एकीकृत नेकपा माओवादी पार्टी नै परित्याग गरी बाबुराम भट्टराई नयाँ शक्ति निमार्णतर्फ लागेका छन, त्यसका लागि आजकाल उनी पहाडका गाउँ गाउँ पुगिरहेका छन् । असोज ९ गतेवाट पार्टी परित्याग गर्नु भन्दा बढी संविधान घोषणा भएपछि जर्वजस्ती जनकपुर जानु जीवनकै ठुलो गल्ति भनिरहेका उनै भट्टराईले ‘समाजवादी’ पार्टी बनाउन खोजिरहेका छन । त्यसैले आजकाल उनी काठमाडौं कम र गाउँ केन्द्रित कार्यक्रममा बढी सक्रिय छन् । तर, उनी गाउँ गाउँ पुग्दै गर्दा भने उनकै पुरानो पार्टी एमाओवादीले भने उनको चर्को आलोचना गरिएको प्रतिवेदन पनि सँगसँगै गाउँ पु¥याएका छन् । प्रचण्डले गत केन्द्रित समितिमा पेश गरी पारित गरिएको उक्त प्रतिवेदनमा भट्टराईको चर्को आलोचना गरिएको छ, कतिसम्म भनिएको छ भने – ‘भट्टराईवाट अव माक्र्सवादलाई नै खतरा छ, त्यसको रक्षा एमाओवादीले नै गर्नुपर्छ ।’ आउनुहोस अध्यययन गरौ– बाबुरामबारे प्रचण्डले प्रतिवेदनमा लेखेका खास खास कुराहरु ।
संविधान–सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणाको लगत्तै पार्टीका वरिष्ठ नेता क.बाबुराम भट्टराईले अप्रत्यासित रुपमा पार्टी र व्यवस्थापिका संसदको सदस्यता परित्याग गर्नुभयो । नयाँ संविधानप्रति तराई–मधेशमा देखिएको असन्तुष्टि र विरोध एवम् भारतीय अघोषित नाकाबन्दीको संघारमा सदस्यता समेत परित्याग गरेर भट्टराईद्वारा पार्टी र नेपाली जनताको राष्ट्रिय भावनामा गम्भीर आघात पु¥याइएको छ । पार्टी पुनर्निर्माणका सन्दर्भमा उहाँको बर्हिगमन सम्पूर्ण सच्चा कम्युनिष्टहरुका निमित्त एउटा चुनौती हो । माक्र्सवाद–लेनिनवाद–माओवादको रक्षा, प्रयोग र विकास गर्दै नेपाली क्रान्तिलाई नयाँ उचाईमा उठाउन कम्युष्टि क्रान्तिकारीहरुका अगाडि यो चुनौतीलाई स्वीकार गर्नुको अर्को विकल्प छैन ।

### ### ###
आज नेपालमा एक पटक फेरि माक्र्सवादको औचित्य समाप्त भएको घोषणा बाबुराम भट्टराई जस्ता ‘‘विद्वान’’ का मुखबाट गराउन पुँजीवाद र साम्राज्यवादले ‘‘सफलता’’ प्राप्त गरेको छ । यस सन्दर्भमा नेपालका सम्पूर्ण सच्चा कम्युनिष्टहरुका अगाडि इतिहासमा संसारभरीका सच्चा क्रान्तिकारीहरुले झैं माक्र्सवाद–लेनिनवाद–माओवादको वैज्ञानिकताको रक्षा, प्रायोग र विकासका निमित्त कठोर संघर्षद्वारा आफ्नो गौरवपूर्ण जिम्मेवारी पूरा गर्ने अवसर र चुनौती खडा भएको छ ।
क्रान्तिको विकासका प्रत्येक जटील मोडहरुमा पूँजीवाद र साम्राज्यवादद्वारा नियोजित वा स्वार्थवस मजदूर आन्दोलनमा घुसेका आफ्ना प्रतिनिधिमार्फत् माक्र्सवाद र श्रमजीवी वर्गमाथि भयानक विश्वासघातका अनगिन्ति नाटकहरु मञ्चन गरिंदै आएका छन् । आज त्यही षड्यन्त्र र नाटकको पछिल्लो कडिका रुपमा साम्राज्यवादको नव–उदारवादमा समाजवादको अंश मिलाएर नयाँ शक्तिका नाममा बुर्जुवाहरुको खियालागेको पूरानो हतियारको विज्ञापन गरिँदै छ । क्रान्ति र बलिदानका श्रृङ्खलाद्वारा आफ्नो वर्ग–हीत र माक्र्सवाद–लेनिनवाद–माओवादको निर्देशनको महत्वबारे सचेत बनेको नेपाली श्रमजीवी जन–समुदाय, कदापि बुर्जवा वर्गको विज्ञापनबाट भ्रमित हुनेछैन, अपितू वर्ग संघर्ष र विधारधारात्मक संघर्षका बीचबाट माक्र्सवाद–लेनिनवाद–माओवादको विकास गर्दै समाजवाद र साम्यवादको महान् आदर्शतिर निरन्तर अगाडि बढिरहने छ ।
नेपाली क्रान्तिको वर्तमान विशिष्ट सन्दर्भमा हाम्रो पार्टी एकीकृत ने.क.पा.(माओवादी) एकपटक पुनः सामाजिक क्रान्तिको विज्ञापनका रुपमा माक्र्सवाद–लेनिनवाद–माओवादका सार्वभौम सिद्धान्तहरुको रक्षा, प्रयोग र विकासका निमित्त संघर्ष गरिरहने आफ्ना अविचल प्रतिवद्धता जाहेर गर्दछ । सामाजिक क्रान्तिका वैज्ञानिक सिद्धान्तमाथि दक्षिणपन्थी विसर्जनवादबाट भइरहेको हमलाका विरुद्ध प्रमुखरुपमा संघर्षरत रहने आवश्यकतामा जोड दिँदै पार्टी विज्ञानको विकासलाई बन्ध्याकरण गर्ने जडसूत्रवाद र अकमन्यतावादका विरुद्ध पनि यथोचित संघर्ष गर्दै माक्र्सवाद–लेनिनवाद–माओवादलाई निर्देशक सिद्धान्तका रुपमा अंगिकार गरिरहने प्रण गर्दछ । माक्र्सवाद, क्रान्ति र साम्यवादी आदर्शका विरुद्ध भइरहेका बुर्जवावर्गका दक्षिणपन्थी विसर्जनवादी हमलाको प्रतिवाद र भण्डाफोर अन्तसम्म गरिरहने आफ्नो प्रतिज्ञा पनि यस सन्दर्भमा पार्टी विशेष रुपले व्यक्त गर्दछ ।

बाबुराम भट्टराईको पार्टी परित्याग बारे:
लामो समयदेखि वैचारिक संघर्ष र एकताको प्रक्रिया हुँदै पार्टीको वरिष्ठ नेता एवम् पार्टीका तर्फबाट निर्वाचित सभासद् र प्रधानमन्त्री समेत बन्नु भएका बाबुराम भट्टराईको अनपेक्षित र आकस्मिक पार्टी परित्यागले स्वभावतः पार्टी भित्र र बाहिर समेत गम्भीर वैचारिक, राजनैतिक एवम् नैतिक प्रश्नहरुलाई जन्म दिएको छ । कुन विचारधारात्मक राजनीतिक र नैतिक मान्यताबाट पे्ररित भएर बाबुराम भट्टराईले आफ्नो झण्डै तीन दशक लामो पार्टीसँग एकलौटी सम्बन्ध विच्छेदको घोषणा गर्नुभयो ? के यो एमाओवादी पार्टीसँगको मात्र सम्बन्ध विच्छेद हो वा माक्र्सवाद र कम्युनिष्ट आन्दोलनकै परित्याग हो । प्रश्न निश्चिय नै नीकै गम्भीर रहेका छन् ।
तराई–मधेशमा देखिएको जनताको असन्तुष्टी र विरोध एवम् भारतको अघोषित नाकाबन्दीको पेचिलो राजनैतिक परिस्थितिको दबाबमा कुनै आवेगमा आएर वहाँले कतै यो फैसला गरेको त होइन ? यदि त्यसो हो भने विना कुनै पूर्वाग्रह र उत्तेजना बाबुरामजीलाई गल्ती सच्याउने अवसरका रुपमा शंकाको लाभ दिनु उचित हुन्छ भनेर नै केन्द्रीय समितिद्वारा पार्टी परित्यागको वहाँको निर्णय राष्ट्रको हीतमा छैन, पार्टी आन्दोलन र नेपाली जनताका हीतमा छैन र स्वयम् वहाँको हीतमा पनि नभएको निष्कर्ष सहित आफ्नो व्यक्तिगत निर्णयमा पुनर्विचार गरी पार्टीमा फर्कन आग्रह गरियो । यसो गुर्नका पछाडिको कारण यी पनि थियो कि वहाँले पार्टी परित्याग गर्नु ठीक पहिले वहाँ समेत रहेको केन्द्रीय पदाधिकारीको एकमतको निर्णयद्वारा केन्द्रीय समितिको वैठक बोलाइनु, अघिल्लो दिन आश्विन ८ गते मात्र पार्टी अध्यक्षसँग झण्डै दुई घण्टा छलफल गरी १० गतेको केन्द्रीय समितिको संक्षिप्त बैठक पश्चात ११ र १२ गते दुई दिन पार्टी केन्द्रका केही प्रमुख नेताहरु बसेर गम्भीर र बिहंगम अन्र्तक्रिया गरी पार्टी पुनर्निर्माणको अभियान चलाउने सहमति हुनु, संविधान निर्माणको विषय तथा पार्टी केन्द्रमा प्रस्तुत २५ बुँदे प्रस्तावमा समेत वहाँको कुनै सहमति नहुनु आदि थिए । पार्टी, आन्दोलन र संविधान निर्माणमा समेत वहाँको योगदानका पृष्ठभूमिमा वहाँलाई आफ्नो व्यक्तिगत निर्णयमा पुनर्विचार गरी पार्टीमा फर्कन आग्रह गर्नु केन्द्रीय समितिको विल्कुल सही र परिपक्व निर्णय थियो ।
बाबुरामको भातृसंस्थाको एउटा ब्यानर, सम्भवतः उनको पार्टीको नाममा "समाजवादी झुन्डिन्छ । |
यसबाट कुन कुरा स्पष्ट हुन गएको छ भने बाबुराम भट्टराईको पार्टी परित्यागको निर्णय कुनै आवेगमा आएर भूलबस गरिएको निर्णय होइन, बरु नियोजित रुपमा चालिएको कदम हो, जसबाट यो निर्णयका पछाडिको गम्भीरतालाई स्पष्ट हुन्छ । त्यसमाथि नयाँ संविधानप्रति भारतको असन्तुष्टि र नेपालमाथि लगाइएको अघोषित नाकाबन्दीकै समय छानेर पार्टी परित्यागको घोषणा गर्नुले प्रश्न अझ गम्भीर बन्न गएको छ ।
कथित नयाँ शक्तिको चर्चा बाबुराम भट्टराईबाट संविधान–सभाको दोस्रो निर्वाचन पछि विशेष रुपले उठाउन थालिएको हो । पँुजीवादी नव–उदारवाद र माक्र्सवाद दुवैका ‘‘राम्रा’’ कुरा मिलाएर नयाँ शक्तिको वैचारिक आधार तयार पार्ने जमर्को वहाँले गर्दै आउनु भएको थियो । पुँजीवाद र समाजवादलाई मिलाउने भन्ने कुरा विश्व इतिहासमा सबैभन्दा बदनाम माक्र्सवाद विरोधी धारा हो र कुनै पनि सच्चा कम्युनिष्टले यस प्रकारको अवैज्ञानिक र अवसरवादी धारालाई समर्थन गर्न मिल्दैन र सक्दैन भनेर केन्द्रीय कार्यालयमा यस विषयमा पटक–पटक वहाँसँग छलफल पनि हुँदै आएको थियो । छलफलका क्रममा वहाँले कहिले पनि ‘‘नयाँ शक्तिबारे’’ आफ्नो धारणा खुल्ला, सिधा र स्पष्ट राख्नु भएन । बरु यही पार्टीलाई नयाँ रुपान्तरण गरेर नै नयाँ शक्ति बनाउने भनेको हो भन्दै औपचारिक बैठकहरुमा नीकै अस्पष्ट र औपचारिक जवाफ दिएर तर्कन खोज्नु हुन्थ्यो ।
आज तथ्यहरुले के सावित गरेका छन् भने वहाँले भन्ने गरेको नयाँ शक्तिको वैचारिक आधार माक्र्सवाद होइन बरु सामाजिक लोकतन्त्र ९क्यअष्ब िम्झयअचबअथ० का रुपमा पुँजीवादी सुधारवाद हो । सर्वहारा विश्व दृष्टिकोणका ठाउँमा पुँजीवादी विश्व दृष्टिकोण अबलम्वन गर्नु त्यसको मूल तत्व हो ।
विधि, पद्धति र नैतिकताका दृष्टिले पुँजीवादको विशेषता चरम व्यक्तिवाद र अराजकतावाद हो । बाबुराम भट्टराईले पार्टी परित्यागका सन्दर्भमा ठीक त्यही विधि, पद्धति र नैतिकताको प्रदर्शन गर्नु भएको छ । इतिहासको निर्माता र प्रेरक शक्ति जनता र सामुहिकतालाई होइन व्यक्ति वा कुनै महापुरुषलाई ठान्नु पुँजीवादको चरित्र हो । पार्टी र आफ्ना सबै सहयोद्धाहरुलाई छलेर कसैको सल्लाह विना एकलौटी र व्यक्तिगत रुपमा पार्टी छोड्नु, पार्टी कमरेडहरुलाई छाडेर मक्र्सवाद विरोधीहरुसँग सहकार्यमा रमाउनु, आफुलाई मत दिएर संविधानसभा र व्यवस्थापिका संसदमा विजयी गराउने जनतालाई पत्तो समेत नदिई संसद छोड्नु जस्ता क्रियाकलापले बाबुराम भट्टराईमा रहेको चरम अराजकतावादी व्यक्तिवादलाई छर्लङ्ग पारेका छन् ।
तथ्यहरुले आज यो पनि स्पष्ट गरिरहेका छन् कि वहाँको मिसन नयाँ शक्तिका नाममा माओवादी शक्तिलाई क्षत–विक्षत पार्न प्रतिक्रियावादीहरुलाई सहयोग पु¥याउनु हुन गएको छ । देश भित्र र बाहिरका प्रतिक्रियावादी शक्तिहरुले चाहेका जस्तै माओवादी पार्टी र यसको नेतृत्वका विरुद्ध ‘‘रातो स्टीकर’’ र ‘‘अख्तियार’’ सम्मका कुरा उठाउनुले वहाँको त्यो मिसनलाई नै संकेत गर्दछ । वस्तुतः बाबुराम भट्टराईको पार्टी परित्याग, माक्र्सवाद, कम्युनिष्ट आन्दोलन, जनयुद्ध र त्यसका महान् सहिद, वेपत्ता योद्धा र श्रमजीवी जनतालाई परित्याग गर्नु तथा प्रतिक्रियावाद र अवसरवादसँग नयाँ सम्बन्ध कायम गर्नु बन्न गएको छ ।
उपरोक्त सन्दर्भमा बाबुराम भट्टराईमा विकसित भएको वैचारिक, राजनैतिक र साँस्कृतिक विचलनको सैद्धान्तिक खण्डन, आलोचना र भण्डाफोर गर्दै आफ्नो पंक्ति र आम श्रमजीवी जन–समुदायलाई प्रशिक्षित गर्नु पार्टीको नीति हुनेछ । सैद्धान्तिक विरोधका सन्दर्भमा व्यक्तिगत गालीगलैज, लान्छना र चरित्र हत्या गर्ने जस्ता पुँजीवादी र निम्न पूँजीवादी शैलीलाई पार्टीले कदापी अपनाउने छैन र आफ्ना कुनै सदस्य र समर्थकलाई त्यस प्रकारको तरिका नअपनाउन निर्देशित गर्दछ ।
#### ########### ##################
बाबुराम भट्टराईबारे प्रचण्डले लेखेको टिप्पणीसहितको यो राजनीतिक प्रतिवेदन अहिले माओवादीले गाउँ गाउँ तहसम्म पु¥याएको छ तर भट्टराईले यो प्रतिवेदनमाथी कुनै टिप्पणी गरेका छैनन जबकी उनी फेसबुक स्टाटस, टविटमा समेत खण्डन गर्नसमेत पछि नपर्ने नेताका रुपमा सामाजिक सञ्जालका दुनियाँमा परिचित छन् ।
No comments:
Post a Comment