Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Sunday, April 19, 2015

‘किंग अफ भक्तपुर’: सामाजिक सञ्जालमा खरोसँग उत्रिदैछन्

भक्तपुर भन्ने बितिक्कै नारायणमान बिजुक्छेको नाम अगाडी आउँछ । बिजुक्छे त्यहाँ स्वभाविक रुपमा किन पनि आउँछन भने ०४७ साल देखी संसदीय राजनीति र संविधानसभाको चुनावमा जित्ने उनी नै हुन् । बिजुक्छे बिनाको भक्तपुर कल्पना गर्न नि गा¥हो हुन्छ भने झै गरी उनी आइरहेका छन् । ‘किङ्ग अफ भक्तपुर’ भनेर चिनिने बिजुक्छे, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष पनि हुन, उनी पार्टी र साहित्यमा 'रोहित' ले चिनिन्छन् । मुख्यतः उत्तर कोरियाको कम्युनिष्ट पार्टी र फिडेल क्यास्ट्रो नजिक अथवा भनौ चे ग्वेभाराका आर्दशवाट प्रभावित देखिने बिजुक्छे पछिल्लो समयमा सामाजिक सञ्जालमा पनि आइरहेका छन् । सामाजिक सञ्जालमा उनका धेरै साथी  अथवा भनौ मित्र त छैनन तर राष्ट्रिय मुद्धामा उनका आवाज भने आइरहेका छन् । आज यो ब्लगमा उनलाई पछयाउने काम भइरहेको छ । आखिर के लेख्छन त बिजुक्छे, सामाजिक सञ्जालमा ? एक छिन उनको पछि लागौ ।  


बिजुक्छेले सामाजिक सञ्जालमा आएको एक बर्ष नाघेको छ । बेला बेला उनी आफनो भनाईहरु बाहिर ल्याउँछन । कम्युनिष्ट पार्टी भएर पनि आफनो पार्टीको नाममा भने कम्युनिष्ट भन्ने शब्द नजोडने मुलुकको एउटा मात्रै पार्टीका नेतृत्व उनी गर्छन । तर, उनी कम्युनिष्ट पार्टीको हसिँया हथौडा भने कहिल्यै छाडदैनन् । मुख्यतः भारतीय शाषकको चरित्र बिरोधी बिजुक्छेलाई चिन्ने अर्को पनि एउटा कुरा छ– त्यो हो उनको पार्टी राजनीति चाँही गर्छ तर सत्तामा भने जाँदैन । ‘अल्वेज अपोजिसन’ अर्थात सदैव प्रतिपक्षमा रहने एक मात्र पार्टीका छवी बनाएका बिजुक्छेले फेसबुकमा ब्यक्त गरेका बिचारहरु यहाँ समेटन कोशिश गरिएको छ । बिजुक्छेका पनि बिचार पढौ र उनलाई चिन्ने कोशिश पनि गरौ ।

#'सहमति विदेशीले दिएको औषधि हो। सबै कुरामा सबै राजनीतिक दलको सहमति हुने भए चुनावको आवश्यकता हुने थिएन।'

# जो व्यक्तिले न्याय माग्दैन, त्यसले नपाउने भनेझैं सरकारमा बसेकाहरू सबै इमानदार नहुने हुँदा जायज मागको निम्ति सङ्घर्ष गर्नुपर्ने

# प्रजातन्त्रको नाउँमा शासक दलहरूले जे गर्दैमा पनि सही हुन्छ भन्ने होइन


# सभामुखले शासक दलहरूको प्रभावमा परेर अनिश्चित कालसम्म संविधानसभाको बैठक स्थगित गर्नु गलत

# महिलाको सांस्कृतिक स्तर र राजनैतिक स्तर नउठाएसम्म महिला हिंसा अन्त्य गर्न गार्‍हो हुने

# अमेरीकी साम्राज्यवाद कोरीया प्रायःदीप, हिन्द–चीन, क्युवा, अफ्रिका, पूर्वि यूरोप, मध्यपूर्व वा सारा संसारमा बदनाम छ, विरोध पनि छ, तर हतियारको बलले टिक्दैछ । त्यस्तै दक्षिणी एसियामा अशान्ति, अस्थिरता र गरीबीको कारण भारतीय एकाधिकार पूँजी जिम्मेवार छ । भारतभित्रै भारतीय एकाधिकार पूँजीको विरोधमा भारतीय जनता नउठेसम्म बाहिरी विरोध सहायकमात्र हुनेछ ।

# पूँजीवादी प्रजातन्त्रमा महिला समानता नारामै सीमित हुने

# पश्चिमा प्रजातन्त्र असफल भएकोले आफ्ना दलाल पार्टीहरूमार्फत नेपालमा भारतीय एकाधिकार पूँजीले सहमतिको सरकार चलाउने नयाँ प्रयोग गर्न खोजेको

# यदि देशको हित र संविधान चाहने हो भने संसदीय व्यवस्था परिवर्तन गर्नुपर्छ होईन भने संसद कुस्ती खेल्ने ठाउमा परिणत हुन्छ,”

# शासक दलका नेताहरूको दलाल प्रवृत्तिका कारण नेपालको सार्वभौमिकता र भूअखण्डता गुम्ने खतरा

# जुनसुकै शासन व्यवस्था लागू गरे पनि व्यक्तित्व विकासमा समान अवसर, शोषणको विरोधको अधिकार, योग्यताअनुसारको काम र कामअनुसारको ज्याला भएन भने व्यापक जनताको हित नहुने प्रस्ट छ |

# भारत नेपालमा स्वतन्त्ररूपमा संविधान बनाउन दिन चाहँदैन र प्राकृतिक स्रोत र साधनको सन्धि–सम्झौता गर्दा संसदको दुईतिहाइ बहुमतको प्रावधान खारेज गराउन चाहेको

# कम्युनिष्ट पार्टिले वर्गिय राजनिती गर्छ ,जातिय होइन
# भारतले नेपाललाई कमजोर बनाएर आफ्नो पक्षमा सरकार बनाउने काम गर्दै आइरहेको छ,’

# संविधानसभाको निर्वाचनमा मोबाइल, टर्चलाइट, पैसा, लुगा बाँडेका, झूटा आश्वासन दिएका र भोजभतेर ख्वाएका पार्टीहरूलाई भोट दिएर देशको भविष्य जिम्मा दिने काम गलत भएकोले जनतालाई राजनीतिकरूपले सचेत बनाउन आवश्यक


# शासक दलहरू देशलाई हित हुने संविधान बनाउनेभन्दा जनताले भन्ला भन्ने डरमा हतारमा संविधान निर्माण गर्ने कुरा गरिरहेको छ

# माथिल्लो कर्णाली र अरूण तेस्रो जलविद्युत् आयोजनामा स्थानीयलाई बिजुली दिने र शेयर दिने लालसा देखाई भारतले नेपालीबीच विभाजन ल्याएको

# घोषणापत्र र चुनावी सभामा देशलाई 'स्वर्ग' बनाउने आश्वासन दिने सरकारमा गएर देशलाई 'नर्क' बनाउने पार्टीहरूलाई तत्काल सरकारबाट हटाउने संवैधानिक व्यवस्था गर्नुपर्ने

# आरक्षणको व्यवस्था र जातजातिको कुराले धनीहरूलाई नै फाइदा हुने भएकोले जाति र भाषाको आधारमा आरक्षणको नेमकिपाले विरोध गर्दै आएको छ |

# कर्णालीमा पाठ्यक्रम आनुसार पुस्तक दिन नसक्ने, झडापखला लाग्दा एक सिटामोल दिन नसक्ने तर नैतिकता र स्वभिमानलाइ बिदेशी नागरिकता संग सम्जौता गर्नेलाइ दोहोरो नागरिकता दिेने यो दलालहरुको सरकार हो।

# चार शासक दलहरूको सैद्धान्तिक रूपले खोट देखाउने र तिनीहरूका गम्भीर विरामबाट देश र जनताको दीर्घकालीन घात हुने परिणामलाई प्रगतिशील साहित्यकारहरूले उदाङ्ग्याउनु पर्छ ।

(माथिका भनाईहरु बिजुक्छेको फेसबुक पेजवाट साभार गरिएका हुन)

No comments:

Post a Comment