बाबुराम भट्टराई पछिल्लो समयमा बढी ‘न्युज मेकर’ र न्युन रुपमा ‘कन्ट्री मेकर’ को भुमिकामा देखिएका छन् । हठठी स्वाभावको र सानो तिनो कुरामा पनि तरंगित भई हाल्ने उनको स्वाभावले देश र उनी स्वयंंलाई पनि घाटा भएको छ, त्यो अहिले यहाँ लेख्नु भन्दा इतिहासले त्यसलाई खोजनीति गर्ला । पछिल्लो समयमा नयाँ शक्तिवाला र पुराना शक्तिवाला अर्थात एमाओवादीका नेताहरु बिच बोलिचालीमा तमसा देख्न पाइरहेको छ । एकले अर्कालाई हदसम्म गिरेर आरोप लगाउने र त्यसको प्रतिवाद गर्ने काम पनि भइरहेको देखिन्छ । जो दुनियाँका लागि त रमाइलो नै होला तर दुवै पक्षलाई भने यो राम्रो छैन । गाली गरेर कसैको नि उचाई बढदैन तर दुवै पक्ष यही काम गरिरहेका छन् । मिडिया, सर्वसाधरण, देशवासी र बिदेशमा रहेका पनि तमासे भएर नयाँ शक्ति र एमाओवादी बिचको फोकटको लडाई सुन्न नचाहाँदा पनि सुन्न बाध्य छन् । प्रचण्डले बाबुराम भट्टराईका बारेमा लिखित र मौखिक रुपमा प्रतिक्रिया दिए लगत्तै भट्टराईले दुई हात उफ्रेर त्यसको जवाफ फर्काएका छन् ।
सुनियोजित दुष्प्रचारको प्रतिवाद
हामीले नयाँ शक्ति निर्माण अभियानको क्रममा अरुवारे नकारात्मक टीकाटिप्पणी गरेर समय खर्चनु सट्टा आफ्ना सकारात्मक सोच, योजना र कार्यक्रम जनसमक्ष सम्प्रेषण गर्न जोड दिने संकल्प गरेका छौं र त्यसमा हामी दृढ रहन चाहन्छौं।
तर केही मान्छेहरूले र खाशगरी हिजो संगै काम गरेका एकजना स्थापित नेताले निरन्तर रूपमा हाम्रा विरुद्ध गोप्य र खुला दुष्प्रचार र चरित्रहत्या अभियान चलाइरहेका छन्। हिट्लरको प्रचारमन्त्री ग्वेवल्सले 'झुटो कुरा सय चोटि दोहोर्याए पछि साँचो लाग्न थाल्छ' भने झैं र संस्कृत नीतिशास्त्रमा 'मौनम् सम्मति लक्षणम्' भने झैं चूप लागेर बस्दा आम जनसमुदायमा भ्रम पर्ने खतरा हुन्छ। त्यसैले कसैमाथि नाजायज आक्रमण गर्न हैन आफ्नो जायज प्रतिरक्षा गर्न हामीले अहिले केही बोल्नै पर्ने भएको छ।
बाहिर 'माओवाद' को नाउँ जमेर भित्र 'खाओवाद' को भद्दा अभ्यास गर्दै नेपाली कम्युनिष्ट आन्दोलनलाई पतनको दिशामा डोर्याउन अग्रणी भूमिका खेल्ने ती महानुभावलाई हाम्रा केही प्रतिप्रश्न छन्:
१. २६ बर्षदेखि लगातार पार्टी प्रमुख भएर अहिले पार्टी र आन्दोलनलाई यो दुरावस्थामा पुर्याउनमा मुख्य भूमिका तपाईंको हुन्छ कि सहायक स्थानमा रहेका वैद्य र बाबुरामको हुन्छ?
२. द्वन्दात्मक भैतिकवाद अनुसार कुनै वस्तु/घटना/व्यक्तिको विकास र विनासको मुख्य कारण आन्तरिक हुन्छ, वाह्य पक्ष सहायक मात्रै हुन्छ भन्ने कुरालाई तपाईं मान्नुहुन्छ कि हुन्न? यदि मान्नुहुन्छ भने तपाईंलाई मन नपर्ने सबै कुरा 'वाह्य शक्ति' कै कारणले हो भन्ने दुराशयपूर्ण रटान वारम्वार किन लगाउनुहुन्छ? त्यो कुन सिद्धान्त र मान्यताभित्र पर्छ?
३. हालैको 'कान्तिपुर' को अन्तर्वार्तामा 'थिंग्स आर् नट ह्वाट दे सिम' भन्दै नयाँ शक्ति अभियन्ताहरुलाई 'वाह्य शक्ति' संग जोडेर हिलो छ्याप्ने दुस्साहस गर्नु भन्दा पहिले तपाईंले आफ्ना 'विदेशी प्रभु' हरुसंगको सम्बन्धलाई खुला र पारदर्शी बनाउने आँट गर्नु पर्दैनथ्यो? तपाईंका पटकपटकका सिंगापुर, बैंकक, लण्डन भ्रमणहरू केकानिम्ति थिए र को कोसंग के के भएको थियो भन्ने जानकारी तपाईं जस्तो 'देशभक्त'ले सोझा नेपाली जनतालाई गराउनु पर्दैन?समकालीन नेपालका कुनै पनि पार्टीका शीर्ष नेताहरूमध्ये विदेशी दूत र एजेन्सीहरूसंग सबभन्दा बढी उठवस र लेनदेन गर्ने व्यक्ति तपाईं नै हो भन्ने कुरालाई अरुसंग आँखा जुधाएर खण्डन गर्न सक्नुहुन्छ? संविधान जारी गर्ने पूर्वसन्ध्यामा आफैले विन्तिपत्र हालेर दिल्ली भ्रमण गर्नुको रहस्य के थियो र कुरो कहाँ रड्केर देश र जनताले यो कष्ट व्यहोर्नु परिरहेको हो भन्ने प्रश्नको चित्त बुझ्दो जवाफ नदिई कुरो चपाएर उम्कन पाइन्छ?
४. गत भदौमा २ दिन पर्खेर आन्दोलनकारीहरूको चित्त बुझाएर संविधान जारी गरेको भए कुन आकाश खस्थ्यो वा कुन विदेशीले के वहानामा नाकावन्दी गर्न सक्थ्यो? आफ्नो स्वार्थमा धक्का लागे विदेशीको हौवा खडा गर्ने तर आफ्नो स्वार्थ सिद्धि गर्न चाहिं विदेशी सामु लम्पसार पर्ने यो कस्तो राष्ट्रवाद हो?अहिले पनि तपाइँ पुन: प्रधानमन्त्री बन्न शक्तिकेन्द्र गुहार्दै हुनुहुन्छ र ओली सरकारबाट दूध आउन्जेल चुस्ने र आउन छोडेपछि छाड्ने दाउमा हुनुहुन्छ भन्ने कसैलाई थाहा छैन भन्ने ठान्नुहुन्छ?
५. 'लिनप्याओवादी' र 'आलोकप्रवृत्ति' को सधैं पार्टीभित्र शिकार हुँदै आएको व्यक्तिलाई अहिले तपाईंले उल्टै 'लिनप्याओवादी' भन्ने धृष्ठता गर्नु 'कागले आफ्नो नाम आफै काड्छ' भनेजस्तो भएन र? आखिर 'आलोकप्रवृत्ति'को पुनरावृत्ति तपाईंकै वैठक कोठा भित्रबाट मात्रै पटक पटक भैरहनुलाई संसारले कसरी बुझ्ने होला?
६. अहिले संविधान बनेको जश बोकेर सत्ताको भर्यांग चढ्ने दाउमा तपाईं हुनुहुन्छ भन्ने कसलाई थाहा छैन र? तर त्यसक्रममा संविधानसभा र संविधानका वास्तविक अभियन्तालाई संविधानविरोधी भनेर मिथ्या प्रचार गर्नुभन्दा पहिले २०६७ सालको चर्चित पालुंगटार बैठकमा विद्रोहको लाइन लिने वैद्यसंग 'एकता' प्रधान र शान्ति तथा संविधानको लाइन लिने बाबुरामसंग 'संघर्ष' प्रधान भन्नु तपाईंको गल्ती रहेछ भनेर स्वीकार गर्नु पर्छ कि पर्दैन? अन्यथा 'जता काफल पाक्यो उतै चरी नाच्यो' भन्ने उखान तपाईंमा किन लागू नहुने?
७. त्यत्रो त्याग र वलिदानको जगमा निर्मित माओवादी आन्दोलन पछिल्लो चरणमा तपाईंकै नेतृत्वमा चरम सत्तालिप्सा र भ्रष्टाचारको दलदलमा निस्कनै नसक्ने गरी फसेको यथार्थ हो कि हैन? हैन भने अझै पनि बोगटी आयोग र शेरचन आयोगको प्रतिवेदन सार्वजनिक गर्ने आँट छ? तपाईं प्र म बन्नकोनिम्ति सांसद खरिद गर्न विदेशीसंग पचासौं करोड मागेको टेप सार्वजनिक भएको कुराको अहिलेसम्म किन कुनै चित्तबुझ्दो खण्डन भएको छैन? चर्चामा आएका दूर संचार घोटाला, लडाकु शिविर घोटाला आदि कैयन् भ्रष्टाचार प्रकरणवारे आम कार्यकर्ता र जनतालाई सुसूचित हुने अधिकार छ कि छैन? कि 'माओवाद' को रामनामी जपे पछि सबै खत माफ हुन्छ?
८. विचार-प्रवृत्तिगत 'प्रेम' सत्ताका खेलाडी के पी ओलीसंग तर पुराना कार्यकर्ता भुलाउन 'विवाह' को प्रस्ताव चाहिं विचरा वैद्यसंग गर्ने पर्वृत्तिलाई के भन्ने होला? मार्क्सवाद-लेनिनवाद-माओवादको खोल ओढेर पुरानै सत्ता, शक्ति र सम्पत्तिको घिनलाग्दो खेल खेल्ने यो प्रवृत्तिलाई 'जडसूत्रिय-अवसरवाद' ( dogmato-opportunism) नभने के भन्ने? वर्तमान नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवृत्ति यही हो कि?
९. त्यसैले तपाईं आफु शिशाको घरमा बसेर अरुको परालको झोपडीमा ढुंगा नहान्नु नै वेश हुन्छ कि? 'नयाँ शक्ति अभियान' यो फोहरको दलदलमा फसेको समकालीन राजनीति भन्दा माथि उठेर नयाँ उन्नत सोच र जनमुखी तथा पारदर्शी आचरण सहितको वैकल्पिक राजनीतिक धार सिर्जना गर्ने सचेतन पहल हो भनेर बुझ्नुपर्ला कि?
२०७२-९-१४
प्रचण्डको राजनीतिक प्रस्ताववारे प्रारम्भिक टिप्पणी:
१. यो परम्परावादी चिन्तन र शैलीको निरन्तरतामा छ, यसमा कुनै गुणात्मक नयाँ सोंच र वस्तुपरक नयाँ प्रस्ताव/योजना छैन।पुरानै शब्दजाल छ, उही 'अष्टपदी निबन्ध'को शैली छ।'क्यान्सर' लागेको र 'शल्यक्रिया' गर्नुपर्ने भनिएको छ तर फेरि पनि उही 'झारफूक' कै प्रेस्क्रिप्सन( सिफारिस) गरिएको छ। सामान्य मात्रात्मक सुधार छ, कुनै क्रमभंग र अग्रगामी छलांग छैन। सारमा दस्तावेजको मूल चरित्र जडसूत्रीय-संशोधनवाद(अर्थात् मुखले क्रान्तिकारी तर व्यवहारमा यथास्थितिवादी) र सारसंग्रहवाद (eclecticism) छ।
२. आजको विश्व राजनीति र नेपालको ठोस ऐतिहासिक चरणको मुख्य समस्या विचारको विकास नै हो। एक्काइसौं शताब्दीको शुरुका दशकसम्म आइपुग्दा व्यक्तिको निजी गुण र स्वार्थलाई प्रधानता दिने उदारवाद/नवउदारवाद र मानिसको सामुहिकतालाई प्रधानता दिने शास्त्रीय मार्क्सवाद ( साथै दुवैलाई छासमिस पार्ने सारसंग्रहवाद) मा आधारित राज्यप्रणाली, पार्टी, अर्थतन्त्र, संस्कृति आदि सबै गम्भीर संकटमा छन्। भर्खरै सामन्ती युगबाट पुँजीवादी युगमा प्रवेश गरेको तर उत्पादक शक्तिको विकास(अर्थात आर्थिक विकासको स्तर) संसारकै सबभन्दा पिंधमा रहेको नेपालका आफ्नै थप विशिष्ठता र जटीलता छन्।
यो स्थितिमा समय र परिस्थिति अनुकुल विचार/विज्ञानको विकास नगरी र त्यही अनुरुप कार्यदिशा/कार्यक्रम, संगठनात्मक सिद्धान्त/पद्धति/शैली/आचरणको विकास नगरी उही पुरानै शब्दजाल र मन्त्रोच्चारणमा बँधिएर र केही शृंगारात्मक 'विधि' थपथाप गरेर कहीं पनि पुगिन्न।विचार र संगठन पुरानो तर विधि नयाँले केही हुन्न र त्यो कार्यान्वयन पनि हुन्न।त्यसैले प्रचण्डको यो प्रस्ताव जर्जर भैसकेको घरलाई केही समय काठको टेको लगाएर थम्याउने मिथ्या प्रयास मात्रै हो।
३. नयाँ शक्ति र बाबुरामवारे प्रचण्डले गरेको टिप्पणीमा पनि कुनै सिर्जनशीलता र मौलिकता छैन। आफु भन्दा फरक विचार राख्नेहरुलाई मुख्यत: स्टालिनको पालादेखि 'बाह्य शक्ति' संग जोडेर चरित्र-हत्या मात्र हैन भ्याएपुगेसम्म भौतिक सफाया गर्नेसम्मको दु:खद विरासदबाट प्रचण्ड यति छिटै मुक्त हुने आशा गर्नु शायद आदर्शवादी परिकल्पना मात्रै हुन्छ! स्टालिनको पालामा कम्युनिष्ट पार्टीका दुइतिहाइ( अर्थात ९८ जना) पोलिटब्यूरो र केन्द्रीय सदस्यलाई 'जर्मन एजेन्ट' को काल्पनिक आरोप लगाएर मारिएको कलंकपूर्ण इतिहासको भूतले कम्युनिष्टहरूलाई कहिलेसम्म लखेटिरहने हो भविष्यले नै बताउनेछ।
नयाँ शक्ति अर्थात वैकल्पिक राजनीतिक अभियान विगतबाट पाठ सिकेर जगैदेखि अहिलेको विश्वपरिस्थिति र नेपालको ठोस विशेषता अनुकुल नयाँ विचार, नयाँ कार्यदिशा, नयां ँ संगठन, नयाँ नेतृत्व, नयाँ शैली/आचरण र नयाँ संस्कृति निर्माण गर्ने मौलिक प्रयत्न हो। नयाँ चीजको खोजी एउटा कठीन कार्य हो र त्यसले शुरुमा परम्परावादी र यथास्थितिवादी सोच र संस्कारमा हुर्किएकाहरूबाट भीषण आक्रमण र प्रतिरोधको सामना गर्दै अघि बढ्नुपर्छ भन्ने नयाँ शक्ति अभियन्ताहरुलाई राम्ररी थाहा छ।त्यसैले हामी कसैप्रति पनि अहिले कुनै आग्रह राख्दैनौं। बरू जोजसले हामीबारे चासो राखेर टिकाटिप्पणी गर्ने र वहसलाई अघि बढाउने काम गर्नुभएको छ वहाँहरुप्रति आभारी छौं!
जाँदाजाँदै अन्त्यमा, मैले एमाओवादी परित्यागको घोषणा गरेको अघिल्लो दिन असोज ८ गते प्रचण्डसंगको भेटमा मैले सबै माओवादी समूहहरू विघटन गरेर नयाँ शक्ति निर्माण गरौं भनेर राखेको प्रस्तावलाई वहाँले ठाडै अस्वीकार गरेको कुरा पनि अहिले चलिरहेको वहाँको केन्द्रीय समितिको वैठकमा सुनाइदिए म लगायतका साथीहरूले चालेको कदमको मर्म र वास्तविकता बुझ्न सबैलाई मदत पुग्थ्यो कि?

No comments:
Post a Comment