म त्यति कविता बुझदिन, न लेख्छु नै । साहित्यका अन्य बिद्यामा कलम चलाएँ, पुरस्कार पनि जिते र कयौं प्रतिस्पर्धामा हारे पनि । कसम !!! कविता लेख्न भने कहिल्यै जानिएन, लेखिएन भने पनि हुन्छ ।
तर, कवितामा पनि शक्ति हुन्छ भन्ने कुरा चाँही पछिल्लो समयमा मनु मञ्जिलका कविता पढे पछि नमज्जासँग अनुभुत भयो । साँच्चै उनी, मुलुकका चर्चित कवि हुन्, कविता लेख्छन र दुनियाँलाई अचम्मित बनाउँछन र उनका कविता सुने पछि जो कोही पनि सोच्न बाध्य हुन्छ– ‘कविता पनि यति धेरै दमदार हुन्छ ।’

हुन त मनु मञ्जिलसँग मेरो ब्यक्तिगत चीनजान छैन, यद्धपी उनको र मेरो गाउँ भने एउटै हो– रौतहट, चन्द्रपुर । आजकाल उनी इटहरीतिर वस्छन, म काठमांडौंमा । आफना गाउँका मान्छेले देशमा ख्याती कमाएको देख्दा गर्व लाग्छ, कविताको सन्दर्भमा उनलाई म सलाम पनि गर्छु । आचार्य चाणक्यले भनेका छन, ‘जब सम्म तिमी दौडने साहस जुटाउँदैनौं, तबसम्म तिम्रो लागि जित असम्भव बनि रहन्छ ।’ यही भनाईसँग मेल खाने मनु मञ्जिलसँगका मेरा दुईवटा प्रंसङ्ग जोडिएका छन । असान्दर्भिक त होला तर उनले सफलता पाउनु अघि उनी कुन अवस्थामा थिए भन्ने चाँही बुझन केही हदमा सहयोग भने अवस्य हुन्छ भनेर यहाँ साना दुई घटनाहरु जोडने कोशिश गरेको छु ।
पहिला,
एउटा कविता प्रतियोगितामा उनीसँग मैले भाग लिएको थिए । संयोग नै भनु, त्यहाँ उनले हारे, मैले जिते । त्यो दिन रेडियो नेपालले मेरो नाउँ पनि भन्यो, साँझ ६ बजेको स्थानिय समाचारमा । चन्द्रनिगाहपुरस्थित सुर्योदय पुस्ताकालयले ‘महाकवी देवकोटा लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती’ मा बर्षै पिच्छे साहित्यिक कार्यक्रम आयोजना गर्दथ्यो, सम्भवतः २०५२–५३ सालको सो कार्यक्रममा मैले नि ‘नेपाल आमा’ भन्ने शिर्षकको कविता लिएर भाग लिएको थिए, त्यहाँ सान्तवना पुरस्कार नै पाएँ। मञ्जिलले नि भाग लिएका थिए, जितेनन् । साहित्यकार डा. घनश्याम न्यौपाने परिश्रमीवाट पुरस्कार ग्रहण गरे । तर, त्यो नै मेरो जीवनको पहिलो र अन्तिम कविता लेखनको रुपमा रहयो ।
दोस्रो,
मैले पढेको श्री दुर्गा मावी, चन्द्रनिगाहपुरमा अंग्रेजी शिक्षा पढाउने शिक्षकको खाँचो भयो, त्यसका लागि उनै मनु मञ्जिल ‘ट्रायल’ दिन आएका थिए तर उनी त्यहाँ छनौट हुन सकेनन् । त्यतिबेला सुनिएको थियो– हाम्लाई अंग्रेजी पढाउन सक्ने क्षमता उनको भएन् । यस्तै अलि अलि याद छ, गाँजासाँजा पनि खान्छन भन्ने कुराले पनि उनी छनौट हुन सकेनन् । पछि, उनको स्थानमा अर्कै सर आउनु भयो ।
तर, समयले अचम्म अचम्म बनाउँदै लग्योे, आज त्यो बेला कविता प्रतियोगितामा पराजित उनै मनु मञ्जिल आजको सर्कलमा नेपालको नम्बर १ कविका रुपमा उदाए भने अंग्रेजीको धुरन्धर बिद्धानको रुपमा पनि उनै कहलिए । मोफसलमा बसेर काठमाडौंलाई कवितावाट टाउकैमा प्रहार गर्न कसैले सक्छ भने त्यो मनु मञ्जिले मात्रै सक्ने रहेछन भन्ने मेरो बुझाई रहयो । कवितामा हारेका र अंग्रेजी पढाउन नसकेका भनिएका उनै मनु मञ्जिलका दुई कविताले मेरो मन छोयो ।

आजको प्रेम दिवसमा उनै मञ्जुलका कविता तपाईहरुका लागि सिफारिस गरेको छु, जुन कविता उनले लिट्रेचर फेस्टिवल, पोखरामा सुनाएका थिए । सो कविता सुनाउनु अघि उनले भने कि– ‘मैले मेरो दुश्मनलाई केही गर्न सकिन, अनि कविता लेखे ।
दुश्मन
मेरो एउटा दुश्मन छ
जो मलाइ फोहर जत्तिकै घृणा गर्छ
तर म उसलाई फुल जत्तिकै मन पराउँछु
उ मेरो अनुहारमा घाम नउदाउनु भन्छ
मेरो बगैंचामा बसन्त नआउनु भन्छ
मेरो घरका झ्याल ढोकाबाट हावा नपस्नु भन्छ
मेरो आँगनका फुलले नमगमगाउनु भन्छ
मेरा बालबचेराले उसले सुन्ने गरि नकराउनु भन्छ
उसलाइ दुख्ने गरि नरमाउनु भन्छ
उ आफ्नो घरको बार्दलिमा बस्छ
र, परबाट बाटो हिंड्ने जो कोहिलाइ
मनमनै मेरो घर नपस्नु भन्छ
कोसेलि वा उपहार बोकेका कोहि नपसुन भन्छ
मन्दिरबाट आशिर्बाद लिएर फर्केका बुढा बुढिलाइ
मेरो घर अघाडिको चौतारामा नबसुन भन्छ
उसलाइ मेरो घरमाथि चरा बसेको मन पर्दैन
जुन मेरो छानामाथि बसेको
मेरा खेतबारिमा भाग्य लहलह झुलेको
आँपका रुखमा आशाका फुलहरु फुलेको
कुलाका पानि मेरो गैर्हि खेतमा डुलेको
उसलाइ केहि मन पर्दैन
यो बर्षात किन मेरो घरको छानो भत्काउँदैन
पल्लो गाँउको खोलो किन मेरो घरको बाटो आँउदैन
आगो किन यसरि अँगेनामा चुपचाप छ
किन झिल्को जुनकिरि जस्तो माथि माथि उड्दैन
किन केहि जलाँउदैन ?
उ मेरो सपनामा मरुभुमि पसोस् भन्छ
मेरो घरमा आँधि आएर बसोस् भन्छ
राति चोर आएर भकारिमा घुसोस्
मेरा ओठबाट मुस्कान उडेर बालुवामा गइ खसोस् भन्छ
तर म उसलाई फुल जत्तिकै मन पराउँछु
यत्रो दुनियामा उ बाहेकको अरु
मेरो साथि, सगोत्रि
आफ्नो, अर्को
ठुलो, सानो
परिचित, अपरिचित
एउटै कतै कोहि छैन
जसले आफ्नै रहर र सपना भुलेर
घाम, पानि, फुल, जुन र चराहरु भुलेर
घर, धर्ति र आकास भुलेर
म बारे यति बिघ्न सोचोस्
मलाइ यति बिघ्न सम्झोस्
दुश्मन नहुनु भनेको त
आफु तिर हरदम फर्कि रह्ने
जिवनको एउटा पाटै नहुनु रहेछ
म उसलाई फुल जत्तिकै मन पराउँछु !
पहराको साँघुरो बाटो
पहराको साँघुरो बाटोमा
हजुरसित भेट भएथ्यो
सोचेको थिए,
हाम्रो भेट कुनै सहर तिर हुन्छ होला
सोचेको थिए,
हाम्रो भेट गाउँ तिर हुन्छ होला
मैले त चौतारो सोचेको थिए
कुनै देउराली सोचेको थिए
नभए सपनामा भेटुला
न भए सम्झनामा भेटुला
तर कहिल्यै नसोचेको
पहराको साँघुरो वाटोमा
हजुरसित भेट भएथ्यो
वाटो साँघुरो भएरै,
हजुरलाई छुन पाइयो
यसो पन्छिएर हजुरको यात्रालाई,
बाटो दिन पाइयो
बाटो साँघुरो भएरै
हजुरसँग एकक्षण सँगै उभिन पाइयो
हजुरलाई भेटने कत्रो रहर मेरो
पुरा गर्न पाइयो
जीवनमा चौडा सडक नै
जम्मै यात्रा होइन्
जीवनमा खुल्ला मैदान मात्रै
खुसीको परिभाषा होइन्
जस्तो कि,
पहराको साँघुरो बाटोमा
हजुरसित भेट भएथ्यो
अनेक फराक संसार गएँ,
जो कहिल्यै सम्भव भएन्!!
पहराको साँघुरो बाटोमा
हजुरसित भेट भएथ्यो
सोचेको थिए,
हाम्रो भेट कुनै सहर तिर हुन्छ होला
सोचेको थिए,
हाम्रो भेट गाउँ तिर हुन्छ होला
मैले त चौतारो सोचेको थिए
कुनै देउराली सोचेको थिए
नभए सपनामा भेटुला
न भए सम्झनामा भेटुला
तर कहिल्यै नसोचेको
पहराको साँघुरो वाटोमा
हजुरसित भेट भएथ्यो
वाटो साँघुरो भएरै,
हजुरलाई छुन पाइयो
यसो पन्छिएर हजुरको यात्रालाई,
बाटो दिन पाइयो
बाटो साँघुरो भएरै
हजुरसँग एकक्षण सँगै उभिन पाइयो
हजुरलाई भेटने कत्रो रहर मेरो
पुरा गर्न पाइयो
जीवनमा चौडा सडक नै
जम्मै यात्रा होइन्
जीवनमा खुल्ला मैदान मात्रै
खुसीको परिभाषा होइन्
जस्तो कि,
पहराको साँघुरो बाटोमा
हजुरसित भेट भएथ्यो
अनेक फराक संसार गएँ,
जो कहिल्यै सम्भव भएन्!!
No comments:
Post a Comment