गत चैत २४ गते एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको बिपक्षी मोर्चाले घोषित तीन दिने आमहडताल मध्ये दुई दिनको पुर्वनिर्धारित कार्यक्रम फिर्ता लियो ।
तर, पुर्वनिर्धारित कार्यक्रम फिर्ता लिएको भन्दै सोही मोर्चाको प्रमुख घटक मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आपत्ति मात्रै जनाएनन, मधेसी जनतालाई धोका दिएको भन्नेसम्म गम्भिर आरोप लगाउन पछि परेनन । बैठकमा अनुपस्थित यादवले बिराटनगरवाट प्रेस बिज्ञप्ति नै निकालेर २४ चैत मध्यरातमा आपत्ति जनाए ।
दाहालले आमहडताल फिर्ताको आफनो प्रस्तावलाई बिपक्षी मोर्चा आबद्ध दल कै आन्तरिक बिमतिका बाबजुद अनुमोदन गराए तर कसैले त्यसमा भने तत्काल भने बाहिर आएर आपत्ति जनाएनन् । तर, यादव मात्रै मोर्चाका यस्ता एक्ला नेता निस्के कि जसले प्रेस बिज्ञप्ति नै निकालेर औपचारिक रुपमा नै आमहडताल फिर्ता प्रति बिमति जनाउन पुगे । र, मोर्चा भित्र रहेर पनि आफु अलग रहेको सन्देश यादवले प्रशारित गर्न खोजे र केही हदसम्म उनी सफल पनि हुन पुगे ।
तर, पुर्वनिर्धारित कार्यक्रम फिर्ता लिएको भन्दै सोही मोर्चाको प्रमुख घटक मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आपत्ति मात्रै जनाएनन, मधेसी जनतालाई धोका दिएको भन्नेसम्म गम्भिर आरोप लगाउन पछि परेनन । बैठकमा अनुपस्थित यादवले बिराटनगरवाट प्रेस बिज्ञप्ति नै निकालेर २४ चैत मध्यरातमा आपत्ति जनाए ।
दाहालले आमहडताल फिर्ताको आफनो प्रस्तावलाई बिपक्षी मोर्चा आबद्ध दल कै आन्तरिक बिमतिका बाबजुद अनुमोदन गराए तर कसैले त्यसमा भने तत्काल भने बाहिर आएर आपत्ति जनाएनन् । तर, यादव मात्रै मोर्चाका यस्ता एक्ला नेता निस्के कि जसले प्रेस बिज्ञप्ति नै निकालेर औपचारिक रुपमा नै आमहडताल फिर्ता प्रति बिमति जनाउन पुगे । र, मोर्चा भित्र रहेर पनि आफु अलग रहेको सन्देश यादवले प्रशारित गर्न खोजे र केही हदसम्म उनी सफल पनि हुन पुगे ।
सो अघि पनि अध्यक्ष यादवले सेबा केन्द्रको बिषयलाई लिएर रौतहट, गौरमा चलिरहेको आन्दोलनका बारेमा छुट्टै धारणा पेश गरे, जबकी यादव स्वयं रहेको मोर्चाले पनि सो आन्दोलनका बारेमा प्रेस बिज्ञप्ति नै निकालेर धारणा सार्वजनिक गरिसकेको थियो । र, तराई मधेस केन्द्रित दलले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा नाऊँवाट सामुहिक रुपमा धारणा सार्वजनिक गरे तर उपेन्द्रलाई चित्त बुझेन र त उनले गौर आन्दोलन बारे अलग्गै धारणा बाहिर ल्याए ।
बिपक्षी मोर्चामा रहदँैका बखत पनि गत असोज १४ गते यादवले संविधानका बिबादित बिषयमा यादवले अलग्गै धारणा सार्वजनिक गरेका थिए । दाहाल नेतृत्वको बिपक्षी मोर्चा र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको धारणा राख्दा त्यसमा यादव पनि सहमत भए कै हुन तर उनलाई त्यो बेला पनि चित्त बुझेन । बिपक्षी मोर्चा र मधेसी मोर्चा कसैसँग कुनै छलफल नै नगरी एक्कासी संवैधानिक राजनीतिक संबाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराई समक्ष अलग धारणा दर्ज गराए ।
बिपक्षी मोर्चा होस वा अन्य कुनै ठाउँमा सँगै रहेर पनि यस्ता अलग क्रियाकलाप गरेको यो कुनै नौलो र पहिलो घटना भने होइन् । सरकारमा जाने सबालमा पनि यादव अलग हुन र अरु तराई–मधेस केन्द्रित दल भन्दा फरक देखिन चाहि नै रहेको तथ्यहरुले नै देखाएको छ ।
पहिलो पटक यादव सरकारमा सहभागि भएको प्रसङ्गको उदाहरण नै लिऊँ । गणतन्त्र पछिको पहिलो जननिर्वाचित सरकारको नेतृत्व एमाओवादी अध्यक्ष दाहालले गरे, त्यसमा यादवले उपप्रधान तथा पराष्ट्रमन्त्रीको जिम्मेवारी पनि पाए । तर, सो मन्त्रीमण्डलमा यादव र यादवको पार्टी बाहेक अन्य तराई–मधेस केन्द्रित दलको सहभागिता भएका थिएनन् ।
यादव सत्तापक्षमा हुदाँ अन्य तराई मधेस केन्द्रित दल बिपक्षमा र उनी बिपक्षमा हुदाँ अन्य तराई–मधेस केन्द्रित दल सत्तापक्षमा रहेका उदाहरण अरु पनि छन् । जस्तो कि, सो लगत्तै बनेको एमाले बरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको सरकारमा तराई–मधेस केन्द्रित दल प्रायः सबैले सहभागिता जनाए तर उपेन्द्र यादव भने त्यसमा सहभागि भएनन, बिपक्षी दलको हैसियतमा बाहिर नै बसे र केही आन्दोलन पनि गरे । भलै, त्यसको कुनै अर्थ र प्रभाव भने रहेन् ।
सो सरकार पछि झलनाथ खनाल नेतृत्वको सरकार निमार्ण भयो, यहाँ पनि त्यही घटना क्रम दोहरिन पुग्यो । यादव खनाल नेतृत्वको सरकारमा पुनः उपप्रधानसहित परराष्ट्र मन्त्री भए, अन्य तराई–मधेस केन्द्रित दल बिपक्षमा बसे । तर, खनाल नेतृत्वको त्यो सरकार तीन महिना भन्दा बढी टिक्न भने सकेन ।
र, सोही क्रममा पुनः संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा ब्युँताउने प्रसङ्ग चल्यो तर यादवको दलमात्रै पुर्नगठित मधेसी मोर्चामा सहभागि भएनन, उनी अलग्गै नै बसे । सोही मोर्चाको बलमा २०६८ भदौ ११ गते तत्कालिन एमाओवादी उपाध्यक्ष बाबुराम भट्टराई प्रधानमन्त्री भए । भट्टराई सरकारमा सबै जसो तराई– मधेस केन्द्रित दल सहभागि हुन पुगे तर यादव र यादवको पार्टी भने फेरी पनि प्रतिपक्षमा नै बस्न पुग्यो ।
राजनीतिक विश्लेषक चन्द्रकिशोर झाका अनुसार समकालिन मधेसी नेताका सर्बोच्च नेता आफु रहेको भन्ने बुझाई रहेकाले पनि यादवमा सद्यै फरक र ‘एक्स्ट्रा’ गतिबिधि देखा परेको हो । ‘समकालिन मधेसी नेता मध्य म सर्बोच्च नेता हुँ, मेरा अजेन्डामा अरु आएका हुन, अरुको अजेन्डामा म गएको होइन भन्नेमा उपेन्द्रजी ढुक्क हुनुहुन्छ,’ झाले नागरिकसँग भने, ‘त्यसकारण अरुको पछि लागेर म किन जाने ? मेरो पछि लागेर हिजो पनि आएका हुन, आज पनि आउनु पर्छ भन्ने उहाँमा बढी नै देखिन्छ ।’ बिगतको मधेस आन्दोलनको नेतृत्व गरेकाले स्वाभाविक रुपमा यादवले सर्बोच्च नेताको त्यो हक लिन खोजेकाले पनि उनी सद्यै अरु भन्दा फरक भइरहेको झाको बुझाई छ ।
पछिल्लो पटक मात्रै यस्तो अवस्था आयो, जहाँ यादवसहित अन्य तराई–मधेस केन्द्रित दल पनि एकै ठाउँमा रहन पुगे अर्थात प्रतिपक्षमा । सुरुमा त यादव दाहाल नेतृत्वको मोर्चामा आउन यादवले आनाकानी नै गरे तर लामो प्रयत्न पछि दाहालले यादवलाई आफनो मोर्चामा ल्याई नै छाडे । तर, मोर्चामा आए पछि पनि यादवले मोर्चा भन्दा पनि भिन्न र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा भन्दा भिन्न गतिबिधि गर्न छाडेनन, अहिले पनि गरि नै रहेका छन् ।
आफुले उठाएको मधेस आन्दोलनका ब्याँज अरु मधेसी नेताले खाइरहेको यादवलाई त्यति सारो नपचिरहेको अर्का राजनीतिक विश्लेषक तुलनारायण साह बताउँछन् । ‘अरु मधेसी नेता कोही कांग्रेस, कोही एमाले र कोही सदभावनावाट आएर ठुला नेता भए, कोही ससुराली, कोही पैसा र कोही चुनाव जितेर आए तर उहाँको पृष्ठभुमी भने अलि फरक छ,’ साह भन्छन्, ‘मध्यम किसान परिवार, बिद्यार्थी हुदाँ देखीको राजनीतिक यात्रा र बामपन्थी पृष्ठभुमी र आफनै संघर्षवाट आएका कारण पनि उहाँ कसैको पछि लाग्नु पर्ने भन्ने मान्नु हुन्न ।’ मधेस आन्दोलनको नेतृत्व आफुले गरेको, बिजयकुमार गच्छदारजस्ता नेतालाई आफनो नेतृत्व मुनी राखेको तर आज उनै गच्छदार मुलुक कै सबैभन्दा ठुलो मधेसी नेता भएको यादवलाई नपच्दा पनि केही समस्या देखिएको हो ।
आन्दोलन र मोर्चामा सँगैसँगै भएर तथा रहेर पनि भिन्न देखिन खोज्ने यादवको नेतृत्व रहिरहेको बेला पार्टी भने चार पटक भन्दा बढी विभाजनको मारमा प¥यो । पहिलो, तत्कालिन बरिष्ठ नेता बिजयकुमार गच्छदारको नेतृत्वमा, दोस्रो तत्कालिन सह–अध्यक्ष जयप्रकाश प्रसाद गुप्ताको नेतृत्वमा, तेस्रो तत्कालिन कोषाध्यक्ष अमर यादवको नेतृत्वमा र चौथौ भाग्यनारायण विश्वासको नेतृत्वमा गरी चारपटक विभाजन भइसकेको छ । त्यसपछि प्रवेश गरेका भरतबिमल यादव पनि अध्यक्ष यादवसँग सन्तुष्ट छैनन् ।
तराई मधेस राष्ट्रिय अभियानका संयोजक जयप्रकाशप्रसाद गुप्ता यादव र गच्छदार बिचको ‘ब्यक्तित्व ब्यवस्थापन’को समस्याले पनि यादवलाई फरक बनाई रहेको छ । ‘गच्छदार र यादव दुवै संविधानसभा भित्र रहेकाले दुवैलाई ‘पर्सनल एडजस्टमेन्ट’मा समस्या देखा परिरहेको छ’ गुप्ता नागरिकसँग भन्छन्, ‘अहिले गच्छदारजीको पल्लाभारी भएको छ, उपेन्द्र छाँयामा परेका छन्, त्यो छाँयामा परेको ‘इमेज’लाई उकास्न पनि पनि मधेसी मोर्चा भन्दा उपेन्द्र अलग्गै देखिन खोजि रहेका छन् ।’ पहिलो संविधानसभा चुनाव देखी नै यादव र गच्छदारले अलग अलग तरिकाले मधेसलाई हाँक्न खोजिरहेकाले पनि यादवलाई सद्यै अलग रहन बाध्यता रहेको गुप्ताको भनाई छ ।
पञ्चायतकालमा बिष्णुबहादुर मानन्धर नेतृत्वको हालको नेकपा संयुक्त, बहुदलमा नेकपा एमाले, नेकपा माले, युद्धकालमा माओवादी र शान्ति प्रक्रिया पछि फोरम नेपालको यात्रामा आएका बामपन्थी पृष्ठभुमीका यादव बैदेशिक नीतिका सबालमा पनि अन्य तराई– मधेस दल भन्दा अलग देखिदै आएका छन् ।
तराई–मधेस केन्द्रित दल दक्षिणी छिमेकी मुलुक भारतको नजिक रहदाँ उनी भने उत्तरी छिमेकी मुलुक चीनको नजिक देखिने खोजेको संकेत बिरगञ्जवाट केही बर्ष अघि गरे । बिरगञ्जमा भएको पहिलो महाअधिवेसनमा चीनिया कम्युनिष्ट पार्टीको प्रतिनिधिलाई उपस्थीति गराए पछि फोरमसहित नेपाल–भारत दुवैतर्फ त्यसले मनग्गे चर्चासमेत पायो । ‘तराई–मधेसको चासो दक्षिणी छिमेकी भारतलाई मात्रै छ भन्ने पक्षमा यादवजी हुनु हुन्न,’ झा नागरिकसँग भन्छन्, ‘नेपालको राज्य पुर्नसंरचनामा चीनले देखाएको चासो र मुलुकको छिमेकी देश भएकाले पनि यादवले त्यताको ध्यान आफ्नो मुद्धा तिर तान्न खोज्नु भएको थियो तर त्यो आन्तरिक पार्टीका लागि भने प्रत्युत्पादक सरह हुन पुग्यो ।’ र, फोरमको महाधिवेसनमा चीनियाँ उपस्थीतिको घटना निकै नै बिबादित बन्न पुग्यो ।
अहिले दाहाल नेतृत्वको बिपक्षी मोर्चामा आमहडताल लिए पछि बिमती चुलिदै गएको छ । बिजयकुमार गच्छदार, महन्थ ठाकुर, महेन्द्र राय यादवलगायतका नेता दाहाल नेतृत्वको मोर्चावाट तत्काल अलग हुने पक्षमा छैनन । तर, उपेन्द्र यादव भने ‘दाहालले मधेस र मधेसी जनतालाई धोका दिएको र अब क्षमा दिन नसकिने’ भन्दै अलग्गै आन्दोलनको निरन्तर धम्की दिइरहेका छन् । जसमा चाँही सदभावना पार्टी अध्यक्ष राजेन्द्र महत्तोको नैतिक बल थप यादवलाई पछिल्लो समयमा आइपुगेको छ ।
तर, संविधान निमार्णको प्रक्रियामा बिबादका बिषयमा सहमति खोज्ने र जुटाउने सबालमा भने यादव हत्तपत्ति ‘फेस टु फेस’ भइरहेका छैनन र बढी जसो ‘ब्याक स्टान्ड’मा नै देखिदै आएका छन् । बैठकमा प्रायः उपस्थीति नजनाउने र पार्टी प्रतिनिधि पठाउने र सो प्रतिनिधिले निर्णयमा सहमति जनाउने तर बाहिर बसेर त्यसमा फरक धारणा सार्वजनिक गर्ने परम्परा यादवले बसालिरहेका छन् । सत्तापक्ष वा बिपक्षी बिच नै किन नहोस अथवा मोर्चा भित्र नै कुनै पनि बिषयमा गम्भिर बार्ता र छलफल हुने दिनमा प्रायः यादव त्यसमा सहभागि भएका छैनन् ।
त्यसो त, अन्य तराई मधेस केन्द्रित दलले दुई प्रदेशमा जान सकिने भन्दै चुनावमा गएँ तर यादव भने तराई–मधेसका २२ जिल्लालाई एउटै प्रदेश बनाउनु पर्छ भनेर मैदानमा उत्रिए । पछिल्लो समयमा पनि उनले कतिसम्म गरे भने, दाहाल नेतृत्वको ३० दलीय मोर्चा र मधेसी मोर्चाले ‘समग्र मधेस एक प्रदेश’को पुरानो अजेन्डा छाडेर २ सम्म जाने निर्णय ग¥यो, त्यसमा यादवले समेत सहमति जनाउन पुगे ।
तर, त्यो कुरा लगत्तै बिबादमा परे पछि पार्टीको राजनीतिक समितिको बैठक बोलाएर एक मधेस प्रदेश नछाडेको धारणा फेरी बाहिर ल्याएर आफुलाई फरक देखाउन कोशिश गरे, गरि नै रहेका छन् । यद्धपी, मधेस आन्दोलनको नेतृत्वकर्ता यादव भने अझै पनि मधेसका अजेन्डामा अडिग नै रहेको धेरैको बुझाई रहदैँ आएको छ ।
तर, गुप्ता भने यादवको नेतृत्वमा तत्काल आन्दोलन उठछ भन्नेमा कदापी विश्वास गर्दैैनन् । ‘जोसँग बढी अपेक्षा गरिएको हुन्छ, निराशै पनि त्यहीसँग बढी हुन्छ, जस्तो यता (तराई–मधेस)मा उपेन्द्रजीसँग जनता बढी निराश छन्, गच्छदारसँग छैन किनकी उनीसँग कुनै अपेक्षा नै छैन्’ गुप्ता अगाडी भन्छन्, ‘र, सत्तामा रहदाँ उपेन्द्रले मधेस र मधेसी जनताका लागि के गरे ? र अहिले सत्तावाहिर भए पछि सरकारले केही गरेन भनेर कसरी आन्दोलन गर्छन ? भन्ने प्रश्न उनी माथी स्वाभाविक रुपमा बर्सने नै छ ।’
उनका अनुसार ब्यक्तित्वको टकरावले बाहिरिए गर्ने आन्दोलनले उचाई नलिने र आन्दोलको नेतृत्व गर्ने नैतिक बल आवाश्यक छ, जो अहिले यादवसँग छैन् ।
उनका अनुसार ब्यक्तित्वको टकरावले बाहिरिए गर्ने आन्दोलनले उचाई नलिने र आन्दोलको नेतृत्व गर्ने नैतिक बल आवाश्यक छ, जो अहिले यादवसँग छैन् ।
No comments:
Post a Comment