मेरा एकजना पत्रकार मित्र छन, डी बिनोद । उनले आफ्नो ब्लगमा भ्यान्टा (वैगुन)का बारेमा नै ब्लग लेखेका छन्, सन्दर्भ सुशिल पन्त लगायत पत्रकारलाई त्यही बैगुनले यतिखेर हनुमानढोका हिरासतमा पुरयाए पछि । उनले भने, ‘पत्रकारलाई थुनाउने यो भ्यान्टा (बैगुन)
सारहै बेइमानी छ ।’ उनको थप भनाई थियो, ‘यसले मानिसलाई कहिल्यै सुख दिएन र
दुःख मात्रै दिइरहेको छ, त्यो हिजो पनि दिएको थियो र आज पनि दियो र भोली
पनि बैगुनले दुःख दिइ नै रहने छ ।’ उनको जोड छ, ‘जबसम्म यो बैगुनको
अस्तित्व यो पृथ्वीमा रहन्छ, तवसम्म मानिसले दुःख पाइरहन्छन् ।’ त्यसकारण
त्यसको समुल नै नष्ट गर्नुपर्छ ।
पत्रकार सुशिल पन्त नेपाली हेडलाइन्स डट कममा जानु भन्दा अघि नै अर्थात जेठ ३ गते सोही बैगुनको समाचार प्रकाशित भएको थियो । सो न्युज वेभसाइटको अतिथि सम्पादकको जिम्मेवारी पाए पछि नैतिकताको आधारमा सो को जिम्मेवारी पन्तले लिएका हुन् । तर, प्रेस काउन्सिलको मुद्धालाई नेपाल प्रहरीले आफनो कार्यक्षेत्र भन्दा बाहिर गएर चासो प्रकट गरयो र उनीहरुलाई हिरासतमा राख्यो । जसको अहिले सर्वत्र निन्दा र आलोचना भइरहेको छ । जुन कानुनलाई समातेर प्रहरीले पन्त लगायतलाई थुनेको छ, त्यो आफैमा गैर कानुनी हो, त्यो कानुनको आधारमा उनलाई थुन्न कदापी मिल्दैन् ।
संसदीय मामिला पत्रकार समाजका महासचिवसमेत रहेका पन्तले आफु नियुक्त भएको न्युज साइटमा पहिला नै छापिएको समाचारको जिम्मेवारी लिएका हुन्, वास्तवमा उनले सो समाचार लेखेका भने होइनन् । जे होस, हामी उनको बिना सर्त रिहाईको प्रतिक्षामा छौ ।
यस्तो थियो त्यो समाचार, जसले अहिले तीनजना पत्रकारलाई हनुमानढोका पु¥यायो । जसको शिर्षक थियो, ‘कन्या क्याम्पसको शौचालयमा भ्यान्टा भेटियो ।’ डिल्लीबजारस्थित पदमकन्या क्याम्पसमा शौचालयमा बैगुन भेटिएको सो समाचारमा उल्लेख छ । सोही समाचारलाई लिएर पत्रकारलाई थुनिएको हो ।
सो समाचार पढनका लागि यहाँ क्लिक गर्नुहोस् ।
#################################################################################
डि बिनोदले सोही बैगुनका बारेमा ब्लग लेखेका छन् । बैगुन नेपालको धरानमा पुरै प्रतिबन्ध रहेछ र भारतको उत्तराखण्डमा पनि बैगुन विक्रिमा प्रतिबन्ध लगाउनु पर्ने माग गरेका छन् । अझ भन्नेले त के भनेका छन भने भारतका कतिपय सहरमा बैगुनलाई चिरा पारेर मात्र विक्री गरिने गरिन्छ ।
नेपालमा पत्रकार थुनायो तरकारीले
सो समाचार पढनका लागि यहाँ क्लिक गर्नुहोस् ।
#################################################################################
डि बिनोदले सोही बैगुनका बारेमा ब्लग लेखेका छन् । बैगुन नेपालको धरानमा पुरै प्रतिबन्ध रहेछ र भारतको उत्तराखण्डमा पनि बैगुन विक्रिमा प्रतिबन्ध लगाउनु पर्ने माग गरेका छन् । अझ भन्नेले त के भनेका छन भने भारतका कतिपय सहरमा बैगुनलाई चिरा पारेर मात्र विक्री गरिने गरिन्छ ।
नेपालमा पत्रकार थुनायो तरकारीले
नेपालका पत्रकार सुशिल पन्त यतिवेला समाचार लेखेका कारण महानगरीय प्रहरीमा
थुनामा छन् । उनले समाचार लेखे वैगुन (भण्टा)सँग सम्बन्धित विषयमा रे ।
उनलाई विद्युतिय कानुनले छोयो । भण्टा खाने कि गर्ने भन्ने विषयमा उल्लेख
गरेका कारण नै उनले यस्तो समस्या व्यहोर्नुपरेको हो । एउटा भण्टाको
प्रयोगको विषयमा लेखिएको समाचारले अहिले नेपालको प्रशासनयन्त्रको सात्तो
लिएको छ । ऐन र कानुन परिमार्जनसम्मका बहस सुरु भइसकेका छन् । नियत र
नियोजनको कुराहरु उठिरहेका छन् । एक जना हो र ? यो तीन पत्रकारलाई हिरासतमा
पुरयाउने कारण पनि बनेको छ । नाम चलेको एक कलेजको कुरा पनि जोडिएपछि यस्तो
आतंक सुरु भएको हो । जे होस् वैगुन कतिसम्म वैगुनी छ भन्ने केही प्रसंगहरु
यस्ता पनि छन् ।
###
अकबर र वीरबलको कथासँग पनि जोडिएको छ, वैगुन प्रकरण ।
कथा यस्तो रहेछ...
अकबरले वैगुन (भण्टा) बारे बीरबलसँग बुझ्ने कोशिश गरेछन् । ‘वीरवल भण्टा के हो ?’
‘तरकारी हो, सरकार ।’
‘यसको विशेषता के हो ?’
‘यो वैगुन पनि भनिन्छ, विशेषताचाँही पुष्टि गर्न बाँकी छ सरकार ।’
अकबरको जिद्दिसँग वीरवलको केही लागेन । त्यसलाई प्रमाणित गर्नका लागि एकदिन वीरवलले हरेक तरकारीहरु वैगुन कै बनाए । सवै प्रकारका खानेकुरासँग मिसाएपछि अकबरले पनि स्वाद लिएर खाएछन् । पछि त्यहि वैगुन खाएका कारण उनलाई पखाला पनि लागेछ ।
अकबरले वीरबलसँग भनेछन्–‘वैगुन खाएको यस्तो भयो ।’
वीरवलले उत्तर दिए–‘सरकार त्यसकारण यो वैगुन हो । यसको कुनै गुण नै छैन । यसले अप्ठेरोमा पार्छ ।’
अकबरले वैगुन (भण्टा) बारे बीरबलसँग बुझ्ने कोशिश गरेछन् । ‘वीरवल भण्टा के हो ?’
‘तरकारी हो, सरकार ।’
‘यसको विशेषता के हो ?’
‘यो वैगुन पनि भनिन्छ, विशेषताचाँही पुष्टि गर्न बाँकी छ सरकार ।’
अकबरको जिद्दिसँग वीरवलको केही लागेन । त्यसलाई प्रमाणित गर्नका लागि एकदिन वीरवलले हरेक तरकारीहरु वैगुन कै बनाए । सवै प्रकारका खानेकुरासँग मिसाएपछि अकबरले पनि स्वाद लिएर खाएछन् । पछि त्यहि वैगुन खाएका कारण उनलाई पखाला पनि लागेछ ।
अकबरले वीरबलसँग भनेछन्–‘वैगुन खाएको यस्तो भयो ।’
वीरवलले उत्तर दिए–‘सरकार त्यसकारण यो वैगुन हो । यसको कुनै गुण नै छैन । यसले अप्ठेरोमा पार्छ ।’
###
नेपालको प्रख्यात ठाउँहरुमा वैगुन विक्रिमा राखिन्न । सहरहरुमा वैगुन आतंक मच्चिन थालेपछि वैगुन विक्रिका लागि सेन्सर नै गरिएको छ । सांकेतिक
रुपको यस्तो संकेतबारे केही मात्र जानकार छन् । पूर्वतिरको नामी सहरमा
वैगुनले आतंक मच्चाएको थियो, कुनैवेला । सुनेको कुरा हो– धरानस्थि वीपी
कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वैगुन खाएर भन्दा पनि प्रयो गरेर
विरामी हुनेहरु बढेपछि पूर्वका केही सहरहरुमा वैगुन विक्रिमा प्रतिवन्ध भयो
रे ।
-सामान्यतया भान्छामा काम गर्नेहरु पनि तरकारीकै गुणमा पनि वैगुनलाई मन
पराउँदैनन् । किरा चाँडो लाग्ने कारण, काट्न र पखाल्न समस्या हुने भएकाले
पनि भान्छेहरुले वैगुनको तुलनामा अर्को तरकारी बनाउन सहज ठान्छन् । तर,
नेपालका तराइमा यसका विभिन्न फरक परिकार बनाएर खाने चलन चाँही निक्कै
राम्रो छ । बनाउन जान्नेहरुका लागि राम्रो तरकारी बन्न सक्ला तर
बहुसंख्यकका तुलनामा यो उत्तम छैन । स्वास्थ्यका
रुपमा पनि चिकित्सकहरुले वैगुनलाई सहज ठान्दैनन् । उनीहरुले सवैकुरा खाने
सल्लाह दिन्छन् तर वैगुनको खाने सल्लाह कम दिन्छन् । खासगरी छालाका
रोगीहरुका लागि त यो विष सरह हुने बुझिएको छ ।
वैगुन चिलाउने रोगको
मुख्य कारण नै हो । त्यसो भए के वैगुनको उत्पादन नगर्ने ? नखाने ? यी
कुराहरु उठ्न सक्छन् । यदि यसका फाइदा भन्दा वेफाइदा ज्यादा छन् र
मान्छेलाई कानुनका नाममा कस्टडीसम्म पु¥याउँछ भने किन खाने भण्टा ? यो आतंक
मच्चाउने तरकारी हो भने किन गर्ने खेती ? बहस जारी छ ।
उत्तराखण्डमा वैगुन उत्पादन प्रतिवन्ध
भारतको
उत्तराखण्ड सरकारले त वैगुनको उत्पादन बन्द गराउनका लागि सरकारी आदेश नै
जारी गरेको थियो । द हिन्दुका अनुसार त्यहाँका विद्यार्थीदेखि सवैले
वैगुन उत्पादनविरुद्ध आन्दोलन नै गरेका थिए । त्यसको एउटा तस्वीर यहाँ पनि छ
।
भण्टाउत्पादन विरोधमा उत्तराखण्डका विद्यार्थी । तस्विर : द हिन्दु |
उत्तराखण्ड सरकारले त त्यहाँको वातावरणलाई मध्यनजर गरी वैगुन उत्पादनका
लागि व्याण्ड गर्ने निर्णय गरेको थियो । भारतका सात राज्यहरु यो बहसमा
उभिएका थिए । पश्चिम वंगाल, कर्नाटक, विहारसम्मले वैगुन उत्पादनमा व्याण्ड
गर्ने विषयमा बहस चलाएका नै हुन् । यसको कारण सम्पूर्ण वातावरणको संज्ञा
दिएका थिए । उडिसामा पनि यो उत्पादनमा प्रतिवन्ध नै छ । वैगुन अन्तर्राष्ट्रियुस्तरको बहसको विषय बनीरहेको छ । किन यसरी वैगुनले भारत र नेपालमा आतंक मच्चाइरहेको छ त ? विचारणीय छैन त ?
"""डि बिनोदले सोही बैगुनका बारेमा ब्लग लेखेका छन् । बैगुन नेपालको धरानमा पुरै प्रतिबन्ध रहेछ"""
ReplyDeleteशतप्रतिशत गलत