वैदेशिक रोजगारीका लागि दिनँहु हजारौ युवा बिदेश गइरहेको सन्दर्भमा माछा पालनवाट कसरी एउटा गाउँ समृद हुदै गएको छ भन्ने बिषय यो आलेखमा तयार पारिएको छ, जो अरुलाई पनि प्रेरणाको स्रोत हुन सक्छ । रौतहटमा पछिल्लो समय विकास भइरहेको माछापालन र सो मार्फत समृद्ध बन्दै गएको गाउँले जीवनलाई उनले यो आलेखमा उतारेका छन् । भारतवाट ल्याइने माछाको आयात घटाएर विदेशिने रकमलाई जोगाउने काम त गरेको छ नै, आत्मनिर्भर हुने अर्को फाइदा पनि यसले दिएको छ । रौतहटका पत्रकार मदन ठाकुरले प्रकाश उज्यालोलाई उपलब्ध गराएको यो आलेख तपाईका लागि पनिः
खेतीपातीबाट आम्दानी हुन छाडेपछि रौतहट मलाहीका किसानहरु माछापालन व्यवसायतिर आकर्षित भएका छन् । माछापालन व्यवसाय फस्टाउन थालेपछि मलाहीले गाउँ नै माछा गाउँको परिचय बनाउन थालेको छ ।
मलाहीमा अहिले एक सय दशभन्दा बढी माछापालन पोखरी खनिएको छ । माछापालन व्यवसाय फस्टाउन थालेपछि गाउमा माछापोखरी बनाउने र माछापालन गर्ने होड नै चलेको छ । अब्बल दर्जाको कृषियोग्य जमिनलाई मलाहीका बासिन्दाले माछापोखरी बनाएर माछापालन गर्न थालेको स्थानीय रामगीर मुखियाले बताएका छन् ।
“पोखरी खनेपछि खेतीको सबै टन्टा नै हराउँछ र नगद पनि पहिले हात पर्छ” मलाही–२का राजेन्द्र सहनी भन्छन् ‘पोखरी सकार गर्ने ठेकेदारले प्रति कठा दश हजार रुपैयाको दरले पहिले नै पैसा दिन्छन् ।” खेतीपातीमा जस्तो कुनै किसिमको झन्झट किसानले बेहोर्नु नपर्ने र ठेकेदारले पैसा तिरे पछि मात्र एक वर्षको लागि पोखरी ठेकेदारको हुने भएकोले किसानले आफ्नो खेतलाई पोखरी बनाउन उत्साहित देखिएको सहनीको भनाइ छ ।
स्थानीय सरस्वती उच्च माविका अध्यक्षसमेत रहेका माछापालन व्यवसायी दामोदर सहनीले आफ्नो सम्पूर्ण दुई बिगाहा जमिनलाई माछापोखरी बनाएका छन् । पोखरी बनाए पछि वार्षिक तीन लाख साठी हजार रुपैया आम्दानी हुने गरेको उनले बताए । माछापोखरीको आम्दानीले आफ्ना छोराछोरीलाई सदरमुकाम गौरको बोर्डिङमा पढाइरहेको सहनीले बताए ।
गाउँमा पोखरी बनाएर माछापालन गर्ने व्यवसाय फस्टाएपछि स्थानीय श्रीराम सहनीले माछाको भुरा गाउँमै उत्पादन गर्न थालेका छन् । आफ्नो भएभरको जग्गामा १६ वटा पोखरी बनाएर बिगहेड कार्प, सिल्भर कार्प, कमन कार्प, ग्रास कार्प, नैनी, रहुलगायत दर्जनौँ जातका माछाको भुरा उत्पादन गरेर माछापालन व्यसायलाई फस्टाउन सजिलो बनाइदिएका छन् । सहनीले उत्पादन गरेको भुरा सर्लाही, रौतहट र बारा जिल्लासम्म जाने गरेको र आफूलाई पनि राम्रै आम्दानी हुने गरेको बताए ।
जिल्लामा कुल ४४३ हेक्टरमा माछापालन व्यवसाय हुने गरेकोमा मलाहीमा मात्रै एक सय दश हेक्टरमा माछा पालिएको जिल्ला कृषि कार्यालय रौतहटले जनाएको छ । कार्यालयका मत्स्यपालन प्राविधिक सहायक राधेश्याम झाले वरियारपुर, रामपुरखाप, टेंग्राहालगायतका गाउँमा पनि माछापालन हुने गरेको बताए ।
जिल्लामा भारतबाट माछा आयात हुने गरेकोमा माछा पालनबाट किसानले राम्रो आम्दानी लिन थालेपछि माछामा रौतहट केही वर्षमा आत्मनिभेर विश्वास जिल्ला कृषि कार्यालयको रहेको छ ।
विगत दुई वर्षमा जिल्लामा माछापालन व्यवसाय दोब्बरले वृद्धि भएको कृषि कार्लालयका मत्स्यपालन प्राविधिक झाले बताए ।
नोटः यदी तपाईसँग पनि यस्तै आलेखहरु छन भने तपाई पनि पठाउन सक्नुहुन्छ । समाजलाई आत्मनिर्भर बनाउन मद्धत गर्ने प्रेरणादायी समाचारको प्रकाश उज्यालो सदैव वकालत र स्वागत गर्दछ ।
जसका लागि journalist.prakash2@gmail.com मा मेल गर्न सक्नु हुन्छ ।

No comments:
Post a Comment