Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Wednesday, April 22, 2015

लेनिन सद्यै भन्थे - "बहुमतको कदर गर, बहुमतलाई स्विकार"

संविधान निमार्ण प्रक्रियाको सबालमा संविधानसभा भित्र अल्पमत र बहुमत पक्षमा दुईवटा धार बिभाजित छ । यी दुईवटा धार बिभाजित भएका कारण संविधानसभाबाट संविधान निमार्ण गर्ने कुरा आफैमा अझै अन्यौल छ । प्रमुख दल बिच ‘मिलेका बिषयलाई मस्यौदा समिति पठाउने र नमिलेका बिषयलाई संबैधानिक समितिमा नै पुनः फर्काएर सहमति खोज्दै जाने र असार मसान्तसम्ममा संविधान दिने बारेमा’ माघ ७ मा भएको अनौपचारिक सहमति भत्किएन भने मुलुकले संविधान पाउँछ, नत्र पाउँदैन् । सोही सहमतिलाई भत्काउनका लागि केही लागि परिसकेका त छन तर तीनका निरन्तर खबरदारी गर्न पनि उत्तिकै जरुरी छ । आज लेनिन जयन्ती । आज यसैको सन्दर्भमा यो ब्लग आधारित छ । अरुको त म जान्दिन तर एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डको हकमा भने लेनिन जयन्तीको खास महत्व छ । त्यसलाई यहाँ राख्दैछु ।
आज नेपाल कम्युनिष्ट पाटीको स्थापना दिवस हो, आजैका दिन पुष्पलालको नेतृत्वमा कम्युनिष्ट पार्टीका स्थापना २००६ सालमा भएको थियो अर्थात २००६ बैशाख ९ गते । कम्युनिष्ट पार्टीका अन्तिम संस्थापक नरबहादुर कर्मचार्यको गत साल निधन भए पछि अब कोही पनि संस्थापक जिवित छैनन् । र, आज कम्युनिष्ट बिचारधाराका सबैभन्दा ठुला नेता मध्ये एक भ्लाई लेनिनको जन्मदिन पनि हो । रुसमा लेनिनले गरेको क्रान्तिलाई आर्दश मान्ने नेपालको प्रमुख पार्टीमा नेकपा एमाले पर्छ । माओवाद प्रति आस्थावान भए पनि अध्यक्ष प्रचण्ड भने लेनिनलाई खुबै मान्छन्, उनीवाट धेरै प्रभावित छन् । धेरै पटकको अन्तवार्तामा स्वयंं प्रचण्डले भनेका छन कि, ‘म आफुमा लेनिनको गुण पाउँछु ।’ अर्थात उनकै भाषामा लेनिनवाट उनी धेरै र अति नै प्रभावित छन् । यो उनले धेरै पटक धेरै ठाउँमा भनेका छन् । एउटा आर्दश नेता लेनिन जस्तो आफु भएको उनले पटक पटक जनाए पनि तर लेनिनको मान्यतालाई भने स्विकार गर्दा रहेनछन भन्ने एउटा प्रमाण उनकै पोलिटब्युरो सदस्य बिश्वभक्त दुलाल आहुतीले लेनिनको जन्मजयन्तीको सन्दर्भमा गरिदिएका छन् ।

"आज 22 अप्रील । आजैको दिन नेकपा स्थापना र लेनिन दिवस। आजको दिन लेनिनको एउटा काममाथि असहमती राखेर लेनिनवादी हुने प्रयत्न गर्दैछु। लेनिनको पार्टीको नाम थियो - रूसी सामाजिक जनवादी पार्टी (वोल्सेविक) । वोल्सेविकको अर्थ "बहुमत" हो। बहुमत भनेको विचार होइन न त सत्य नै हो, बहुमत कुनै पहिचान पनि होइन। तब पार्टीको नाममा नै "बहुमत" सब्दको प्रयोग कुनै अर्थमा पनि ठीक होइन। नेपालमा आइपुग्दा वोल्सेविक स्पीरिट चीहिन्छ भन्ने अवधारणा आइपुग्यो अर्थात बहुमतको स्पीरिट। क्रमशः बहुमत हुनु भनेकै सत्य हुनु जस्तो बुझाइ बन्यो, अल्पमत भनेको असत्य भनेर बुझ्ने स्थिति बन्दै गयो र अन्तत: बहुमत भनेको संस्थापन वा शाषक अनि अल्पमत भनेको शासितको रूपमा व्यवहार हुन थाल्यो ! बहुमत र अल्पमतबारेको यो बुझाइको गडबडी नसच्याउने हो भने कम्युनिस्ट आन्दोलनको पुनर्निर्माण संभव छैन।"
आहुतीले लेखेका माथिका कुरा मान्ने हो भने प्रचण्डले खोइ कहाँ बहुमतको कदर गरे त ? उनी त बहुमतीय प्रक्रियाको बिरोध गर्दै सडक आन्दोलनमा निस्केर पुनः फर्केको अवस्था छन् । प्रमुख दलहरु बिच सहमति हुन नसकेमा प्रक्रियामार्फत बर्ष दिनमा नै संविधान दिने भन्ने आफ्नै चुनावी प्रतिवद्धता कुल्चेर अघि बढेका प्रचण्डले लेनिनका कुरालाई पनि स्विकार गरेका रहेनछन् भन्ने कुरा आहुतीले लेखेको फेसबुक स्टाटसले देखाउँछ । आफनै चुनावी प्रतिवद्धता पनि कुल्चेर अघि बढने प्रचण्डले लेनिनका कुरालाई आत्मसात नगरेको देख्दा उनी कुरा मात्रै गर्दा रहेछन भन्ने कुरा पुष्टी भएन र ?

प्रचण्डले लेनिनलाई आर्दश पात्र मान्ने हो भने लेनिनले भने झै ‘बहुमतको कदर’ गर्नु प¥यो, होइन भने लेनिनको मान्यता भत्काएर र त्यसलाई अस्विकार गरेर अगाडी बढनु प¥यो, पार्टीलाई पनि त्यही अनुसार लानु प¥यो । नत्र एक समयमा मोहन बैद्य र बाबुराम भट्टराईले प्रचण्ड माथी लाग्दै आएको सारसंग्रहबादीको आरोप पुनः पुष्टी भएको मान्न पाठक पनि बाध्य हुन्छन ।



No comments:

Post a Comment