नेपाली काग्रेसको महाधिवेशनलगत्तै सरकार परिवर्तन हुन्छ भन्ने उद्घोष गर्दै आएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नै निर्णयविरुद्ध उभिएपछि राजनीतिक वृत्तमा तरंग उत्पन्न भएको छ । प्रचण्डले सरकार परिवर्तन हुन्छ भनेर भाषण गर्दै हिँडे पनि महाधिवेशन सम्पन्न भएपछि बसेको नेपाली कांग्रेस केन्द्रीय समितिको पहिलो बैठकले सरकार परिवर्तनतिर नलाग्ने र रचनात्मक प्रतिपक्षको भूमिका सशक्त रूपमा गर्ने निर्णय गरेको थियो । नेपाली कांग्रेसको यो निर्णयपछि केही समय प्रतिक्रियाविहीन भएका प्रचण्डले वैशाखको पहिलो सातादेखि सरकार परिवर्तनका पक्षमा सहमत गराउन नेपाली कांग्रेसका नेताहरूलाई विभिन्न मान्छे लगाएर भेट गर्न थाले । समाचार स्रोतका अनुसार श्रीमती आरजु र आफ्नो स्वास्थ्य उपचारका लागि दिल्ली जाने कार्यक्रम तय भएपछि मात्रै कांग्रेस सभापति शेरबहादुर देउवालाई एमाओवादी अध्यक्ष प्रचण्डले दुईपटक भेटेका थिए ।
देउवासँगको भेटघाटका क्रममा उनले ओली सरकारले कामै गर्न नसकेको भन्दै ‘कि तपाई अघि बढ्नोस्, होइन भने मलाई साथ दिनोस्’ भनेका थिए । देउवा भारत जानुभन्दा अगाडि पनि लेखराज भट्ट, वर्षमान पुन, कृष्णबहादुर महरालगायतका नेताहरूलाई बुढनिलकण्ठ पठाएका थिए । तर देउवाले सरकार परिवर्तनभन्दा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नु कांग्रेसको अहिलेको प्राथमिकता भएको भन्दै आलटाल गर्दै आएका थिए ।
जब वैशाख १५ गते कांग्रेस सभापति देउवा स्वदेश फर्के, त्यसपछि पनि प्रचण्डको कचकच रोकिएन । देउवाले प्रचण्डको मुड बुझ्न पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई पठाए । प्रचण्डसँग लामो संगतबाट उनलाई बुझेका सिटौलाले प्रचण्ड साँच्चैै सरकार परिवर्तनको पक्षमा रहेको जनाउ सभापति देउवालाई दिए । सिटौलाको कुरामा देउवाले विश्वास नगर्ने सम्भावना नै रहेन । त्यसपछि देउवाले एकिन गर्न शेखर कोइरालालाई पठाए । शेखरले पनि सिटौलाले जस्तै रिपोर्टिङ गरेपछि देउवाले १९ गते साँझ ६ बजे प्रचण्डलाई आफ्नो निवासमा बोलाएर भेटवार्ता गरेका हुन् । त्यो भेटमा प्रचण्डले भने– ‘सरकारबाट हामी बाहिरिने निश्चित हो, त्यसका लागि तपाईले वातावरण बनाइदिनुप¥यो, हामै्र पार्टीको नेतृत्वमा सरकार गठन गर्ने कुुरामा सहमति भयो भने सरकारबाट बाहिरन हामीलाई सजिलो हुन्छ,’ प्रचण्डको यो प्रस्तावलाई देउवाले आनाकानी नगरी स्वीकार गरे । उनले भने, ‘यसबारे हाम्रो पार्टीको औपचारिक निर्णय हुन बाँकी छ, तर सबै साथीहरूले सरकार परिवर्तन गर्दा जाति हुन्छ भनेर मलाई भनेका छन्, त्यसैले तपाई अघि बढ्दा हुन्छ ।’
उक्त भेटघाटमा कांग्रेस र एमाओवादीको सत्ता समीकरणको आवश्यकता औंल्याउँदै प्रचण्डले भने– ‘हामी १२ बुँदेदेखिका सहयात्री हौं, १२ बुँदे सम्झौता र शान्ति सम्झौता मात्रै होइन, मुलुकको संक्रमणकालीन राजनीतिको एउटा पक्ष नेपाली कांग्रेस र एउटा पक्ष एमाओवादी हो, अरु पार्टी भनेका तपसिलका हुन्, त्यसैले हामी मिल्यौं भने सबै कुरा सम्भव हुन्छ, मिलोनौं भने सबै चौपट हुन्छ ।’ प्रचण्डको कुरा सुनिसकेपछि कांग्रेस सभापति देउवाले ‘पार्टीको बैठक बोलाएर सरकारबाट हट्ने निर्णय गर्नोस्, त्यसपछिका प्रक्रिया सुरु गरौँला, तपाईं नै हो अबको प्रधानमन्त्री, ढुक्क हुनोस्’ भनेपछि हँसिलो अनुहार लगाउँदै प्रचण्ड देउवा निवास बुढानिलकण्ठबाट आफ्नो निकास फकर्केका हुन् ।
भोलिपल्ट बुधबार बिहान ११ बजे प्रचण्डले स्थायी समितिको बैठक राखे । एमाले नेतृत्वको सरकारबाट हट्ने र आफ्नै पार्टीको नेतृत्वमा सरकार गठन गर्ने निर्णय बैठकले ग¥यो । प्रचण्डले यस विषयमा विज्ञप्ति जारी गर्दै सहयोगका लागि अन्य पार्टीसँग अपिलसमेत गरे । त्यसैदिन दिउँसो उनले कांग्रेस एमाओवादीबीच हुने सहमतिपत्र ड्राफ्ट गर्न लगाए । उक्त सहमतिपत्र सातबुँदे थियो । बिहीबार त्यो सहमतिपत्रमा हस्ताक्षर गर्ने प्रस्ताव प्रचण्डले नै राखे । प्रचण्डले कांग्रेस सभापति देउवालाई बिहीबार बिहान आफ्नै निवासमा बोलाए । सभापति देउवा विमलेन्द्र निधि र रमेश लेखकलाई लिएर प्रचण्ड निवास पुगे । तर प्रचण्डले अचानक भने–‘सहयोगका लागि धन्यवाद, तर मैले पार्टीका साथीहरूलाई मनाउन सकिनँ, ओली सरकारलाई नै निरन्तरता दिने भइयो ।’ देउवाले भने खासै प्रतिक्रिया दिएनन् । उनले भने– ‘सरकारबाट बाहिरिन्छु भन्नु भो, मैले ठिकै छ भनें, मलाई प्रधानमन्त्री स्वीकार्र्न भन्नु भो, त्यो पनि ठिकै छ भनें, सातबुँदे सम्झौता गर्नुप¥यो भन्नु भो, त्यो पनि ठिकै छ भनें, अहिले ओली सरकारलाई नै निरन्तरता दिने भन्दै हुनुहुन्छ । यसलाई पनि म ठिकै छ भन्छु ।’
समाचार स्रोतका अनुसार कांग्रेससँग सातबुँदे सम्झौताको ड्राफ्ट प्रचण्ड आफैंले गरेका थिए । उनले त्यसलाई अघि बढाउन वर्षमान पुन र जनार्दन शर्मालाई जिम्मा दिएपछि नेपाली कांग्रेसले आफ्नो पार्टीका तर्फबाट रमेश लेखक र विमलेन्द्र निधिलाई खटाएको थियो । उक्त सहमतिपत्र बिहीबार सात बजेसम्म तयार गर्न महासचिव कृष्णबहादुर महराले प्रस्ताव गर्दा प्रचण्डको भनाइ थियो– ‘भोलिसम्ममा अर्कै खेलोफड्को हुनसक्छ आजै (बुधबार) राति नै टुंग्याउनुपर्छ ।’ तर प्रचण्ड गोरखाबाट फर्कन ढिला भएका कारण बुधबार हस्ताक्षर हुन सकेन । बिहीबार बिहान ८ बजे गर्ने भनिएको सम्झौताको ड्राफ्ट हेर्न कांग्रेस नेता निधि राति १० बजेसम्म एमाओवादी अध्यक्ष प्रचण्डलगायतका नेताहरूको साथमै थिए । त्यतिबेलासम्म पनि प्रचण्डले षड्यन्त्रको कुनै सुइँकोसम्म दिएनन् । उनी आफंैले यसअघि भनेका थिए, ‘नारायणकाजी र टोपबहादुर विपक्षमा लाग्ने सम्भावना देखिएको छ, यिनीहरूलाई तपाईहरूले पनि सम्झाउनुपर्ला ।’ तर १० बजे निधि बाहिरिएपछि प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार छिरे । र,जसजसले ७ बुँदे ड्राप्mट गरेका हुन् उनैलाई एमालेसँग मिलेर ९ बुँदे अर्को ड्राप्mट बनाउँन लगाए । यसरी ‘अनेक लाञ्छना लगाएर गाली गरिरहने, तर उसलाई छाड्न नसक्ने जँड्याहा लोग्ने’ को जस्तो चरित्र प्रचण्डले प्रदर्शन गरेपछि नेपाली कांग्रेस धेरै नै सशंकित भएको छ । Source (tarunkhabar.com)
No comments:
Post a Comment