको परिवर्तनका कारण बाबुरामको ज्यान जोगियो। संसदीय प्रणालीमा अवतरण गरेपछि भारतीयहरूलाई नागरिकता दिन ऐन बनाउन उनले खेलेको भूमिकादेखि प्रधानमन्त्रीका रूपमा गरेका बिप्पा सम्झौता, सुपुर्दगी सन्धिका लागि अध्यादेशको प्रस्ताव, विमानस्थलहरू हस्तान्तरण गरेर त्यहाँ भारतीय सैन्य टुकडीहरू तैनाथ गर्ने प्रयास आदिका बारेमा धेरै चर्चा गर्न आवश्यक देखिन्न।
बरु उनको माओवादी जीवनकालसँग जोडिएको एउटा विचित्रको पक्षमाथि चर्चा गर्न भने जरुरी देखिन्छ। प्रचण्डसँगको उनको शत्रुतापूर्ण सम्बन्धका बारेमा आममानिसहरूलाई सबै कुरा थाहा भइसकेको छ, तर नेपालको राष्ट्रियता र यससँग जोडिएका विषयहरू, कम्युनिस्ट आन्दोलनलाई साम्राज्यवादीकरण गर्ने यसको कार्यदिशाबाट साम्राज्यवाद विरोधी विचारको निषेध गर्ने मुद्दा, माओवादी पार्टी र युद्धको प्रक्रियाबाट त्यसले आर्जन गरेका उपलब्धिहरूलाई बार्गेनिङका लागि प्रयोग गरेर विसर्जन गर्ने प्रश्न आदिमा उनी र प्रचण्डबीचमा अभूतपूर्व एकता रहेको इतिहास छ।
वार्तामार्फत सत्तारोहण गर्ने नीति, दरबार हत्याकाण्डबारे भ्रामक प्रचार, एक्काईसौं शताब्दीको जनवाद, चुनवाङ बैठकको बाटो, १२ बुँदे समझदारी, बृहत् शान्ति सम्झौतामार्फत युद्धको अन्त्य भएको घोषणा, लडाकुहरूका शिविरहरूलाई राज्यको सेनाबाट गराइएको कब्जा, जनवादी क्रान्ति पूरा भइसकेको भन्ने हेटौंडा महाधिवेशनको निर्णय जस्ता निषेधात्मक कदमहरूमा प्रचण्डसँग उनको कतै विमति छैन।
चुनवाङ बैठकभन्दा अगाडि प्रचण्डसँगको उनको मुख्य मतभेद भनेको माओवादी युद्धबाट आर्जित शक्तिलाई पश्चिमी शक्तिहरूको रणनीतिमा उपयोग गर्ने कि भारतको भन्ने प्रश्नमा केन्द्रित थियो। सो बैठकले भारतीय रणनीतिलाई अघि बढाउने रणनीति पारित गरेपछि बाबुरामको लडाइँ पार्टी कब्जा गर्ने विषयमा केन्द्रित भएर आयो। यसका लागि उनले ०६५ सालदेखि नै विभिन्न बहानामा निहुँ खोज्दै खाएका छन् दिल्लीको आडमा। प्रचण्डको प्रधानमन्त्री कालमा हिसिला यमीलाई पर्यटनमन्त्री र जेठीसासूहरूलाई उच्च ओहदा नदिइए आफू अर्थमन्त्री नबन्ने भनेर पार्टी बैठक नै बहिष्कार गरे। यसको कारण थियो, दिल्लीका हातमा विमानस्थलहरू बुझाउने प्रसताव लैजानु र धनको भण्डारमा हात घुसार्नु। प्रधानमन्त्री बन्नका लागि मोहन वैद्य पक्षसँग मिलेर धोबीघाटमा गठबन्धन बनाए। त्यसपछि हिसिलाका लागि पार्टी कोषाध्यक्ष पद हात पार्न प्रत्येक बैठकहरूमा रडाको मचाए र नपाएपछि ‘पदत्याग’ को नौटंकी गरे। ‘पदत्याग’ नौटंकीले उल्टो पार्टीबाटै बढार्ने परिस्थिति उत्पन्न गरेपछि लागे, पार्टीको कथित लोकतान्त्रीकरण र नेतृत्व परिवर्तनको मुद्दा उठाउन। यसको सोझो अर्थ थियो, अध्यक्ष पद आफूलाई दिनुपर्छ भन्ने। यो पनि नभएपछि नयाँ पुस्ताको नेतृत्वको कुरा आयो। यो घुर्कीले पनि काम नगरेपछि गुञ्जियोे, संसदीय दलको नेता खाने चिच्चाहट। यो पनि पाएनन् उनले। त्यसपछि फुर्योव ‘नयाँ विचार’ को स्वैरकल्पना।
यहाँसम्म आइपुग्दा बाबुरामले आफ्नो टाट पल्टिएको दिमागमा सैद्धान्तिक जलप लगाएर दार्शनिकपन छाँट्न कोसिस पनि नगरेका होइनन्। माओ विचारधारा, माओवाद, प्रचण्डपथ, ट्राटस्कीपन्थ, रोजापन्थ, संघीय जनवाद हुँदै नवउदारवाद र समाजवादको माघे खिचडीहरू सबै चाख्न लगाइयो उनलाई। यो सबै काम उनलाई ‘चिन्तक’ को दोसल्लाले सिंगार्ने हास्यास्पद प्रयासका रूपमा गरिएको थियो। यथार्थतः उनी न कुनै स्तरका चिन्तक हुन्, न उनमा कुनै विषयको गहिराइमा पुगेर बहस गर्ने औकात छ। न उनमा विवादित विषयहरूमा सामुन्नेमा देखापरेर बहस गर्ने चरित्र छ। न उनी कसैसँग मिलेर बस्न सक्छन्। यस्ता दुर्वलताहरूका कारणले उनको मस्तिष्कमा हरघडी हरपल कुण्ठाको (दमित मानसिकताको) ग्रन्थी बढिरहन्छ र खप्न नसक्ने भएपछि त्यो वितण्डाका रूपमा (अर्थहीन बकबासका रूपमा) प्रकट हुन्छ। उनले हालै प्रकट गरेको ‘नयाँ विचार’ को (नवउदारवाद र समाजवादको संयोजन) अभिव्यक्ति पनि यस्तै कुण्ठाजन्य अभिव्यक्ति हो।
तर राजनीतिका जानकारहरूले के कुराको हेक्का राख्न जरुरी छ भने बाबुरामको दिमागमा विचार सिचारको सपना केही पनि छैन। यो घुर्कीको आडमा उनको पहिलो प्रयास सकभर पार्टी कब्जा गर्ने र त्यसो गर्न नसक्दा कमसेकम बार्गेनिङ गरेर आफ्नो हात बलियो बनाउँदै जाने हो। कम्युनिस्टको ट््रेडमार्क बोकेर ठगी खान जति सजिलो छ, त्यो अर्को तरिकाबाट सम्भव छैन भन्ने कुराको उनी राम्रो जानकार पनि हुन्। आधा दर्जन वादका घुर्की देखाएर प्रचण्डसँग बार्गेनिङ गर्दै आएको उनको इतिहासले यही भन्छ। कथंकदाचित बार्गेनिङ गर्ने बाटाहरू सबै बन्द भएको दिन आयो भने उनको पिठ्यँमा ‘नयाँ विचार’ को भारी बोकाइन सक्छ, तर बाध्यात्मक छनोटका रूपमा। यो सम्भावनालाई पनि ध्यानमा राखेर उनले अहिले कुरा चुहाएका हुन्। केही सिप नलागेपछि ‘मैले त त्यसैबेला यसो भनेकै थिएँ’ भनेर भोलिका लागि मलामीहरूको जोहो गर्ने पृष्ठभूमि मात्र बनाउन खोजेका हुन्। विदेशीहरूले सिंगारेका यस्ता बुख्याँचाहरू धेरै सल्बलाउन खोजे, तर पेचिलो बन्दै गएको परिस्थितिले सबै ‘आयाराम गयाराम’ भए। हिसिलालाई पिठ्युँमा बोकेर केजरीवालको सपना देख्ने बाबुराम पनि यस्तै ‘आयाराम गयाराम’ मध्येका एक हुन्।

साभारः विक्ली नेपाल डटकम
No comments:
Post a Comment