Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Sunday, July 5, 2015

उपराष्ट्रपति झाले ७ बर्षमा पाएका दुःखका बेलिविस्तार, उफ !!

उप–राष्ट्रपति परमानन्द झाले आफुले सम्हाल्दै आएको पदलाई मुलुक कै ‘काम नलाग्ने पद’को संज्ञा दिए पछि सभा हलमा एकछिन हाँसो गुन्जियो ।
उनले भने, ‘यो फोरम मेरा लागि सा¥है उपयुक्त छ, आज म आफनो मनका कुरा राख्छु’ भन्दै सुरु गरेका उप राष्ट्रपति झाले कुनै पनि मधेसी नेतालाई सो पदमा नजान सुझाउ दिन पनि मौका चुकाएनन् ।
मधेसी पत्रकार संघको दोस्रो बार्षिकोत्सवको अवसरमा आयोजना गरिएका कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका झाले सो पदमा ७–७ बर्ष रहदाँ पाएको झन्झट र झमेलाका बारेमा बेली विस्तार सुनाउन भ्याए ।
‘उपराष्ट्रपतिको पद, यो मुलुकमा काम नलाग्ने पद हो, लाख÷दुई लाख रुपैया सहुलियतका रुपमा सरकारले त दिन्छ तर काम गर्ने ब्यक्तिलाई भने यो पद काम छैन’ झाले आफनो अनुभव सुनाउँदै अगाडी भने, ‘यदी तपाई राजनीतिक जीवनवाट आउनु भएको छ भने उपराष्ट्रपति पदमा गए पछि तपाईको जीवन निष्क्रिय भएर जानेछ ।’
कांग्रेसलाई राष्ट्रपति, एमालेलाई प्रधानमन्त्री र तराई मधेस केन्द्रित दललाई पुनः उपराष्ट्रपति दिन लागेको सुचना आफुले पाएको भन्दै झाले सो पदमा नजान मधेसी नेतृत्वलाई सार्वजनिक रुपमा सुझाउ दिएका हुन ।
‘म त राजनीतिक जीवनवाट आएको थिइन, ४०–४१ बर्ष न्याय सेवामा बिताएको, मेरो त बसेरै खाने बानी भई सकेको थियो, जुन अवस्थामा मैले यो पद प्राप्त गरे, तर क्रियाशिल राजनीति गर्नेलाई भने त्यो पद काम छैन, त्यसले पुरै निस्क्रिय मात्रै बनाउँछ ।’ यस्तो निष्क्रिय र कहिले कत्तै कामै नलाग्ने पदमा नजान पनि उपराष्ट्रपति झाले सुझाएका छन् ।
सो पदमा बस्दा आफु बन्धक झै हुनु परेको तथा हिडँडुल तथा कुराकानी गर्न पनि समस्या हुने गरेको जस्ता अनुभव झाले साटेका छन् । साउन मध्य भित्र संविधान निमार्ण सम्पन्न भएमा सो लगत्तै राष्ट्रपति र उपराष्ट्रपति लगायतका पदमा नयाँ निर्वाचन गर्ने तयारी भइरहेको बेला झाले यस्तो दुःखेसो साटासाट गरेका हुन ।
सो पदमा बसेर आफनो समुदाय, क्षेत्र, जातको पक्षमा केही गर्न नसक्ने र नसकेको दुःखेसो पनि झाको छ । ‘त्यसैले तपाईहरु यस्तो पदमा नजानुहोस, ठुला दलहरुले रोजेको पदमा जानुहोस, त्यही लिने प्रयास गर्नुहोस्’ उनले सुझाउ दिए, ‘यदी, तपाईलाई मन्त्री दिदैन भने अर्थ सचिव माग्नुहोस, गृह सचिव माग्नुहोस तर कुनै पनि भुमिका नहुने यो उपराष्ट्रपतिमा चाँही झुक्किएर पनि वार्गेनिङ नगर्नुहोस् ।’

बधाईः संघले आयोजना गरेको कार्यक्रममा मेरा मित्र मिथलेस यादव पनि पुरस्कृत भएका छन्

झाले मधेसी समुदायका ब्यक्ति जतिसुकै ठुलो पदमा गए पनि त्यसको कुनै महत्व नभएको गुनासो गर्न पनि छाडेनन् । भने, ‘मधेसी चाहे जति सुकै ठुलो पदमा जाओंस, त्यसको म महत्व देखिराखेको छैन्’ झाले आफनो ७ बर्षे कार्याकालको निष्कर्ष सुनाउँदै शनिवार टेकुमा आयोजित सो कार्यक्रममा भने ।
उप–राष्ट्रपतिमा निर्वाचित भए लगत्तै आफनो निवासमा बम पडकाएको प्रसङ्ग उल्लेख गर्दै सो काण्डमा मुछिएका भनिएकाले कुनै कारवाही नगरेकोमा पनि झाको निकै दुखेसो बाँकी नै रहेछ । ‘उप–राष्ट्रपतिमा निवासमा बम पडकाइयो, केही महिना पछि किराँत वर्कसको एउटा कार्यकर्तालाई पक्राउ गरियो तर कारवाही भएको भएन्’ झाले दुखेसो पोखेका छन् ।
‘सो पद लिए पछि पाएको अनुभव यहाँहरुलाई जानकारी गराई दिएको छु, आफै बिचार गर्नुहोला’ झाले मञ्चमा उपस्थित रहेका तराई–मधेस केन्द्रित राजेन्द्र महत्तो, अनिल झा र राजकिशोर यादव लगायतका नेता सामु भनेका हुन ।  आफनो पीडा र दर्द सुनाउने कुनै ठाउँ नपाए पनि मधेसी पत्रकार संघको सो फोरम उपलब्ध गराएको झाले धन्यवाद पनि दिएका छन् ।

No comments:

Post a Comment