Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Wednesday, November 7, 2012

कार्यदिशाको विषयमा वैद्य माओवादीमा तीन धार

प्रकाश तिमल्सिना, काठमाडौं, कात्तिक २२- मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीभित्र पार्टीको आगामी कार्यदिशाको विषयलाई लिएर केन्द्रीय समितिमा तीन धार देखा परेको छ। फौजी कार्यदिशा समेटेर जाने वा चुनावी प्रक्रिया मार्फत जनअनुमोदन हुने मुख्यतः दुई धारणाबीच विवाद छ। विवादका कारण माओवादीको केन्द्रीय समिति बैठक कार्यदिशा नै तय नगरी सम्पन्न भएको छ।
कात्तिक १३ गतेदेखि जारी एक साता लामो केन्द्रीय समितिमा ‘मौलिक क्रान्ति'को पक्षमा तेस्रो धारसमेत देखा परेपछि माओवादीलाई कार्यदिशाको निर्णयलाई हाललाई स्थगित गरी राष्ट्रियता विषयलाई मात्र प्रधान मुद्धा बनाएर जाने निर्णय गरेको एक केन्द्रीय सदस्यले बताए।

‘सशस्त्र क्रान्तिलाई कार्यदिशा बनाउनु पर्ने सबैभन्दा बलियो धार वैठकमा सशक्त रुपमा देखा परेको छ' ती केन्द्रीय सदस्यले भने, ‘अर्को धार चुनावी प्रक्रियामा सामेल भएर जन अनुमोदन हुनुपर्छ भन्ने धार पनि पनि उत्तिकै सशक्त रुपमा देखा परेको छ ।' दुवै कार्यदिशामा विश्वास नगर्ने अर्को धार भने नेपालको माटो र भुगोल सुहाउँदो मौलिक क्रान्तिको वकालत गरेको छ ।
उनका अनुसार अध्यक्ष वैद्य, उपाध्यक्ष सीपी गजुरेल, महासचिव रामवहादुर थापा, सचिवद्धय देव गुरुङ र नेत्रविक्रम चन्दसहित बहुमत सदस्यहरु भने जनवादी फौजी क्रान्तिलाई कार्यदिशा बनाएर जानु पर्ने पक्षमा देखिएका छन् । ‘बौद्ध भेलाको स्परिट भनेको फौजी (सशष्त्र) नै हो, त्यसवाट दायावाया जानु हुदैन भन्ने यो धारको मत रहेको छ' स्रोतले नागरिकसँग भन्यो । उनका अनुसार पार्टी विभाजनको औचित्य पनि यही दृष्किोणवाट पुरा हुने तर्क सोही धारले गदै आएको छ ।
त्यस्तै पोलिटव्युरो सदस्य तथा प्रवक्ता पम्फा भुषाल, हितमान शाक्य र चन्द्रहरी सुवेदीलगायत भने चुनावी प्रक्रियामा सामेल भएर जनअनुमोदन हुने पर्ने धारणा वैठकमा राखेका छन् । ‘आजको एक्काइसौ शताब्दीमा सशष्त्र संघर्ष गरेर फेरी पनि सफल हुन सकिदैन, जनतावाट अनुमोदन भएर चुनावमा जानुको अर्को विकल्प तत्काल छैन यो पंक्तिको धारणा रहेको छ' स्रोतले भन्यो । भुषालको समुहले विधिवत रुपमा निर्वाचन आयोगमा पार्टी दर्ता गराएर चुनावी प्रतिपस्र्धामा जानु पर्ने भन्दै राखेको मतलाई बहुमत सदस्यले भने ‘बुर्जुवा चिन्तन' हावी भएको आरोप लगाएका छन् ।
त्यस्तै केन्द्रीय सदस्यद्धय सुर्य सुवेदी र महेश्वर दाहाललगायतले भने फौजी र चुनावी दुवै कार्यदिशाले मुलुकलाई निकास नदिने तर्क राख्दै फरक रुपमा वैठकमा प्रस्तुत भएका छन् । ‘नेपालको माटो र भुगोल सुहाउँदो मौलिक क्रान्ति आजको आवाश्यक्ता हो, त्यसैलै न निकै क्रान्तिकारी मानिने फौजीले नै निकास दिन सक्छ, न त बुर्जुवाहरुले अभ्यास गर्ने चुनावी प्रतिस्पर्धाको माध्यमले नै निकास दिन्छ भन्ने तर्क यो धारको रहेको छ' अर्का केन्द्रीय सदस्यले नागरिकसँग भने । उनका अनुसार सुवेदी र दाहालको समुहले मौलिक क्रान्तिको आवाश्यक्तामा जोड गरे पनि त्यसको मोडलको परिभाषा र ब्याख्या भने केन्द्रीय समितिमा गरेका छैनन् ।
पार्टीको कार्यदिशामा केन्द्रीय समितिका सदस्य विच एकमत हुन नसके पछि सो बिषयलाई महाधिवेसनसम्म अन्तर पार्टी फोरम चलाएर निर्णय लिने निष्कर्षमा माओवादी पुगेको छ । ‘केन्द्रीय समितिमा कार्यदिशाका वारेमा एक मत हुन नसके पछि अध्यक्षले तीनै धारलाई छलफल र बहसका लागि अन्तरपार्टीमा खुल्ला गर्नु भएको छ' स्रोतले भन्यो । अध्यक्ष वैद्यको राजनीतिक मस्यौदा प्रतिवेदनलाई अन्तर पार्टी बहस र छलफलका लागि तल्ला कमिटिमा लैजाने र त्यहावाट आएका सुझावलाई समेटेर महाधिवेसनवाट पारित गराउने निष्कर्ष सहित माओवादीको केन्द्रीय समिति बैठक सम्पन्न भएको छ ।
यद्यपि प्रवक्ता पम्फा भुषालले भने अध्यक्ष वैद्यद्धारा आगामी महाधिवेशनका लागि प्रस्तुत राजनीतिक प्रतिवेदनको मस्यौदा र सचिब देव गुरुङले पेश गरेको विधान मस्यौदालाई केन्द्रीय समितिले परिमार्जनसहित पारित गरेको जिकिर गरेकी छिन् । ‘प्रतिवेदनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको समीक्षा, देशको सङ्कट, पार्टीको भावी कार्यनीति तथा कार्ययोजनाको बारेमा प्रष्ट पारिएको छ' भुषालले भनेकी छिन्, ‘प्रतिवेदनमा नेपालको अग्रगामी राजनीतिक निकासका लागि विदेशी प्रतिक्रियावादी तथा तीनका नेपाली दलाल प्रमुख बाधक रहेको ठहर गरिएको छ ।'
माओवादीभित्र कार्यदिशाको विषयमा सहमति जुटन नसके पनि राष्ट्रियताको मुद्धालाई प्रधान विषय बनाएर ‘प्रतिरोध संघर्ष' कार्यक्रम संचालन गर्नमा भने केन्द्रीय सदस्य एकमत देखिएका छन् । पौस २४ देखी सुरु हुने महाधिवेसनलाई सम्पन्न गर्न पुस पहिलो साता भित्र जिल्ला र राज्य समिति सम्मेलन सम्पन्न गर्ने निर्णय भने गरेको छ ।

No comments:

Post a Comment