तस्विरमा किल्क: सांसद कोषको रकमले बाँडेको साइकल Photo BY: M. K. Thakur |
नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारीको सडक दुर्घटना २०५० साल जेठ २ गते देहवसान भए पछि माधव नेपाल अप्रत्याशित रुपमा सो पार्टीको महासचिव भए । सो अघि धेरैले एमाले नेतामा मनमोहन अधिकारी, सीपी मैनाली, राधाकृष्ण मैनाली र झलनाथ खनाललगायतका नाम मात्रै सुन्थे, सुनिन्थे ।
भण्डारीको देहवसान पछि माधव नेपाल एकाएक राष्ट्रिय राजनीतिको केन्द्रबिन्दुमा देखा परे । र, करिब २० बर्ष एमालेमा एकछत्र राज गरे । संविधानसभामा दुई दुई ठाउँवाट पराजित भए पछि नैतिकताको आधार देखाउँदै उनले पार्टी नेतृत्व मात्रै छाडेनन, आठौं महाधिवेसनमा नेतृत्वमा दावी पनि गरेनन् । र, झलनाथ खनाल सो पार्टीका अध्यक्ष भए भने उनी चाँही बरिष्ठ नेता ।
नेपालको इतिहास मै पहिलो कम्युनिष्ट प्रधानमन्त्री (मनमोहन अधिकारी) दिलाउन सफल नेपाल नेतृत्वको एमालेले ०५४ सालको स्थानिय निकायको निर्वाचनमा करिब ६० प्रतिशत बढी हिस्सामा ल्याउन सफल भयो । नेपालको नेतृत्व पार्टी रहदाँ स्थानिय निकायका लागि बजेट जान सुरु ग¥यो, सामाजिक सुरक्षाको भत्ता बाँडियो, आफनो गाउँ आफै बनाऔं र गाउँ गाउँमा सहकारी घर घरमा रोजगारी, जनता आवास कार्यक्रम जस्ता केही निकै जनहित संवन्धी लोकप्रिय कार्यक्रम सुरु भए ।
तर, महाकाली सन्धीलाई लिएर छैटौ महाधिवेसनमा पार्टी विभाजन भयो, त्यस पछि एमालेको दुर्नियत सुरु भयो । यदी त्यो बेला पार्टी विभाजन भई बामदेव गौतमको नेतृत्वमा नेकपा माले गठन नभएको भए एमालेको हिस्सामा तत्कालिन प्रतिनिधि सभामा १ सय ६३ सिटको बहुमत प्राप्त हुन्थ्यो, जो निर्वाचन आयोगको तथ्यांकले देखायो । एमालेको दुर्भाग्य, त्यो मौका विभाजनले भने नमज्जासँग गुमायो ।
तत्कालिन राजा बीरेन्द्र शाहको निधन पछि ज्ञानेन्द्र शाह राजा भए । जातैले कम्युनिष्टहरु गणतन्त्रका पक्षपाती हुन तर एमालेले भने संवैधानिक राजतन्त्रलाई स्विकार गरेका थियो । वीरेन्द्रको वंशनाश भए पछि ज्ञानेन्द्र शाह राजा हुदाँ दाम चढाउने काम माधव नेपालले गरिदिए । सोही तस्विर प्रयोग गरेर माधव नेपाललाई नंग्याउने काम माओवादीले पछि सम्म ग¥यो, सायद अझै गर्ला । दोस्रो, ब्यक्तिगत रुपमा माधव नेपाल विपक्षमा भए पनि सामुहिक नेतृत्वमा विश्वास गर्ने एमालेमा बहुमतको जगमा ‘प्रतिगमन आधा सच्चियो’ भन्दै शेरवहादुर देउवाको सरकारमा गयो । जसले एमालेलाई कमजोर मात्र बनाएन, बिरोधीका लागि त्यो भुल निकै ठुलो मशला बन्यो । यद्धपी, ज्ञानेन्द्र शाही सरकारले धेरै दुःख दिएका नेता मध्य एक माधव नेपाल पनि हुन् । ज्ञानेन्द्र शाही सरकारले नेपाललाई कोटेश्वरस्थित निवास र ककनीस्थित नेपाली सेनाको ब्यारेकमा तीन महिनासम्म नियन्त्रणमा राख्यो ।
कसैले मानोस÷नमानोस माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन सवैभन्दा ठुलो भुमिका कसैको छ भने त्यो माधव नेपाल कै हो । माओवादीलाई मुलधारमा ल्याउन बातावरण बनाउने काममा माधव नेपालले जति योगदान सायद अरुले नदिएका होलान् । उनले नै हो, ज्ञानेन्द्र शाहको निरकुंश शासन कालमै माओवादीलाई सिलगुढी र लखनउ गएर शान्ति प्रक्रियामा आउन बातावरण बनाएको । पार्टीमा निर्णय गरेर बामदेव गौतम र युवराज ज्ञवालीलाई रोल्पा रुकुम पठाएर माओवादीसँग डिलिङ गराए । त्यही बेला भएको एमाले–माओवादी बिचको ६ बुदेँ सहमतिले नै माओवादीलाई शान्ति प्रक्रियामा आउन कोशेढुंगा साबित गरिदियो । सोही रोल्पा सहमतिको जगमा चर्चित १२ वुदेँ समझदारी पनि भयो । संसदवादी दलका शिर्ष नेताको हैसियतले कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले त्यसको नेतृत्व गरे ।
तर, पछिल्लो समय माधव नेपाल राष्ट्रिय राजनीतिमा बेपत्ता जस्तै छन । मुख्यगरी प्रधानन्यायधिस नेतृत्वको चुनावी सरकार गठन गर्ने विषयमा नेपालको कुनै भुमिका देखा परेनन, जबकी विगत आठ वर्षका उच्चस्तरीय राजनीतिक छलफलमा उनी सदैव रहदै आएका थिए । चार प्रमुख राजनीतक शक्तिको बैठकमा सद्यै नेतृत्वकर्ताको भुमिकामा रहने माधव नेपाल पछिल्लो समय किन मौन भए त ? यो प्रश्नमा धेरैको चासो छ, देखिएको पनि छ ।
प्रधानन्यायधिस खिलराज रेग्मी नेतृत्वको चुनावी सरकार शक्ति पृथकीकरणको सिद्धान्त विपरित छ, यसलाई मान्न सकिदैन भन्ने अडान उनले राखि नै रहे, त्यसमा उनी अझै पनि अडिग देखिन्छन् । त्यसो त जनआन्दोलन–२ दबाउने शाही सरकारका तत्कालिन मुख्यसचिव लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुख बनाउने कुराले पनि उनलाई टाउको दुखेको छ । चार दलका शिर्ष नेताले माने पनि लोकमानलाई माधव नेपालले भने कदापी स्विकार गरेका छैनन, त्यसको बिरोधमा उभिरहेका छन् । जसकाकारण पनि गत बिहिवारको एमालेको स्थायी समिति वैठक नै प्रभावित हुन पुग्यो । यो पत्रपत्रिका पढदा र उनका अन्तवार्ता हेर्दा देखिएको कुरा हो ।
जनआन्दोलन–२ दबाउन मुख्य भुमिका खेलेको भन्दै रायमाझी आयोगले दोषी ठहर गरेका तत्कालिन मुख्य सचिव तथा अख्तियारले नै कुनै पनि सरकारी कार्यालय र राजनीतिक नियुक्तीमा अयोग्य ब्यक्ति भनि घोषणा गरेका कार्कीको विपक्षमा उनी उभिइरहेका छन् । तर पनि मुलधारको राजनीतिमा आजकाल माधव नेपाल मौन छ, चुपचाप छन् ।
साँच्चै माधव नेपाल के गरिराखेका छन त ? भन्ने चासो बढे पछि उनको पछि लाग्ने पछिल्लो समयमा गरिएको थियो । उनको खोजी गर्दै जाँदा जे कुरा थाहा पाइयो, त्यसले के चाँही ढुक्क बनायो भने उनी चुपचाप चाँही रहेनछन् ।
मुलधारको राजनीतिमा हराएको जस्ता देखिए पनि गृह जिल्ला रौतहटमा भने यतिखेर माधव नेपाल दलित र मुस्लिम छात्रालाई साइकल बाँडिरहेका छन् । सदरमुकाम गौरसमेत भुगोल पर्ने निर्वाचन क्षेत्र नं १ मा उनले ९–१० कक्षासम्म पढेका दलित र मुस्लिम विद्यार्थीलाई निःशुल्क साइकल बाँडीरहेका पो रहेछन् । रौतहटका दलित र मुस्लिमलाई जाडोमा ब्ल्यान्केट बाँडेका, गर्मिमा झुल बाडिरहेका खबर त पढिदै आएको थियो तर माधव नेपालले साइकल बाँडेको खबर भने थाहा थिएन ।
सांसद विकास कोषको रकमले दलित र मुस्लिम महिला छात्रालाई उनले साइकल बाढ्न सुरु गरेका माधव नेपालले अझै सम्म त्यसलाई निरन्तरता दिइरहेका रहेछन् । रातो कलरको ‘लेडिज साइकल’मा ‘पुर्व प्रधानमन्त्री माधवकुमार नेपालको सांसद विकास कोषवाट प्राप्त’ उल्लेख गरी सो कार्य सुरु गरेका माधव नेपालले अझै त्यसलाई निरन्तरता दिइरहेका पो रहेछन् । गृह जिल्ला रौतहटमा नेपालले खासगरी मधेसी मुलका दलित, अल्पसंख्यक र पिछडिएकालाई राहत स्वरुप साइकल दिने कार्य गर्दै आएका रहेछन् । नेकपा एमाले जिल्ला अध्यक्ष रामकुमार भट्टराईका अनुसार माधव नेपालले पहिलो चरणमा १ सय थान भन्दा बढी साइकल दलित र मुस्लिम छात्रालाई बितरण गरिसकेका छन् ।
०५६ सालमा आमनिर्वाचनमा क्षेत्र नं १ र २ दुवैवाट अत्याधिक बहुमतले बिजयी उनै नेपाल संविधानसभाको निर्वाचनमा भने पराजय भए, १ हजार मत अन्तरले । केन्द्रीय राजनीतिमा रहेर पनि जिल्लालाई केही नगरेको आरोप उनी माथि निरन्तर लागेको थियो । तर, पछिल्लो समय उनैले वितरण गरेका राता साइकल भने यतिखेर गौर आसपासमा गुडेका देख्न पाइदो रहेछ्, त्यो अन्य गाउँ गाउँमा पनि देखिन थालेका छन् ।
No comments:
Post a Comment