Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Wednesday, March 20, 2013

"एमाओवादी" रामचन्द्र झाको नालीबेली

धेरैलाई के लाग्न सक्छ भने रामचन्द्र झा पुष्पकमल दाहाल नेतृत्वको एकिकृत माओवादीमा प्रवेश गर्ने कुरा भर्खरै आएको हो । तर, एमाओवादीमा प्रवेश गर्ने झाको तयारी अशोक राईहरुले पार्टी विभाजन गर्नु भन्दा पहिला देखी नै चल्दै आएको थियो । अशोक राईहरुले पार्टी विभाजन गर्नु केही दिन अघि प्रचण्डले माओवादीका मधेसी नेताका सामु भनेका थिए– ‘रामचन्द्रजी अब हाम्रो पार्टीमा आउनुहुन्छ र मधेस ब्युरो इन्चार्ज सम्हाल्नु हुन्छ ।’


त्यति बेलासम्म मधेस ब्युरो इन्चार्जको जिम्मेवारीमा हरिबोल गजुरेल थिए, यो आलेख तयार पारुन्जेलसम्म पनि उनै छन् । आफनै निवासमा मधेसी नेताहरुसँग गजुरेलका सामु प्रचण्डले झाको पार्टी प्रवेश गर्ने कुरा उठाएका थिए । मिथिला र भोजपुरामा देखा परेको एमाओवादी बिबाद मिलाउन गजुरेलले नसकिरहेको अवस्थामा झाको प्रवेशको कुरा आएको थियो । एमाओवादीका मधेसी नेताले मधेसमा पहाडीया मुलको नभई मधेसी मुलको नेतालाई जिम्मेवारी दिनु पर्ने माग गरिरहेको बेला झासँग प्रचण्डले पार्टी प्रवेशका कुराकानी गरेका थिए । जसका सेतु थिए, उपेन्द्र यादवको फोरम नेपाल हुदैँ महन्थ ठाकुरको तमलोपावाट संविधानसभा निर्वाचन जितेर एमाओवादीमा प्रवेश गरेका रामकुमार शर्मा । जव उनी माओवादी निकट मधेसी राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष भए, उनले काम देखाउन सुरु गरिहाल्यो झावाट ।
सातौं विस्तारित बैठक पछि मधेसी राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष रामकुमार शर्माले झासँग पार्टी प्रवेशको कुरा अघि बढाएका थिए । जुन समयमा भारतीय र नेपाल दुवैतर्फ नागरिकता लिएको भन्दै झाको मुद्धा सर्वोच्च अदालतमा मुद्धामा विचाराधिन थियो । सर्वोच्चमा झाको भारतीय मतदाता नामावलीमा नाम उल्लेख भएको कागजपत्र तथा रासन कार्डसहित भारतीय भएको धेरैवाट प्रमाणसहितको उजुरी तथा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि दुवै भिडाएर सर्वोच्चमा मुद्धा परेको थियो । दुवै तिरको नागरिक भएको प्रस्ट खुल्ने गरी परेको मुद्धाले उनी नेपाली भन्दा पनि भारतीय भएको यथेष्ट प्रमाण पुगे पछि उनी निकै तनावमा थिए ।
सो मुद्धा मिलाईदिनका लागि एमाले नेतासँग झाले हारगुहार नै गरे तर एमाले नेताले त्यसको कुनै ‘रेस्पोन्स’ देखाएनन् । त्यसको पीडा बोकेर हिडिरहेको अवस्थामा झाले प्रचण्डसँग भेट पाए । र, तुरुन्तै सान्तावना पनि  पाइहाले । एकातिर, संघीयताको मुद्धामा एमाले नेतृत्व प्रति असन्तुष्ट रहदै आएका र अर्को तिर नागरिकताको बिबादले अदालतको कठघरामा उभिनु पर्ने परिस्थीतिका विच गुज्रिरहेका झालाई ढाडस दिने काम प्रचण्डले गरिदिए, जो उनका लागि सन्जिवनी बुटी सावित भयो ।
भारत र नेपाल दुवै तिर नागरिकता लिएको भन्दै परेको मुद्धामा जवाफ दिन जब सर्वोच्च अदालतले लिखित जवाफ मागिसकेको छ । यदी फैसाला झाको विपक्षमा आयो र राज्यको कानुनको कार्यान्वयन भयो भने झा दोहोरो नागरिकता लिएको अभियोगमा कुनै जेलको कुनामा बस्नेछन । तर, यो नेपाल हो, यहाँ शक्ति हुनेलाई कानुनले नछुन पनि सक्छ । किनभने, छोएको देखिएको छैन र त उनी कम्युनिष्टको हसियाँ हथौडा झन्डा हल्याउँदै ‘क्रान्ति’ गर्न लागि परेका छन् ।
यता, अशोक राईहरुले पार्टी विभाजन गरेर हिडे तर रामचन्द्र भने एमाले मै रहे । पार्टी भित्र आन्तरिक लडाई लडने भनेर सार्वजनिक रुपमा अभिब्यक्ति दिएर एमालेमा बसेका झाले भित्र भित्रै धेरै चोटी एमाओवादी नेतृत्वसँग छलफल भने जारी नै राखे । अन्ततः प्रचण्डसँग सचिवको जिम्मेवारी लिने सहमति पनि गर्न उनी सफल भए । एमालेमा पोलिटब्युरो रहेका झा एमाओवादीमा सचिव पाउने पक्का भएपछि नजाने कुरा पनि त भएन । तर, झालाई सचिव जस्तो महत्वपुर्ण जिम्मेवारी दिने कुरा भए पछि माओवादी भित्रका मधेसीलाई भने निकै नै अप्ठयारो नै प¥यो ।
गत मंगलवार दिउँसो पार्टी मुख्यालय पेरिसडाँडामा झाको जिम्मेवारीलाई लिएर मधेसी नेताहरु विच छलफल भयो । रामकुमार शर्माले पदाधिकारीको जिम्मेवारी दिनु पर्ने कुरा गरे तर माओवादीका ‘युद्धकालिन’ले भने त्यसलाई मानेनन्, मानिरहेका छैनन् । ‘युद्धकालिन’लाई गैर युद्धकालिनले नेतृत्व गर्न नसक्ने अडान केही हदमा जायज पनि हो । तर, राजनीतिमा त्यसो भनेर कहाँ हुन्छ र ?
तर, भोली जनकपुरमा आयोजना हुने सहिद अजबलाल यादव स्मृति सभामा प्रचण्डले उनलाई टिको लगाएर पार्टी प्रवेश गराउँदैछन् । मिथिला राज्य समितिका इन्चार्ज विश्वनाथ साहले हिजो त्यसको औपचारिक जानकारी पनि दिइसकेका छन् । सोही कार्यक्रमका लागि  जारी केन्द्रिय समितिको वैठक छोडेर साह जनकपुर फर्कदैछन् ।
झाको प्रवेशले एमालेलाई धक्का र एमाओवादीलाई केही राहात भने पुग्छ । चुनावको मुखमा एमाओवादीमा प्रवेश गरेका झालाई उभ्याएर एमाओवादीले एमाले मधेस विरोधी शक्ति हो भनेर देखाउन पाउने भएको छ । झा त्यसका लागि निकै उपयोग पनि हुनेछन्, धेरै मञ्चवाट झालाई माओवादीले एमाले मधेस बिरोधी पार्टी हो भनेर बोल्न लगाउनेमा कुनै शंका छैन् । जे होस, झा एमाओवादीमा पदाधिकारीको जिम्मेवारी पाउन सकेनन भने पनि स्थायी समिति र मधेस ब्युरो इन्चार्जको जिम्मेवारीमा  भने पक्कै हुनेछन । प्रचण्डसँगको डिलिङमा यस्तै त्यस्तै कुरा भइसकेको छ ।
 जय होस, रामका ससुराली गाउँका रामचन्द्रको । 

एमाले पोलिटब्युरो सदस्य झाले पार्टी छाडे

 नेकपा एमालेका पोलिटब्युरो सदस्य रामचन्द्र झाले पार्टी परित्याग गरेका छन्। आज फ्याक्सबाट राजीनामा पत्र पठाई राजीनामा दिएको उनले नागरिकन्युजलाई जानकारी दिए। उनी एकीकृत माओवादीमा प्रवेश गर्ने पक्कापक्की भएको छ। चैत ९ गते धनुषामा आयोजना हुने एक कार्यक्रममा उनी माओवादीमा प्रवेश गर्ने बताइएको छ।
एमालेका पोलिटब्युरो झालाई सकेसम्म पदाधिकारीमा लैजाने भएपनि स्थायी समितिको जिम्मेवारी दिने योजना माओवादीको छ। स्रोतका अनुसार एमाओवादीमा प्रवेश गर्ने वित्तिक्कै झा मधेस व्युरो इन्चार्जको जिम्मेवारी सम्हाल्दैछन्।




































rajinama patra source: onlinekhabar.com

No comments:

Post a Comment