प्रमुख प्रतिपक्ष दल एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ अरु भन्दा फरक छन, खासगरी एमाओवादी भित्रै पनि । ‘पार्टी स्वार्थ र दलीय स्वार्थ’ भन्दा माथी उठेर राष्ट्र र जनताको पक्षमा खुलेर आफना धारणा राख्ने श्रेष्ठको छवी विस्तारै प्रकाशित हुदैँ गएको छ । जस्तो कि, अध्यक्ष प्रचण्ड र बाबुराम भट्टराईले चुनावमा धाँदली भएको भन्दै संविधानसभाको मतगणनावाट प्रतिनिधि हटाउने निर्णयको पनि आन्तरिक रुपमा बिरोध जनाए, त्यसपछि संविधानसभा नै छाडेर बाहिरिने प्रचण्ड–भट्टराईको प्रस्तावको पनि बिरोध जनाए, अझ पछिल्लो चोटी त उनले संविधानसभावाट संविधान बनाउन छाडेर आमहडतालमा जानु हुदैन भनेर पनि आपत्ति जनाए । भलै, उनको त्यसमा केही लागेन तर प्रचण्डले यो ब्लगर उपस्थित कार्यक्रममा श्रेष्ठको असहमतिलाई भने पुष्टी नै गरे–‘नारायणकाजीजीले आमहडताल नै चाँही नगरौ भन्नु भएको हो, पुरै आन्दोलन प्रति असहमति राखेको भने होइन ।’ आन्दोलनका कार्यक्रम घोषणा गर्ने दिन सिंहदरबारमा प्रचण्ड स्वयंले भनेको कुराले पनि श्रेष्ठ पार्टी भन्दा माथी उठेर बोल्छन, भन्छन भन्ने पुष्टी भएको छ । हेरौ, पढौ र बुझौ न त नारायणकाजी अरु एमाओवादी नेता भन्दा किन र के कारणले फरक छन त ?
श्रेष्ठले आफनो फेसबुकमा पोष्ट र सेयर गरेका स्टाटसहरुलाई अध्ययन गर्दा पनि नै उनी पार्टी भन्दा माथी उठेर कुरा राख्छन भन्ने धेरै कुरा बुझिन्छ । उनले बेला बेलामा पोष्ट र सेयर गरेका स्टाटसले पनि उनी कति संबेदनशिल छन भन्ने कुुरा पुष्टी हुन्छ ।
#####
हाम्रो देशको राष्ट्रिय एकतालाई बचाउनु छ र सुद्रिढ गर्नु छ। त्यसको लागि २ कुरा अनिबार्य हुन्छ।
- एक, राष्ट्रको भौगोलिक अखण्डता एवं स्वाधीनताको रक्षाका लागि बाह्य शक्ति केन्द्र मुखी दलाली, चाकरी एवं आत्मसमर्पणबादी प्रब्रित्तिका बिरुद्ध सबै देशभक्त शक्तिहरु एकताबद्द हुनुपर्छ।
- दुई, जनतालाई वास्तविक अर्थमा सर्बभौमसत्ता सम्पन्न बनाएर र उत्पीडित सबै समुदायलाई अधिकार सम्पन्न समान हैसियत प्रदान गरेर आन्तरिक जन राष्ट्रिय एकता बलियो बनाउनु पर्छ। लोकतन्त्रमा नै यो सम्भव हुन्छ।
तर यतिबेला देशमा राष्ट्रिय एकतालाई कम्जोर पार्ने बिभिन्न प्रब्रित्तिहरु देखा परिरहेका छन:
एक, पहाडीया खस अहंकारबादी प्रब्रित्तीले मधेशी जनता र उत्पीडित जाती, जनजातीहरुलाई आफु जस्तै देशभक्त नेपालीको रुपमा हेर्न तथा समान अधिकार एवं व्यबहार प्रदान गर्न चांहादैन। समान अधिकार एवं व्यबहारको चाहना राख्ने उत्पीडित मधेशी जनतालाई त झन त्यसले मदिशे भनेर अपमानित गर्छ र बिदेशी झैं व्यबहार गर्छ। मधेश बिद्रोह वा आन्दोलन भएको थियो भन्ने तथ्यलाई पनि स्विकार गर्दैन।
दुई, तराई- मधेशमा पनि त्यस्तो प्रब्रित्ती छ जसले तराई मधेशलाई नेपाल को होइन ,'आफ्नो' मात्र भुमी ठान्छ र बारम्बार नेपाल टुक्र्याउने धम्की दिन्छ। पहाडका बासिन्दा प्रति निरपेक्ष बिरोध भाव राख्दछ।
तीन, जनजाती आन्दोलन भित्र पनि एउटा त्यस्तो प्रब्रित्ती छ जसले आर्यखश समुदाय प्रति निरपेक्ष बिरोध तथा घ्रिणाभाव प्रकट गर्दछ। उत्पीडन बिरोधी संघर्ष लाई यसले जातिबादी रुप दिन खोज्दछ।
यी ३ वटै प्रब्रित्तिले आपसी सद्भाव एवं एकतालाई खलल पर्दछ र बिखण्डन् लाई प्रोत्त्त्साहित गर्दछ।त्यसैले आपसी सम्मान र समान अधिकारद्वारा एकतालाई सुध्रिढ गरौं। देश बचाऔं र फड्को युक्त सम्रिद्धीको ढोका खोलौं।- 13 jan 2015

######
पृथ्वी नारायण शाहबाट नेपालको एकीकरण भएकै हो। यो एक ऐतिहांसिक तथ्य हो। उनको उक्त ऐतिहासिक कदमका कारणबाट नै हामीले आज नेपाली हुने गौरब प्राप्त गरेका छौं। उनी प्रति हार्दिक श्रद्दासुमन ।- 11 jan 2015
######
यो दोश्रो संबिधानसभाले हरहालतमा संबिधान बनाउनै पर्छ। किनकी यो संबिधानसभा दोश्रो मात्र होइन, अन्तिम संबिधानसभा हो। अब अर्को संबिधानसभा वा संबिधान निर्माणको अर्को प्रकृयाको अहिले कल्पना पनि गर्न मिल्दैन। हामी राजनैतिक पार्टी र नेताहरुले माघ ८ गते संबिधान जारी गर्ने राजनैतिक र नैतिक प्रतिबद्दता गरेका थियौं । उक्त मितिमा संबिधान जारी गर्ने तयारी समयमा पुरा नगरेर राजनैतिक पार्टी र नेताहरुले गंभीर गल्ती गरिसकेका छन्। तर अरु झूठ बोलेर थप अपराध गर्नु हुँदैन। अब माघ ८ गते संबिधान जारी हुने संभाबना छैन। यो कुरा प्रष्ट छ। केही प्रगति नभए पनि माघ ७ गते पनि माघ ८ गते सबिधान जारी गर्छौं भन्ने हास्यास्पद रोगबाट हामी मुक्त होऔं । यस स्थितिमा हामी राजनैतिक पार्टिहरुले माघ ८ गते सम्ममा सके सम्म संबिधानको मस्यौदा वा कम्तिमा पनि बिषयबस्तुमा सहमती कायम गरेर संबिधान निर्माणको सुनिश्चितता प्रदान गर्न सक्नु पर्छ। त्यसो गर्न सके मात्र नेपाली जनताले माफी दिनेछन्- 4 jan 2015

सरकारमा जाने वा सरकार फेर्ने हाम्रो आजको चासोको एजेन्डा होइन। हामी संबिधान निर्माणमा केन्द्रित हुन चाहन्छौं। नेपाली काङ्ग्रेस र एमाले सहमतिमा संबिधान निर्माण गर्न तयार हुन्छन र त्यो प्रकृयालाई सहयोग पुर्याउन संयुक्त राष्ट्रिय सरकारको गठन गर्न चाहन्छन भने मात्र हामी उक्त प्रस्तावमा सकारात्मक ढङ्गले सोच्न सक्छौं - 14 dec 2014

प्रमुख पार्टीका बैठकहरु र पार्टी नेता मित्र हरुका बोली एवं व्यबहार हेर्दा मलाई बारंबार प्रश्न उठ्छ - के झूठ र नीहित स्वार्थ राजनीतिको पर्याय नै हो त? के झूठो नबोल्ने र स्वार्थलम्पट (गलत पार्टिगत वा ब्यक्तिगत स्वार्थ) हुन नचाहने हरु 'राजनीति'मा बिजातीय तत्वहरु हुन् त ? के उनीहरु 'राजनीति'मा टिक्न नसक्ने हुन् त ? तर म फेरी सम्हालिन पुग्छु र आफैसँग भन्छु; राजनीतिलाई सफा गर्नुछ, देश बनाउनुछ! एक्लै पर्याप्त छैन, तर एक्लैले पनि गर्न सकिन्छ! - ( Clean Politics,Change Country! One is not enough, but One can do! )

No comments:
Post a Comment