एक आमा दिनभर घाँस दाउरा मेलापात गर्छिन, दुःख जेलो सहन्छिन, घामपानी केही पनि भन्दिनन, सन्तानको सुखका लागि दिनरात मेहनत पनि गर्छिन । उनलाई सोधौ– आमा जिन्दगी भनेको के रहेछ ? आमाको सरल जवाफ आउने छ – ‘खै बाबु, मलाई त केही थाहा छैन्, काम गरेरै फुर्सद छैन, कसरी भन्न सक्छु र म ?’ तर, उनकै छोरा सिरक भित्रवाट टविट गर्छ– ‘जीवन संघर्ष हो ।’
पछिल्लो समयमा मुलुकमा भएका राजनीतिक घटना परिघटना बारेमा लेख लेख्ने, धारणा राख्ने र सुझाव दिने राजनीतिक बिश्लेषक दुःख गर्ने ‘आमा’ जस्तो होइन, टविट गर्ने ‘छोरा’ जस्ता हैसियतमा देखिए । राजनीतिक बिश्लेषकले गरेको प्रक्षेपण होस वा भविश्यवाणी सबै नमिले पनि केही हदमा मिल्न सक्ने त हुनु प¥यो तर केही नाम चलेका विश्लेषकहरुको लेख पढदा, अन्तवार्ता सुन्दा यस्तो लाग्छ– ‘यी कुनै विश्लेषक होइन, मात्र हावादारी बिद्धान हुन, यीनीहरु सत्यतामा रहेर सुचना र भविश्यवाणी कम र भ्रम चाँही बढी बाड्छन् ।’
यस्तो अनुभुती सर्बसाधारणमा हुनु स्वयं राजनीतिक विश्लेषक र मुलुकका लागि पनि दुर्भाग्य नै हो । किनकी, सर्वसाधारण बिश्लेषकहरुलाई निकै नियालेर मात्रै हेरिरहेका हुदैन, उनीहरुको विश्लेषण हेरेर धारणा पनि बनाई रहेका हुन्छन् ।

यो मुलकमा प्रक्षेपण गरिएका धेरैको राजनीति विश्लेषण किन फेल खाइरहेको छ ? किन एक पक्षीय मात्रै विश्लेषण आइरहेको छन, किन विश्लेषणमा आँशु र रोदन मात्रै झल्किन्छ ? किन पार्टी र संगठनको गन्ध आउँछ ? केही प्रश्नहरु अहिले मुलुकका सामु उब्जेका छन्, जसलाई तल समिक्षा गर्ने सानो कोशिश गरेको छु । र, त्यसकाकारणहरु खोज्ने प्रयास पनि गरेको छु ।
सुचना संकलनमा कमी:
कुनै पनि राजनीतिक घटनाको विश्लेषण गर्दा सुचना संकलन महत्वपुर्ण पाटो हो तर धेरै जसो विश्लेषण कोठा भित्र गरेर गरिएका हुन्छ, सुचना संकलन गर्ने र संवन्धित ब्यक्तिहरु सम्पर्कमा रहने कुनै काम हुदैन । न त कुनै संवन्धितहरुसँग उनीहरु सम्पर्कमा रहन्छन, न राजनीतिक ‘मेनिफेस्टो’लाई नै गहिरिएर अध्ययन नै गर्छन, न त तीनीहरु र तीनका घटनासँगको अपडेटमा रहन्छन ।
घटना एकातिर, विश्लेषण अर्कोतिर:
राजनीतिक घटनाक्रम सरल रेखामा होइन, बक्ररेखामा चल्छन, सर्कलमा पनि जान्छन । जति चाँडो राजनीति निर्णायक ठाउँमा पुग्न खोज्यो, उत्तरचढावको दर पनि उही स्पीडमा बढ्छ । तर, विश्लेषकहरु यो उत्तरचढावलाई ख्याल नै नगरी सरल रेखामा झै गरी विश्लेषण गरिदिन्छन् । जसका कारणले घटना चाँही एकातिर, विश्लेषण चाँही अर्कोतिर आईरहेको देखिन्छ ।
ब्यावहारिक हुने/नहुने ख्याल छैन:
कुनै पनि राजनीति देशको बस्तुगत धरातल, तत्कालिन शक्ति सन्तुलन, राष्ट्रिय÷अन्तराष्ट्र्रिय स्थीति र परस्थितिमा धेरै निर्भर रहन्छ । तर यहाँ ब्याबहारिक नै हुन नसक्ने ‘अति आदर्शवादी’ बिषयको वकालत गरेर बदलिदो आजको स्थीतिलाई पुरै नजरअन्दाज गरिदिन्छन् । जस्तो कि, २ सय ५० बर्ष अघि पृथ्वीनारायण साहले नाक काटेको (त्यो पनि हो कि होइन) हिसाव आजको सरकारले दिनुपर्छ र समाजवाद तथा साम्यवाद पनि यही सरकारले दिनु पर्छ भनेर दुवैको मनपरी वकालत गर्छन्, त्यो पनि हुनैपर्छ भन्ने तरिकाले ।
पार्टी कार्यकर्ता र चाकडीबाजको भीड
पत्रपत्रिका, अनलाइन, टेलिभिजनमा मात्रै होइन, फेसबुक र सामाजिक सञ्जालमा गरिने विश्लेषण देख्ने बितिक्कै सजिलो बुझन सकिन्छ कि यो फलानो पार्टीको लेखक÷विश्लेषक हो । तीनका विश्लेषण तीनका पार्टीले स्वभाविक मन पराउँछन, उसले सही नै लेखेको किन नहोस, अर्काे पार्टीकाले पटक्कै मन पराउँदैनन् । विश्लेषक कम र कार्यकर्ता झै चाकडीबाजमा उत्रने विश्लेषकहरु यहाँ बढी हावी छन् ।
अल्पमतको बढी वकालत:
मुख्यतः राजनीतिक विश्लेषकहरुमा ती बढी चलायमान छन, जो सद्यै जसो अल्पमतको बढी वकालत गर्छन् ।: अल्पमतमा परेको अन्याय उजागर गर्नु एउटा कुरा हो तर त्यसलाई सद्यै सद्यै बोकेर हिडनु असंगत कुरा हो । अल्पमतले गरेको हिंसा होस वा दुब्र्यब्यावहारलाई मान्यता दिदैँ ‘खुबै अन्यायमा राखेको थियो बल्ल ठिक्क गरेछ’ भनेर मान्यता दिने खालका बिश्लेषक नेपालमा हावी छन् । यो दुर्भाग्य हो ।
रिस र कुण्ठाले ग्रस्त :
मुलुकका राजनीतिक विश्लेषकमा रिस र कुण्ठा हावी भएको देखिन्छ । तपाई हाम्रा वरपरका केही अनुहारलाई नै याद गरौं, तीनीहरु कि त कतै बिक्न नसकेर वा कसैले नपत्याई दिएर वा कि कतै बिगार गरेर पुनः त्यहाँ ठाउँ नपाए पछि विश्लेषकका रुपमा गनिन खोज्छन् । तीनले सही र वस्तुपरक विश्लेषण कसरी गर्न सक्छन ? यसरी देखाई दिन्छौ भनेर प्रस्तुत भएकाहरुले गर्ने भनेको गाली मात्रै हो, विश्लेषण होइन ।
बैद्यानिकता संघर्षलाई हत्तोत्साही:

यसमा पछिल्लो मधेस आन्दोलनको सन्दर्भ यहाँ जोडौं । धेरै जसो मधेस आन्दोलनको विश्लेषण भावना, रोदन र क्रन्दनमा आधारित भएर आए । सत्य हो नै, राज्यको हरेक निकायमा मधेसी समुदाय अन्यायमा परेका छन, पहिचान स्थापित गराउने उनीहरुको प्रयास र आन्दोलन जारी छ । तर, संविधान जस्तो कानुनी बिषयमा रोएर होइन, बैद्यानिक रुपमा संघर्ष गर्नुपर्छ भन्नेतर्फ उनीहरुले जोड गरेनन् । बरु, संविधानसभा नै छाडेर नाकामा अबरोध गर्न जाऊँ भनेर गलत बाटो देखाउने काम नेपालको विश्लेषकहरुले गरिदिए ।
दोधारे तर्क:
यसमा पनि मधेस आन्दोलनको उदाहरण लिऊँ । धेरैले के लेखेको देखियो भने सरकार, मधेसका जायज माग पुरा गर, नाजायज चाँही नगर । तर, मधेसी मोर्चाले अघि सारेका ११ बुदेँ मध्य जायज माग के के हुन ? र नाजायज माग के के हुन ? त्यो चाँही कहिल्यै भनेनन् । जिब्रो चपाएर, दोधारे कुरा गरे तर सिद्या गरी तीनले कहिल्यै सत्यको वकालत गरेनन ।
एनजिओकर्मी हावी:
मुख्यतः एनजिओ र आइएनजिओ निश्चित उदेश्यका लागि खडा गरिएका हुन्छन, त्यो पनि निश्चित अवधीभरका लागि । त्यसमा आवद्धहरुले आफनो एनजिओ÷आइएनजिओको उदेश्यका लागि काम गर्छन, न की तपाई हाम्रा लागि । हाम्रा भावना र समस्यालाई टेकेर ती देश कम बनाउँछन र ‘खेती’ बढी गर्छन । हो, तीनैलाई हामी बिद्धान र बिश्लेषक भनेर उनका कुरामा हो मा हो मिलाउँछौं अनि बुझाईको समस्या यहीवाट सुरु हुन्छ ।
समिक्षा र जवाफदेहीबिहिन:
आफुले लेखेका लेख र प्रक्षेपण गरिएका बिश्लेषणहरुको न त समिक्षा गरिएको देखिन्छ न त त्यसको जवाफदेहीता नै उनीहरुले लिन्छन । ‘जताजता राजनीतिक हावा, उता उता कलम’ भन्ने नीति अनुसार बिश्लेषण ठोक्छन्, जसको कहीँ कतै जवाफ दिनु पर्ने ठान्दैनन् । अरुले आलोचना ग¥यो भने कि त लेख लेखेको दिनमा कुनामा पस्छन, कि त मुडे बल लगाएर असफल लडाईमा होमिन्छन् ।
आफनो विश्लेषण, आफैद्धारा खण्डन्:
आफुले लेखेको लेख, बर्षौसम्म पनि सही सावित होस भन्ने उनीहरुले ठानेको देखिदैन । जस्तो कि, दैनिक पत्रिकामा कार्यरत पत्रकारले दिनदिनै लेखेका समाचार जस्ता उनीहरुका लेख÷विश्लेषण देखिन्छन् । आज एउटा बिषयमा लेख्यो, भोली त्यही कुरा अर्को तरिकाले लेख्यो । कतिसम्म भने, अरु त परै जाओस, आफनो विश्लेषणको भोलीपल्ट आफैले खण्डन गरिसक्छन । त्यो पनि चाल पाउँदैनन, अरुले सम्झाई दिए पछि ‘आच्या’ भनेर जिब्रो टोक्छन् ।
आत्मरती बढी:
नेपालमा लेख लेख्ने, बिश्लेषण गर्ने आ–आफनै छुटाछुटै समुहहरु देखिन्छन् । फेसबुक र टविटरमा ती एक अर्काको सेयर गर्छन र अरुलाई पढाउँछन । याद गर्नुहोस, एउटा समुहले अर्को समुहको सेयर र रि–टविट कदापी गर्दैनन । आ–आफै पढेर आफै मख्ख पर्ने विश्लेषकहरु धेरै देखिन्छन् । जसको अन्य पक्षको सरोकारलाई ती रत्तिभर मान्दैनन् ।
राज्य बिरोधी दिमाग:
मुख्यतः राज्य बिरोधी बिश्लेषक मुलुकमा बढी नै हावी भएका छन् । राज्यले सद्यै गल्ति गर्दैन, राज्यले सही पनि गर्छ र राज्य बलियो बनायो भने मुलुक बलियो बन्छ भन्नेमा ती रत्तिभर विश्वास गर्दैनन । राज्यलाई गाली गरे पछि क्रान्तिकारी भईन्छ भन्ने रतन्धोले ती ग्रस्त छन । र त, राज्य बलियो बनाउनका लागि कुनै योगदान गर्दैनन् । मानौं, राज्यको समर्थन गर्नु भनेको प्रतिक्रान्तिकारी, दक्षिणपन्थी, यथास्थीतिवादी, पुरातनवादी हुनु हो भने झै गरी ब्यावहार गर्छन् । र, राज्यवाट भागेर कुनामा, अध्याँरामा बसेर आक्रमण गरेर बिरता प्रदर्शन गर्छन् ।
सबै बिषयमा ज्ञाता:
हरेकको आ–आफनो बिद्या र क्षेत्र हुन्छ, क्षमता हुन्छन । संसारमा कोही पनि मान्छे यस्तो छैन, जसले सबै कुरा जानेको होस् । तर, नेपालको बिश्लेषक राजनीति मात्रै होइन, फिल्ममा पनि लेखिदिन्छन । अन्तरिक्ष, अर्थ बिज्ञान, खेल, मेडिकल साइन्स देखी अन्तर्राष्ट्रिय राजनीतिमा पनि लेखि दिन्छन । मानौं, यीनले नजानेको कुरा केही पनि छैन आदी, आदी ।
नेपालका राजनीतिक विश्लेषकहरुका बारेमा लेख्नु पर्ने अझै धेरै कुरा पनि छन् तर सबै प्रसङ्गmलाई यहाँ समेटन सकिएन । बाँकी लेख्दै जाउँला, पाठकले मात्रै होइन, विश्लेषकहरुले पनि मनन गर्नुपर्ने कुरा हुन यी ।
यो कुनै मैले रिसर्च वा अनुसन्धान गरेर लेखेको होइन, केही प्रतिनिधि लेखक÷विश्लेषकका लेखहरुलाई अध्ययन गर्दा अनुभुत गरेका बिषय मात्रै हुन । यस्ता विश्लेषकले गरेका बिश्लेषणहरुले नेपालको हकमा सर्वसाधारणलाई ‘दिग्गभ्रमित बढी तथा ज्ञान र चेतना कम’ दिन थालेको देखिएपछि बाध्यताबस यो अनुभुति पेश गरेको हुँ । कोही कसैसँग मेल खान गएको भए संयोग मात्रै मानेको छु । धन्यवाद ।
No comments:
Post a Comment