नवगठित नेकपा नेकपा माओवादीको प्रथम राष्ट्रिय सम्मेलन हिजो देखी दाङको तुलसिपुरमा शुरु भएको छ । तुलसिपुरको ओम शान्ति सिनेमा हलमा सुरु भएको सम्मेलनको उद्घाटन गर्दै पार्टी संयोजक नेत्रबिक्रम चन्द विप्लवले आफुहरुमा राष्ट्रीय स्वाधिनताको अधिकार बाहेक अरु कुनै स्वार्थ नभएको बताउनुभएको छ । आफूहरु शान्ति, परिवर्तन र सम्वृद्धि चाहने भएकाले विदेशि शक्तिहरुको पकडबाट देशलाई बचाउन आबश्यक रहेको बिप्लवले बताउनुभयो । देशको साझा मुद्धामा सबै दलहरु एक हुन नसक्दाको फाईदा विदेशि शक्तिले आफ्नो पकडमा पारेको उहाँको भनाई छ ।
अहिलेको आबश्यकता शान्ति र अग्रगमन भएको भन्दै संयोजक विप्लवले राष्ट्रबादीहरु एक हुनु अहिले अपरिहार्य भएको बताउनुभयो । सहकार्यको सिद्धान्तलाई नेपालका राजनितिक दलहरुले चुकाएको समेत टिप्पणि गर्नुभयो । विभिन्न तवरबाट माओबादीलाई सिध्याउने खेल खेलेको भन्दै उहाँले माओबादीको पतन चाहानेको पनि भविष्य पतन मै निश्चित भएको चेतावनी दिनुभयो । इतिहासका जिम्मेवारी पुरा गर्न धेरै बाँकी रहेको भन्दै नेता विप्लवले जनता र देशका लागि लड्न र मर्न तयार रहेको बताउनुभयो । तीन दिन सम्म चल्ने सम्मेलनबाट पार्टीको आगामी कार्यदिशा र नयाँ नेतृत्व चयन गर्ने सो पार्टीले जनाएको छ । सम्मेलनमा भाग लिन पाँच सय बढी प्रतिनिधि, पर्यवेक्षक र स्वयम सेबक गरी ६ सय बढी नेता कार्यकर्ताहरु आएका छन् ।
प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले सम्मेलनलाई अलि पृथक बनाउने प्रयास भएको बताउनुभयो । यस अघिको जस्तो कार्यकर्ताले रिपोर्टिङ गर्ने र नेताहरुले प्रशिक्षण दिएर सक्ने भन्दा पनि सबैले बहस गर्ने वातावरण बनाइएको उहाँले बताउनुभयो । सम्मेलनमा संयोजक नेत्रविक्रम चन्द ‘विप्लव’ले राजनीतिक दस्तावेज प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । दस्ताबेजमा ‘नेपाली मौलिकता सहितको जनवादी क्रान्ति सम्पन्न गर्नुपर्ने उल्लेख छ । दस्तबेजमा मध्यमवर्गीय जनतामा बढी जोड दिइएको छ । यस अघिका नेताहरुले ल्याउने दस्ताबेजहरुमा जनवादी क्रान्तिको मुख्य आधार किसान मजदुर भनिए पनि अब परिबर्तनशिल समाज विकास सँगै मध्यमबर्गिय जनताको पनि सहभागिता सुनिश्चित गर्नुपर्छ भन्ने मान्यता रहेको प्रकाण्डाले बताउनुभयो ।

मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले क्रान्ति गर्न नसक्ने भन्दै विभाजित भएर नवगठित यो माओवादीले अब कस्तो कार्यनीति बनाउनछ र आगामी बाटो के हुन्छ? भन्ने विषयमा यो सम्मेलनले निर्णय गर्ने भएकाले यसलाई चासोका साथ हेरिएको छ । यस अघि रोल्पाको बुढागाउँमा गर्ने भनिएको सम्मेलन मौसमी प्रतिकूलताका कारण दाङमा सारिएको हो । सम्मेलनमा कम्ब्याड ड्रेस लगाएका स्वयमसेवक परिचालन गरिएको थियो । पत्रकारहरुलाई प्रबेश निषेध गरिएको भन्दै समाचार संकलनमा रोक लगाएता पनि पटक पटकको आग्रह पछि उद्घाटन सत्रका लागि मात्र प्रबेश अनुमति दिइएको थियो।
सौजन्यः शरद रेग्मी (तस्बिरसहित)
No comments:
Post a Comment