Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Monday, September 19, 2016

"कालो दिबस" मा मधेसी मोर्चाका अध्यक्षहरु गुमनाम !!

नयाँ संविधान प्रति बिमति जनाउँदै आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सोमवारवाट औपचारिक रुपमा बिभाजन भएको छ ।
नयाँ संविधान घोषणा भएको बर्ष दिनलाई ‘कालो दिबस’ मनाउने क्रममा आइपुग्दा मधेसी मोर्चा बिभाजन भएको हो । बिभाजित दुवै पक्षले अलग अलग कार्यक्रम गरेर ‘कालो दिबस’ मनाएका छन ।
औपचारिक रुपमा अलग भएको घोषणा हुन मात्रै बाँकी रहेको मोर्चा आवद्ध ७ दलमध्ये ४ दलले माइतीघर मण्डलामा र मोर्चाका अन्य ३ दलले संघीय गठबन्धनसँग मिलेर रत्नपार्कमा बिरोधका अलग अलग कार्यक्रम गरेका छन । तर, दुवै कार्यक्रममा अध्यक्षहरुको भने उपस्थीति रहेको थिएन ।

माइतीघर मण्डलामा महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी, राजेन्द्र महत्तो नेतृत्वको सदभावना पार्टी, राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार फोरम र अनिल झा नेतृत्वको नेपाल सदभावना पार्टीको उपस्थिीति रहेका थियो ।
उता, रत्नपार्कमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल, महेन्द्रराय यादव नेतृत्वको शरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टीले संघीय गठबन्धनसँग मिलेर अलग कार्यक्रम गरेका थिए । 
माइतीघरको कार्यक्रममा तमलोपाका बृषेषचन्द्रलाल, जितेन्द्र सोनाल, बृजेशकुमार गुप्ता, सुरेश मण्डल, मनिष मिश्र उपस्थित थिए भने सदभावनाका सह अध्यक्ष लक्ष्मणलाल कर्ण, महासचिव मनिष सुमन, उपेन्द्र महत्तोलगायतका उपस्थित रहेका थिए । यसैगरी, सदभावनाका डिम्पल झा र फोरम गणतान्त्रिकका नेता कार्यकर्ता पनि उपस्थित रहेका थिए ।
रत्नपार्कमा समाजवादी फोरमका शिवजी यादव, रामसपाका केशव झा र तमसपाका रामनरेश राय लगायतका नेताहरुको उपस्थीति रहेको थियो । रत्नपार्कवाला समुहले पुतलीसडक, बागबजारमा प्रदर्शन गर्दैै कोणसभा गरेका थिए ।
माइतीघरमा भएको बिरोध प्रर्दशनमा ऐक्यबद्धता जनाउनका लागि सिके लाल, बिजयकान्त कर्ण, तुला साह, डम्बरनारायण यादव, सिताराम अग्रहरी, मधेसी समाजका अग्रजहरुको उपस्थीति देखिएको थियो ।
उता, असोज ३ लाई कालो दिबस मनाईरहदाँ बिजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक भने आन्तरिक प्रशिक्षणमा ब्यस्त रहेको छ । तीन दिनसम्म गोदावरीमा चल्ने उक्त प्रशिक्षणमा केन्द्रीय नेताहरुको उपस्थिति रहेको बुझिएको छ । 

No comments:

Post a Comment