Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Friday, March 21, 2014

जितेन्द्र मुखियाः रौतहट देखी विश्वकप क्रिकेटको यात्रासम्म

देश (रौतहट)को शानः म्यान अफ दि म्याच घोषित भए पछि
रौतहटका २१ बर्षे ठिटो जितेन्द्र मुखियाले आइसीसी टवान्टी–२०  विश्वकपमा हिजो तहल्का मच्चायो ।  गौर नजिकको राजपुर तुल्सीका यी खेलाडीले देशको नाम त उचो नै राखे, त्यो भन्दा गृह जिल्ला रौतहटको नाम पनि उचो राखे र विश्वसामु देशसहित हामी सबैको गौरवलाई स्थापित पनि गरे । म पनि रौतहटको नै भएकाले उनको बारेमा केही लेखिरहन सकिन र उनको बारेमा लेखिएका, भनिएका र सुुनिएका र अहिले ब्लग तयार पार्दै जाँदा भेटिएका कुरा खोजि गरे र त्यसलाई यहाँ उल्लेख गरे । विश्वकपमा नेपाललाई ऐतिहासिक सफलता दिलाउने सबै प्रति मलाई गर्ब र सम्मान छ, यसमा कुनै शंका छैन ।
आइसीसी टवान्टी–२० मा 'म्यान अफ दि म्याच' घोषित भएका यादवलाई सामसुङ मोवाइलले १ लाख पुरस्कार दिने घोषणा गरेको छ, रौतहट–५ का सभासद सुनिल यादवले एक महिनाको मासिक तलब, नेपाली चलचित्र फिटकीरीको टिमले नौ हजार, नागरिक दैनिक र नेपाल सरकार एक मुष्ठ दिने रकम मध्य मुखियाको नाममा क्रमशः १ लाख र ५ लाख पुरस्कार हातमा परेको छ । त्यो भन्दा बढी पुरस्कार जितेन्द्रसहितको टिमलाई सिंगो नेपालले राष्ट्रिय झन्डा फहराएर.... ताली....हुर्रे... हुटिङ..र मन देखी नै सिंगो देशले धन्यवाद दिएर सम्मान गरेको छ । देशलाई एकतामा बाध्ने जितेन्द्रले शब्दमा सिमित गर्न नसकिने प्रशंशायोग्य कार्य गरेका छन् । मैले पनि उनको नाममा ब्लग लेखेर र उनलाई थप चिनाउने (जुन लुकेका छन) काम गर्ने सानो प्रयास गरेको छ ।  गृह जिल्लाबासीका नाताले उनको सम्मानमा यो ब्लग बनाएको हुँ  ।

जितको श्रेय सिंगै टिमलाई दिँदै उनले भने, ‘सुवास खकुरेल, ज्ञानेन्द्र मल्ल र शरद भेषावकरले ब्याटिङमा राम्रो गरे, विकेट नियमित लिइरहेका थियौं, जितेन्द्रले पहिलो २ ओभरमा राम्रो बलिङ गर्यो, समग्रमा आज हाम्रो खेल नै राम्रो थियो।'  - See more at: http://www.nagariknews.com/feature-article/story/15281#sthash.377aVmzg.dpuf
जितेन्द्रको बारेमा उल्लेख गरिएका भनाईहरु- 
जितको श्रेय सिंगै टिमलाई दिँदै उनले भने, ‘सुवास खकुरेल, ज्ञानेन्द्र मल्ल र शरद भेषावकरले ब्याटिङमा राम्रो गरे, विकेट नियमित लिइरहेका थियौं, जितेन्द्रले पहिलो २ ओभरमा राम्रो बलिङ गर्यो, समग्रमा आज हाम्रो खेल नै राम्रो थियो
- कप्तान पारस खड्का
कप्तान पारस खड्का
कप्तान पारस खड्का
कप्तान पारस खड्का
जितेन्द्रको योर्कर- ‘अफगानिस्तानसँग जित्नु ठूलो उपलब्धि हो, विश्वकप भएकाले यो अझ विशेष छ,ु म्यान अफ द म्याच जितेन्द्र मुखियाले भने। उनले ४ ओभरमा १८ रन खर्चेर मात्र ३ विकेट लिए। उनले हङकङसँगको पहिलो खेलमा पनि २ विकेट लिएका जितेन्द्रले योर्करको वर्षा गराउँदै अफगानिस्तानलाई अप्ठेरोमा पारेका थिए। जितेन्द्रले पाँचौं ओभरमा लगातार २ विकेट लिएर नेपाललाई विजयको बाटो देखाए। 
- बिनोद पाण्डे, पत्रकार नागरिक दैनिक
जितको श्रेय सिंगै टिमलाई दिँदै उनले भने, ‘सुवास खकुरेल, ज्ञानेन्द्र मल्ल र शरद भेषावकरले ब्याटिङमा राम्रो गरे, विकेट नियमित लिइरहेका थियौं, जितेन्द्रले पहिलो २ ओभरमा राम्रो बलिङ गर्यो, समग्रमा आज हाम्रो खेल नै राम्रो थियो।'  - See more at: http://www.nagariknews.com/feature-article/story/15281#sthash.377aVmzg.dpuf
उत्कृष्ट ब्याटिङ, उत्कृष्ट फिनिसर । जितेन्द्र द एन्डर । २१ बर्ष उमेर मै यति सानदार प्रदर्शन गर्ने खेलाडी राम्रो एक्सपोजर’ मा कहाँ पुग्लान ?
आयन बाइसप, बेष्ट इन्डिज, पुर्व क्रिकेटर ।
'रैातहटके ढेला बोलेला...' टि ट्वाण्टी वर्ल्ड कपके आजुके मैचमे जितेन्द्र मुखिया मैन अफ दि मैच भईला पे ही बात सत् के सत् भईल कि ना... ?
- किरण नेपाल, सम्पादक, हिमाल साप्ताहिक 
गृह जिल्लाबासी भएकाले जितेन्द्र मुखियालाई एक महिनाको मेरो मासिक तलब भत्ता पुरै दिने घोषणा गर्दछु
सुनिल यादव (जितेन्द्र), सभासद, रौतहट–५
जितका दुई नायक
जितका दुई नायक
जितका दुई नायक:  नेपालले आईसीसी ट्वान्टी(ट्वान्टी विश्वकपमा बिहीबार अफगानिस्तानविरुद्ध नौ रनको ऐतिहासिक सफलता हासिल गर्दा खेलाडीद्वय जितेन्द्र मुखिया र सुवास खकुरेल नायक रहे । पहिले ब्याटिङ गरेको नेपालले १ सय ४१ रनको स्कोर खडा गर्दा प्रारम्भिक ब्याट्सम्यान सुवासले अर्धशतक बनाए भने नौ रनअघि नै अफगानिस्तानलाई रोक्दा जितेन्द्र मुखियाले उत्कृष्ट तीन विकेट लिए 
- शरदप्रकाश धिताल, पत्रकार कान्तिपुर दैनिक

को हुन जितेन्द्र र कसरी आए क्रिकेटमा ? त्यसको अन्तकर्था 
रौतहटका रूपलाल र जयावतीदेवीका माइला सन्तान हुन्, जितेन्द्र मुखिया । सामान्य परिवारका उनका बाबुको किराना र मेडिकल पसल छ । उनी ५र६ वर्षको छँदै गाउँमा क्रिकेट लोकप्रिय थियो । त्यो माहोल उनका एक काका हितलाल मुखियाले बनाएका थिए । हितलाल भारतको पटनामा पढ्थे । १९९६ को विश्वकप टीभीमा देखाएर उनले गाउँलेहरूलाई क्रिकेटबारे बुझाए । उनले गाउँमा सबैलाई क्रिकेट खेल्न प्रेरित गरे । उनी बलियो आर्थिक स्थिति भएको परिवारका थिए । त्यसैले भारतबाट क्रिकेट खेल्न चाहिने सामग्रीसँगै ब्याट, ग्लोब्स, प्याड ल्याए, सबैलाई दिए ।
हितलालको प्रयासमा गाउँका युवाले क्रिकेट खेले । बिस्तारै बल सकियो, ब्याट भाँचियो । सबैले खेल्न छाडे । हितलालले खेल नछुटोस् भनेर फेरि किनेर ल्याए । त्यस बेला गौरको छिमेकी भारतीय सिमाना बर्गेनियामा पनि ब्याट पाइँदैन थियो । हितलाल पटना पुगेर ल्याउँथे । रौतहटमा तीन पुराना हाइस्कुल थिए, गौर, पिपरा र चन्द्रनिगाहपुरमा । हितलालले स्कुल प्रतियोगिता पनि गर्थे । यस्तो प्रतियोगितामा जितेन्द्र बल टिपेर ल्याइदिने गर्थे । पछि जितेन्द्रले ट्युबलाई पोलेर बल बनाउँदै काठको ब्याटले खेल्न थाले । पाँच कक्षामा पढ्दा एकपटक उनी नदी तरेर ५ किलोमिटर टाढाको बजारमा पुगे । १२ रुपैयाँ पर्ने बल किनेर ल्याए । अनि त आँप बगैंचा होस् कि खेतका गरा, जहाँ पनि जितेन्द्र क्रिकेटमात्र खेल्न थाले ।
यस्तो बल एक महिनाजतिमा फुट्थ्यो । साथीहरू मिलेर पैसा उठाउने सल्लाह त हुन्थ्यो । तर, पैसा सबैसँग हुन्थेन । पकेट खर्च जोगाएर धेरैपटक किने । एक महिनामा बल फुट्ने । एक दुईपटक पसलबाट चोरेर पनि बल ल्याए । यो फुच्चे क्रिकेट टिमका सदस्यहरू सधैं खेलिरहन्थे । कति दिन त स्कुल नै गएनन् । स्कुलबाट घरमा छोरो बिग्रियो भन्ने खबर आइपुग्यो ।
त्यहीताका काका हितलालले चन्द्रनिगापुरमा मनकामना बोर्डिङ स्कुल खोले । जितेन्द्र यहाँ भर्ना भए । यो स्कुलमा ८ कक्षासम्म पढाइ हुन्थ्यो । सरकारी स्कुलमा ५ पास गरेका जितेन्द्रलाई फेरि ५ मै भर्ना गरियो ।
छात्रावाससमेत रहेको बोर्डिङमा उनी पहिलोपल्ट शुक्रबार दिउँसो ३ बजे मैदान पुग्दा सबै क्रिकेट खेलिरहेका थिए । जितेन्द्रलाई देखेर सबैले हात मिलाउन आए । उनी छक्क परे । पछि थाहा पाए, काकाको छोरा कौशलले उनको बलिङ र ब्याटिङबारे चर्चा गर्न भ्याइसकेका रहेछन् ।
भोलिपल्ट शनिबार नमुना स्कुलसँग खेल थियो । त्यो क्षेत्रमा नमुनाले खेल जित्दै आएको थियो । पहिलो खेलमै जितेन्द्रले ५ विकेट र ७५ रन लिएपछि मनकामना स्कुलले जित्यो । चन्द्रनिगाहपुर (चपुर० मा उनको चर्चा हुन थाल्यो । प्रतियोगिता हुँदा उनको टोली सेमिफाइनल पुग्यो । उनले ह्याट्रिक पनि गरे । प्रतियोगिताका उत्कृष्ट खेलाडी, बलर र ब्याट्सम्यान सबै उनी भए । यतिबेलासम्म उनी टेनिस बलले खेल्थे । उनको चर्चा हुन थालेपछि चपुरको सरस्वती युवा क्लबका कप्तानले उनलाई अभ्यास गर्न बोलाए । उनले पहिलोपल्ट लेदरको बलले दुई ओभर बलिङ गरे । उनले तीन विकेट लिए । तिनै कप्तानले जितेन्द्रलाई प्रोत्साहन गरे । दैनिक अभ्यास गर्न बोलाए । स्कुलका प्रधानाध्यापकसमेत रहेका काका हितलाललाई भनेर स्कुल सकेपछि अभ्यासमा जाने वातावरण मिलाए ।
उनले सरस्वती क्लबबाट खेल्न थाले । त्यो क्षेत्रको सबैभन्दा चर्चित खेलाडी बने । ९ र १० मा पाथीभरा इङ्लिस स्कुल गएपछि २ वर्ष भने उनले क्रिकेट खेलेनन् । संयुक्त परिवार छुट्टएिपछि बुबालाई आर्थिक चाप बढेको थियो । यसैले जितेन्द्र चपुर बसेर पढ्न नसक्ने भए । उनले क्रिकेट नखेल्ने मानसिकता बनाए । २०६४ सालमा फस्ट डिभिजनमा एसएलसी पास गरे । अब के पढ्ने कसो गर्ने भन्ने दुविधा थियो । यसमा पनि काका हितलाल उद्धारक बन्न आइपुगे । गाउँमा एसएसली पास गर्नै ठूलो कुरा हुने बेला हितलालले २०४८ सालमा फस्ट डिभिजनमा पास गरेका थिए । उनले जितेन्द्रलाई आईएस्सी पढ्दै क्रिकेट खेल्ने सुझाए । बुबाका अगाडि राखेर के गर्छस् भनेर सोधे । उनले ुपढ्छु पनि खेल्छु पनिु भने । त्यसपछि बुबाले खेल्ने अनुमति दिए । तर, कहाँ गएर खेल्ने यो प्रश्न उठ्यो । हितलालले राम्रो क्रिकेटर बन्न भारतमा गएर सिक्ने सुझाव दिए । यसका लागि कम्तीमा महिनाको १० हजार खर्च चाहिन्थ्यो । बुबालाई यसले थप आर्थिक भार दिने भयो । तैपनि उनले भने, ुखेत बेचेर भए पनि पैसा पठाउँछु । गएर खेल ।ु
भारत यात्रा
सन् २००५ को एक दिन काकाभतिज भारतको पटना हिँडे । मेनुलहक स्टेडियममा पुगे, त्यहाँ राम्रो एकेडेमी थियो । भित्र गएर कुरा भयो तर जितेन्द्रलाई त्यहाँ खेल्न मन परेन । उनको मनमा राँची बसेको थियो । कारण राँचीबाट भारतको राष्ट्रिय टोलीमा पुगेका महेन्द्रसिंह धोनी पाकिस्तान र श्रीलंकाविरुद्ध शतक हानेर चर्चित बनेका थिए । तीन दिनसम्म कुर्दा पनि राँची जाने गाडी नपाएपछि काकाभतिजा रौतहट फर्किए ।
रौतहट आएर जिल्ला क्रिकेट संघ गए । संघका एक पदाधिकारीका भाइ सञ्जयकुमार भारतको नयाँ दिल्लीमा थिए । उनकै सहयोगमा काकाभतिजा अब धोनीको सट्टा अर्का स्टार वीरेन्द्र सहवागको ठाउँ दिल्ली जाने भए । दिल्लीमा क्रिकेट खेल्न जान लागेको भनेर गाउँमा जितेन्द्रको ठूलै चर्चा भइसकेको थियो ।
सञ्जयकुमारको सहयोगमा जितेन्द्र खेलगाउँको आरपी क्रिकेट एकेडेमीमा सिक्न जान थाले । उनी गाउँकै एक काकाको कोठामा बस्न थाले । एकेडेमी जानुअघि सञ्जयकुमारले भनेर उनले १० हजारको क्रिकेट किट पनि किने । घरबाट १३ हजार लिएर गएका थिए । उनका प्रशिक्षक अब्दुल सतार थिए । पहिलो दिन प्रशिक्षकले उनलाई बलिङ गर्छौ कि ब्याटिङ भनेर सोधे । पैसा नपुगेका कारण उनले ब्याट किनेका थिएनन् । त्यसैले पहिला बलिङ भने । त्यसपछि उनलाई सधैं बलिङमात्र गराइयो । उनी ब्याटिङ गर्न तम्सिन्थे । प्रशिक्षक सतार बलिङमा मात्र ध्यान देऊ भन्थे ।
दिल्लीमा जितेन्द्रले दुःखका दिन देखे । उनले छुट्टै कोठा लिएपछि कोठा भाडा, एकेडेमीको मासिक शुल्कले गर्दा खर्च बढयो । एक्लै बसे पनि उनी खाना पकाउन जान्दैनथिए । प्रायः खाना डढाउँथे । ब्याट नभएका कारण ब्याटिङ गर्न पनि पाउँथेनन् । यस्तैमा एकपटक उनलाई झाडापखालाले समात्यो । दिल्ली गएको दुई महिनापछि एक दिन कसैलाई नभनी जितेन्द्र घर फर्किए । उनी क्रिकेट खेलेर आए भनेर सबै खुसी भए । दुब्लाएको छोरो देखेर आमाले उनको दुःख थाहा पाइन् । आमा बेस्सरी रोइन् ।
जम्मा १७ दिन उनी घरमा बसे । काका हितलालले त्यसपछि बस्न दिएनन् । उनले ुक्रिकेट खेल्नु एउटा तपस्याजस्तो हो, मिहिनेत गर्नैपर्छु भनेर सम्झाएपछि जितेन्द्र फेरि दिल्ली फर्किए । उनको खर्च महिनाको ६ हजार थियो, बुबासँग पैसा माग्नुपर्दा उनी दुःखी हुन्थे । तर, बुबाले पठाउने भए । जितेन्द्रले खाना पकाउन पनि सिके । उनी अभ्यास सुरु हुने समयअघि नै एकेडेमी पुग्थे । सुरुमा उनलाई हेप्न खोज्नेहरू उनको बलिङ देखेपछि साथी भए ।
पहिले उनलाई यू(१९ समूहमा बलिङ गर्न लगाइन्थ्यो । पछि सिनियरमा पठाइयो । उनले बाउन्सर र योर्कर फाल्न थाले । उनलाई लासिथ मालिङ्गा भनेर साथीहरूले जिस्काउँथे । प्रशिक्षक सतारका प्रिय भए उनी । २००७ को इन्डियन प्रिमियर लिग (आईपीएल० अघि कोलकोता नाइट राइडर्सले सबै खेलाडीलाई ट्रायलमा बोलाएको थियो । ट्रायल दिन विजय दाहिया एकेडेमी गए । खेलाडीको चापले गर्दा भोलिपल्ट आउन भने । खेलाडी बढी भएर छनोटकर्ता नै समस्यामा परे । छनोट गर्दा समूह छुटयाइयो । उनले पनि बलिङ गरे, प्रशिक्षक अस्ट्रेलियन जोन बुचानन थिए । हेरेर पठाइदिए । उनले सहभागिताको प्रमाणपत्र भने पाए ।
एक दिन उनको अभ्यास चलिरहेको थियो । एकेडेमीमा हल्लीखल्ली भयो, ब्याटिङ अभ्यासका लागि वीरेन्द्र सहवाग एकेडेमीमा आएका रहेछन् । सहवागले प्राक्टिसका लागि चार बलर मागे, जसमा एक जितेन्द्र छानिए । सहवागलाई आफैंले बलिङ गर्न पाउँदा उनी निकै उत्साही भए । दुई वर्ष दिल्लीमा क्रिकेट सिकेपछि एक दिन जितेन्द्र नेपालमै खेल्छु भनेर फर्किए ।
नेपालमा कम(ब्याक
२००८ मा जितेन्द्रले सिनियर राष्ट्रिय छनोट प्रतियोगितामा जिल्लाबाट भाग लिए । उनले रौतहटबाट पहिलो खेल बाराविरुद्ध खेले । दिल्लीमा क्रिकेट सिकेर आएको भनेर सबैको ध्यान उनीमाथि थियो । तर, पहिलो खेलमा उनले एउटै विकेट लिन सकेनन् । सबैले गाइँगुइँं गरे( दिल्लीमा जितेन्द्रले के खेले भनेर । भोलिपल्ट पर्साविरुद्ध ६ विकेट लिएर उनले त्यसको जवाफ दिए । अर्को खेल मकवानपुरसँग थियो तर टिम नै आएन ।
यू(१९ राष्ट्रिय प्रतियोगिताको छनोटमा उनले बाराविरुद्ध ४ विकेट लिए भने पर्सासँग ५० रन हाने । तर, वीरगन्जको क्षेत्रीय टोलीमा उनी परेनन् । खेल्न भनेर त्यत्रो पैसा खर्च गरिसकेका उनको क्रिकेट करिअर नै अघि बढ्न नसक्ने स्थिति आयो । क्रिकेट खेल्न प्रेरणा दिने काका हितलालले पहिलोपल्ट भने( बाबु, पढाइमा ध्यान देऊ ।
पछि काठमाडौंमा हुने राष्ट्रिय प्रतियोगिताका लागि रौतहटबाट जितेन्द्र र सागर श्रेष्ठ वीरगन्जको टोलीमा परे । क्रिकेट छाड्ने भनेर निराश भएका जितेन्द्र खुसी भए । उनी काठमाडौं आए । प्रशिक्षक प्रकाश शर्मा थिए । उनले आफ्नो क्षेत्रबाट सबैभन्दा राम्रो खेले । क्षेत्र नम्बर(५ नेपालगन्जविरुद्धको महत्त्वपूर्ण जितमा उनले अन्तिम ओभरमा १९ रन चाहिँदा ५ बलमै जित दर्ता गरेका थिए । त्यो खेलमा दुई विकेट पनि लिए । उनले क्षेत्र नम्बर(४ भैरहवाविरुद्ध ४ विकेट लिए । उनको प्रदर्शन देखी गाउँमा सबै खुसी भए ।
खेल्दै जाँदा जितेन्द्र राष्ट्रिय टिममा परे । नेपाली टिम बंगलादेशको ढाकामा ट्वान्टी(२० विश्वकप खेल्ने तयारीमा छ । यो टिमको प्रमुख सदस्यका रूपमा जितेन्द्र पनि विश्कप खेल्दै छन् ।

'विश्व ट्वान्टी-२० क्रिकेटका सारथिहरू’ जगदीश्वर पाण्डेको प्रकाशित पुस्तकबाट जीतेन्द्र मुखियाको यो कथा लिइएको हो । जुन इकान्तिपर डटकमवाट साभार गरिएको हो ।

No comments:

Post a Comment