Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Tuesday, March 25, 2014

उपेन्द्रको मन महन्थतिर, उनका नेता/कार्यकर्ता गच्छदार तिर

मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एकीकरण प्रयास भइरहेका अन्य दुई दल तराई मधेस लोकतान्त्रिक पार्टी र सद्भावना पार्टीसमक्ष लिखित मस्यौदा पेस गरेका छन्।
महन्त ठाकुर नेतृत्वको तमलोपा केन्द्रीय कार्यालयमा मंगलबार बसेको तीन दलका अध्यक्षसहितको बैठकमा छ पृष्ठको मस्यौदामा छलफल भएको छ।  तराई–मधेसका सैद्धान्तिक मुद्दा, पार्टी एकीकरणको उद्देश्य र तत्काल गर्नुपर्ने कार्य समेटिएको मस्यौदामा तीनै दलले सैद्धान्तिक सहमति जनाएका छन्।
सद्भावना महासचिव मनीषकुमार सुमनका अनुसार नेतृत्व तहमा अध्यक्ष यादवले पेस गरेको एकीकरणको राजनीतिक मस्यौदाबारे छलफल भएको हो। ‘उपेन्द्रजीले पार्टी एकीकरणका सैद्धान्तिक र वैचारिक पक्ष, तराई–मधेसका मुद्दा र एकीकरणको उद्देश्य र तत्कालीन कार्यक्रमबारे लिखित मस्यौदा पेस गर्नुभएको थियो,' सुमनले नागरिकसँग भने, ‘उहाँको प्रस्तावमा तीनै दलका नेतृत्वले सहमति जनाएका छन्, यो सकारात्मक कुरा हो।' सुमनका अनुसार यादवले पेस गरेको मस्यौदामाथि बुधबार तीन पार्टीका राजधानीमा उपलब्ध केन्द्रीय नेताबीच छलफल हुनेछ।
चार महिनादेखि पार्टी एकीकरणका लागि तराई–मधेस केन्द्रित प्रमुख तीन दलबीच छलफल चले पनि अझै निष्कर्षमा पुग्न सकेका छैनन्। तीन दलका शीर्ष नेतृत्वले सैद्धान्तिक सहमति जनाए पनि पार्टीभित्र छलफल गरी अन्तिम टुंगोमा पुर्या उने योजनासहित मंगलबार बैठक सकिएको थियो।
पार्टीको नाम भने यसअघि सैद्धान्तिक रुपमा सहमति जुटिसकेको ‘लोकतान्त्रिक सद्भावना फोरम' को सट्टा यादवले ‘समाजवादी लोकतान्त्रिक फोरम' प्रस्ताव गरेका छन्।
आत्मनिर्णयको अधिकार र स्वशासनसहित स्वायत्त मधेस प्रदेश निर्माणका लागि एकजुट हुनुपर्ने, राष्ट्रिय/अन्तर्राष्ट्रिय परीस्थितिलाई मध्यनजर गर्दै जातीय/क्षेत्रीय पहिचानसहित सामर्थ्यका आधारमा प्रदेश निर्माण गर्न संघर्ष गर्नुपर्ने सर्तमा मात्र पार्टी एकता गर्नुपर्ने प्रस्ताव मस्यौदामा छ।
‘तपार्इंको प्रस्तावप्रति हाम्रो सैद्धान्तिक सहमति छ, तर यसबारे आ–आफ्ना पार्टीभित्र छलफल गरौं र तत्काल टुंगोमा पुगौं,' तमलोपा अध्यक्ष ठाकुरको भनाइ थियो। सोही प्रस्तावअनुसार मंगलबार आ–आफ्ना पार्टीमा छलफल भएको हो।
सद्भावना अध्यक्ष राजेन्द्र महतोले तराई–मधेस केन्द्रित दलले राख्दै आएका माग लिपिबद्ध गरेको भन्दै यादवको प्रंशसा गरेका थिए। ‘हामीले २२ वर्षदेखि उठाउँदै आएका माग र नारा आज उपेन्द्रजीले लिपिबद्ध गरेर ल्याउनुभयो, हामी सकारात्मक छौं,' महतोले बैठकमा भने। उनले पार्टी एकीकरणमा विलम्ब नगरी टुंगोमा पुर्या उन जोड गरेका थिए। ठाकुर, यादव र महतोको पूर्वसल्लाहअनुसार आएको यादवको लिखित मस्यौदाबारे आ–आफ्नो पार्टीमा छलफल गरिसकेपछि बुधबार पुनः तमलोपा केन्द्रीय कार्यालयमा छलफल गरिनेछ।

लोकतान्त्रिकसँग एकताको दबाब
लोकतान्त्रिकसँग एकताको दबाब
लोकतान्त्रिकसँग एकताको दबाब
लोकतान्त्रिकसँग एकताको दबाब
तराई–मधेस लोकतान्त्रिक, फोरम नेपाल र सद्भावना पार्टीबीच एकीकरण प्रयास भइरहेका बेला फोरम नेपालभित्र भने अर्कै दल फोरम लोकतान्त्रिकसँग पार्टी एकीकरण गर्नुपर्ने दबाब बढेको छ।
फोरम नेपालका बरिष्ठ नेता भरतबिमल यादवलगायतका नेता विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकसँग पार्टी एकीकरण गरेर जानुपर्ने भन्दै खुलेरै आउन थालेपछि अध्यक्ष उपेन्द्र यादव संकटमा परेका छन्। यसले तीन दलबीचको एकीकरण अन्योल बनेको छ।
‘हिजो जुन–जुन पार्टीबीच विभाजन भएको थियो, त्यही पार्टीबीच एकीकरण गरेर जानुपर्छ। त्यसैले अहिले गच्छदारजीको पार्टीसँग एकीकरण गर्नुपर्छ,' सभासद अभिषेकप्रताप साहले नागरिकसँग भने, ‘तमलोपा र सद्भावना पार्टीसँग मिल्ने कुरा एकीकरणको परिभाषाभित्र पर्दैन।' उनका अनुसार बहुमत सदस्य गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकसँग एकता गर्नुपर्ने पक्षमा छन्।
यता, चार महिनाअघि महन्थ ठाकुर नेतृत्वको तराई–मधेस लोकतान्त्रिक पार्टी, यादव नेतृत्वको फोरम नेपाल र राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीवीच एकीकरण गर्ने भन्दै कार्यदल गठन भएको थियो। कार्यदलले दर्जनौं बैठक गरिसकेको छ। तीन पार्टी एकीकरणपछि ‘लोकतान्त्रिक सद्भावना फोरम' पार्टी नाम राख्ने तथा तीर छापलाई चुनाव चिह्न बनाउने र फोरम नेपालको झन्डालाई नै नयाँ पार्टीको झन्डा प्रयोग गर्ने सैद्धान्तिक सहमति पनि भइसकेको छ।
फोरम नेपालका दर्जन नेता भने ठाकुर र महतोसँगभन्दा गच्छदार नेतृत्वसँग पार्टी एकता गर्नुपर्नेमा जोड गर्दै आएका हुन्। फोरम नेपालकी केन्द्रीय सदस्य रेखा यादवले फोरम लोकतान्त्रिकसँग पार्टी एकता गरेर जानुपर्ने प्रस्ताव राजनीतिक समितिको बैठकमा पनि राखेको जानकारी दिइन्। ‘एक साताअघि राजनीतिक समितिको बैठकमा फुटेर गएका साथीलाई समेटेर अघि बढौं भन्ने प्रस्ताव हामीले राखेका थियौ,' यादवले नागरिकसँग भनिन्, ‘तमलोपा र सद्भावनासँग एकता गरेर गए पनि केही छैन, तर मुख्यतः हामीसँगै छुट्टिएर गएका साथीसँगको एकतामा जोड गरेर जाऊँ भनिरहेका छौं।' उनका अनुसार उक्त बैठकमा अध्यक्ष यादवले पनि गच्छदार पक्षधरबाट आउने प्रतिक्रियाको आधारमा पार्टीको धारणा बनाउने जवाफ दिएका थिए।
गच्छदारसहितका दलसँग एकता गरेर जानुपर्ने पक्षमा भरतविमल यादव, अभिषेकप्रताप साह, अर्जुन थापा, असाररुदिन खान, रेखा यादव, कृष्णदेव यादव, मोहम्मद इस्तियाक राईलगायतका नेता छन्। दुवै पार्टीका दोस्रो तहका नेताबीच पहिलो चरणमा एकीकरणका लागि छलफल चलिरहेको सभासद साहले जानकारी दिए।

No comments:

Post a Comment